आफ्नो क्षमता आफैं जाँचौं !

सन्दर्भ: शिक्षक-स्वमूल्याङ्कन फारम

पेचिलो सन्दर्भ
त्रिभुजको दृष्टान्त हामी सबैले दिन्छौं। पहिलो कोणमा शिक्षक छौं। दोस्रो कोणमा विद्यार्थी छौं। तेस्रो कोणमा अभिभावक छौं। यी तीनकोणीको कुरा मिले शिक्षा सुध्रन्छ। नमिले बिग्रन्छ। यो भाष्यलाई यहीं प्रश्न गरौं- यी तीनकोणीको कुरा मिलाउन जान्ने को हौं ? सक्ने को हौं ? तीमध्ये बुद्धिजीवी भनिने को हौंं ? रूपान्तरणकारी शक्ति भनिएका को हौंं ? यी प्रश्नको एकल उत्तर आउँछ। शिक्षक। शिक्षक । शिक्षक। अर्थात् शिक्षक नै असली योजक हो। हुनुपर्ने हो। शिक्षा सुधार्नका लागि भनेर नियुक्त गरिएको पनि तिनैलाई हो। जिम्मेवार हुनुपर्ने पनि हामी नै हौं।

अर्को शब्दमा भन्दा; योजकीय भूमिकामा जिम्मेवार शिक्षक नै हौं। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न। सैद्धान्तिक शिक्षालाई व्यावहारिक बनाउन। व्यावहारिक ज्ञान तथा सीपमा सिद्धान्त खोज्न। खोजाउन। पढाइलाई उत्पादनमुखी बनाउन। पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई समयसापेक्ष बनाउन। एक्काइसौं शताब्दीको शिक्षाले खोजेको समालोचकता सुनिश्चित गर्न। सर्जक विद्यार्थी बनाउन। अन्तरपुस्तेनी संवादलाई निरन्तरता दिन। सहकार्यलाई संस्कृति बनाउन। अनुसन्धानलाई संस्थागत गर्न। आधुनिक प्रविधिको उपयोग गर्दै जनज्ञान, शास्त्रीय ज्ञान तथा पश्चिमी ज्ञान जोडन। 

माथिका उद्देश्य हासिल गर्न हामी शिक्षकहरू सक्षम छौं त ? यो प्रश्न उठेन। उठाइएन। पेशागत संघ-संगठनले पनि। २३ बुँदे कामको जिम्मेवारी लिएको स्थानीय सरकारले पनि। शिक्षक तालीमको जिम्मा लिनुपर्ने प्रदेश सरकारले पनि। विगतमा शिक्षक तालीम गर्ने संरचना नै बनाएर क्रियाशील भएको संघीय सरकारले पनि । यही खाडल मेटाउन शिक्षक-स्वमूल्याङ्कन फारमको अवधारणा ल्याइएको हो। 

सन्दर्भको परिणति
शिक्षकलाई कसरी अद्यावधिक गर्ने ? आमने-सामने तालीम दिएर ? संविधानको अनुसूची-८ ले यो काम पालिकामा सुम्प्यो। केही पालिकाको अभ्यास हेर्दा सन्दर्भ सुहाउने गरी पालिकाहरूले शिक्षकलाई अद्यावधिक गरेनन्। सकेनन्। चाहेनन्। त्यो उनै जानून् । शिक्षकका संघ-संगठनले गरे/गराएका तालीमले पनि यो अपेक्षा पूरा गरेन। संघीय, प्रदेश तथा पालिका पालिकामा भएका शिक्षक महासंघले पनि यसबारे खासै चासो लिएनन्। संविधानको अनुसूची-९ अनुसार जिम्मेवारी पाएको प्रदेश सरकार पूरै उदासीन रह्यो। सोही अनुसूचीमा टेकेर शिक्षा नीति जारी गर्ने संघीय सरकार पनि मौनप्रायः रह्यो । सामुदायिक विद्यालय सुधार्ने प्रण गरेको विद्यालय व्यवस्थापन समितिले पनि यसबारेमा खासै काम गरेन। यो रिक्तता पूरा गर्न के गर्ने ? एउटा उपाय थियो पालिकाले थालेको- सर्वपक्षीय मूल्याङ्कनलाई निरन्तरता दिने। दोस्रो उपाय थियो- आधुनिक प्रविधि मार्फत सर्भेलियन्स गर्ने। तेस्रो उपाय थियो- प्रधानाध्यापकले नै मूल्याङ्कनको जिम्मेवारी लिने। चौथो उपाय थियो- व्यवस्थापन समितिले नै मूल्याङ्कनको काम गर्ने। 

प्रविधि बाहेकका उपायहरूमा पक्षधरता हावी भएको गुनासो आयो। आफ्नालाई काखा। अरूलाई पाखा । प्रविधिले स्वाभाविकतालाई कृत्रिमतामा बदल्ने सम्भावना रह्यो । व्यवस्थापन समितिको काम मूल्याङ्कन हैन भन्ने कुरामा पनि जनमत बलियो भयो। अनि मूल्याङ्कन विनाको के तालीम दिने ? विद्यालयमा आधारित तालीमले निरन्तरता पाएन। टीपीडी तालीमका अध्येताहरूले पनि यसको उपादेयतामा शंका गरे। यसको सन्देश रह्यो- शिक्षकलाई अद्यावधिक गर्ने को हो भन्ने प्रश्न अनुत्तरित रह्यो। पेशाकर्मी भन्न रुचाउने केही शिक्षक आफ्नै बलबुतामा अद्यावधिक भए। अरू बेवारिसे बने। 

विकल्पको खोजी
आफूभन्दा कम योग्यताका मानिसले अनुगमन गर्दा शिक्षकले असजिलो माने। उनले खोजेको अनुगमनकर्ता सबै पालिकामा भेटिएनन्। यो स्थितिमा मैले अनेकन् सोच बनाएँ। पहिलो, शिक्षक स्वमूल्याङ्कन फारम बनाई लागू गर्ने। दोस्रो शिक्षकले गरेका असल अभ्यासलाई पालिका, प्रदेश तथा संघीय सरकारका पोर्टलमा उपलब्ध गराउने। पहिलो सोच अन्तर्गत शिक्षक स्वयंले आफ्नो तागत चिन्छ। त्यो तागत बढाउन अरूले के गरेछन् भनी पोर्टलमा हेर्छ। दोस्रो सोच अन्तर्गत शिक्षकहरूले दिनहुँ तालीम पाउँछन्। योग्यता बढाउँछन्। तेस्रो सोचले शिक्षकलाई दिनहुँ नयाँ कुराको जानकारी दिन उनको फेसबुक वाल प्रयोग गर्छ। यसबाट फेसबुक वाल पनि शिक्षकको सिक्ने-सिकाउने प्लेटफर्म बन्छ।


भेलामा मैले विचार राखें। सबैले स्वीकार्‍यौं। तदनुसार मैले स्वमूल्याङ्कन फारमको मस्यौदा अर्थात् प्रश्नावली तयार पारें। त्यसमा टिप्पणीहरू आए। अन्ततोगत्वा स्वमूल्याङ्कनको निम्ति प्रश्नावली र फारम तयार भयो। यो सामग्री अहिले छापा तथा डिजिटल कपीको रूपमा उपलब्ध छ।


चौथो सोचले प्रत्येक विद्यार्थीको अनिवार्य बचत खाता खोलिन्छ। बैंकको सामाजिक जिम्मेवारी अन्तर्गत यो काम गर्न सकिन्छ। उसले विद्यार्थीको खातामा सामाजिक सेवा अन्तर्गतको रकम राखिदिन्छ। सोही खातामा पालिकाले विद्यार्थीलाई दिने पाठ्यपुस्तक, खाजा, छात्रवृत्ति, स्यानिटरी प्याडका रकम राखिदिन्छ। आफ्ना सन्ततिका लागि अभिभावकले कम्तीमा दिनको रु.१ जम्मा गरिदिन्छन्। विद्यार्थीले कमाएको रकम पनि सोही खातामा राख्छन्। इलामको सूर्याेदय नगरपालिका तथा स्याङ्जाको फेदीखोला गाउँपालिकाले यो काम शुरू गरिसकेका छन्। उनीहरूको सकारात्मक अनुभव पनि छ। यसो गर्नाले विद्यार्थीमा बचत गर्ने बानी बन्छ। भोलिका युवालाई उद्यमी बन्ने रकम त्यहीं जम्मा हुन्छ। पाँचौं, स्कूलले प्रत्येक विद्यार्थीको तीनखाने प्रोफाइल बनाउँछ। पहिलो खानामा विद्यार्थीले जानेको सीप लेख्छ। दोस्रो खानामा उसले चाहेको सीप लेख्छ। तेस्रो खानामा उसका अभिभावकले जानेको सीप लेख्छ। विद्यार्थीले जानेको सीप एकअर्कालाई सिकाउँछ। चाहेको सीप यूट्युबबाट सिक्छ। वा स्थानीय स्रोतव्यक्तिबाट सिक्छ। 

यसो गर्नासाथ शिक्षकको पुगेन भन्ने गुनासो हराउँछ। सबै विद्यार्थीले गरिखाने सीप पनि सिक्छन्। सिकेको सीपबाट उत्पादित वस्तु पालिकाले किन्नैपर्ने प्रबन्ध गर्न सकिन्छ। यसो गर्नासाथ सबै विद्यार्थी गरिखाने बन्छन्। उद्यमी बन्ने कला सिक्छन्। पालिकासँग सहकार्य गर्ने संस्कार बन्छ। पाँचौं सीप अन्तर्गत विद्यार्थी र शिक्षक मिलेर कक्षाकोठामा नै बहुभाषी सामग्री बनाउँछन्। ललितपुरको सरस्वती माध्यमिक विद्यालय; थैवले यो काम गरिसकेको छ। mष्लष्लभउब।ियचन मा यो कुरा हेर्ने सकिन्छ। छैटौं सीपले विद्यार्थीका घर तथा बस्तीमा भएका धार्मिक तथा सांस्कृतिक सम्पदाबाट गणित, विज्ञान, सामाजिक, भाषा जस्ता विषय सिक्छन्। अरूलाई पनि सिकाउँछन्। यो कुरा पनि माथिको साइटमा उपलब्ध छ। 

खोजीको पहिलो सफलता
सोच कार्यान्वयनका लागि हामी भेला भयौं। भेलामा शिक्षक महासंघका तात्कालीन अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा तथा शिक्षा नीति तथा अभ्यास केन्द्रका प्रमुख टीका भट्टराई थियौं। भेलामा मैले विचार राखें । सबैले स्वीकार्‍यौं। तदनुसार मैले मस्यौदा तयार पारें। त्यसमा मूलतः टीका भट्टराईले बुँदागत टिप्पणी गर्नुभयो। अरूहरूको विचारगत टिप्पणी रह्यो। अन्ततोगत्वा स्वमूल्याङ्कनको निम्ति प्रश्नावली र फारम तयार भयो। टीका भट्टराईले त्यो लिखतलाई उहाँको कार्यालय मार्फत मोबाइल, ल्यापटप तथा डेस्कटपमा चल्ने सामग्रीको रूपमा विकसित गराइदिनुभयो। यो सामग्री अहिले छापा तथा डिजिटल कपीको रूपमा उपलब्ध छ। शिक्षक महासंघको तत्कालीन नेतृत्वलाई सत्रवटै शिक्षक संघ-संगठनलाई सो सामग्री पठाइदिन अनुरोध गर्‍यौं। हाम्रो अनुरोधको प्रत्युत्तर के भयो शिक्षकहरू स्वयं जानकार हुनुहोला। 
शिक्षक स्वमूल्याङ्कन फारममा १३ वटा खण्ड छन्। प्रत्येक खण्ड आफैंमा पूर्ण छन्। त्यसैले शिक्षकलाई रहर लागेको खण्डमा फारम भर्ने छुट छ। सबै खण्ड भरेर आपूmलाई जाँच्ने शिक्षक आराध्य मान्छौं । यो संस्कार भयो भने शिक्षक आफ्नो तागतको जानकार हुन्छौं। कमजोरी पनि चिन्छौं । तागत अरूलाई बाँड्छौं । कमजोरी आफूले स्वीकारी अब्बल शिक्षक हुन बल गर्छाैं। यस क्रममा शिक्षक विषयवस्तु खोज्न थाल्छौं। शिक्षण विधिमा नवीनता खोज्छौं। प्रविधिमा जानकार हुन बल गर्छाैं। गुणस्तरको मानक जान्दछौं। पुर्खाको ज्ञान, शास्त्रीय ज्ञान, तथा आधुनिक ज्ञान जोड्ने कडी बुझछौं। एक्काइसौं शताब्दीको शिक्षक बन्ने तर्किव जान्दछौं। अनुसन्धानलाई संस्कार बनाउन उपाय सिक्छौं । सैद्धान्तिक पढाइलाई व्यावहारिक बनाउन सिक्छौं। आफूले दिएको शिक्षा गुणस्तरीय छ कि छैन भनी आफैं चाल पाउँछौं । हर विद्यार्थीलाई गरिखाने सीप सुरक्षित गर्ने सहज उपाय जान्दछौं। अन्त्यमा आफू कस्तो शिक्षक रहेछु भन्ने कुरा पनि थाहा पाउँछौं । 

गर्नुपर्ने काम
शिक्षक स्वमूल्याङ्कन फारमका हर खण्डका प्रश्नमा शिक्षकले आफ्नो अभ्यासको आकलन गरे हुन्छ। सो आकलन अनुसार आपूmलाई लागेको उत्तरमा चिह्न लगाए पुग्छ। यति गर्नासाथ आफ्नो क्षमता आफैं जानिन्छ। कसैले कसैलाई मूल्याङ्कन गर्नुपर्दैन। सबै शिक्षकलाई सहजै उपलब्ध हुने यो सामग्री प्रयोग गर्न सबै स्वतन्त्र हुनुहुन्छ। प्रश्न हो- यसका लागि शिक्षक नेतृत्व तयार छ त ? त्यसमा आवद्ध शिक्षकहरू तयार छौं त ? कुनै पनि दलमा आवद्ध नभएका शिक्षकहरू क्रियाशील छौं त ? तयार छौं भने आफ्नो क्षमता चिनौं। सुध्रन बल गरौं। जसले जे जे भने पनि शिक्षक विना विद्यालय सुधार सम्भव छैन। गर्ने शिक्षकले हो। आफूले गरेका राम्रा अभ्यास पालिका वा शिक्षक महासंघको वेबसाइटको पोर्टलमा नराखेको पनि हामीले नै हो। पालिकालाई यो काम गराउन सक्ने पनि हामी नै हौं । यस अर्थमा नगरेको हामीले हो। गर्न नजानेको पनि हामीले नै हो। नगरे पनि चल्छ भनेको पनि हामीले नै ह । यो स्थिति बदल्न शिक्षक स्वमूल्याङ्कन फारम भरौं। आफ्नो क्षमता आफैं जाँचौं । तदनुसार आफूलाई अद्यावधिक गरौं। अन्यथा पुस्तान्तरण तथा प्रविधिको अधिकतम प्रयोगले थोत्रिन बाध्य भएका शिक्षकहरू विस्तारै ‘फोसिलीकरण’ हुँदैछौं। बुद्धिजीवी हौं भन्ने हो भने शिक्षक स्वयंले सोचौं । सामाजिक रूपान्तरणकारी शक्ति हौं भन्ने हो भने शिक्षक स्वयंले सोचौं । शिक्षक हौं भन्ने हो भने विद्यार्थीको ज्ञान, सीप तथा प्रविधिजन्य क्षमता अनुसार आफूलाई तयार पारौं।  

यो पनि पढ्नुहोस्

सीइपीपीको संयोजन र प्रा.डा. विद्यानाथ कोइरालाको अगुवाइमा निर्मित शिक्षक-सक्षमता स्वमूल्याङ्कन प्रश्नावली-२०८१

शिक्षक-स्वमूल्याङ्कन फारम भरेपछि मेरो अनुभव र सिकाइ

................................................................................................

 

commercial commercial commercial commercial