गरे शिक्षकले नै सक्छन् ! -

सार्वजनिक विद्यालयको शिक्षाको स्तर र गुणात्मकता सुधार्न राज्य, सरकार, अभिभावक, प्रशासन, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक आदिले गर्नुपर्ने कार्यको फेहरिस्त निकै लामो छ । यी पक्षहरूले उचित भूमिका निर्वाह गर्न सकेको अवस्थामा विद्यालयका समस्या अवश्य पनि केही कम हुन्छन् । तथापि, विद्यालयलाई साँच्चै नै सफल र जीवन्त सिकाइको थलो बनाउन चाहिं शिक्षकहरूकै क्रियाशीलता र जाँगर अपरिहार्य हुन्छ । अरू पक्षलाई आ–आफ्नो ठाउँमा छोडेर पनि जाँगरिला र कर्मठ शिक्षकले आफ्नो एक्लो बलबुतामा कक्षाकोठालाई बसूँ–बसूँ–सिकौं–सिकौं लाग्ने बनाउन, विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गराउन र उच्च सिकाइ उपलब्धि सुनिश्चित गर्न सक्छन् । यो पुस्तिकामा संकलित लेखहरूको सार यही छ ।

सम्पादक : राजेन्द्र दाहाल
प्रकाशक : शिक्षक मासिक

मूल्य: रु.१५०/-

किन्नकालागि सम्पर्क गर्नुहोस्। :०१ ५५४३२५२