चारखुट्टेको घरजम (एनिमल फार्मको नेपाली अनुवाद) - जर्ज अरवेल

‘चारखुट्टेको घरजम’ अंग्रेज साहित्यकार जर्ज अरवेलको प्रख्यात कृति ‘एनिमल फार्म’ (Animal Farm : A Fairy Story) को नेपाली रूप हो । स्वयं लेखकद्वारा परिकथाका रूपमा परिभाषित यो पुस्तक एउटा साहित्यिक सिर्जना हो । बालबालिकाका लागि यो सरल र चाखलाग्दो बालकथा हो भने प्रौढ, विज्ञ पाठकका निम्ति एउटा एकदमै माथिल्लो स्तरको राजनीतिक व्यङ्ग्य । यसै भएर होला, ‘एनिमल फार्म’ ले स्कूलका कक्षादेखि एम.ए.सम्मको पाठ्यक्रममा स्थान पाउने गरेको छ ।

धेरैको बुझाइमा पशु पात्र खडा गरेर यसमा लेखकले सन् १९१७ पछिको सोभियत सत्ता; साम्यवादी दर्शन र कम्युनिष्टहरूको द्वैध चरित्र तथा जोसेफ स्टालिनमाथि तीव्र व्यङ्ग्य गरेका छन् । सन्दर्भहरूका कारण यसले कम्युनिज्मलाई व्यङ्ग्य गरे पनि यसले, कुनै पनि वाद, सिद्धान्त र तिनको कार्यान्वयन तथा व्यक्तिका आदर्श र व्यवहारबीचको भिन्नता बुझन र मापन गर्न सजिलै सिकाइदिन्छ । अर्थात्, यसले पाठकलाई राजनीति, इतिहास, वाद र सिद्धान्तहरूलाई हेर्ने र पर्गेल्ने आधार दिन्छ । एकोहोरो कुरा सुनेर–पढेर साम्यवादका अन्धभक्त हुन पुगेकाहरूलाई त्यो सिद्धान्तको व्यावहारिक पाटो दर्शाएर सन्तुलित हुन पनि यो पुस्तकले मद्दत गर्छ ।

साठीभन्दा बढी भाषामा अनुवादित ‘एनिमल फार्म’ विश्वमा सर्वाधिक पढिएको पुस्तकमध्ये पर्छ । विगत सात दशकदेखि यसका संस्करणहरू निरन्तर बजारमा खपत भइरहेका छन् । पहिलो पटक नेपाली संस्करण प्रकाशित भएको पनि पाँच दशक बितिसकेको छ ।

 
अनुवादक : फणीन्द्रप्रसाद उपाध्याय
 

लेखक : जर्ज अरवेल
अनुवाद : फणीन्द्रप्रसाद उपाध्याय
प्रकाशक : शिक्षक मासिक

मूल्य: रु. १७५/–

किन्नकालागि सम्पर्क गर्नुहोस्। :०१ ५५४३२५२