खाने तालिम र बन्ने तालिम

पश्चिमा बुद्धिलाई ब्रह्मवाक्य मान्यौं । बुद्धि उताको, प्रयोग यता । त्यही औपनि वेशिक विक्षिप्तता अझै छ । तालिमदाताहरू तिनै हौं । त्यसैले तालिम दिँदा सन्दर्भ हेर्दैनौं । तालिम खानेले पनि केही बोल्दैनौं । खुपुखुपु खान्छौं । बालकेन्द्रित शिक्षण गर्दा बच्चासँगै नाच्छौं । घरमा बाबु–आमा नाचेनन् । शिक्षक नाचे । विद्यार्थी अचम्ममा परे । पा¥यौं ।

घोत्लिएर हेरौं— सबै तालिम दिँदा रहेछौं । लिँदा रहेछौं । कहिले व्यक्तिबाट । कहिले समूहबाट । कहिले संस्कारबाट । कहिले संरचनाबाट । व्यक्तिले तालिम दियो— समूहले साथ दिएन । तालिम खेर गयो । समूहले तालिम दियो— व्यक्तिले रुचाएन । फेरि पनि बर्बाद भयो । संस्कारले एकथरी तालिम दियो— व्यक्ति र समूहले अर्कोथरी । दुईथरीको तालिम मिलेन । दोठ्याङ परयो । व्यक्तिले छोडिदियो । संरचनाले तालिम दियो । संस्कारले सहेन । व्यक्तिले लिएन । सुन्यो । स्वीकारेन । शिक्षक तालिम कक्षाकोठामा नपुगेको यत्तिले हो । को फेल भयो त ? तालिम दिनुपर्छ भन्ने सिद्धान्तकारहरू ? संज्ञानवादीहरू (Cognitivists) ? व्यवहारवादीहरू (Behaviorists) ? आदर्शवादीहरू (Idealists) ? संरचनावादीहरू (Structuralists) ? तालिम दिने व्यक्ति/समूह/संस्कार/संरचना ? लिने व्यक्तिहरू ? के सञ्चार (Communication) फेल भएको हो त ? सम्बन्ध फेल भएको हो त ? तालिम दिने शैली फेल भएको हो त ? यत्तिका धेरै पक्षलाई फेलको सूचीमा राख्दाराख्दै पनि किन तालिम मौलाएको त ? जेमा पनि तालिम । यो विरोधाभास किन ?

तालिम र स्वतालिम
तालिमको विकल्प स्वतालिम हो । आत्मानुशासन । आदर्शवादीले भन्ने गरे जस्तो । स्वव्यवहारको अवलोकन । अनुशीलन । व्यवहारवादीले सोचे जस्तो । पेशागत संस्कारको खोजी । संस्कारवादीले बुझे जस्तो । आफ्नै संरचनाको विकल्पको खोजी । संरचनावादीले रोजे जस्तो । आफैं भित्रको खोजी । आध्यात्मवादीले चाहे जस्तो । के शिक्षकहरू त्यसतर्फ सोच्न सक्छौं त ? सक्छौं भने हामी आफ्नो विकल्प आफैं हुन्छौं । तालिमकर्ता आफैं हुन्छौं । सम्बन्ध पनि खोज्नु नपर्ने । सञ्चार पनि पहिल्याउनु नपर्ने । आत्मसम्बन्धमै तालिम । आत्मसञ्चारमै तालिम ।

खलासीले ड्राइभरलाई गुरु ठान्यौं । उसको आदर्श सिक्यौं । कसरी बोल्छ— टिप्यौं । कसरीगाडी मर्मत गर्छ, हे¥यौं । कसरी मानव सम्बन्ध राख्छ— स्वीका¥यौं । यो तरिकाले शिक्षकलाई आदर्श व्यक्ति खोजाउँछ । खलासीको गुरु ड्राइभर जस्तो । के यो विधि अपनाउने हो ? दोस्रो कडीले स्वानुशीलन गर्छ । आफूले गरेको आफैं हेर्ने । प्रत्याभूति (Reflection) बाट स्वानुशीलन । ऐनामा आफूलाई हेरेर स्वानुशीलन । स्वपरीक्षण (Self-experiment) बाट स्वानुशीलन । हिजो किताब हेरेर पढाएँ । आज किताब नहेरी पढाउँछु । हिजो ठूला कुरा पढाएँ । आज घरायसीगन्थनबाट पढाउँछु । हिजो विषय छुट्याएर पढाएँ । आज विषय जोडेर पढाउँछु । के फरक पर्दोरहेछ ? मेरो प्रश्न, मेरै उत्तर । के यो तरिका लागू गर्ने हो ?

तेस्रो कडीले अर्काको आँखामा आफूलाई हेराउँछ । हिजो र आजको तरिकामा के फरक पायौं ? विद्यार्थीलाई सोध्ने । कुन तरिकागरौं ? उनैसँग बुझने । के यसो भन्न हामी चाहन्छौं ? सक्छौं ? चौथो कडीले साथीसँग तुलनागराउँछ । तपाईंको प्रस्तुति रराम्रो । मेरो सामग्री रराम्रो । उहाँको मूल्याङ्कन रराम्रो । मेरो विषयप्रवेश रराम्रो । तिम्रो बालसहभागिता रराम्रो । उसको बहुविषयक अन्तरसम्बन्ध रराम्रो । त्यसो भए सबैका राम्राहरूलाई मैले मेरै रराम्रो बनाउन सकौंला ? गरेर हेरौं न त ! के हामीसँग यो मनोवृत्ति बन्न सक्छ ? पाँचौं कडीले पेशेवर (Professional) शिक्षकको तरिका खोजाउँछ । इन्टरनेटमा खोजी । वेबसाइटमा खोजी । अध्ययन प्रतिवेदनमा खोजी । पत्रपत्रिकामा खोजी । खोजीको निचोडलाई व्यवहारमा कार्यान्वयन । के हामी त्यसतर्फ उन्मुख हुन सकौंला त ? छैठांै कडीले हामीलाई अनुसन्धाता बनाउँछ । कुन विद्यार्थी कसरी सिक्छ भन्ने अनुसन्धान । त्यसलाई यसरी सिकाउँदा के होला भन्ने अनुसन्धाता । यसो गर्दा पाउलेफ्रेरेले भनेको चक्र (Praxis)हुन्छ । सोच्ने, गर्ने , फेरि सोच्ने, फेरि गर्ने । के हराम्रो पाइला त्यतातिर दौडाउने हो ? सातौं कडीले हामीलाई आत्मविश्वासी बनाउँछ । प्रमाणित आत्मविश्वासी । मेरो आदर्शलाई म चुनौती दिन सक्छु भन्ने विश्वास । मेरो हिजोको शिक्षक तरिकामा यो खराबी थियो भन्ने विश्वास । मेरो शोधले मलाई यो थप शिक्षण सीप सिकायो भन्ने विश्वास । के त्यस्तो पेशेवर विश्वासी (Professional believer) बन्ने हो त ?

बन्ने रहर भए
टाउकोमा भारी बोक्नेले बिँडा बनायो । अनपढले बनाएको बिँडा । मधेशी बुद्धि । त्यही काम थाप्लोमा नाम्लो बोक्नेले गरयो । खकन बनायो । तोक्मा पनि बनायो । पहाडी बुद्धि । हिमालीले अर्को बुद्धि ल्यायो । थाप्लोमा नाम्लोसँगै हातमा डोरी लिने । छुट्टै खाले बुद्धि । तालिम कसैले दिएन । आफैंले लिए । त्यसैले त्यो तालिम टिक्यो । समय अनुसार सहज पनि बन्न गयो । बनाउँदै लगियो । के ती अनपढको बुद्धि हामी शिक्षकले लिने हो त ? त्यही बुद्धिले हामीलाई स्वतालिमगराउँछ ।गुँदको ढकी बनाउने थारू महिलाले चकलेट र चाउचाउको खोलबाट ढकी बनाए जस्तो गरी । पाटको नाम्लो बुन्ने पहाडेले प्लाष्टिक बोराको नाम्लो बुने जस्तो गरी ।

रहरको अर्को सीमाले जिज्ञासु बनाउँछ । घरलाई किताब बनाउने जिज्ञासा । घरकिताब ९ज्यmभदययप० । घरका हर कुरा पढ्ने । तिनमा के छ भनी खोज्ने । कसौंडी र तसला, भदालो र ताप्के । तिनको निर्माणको सिद्धान्त के होला ? तिनबाट कुन सूत्र बन्ला ? भदालो र ताप्के निर्माणको सिद्धान्त एउटै हो कि भिन्नै ? तिनीहरूबाट के के कुरा पढाउन सकिएला ? फोसी र डेक्चीको बनोटले के के सिकाउन मिल्ला ? सिक्न मिल्ला ? भाषामा के ? सङ्गीतमा के ? गणितमा के ? अर्थशास्त्रमा के ? विज्ञानमा के ? भूगोलमा के ? समाज शास्त्रमा के ? चुलेसी कति डिग्रीमा बनाइएको हो ? आँसी नि ? खुर्पेटो निर्माणको सिद्धान्त के होला ? भुसा काट्ने मेसिनको नि ? यस्ता कुरा मा घोत्लिने हो त ? हो भने स्वतः तालिम हुन्छ ।

रहर हुनेले ठाउँ बदल्छ । आफ्नो ठाउँ । विद्यार्थीको ठाउँ । यस अर्थमा ‘विश्वप्रणाली सिद्धान्त’को चिन्तन जस्तो । सन्दर्भमा बुद्धि खोज्ने । बुद्धिलाई सन्दर्भमा मिलाउने । त्यसैको जस्तो केन्द्र र मोफसल बन्ने । बनिरहने । एकले अर्कोको दोहन गरिरहने । मेरो हिसाबमा चक्रीय हुने । डेरिडाको जस्तो उल्टाएर हेर्ने । पल्टाएर हेर्ने । उचालेर हेर्ने । पछारेर हेर्ने । बालबालिकाले कुकुरको पुच्छर र कान तानेर हेरे जस्तो । यो प्रक्रियाले प्रत्येक शिक्षकलाई प्याभलोभ बनाउँछ । कुकुरको ¥याल हेरेर सिद्धान्त बनाउन सक्ने । एकहातेगाईमा प्याभलोभ खोज्न सक्ने । एकै थलोमा बस्न रुचाउने विद्यार्थीमा पनि प्याभलोभ रहेछ भन्न सक्ने । जोन डिवे पनि बनाउँछ । आदर्शवाद र प्रकृतिवाद मिलाउन जान्ने । यसरी प्रत्येक शिक्षक आ–आफ्ना तालिमका स्रष्टा बन्न सक्छौं । सन्दर्भमा काम लाग्ने शिक्षक । सन्दर्भसँगै सिक्ने शिक्षक । जानेको सीपलाई सन्दर्भमा मिलाउन सक्ने शिक्षक ।

अड्काउने तालिम
परम्पराले आदर्शबाट तालिम लियो । गुरु आदर्श । चेलाचेली त्यस्तै बन्ने । तालिम त्यही हो । प्रायोगिक गुरुले खोजमा लाए । बुद्धले मान्छे नमरेको घरबाट अन्न खोजाए जस्तो । सन्दर्भ बुझेका गुरुले ‘सोहं ब्रह्म’ सिकाए । ब्रह्म तिमी नै हौ । ज्ञाता तिमी नै हो । शिक्षाशास्त्र अध्ययन संस्थानले पश्चिमा बुद्धिलाई ब्रह्मवाक्य बनाइदियो । अध्ययन उतैको । बुद्धि उतैको । प्रयोग यता । त्यही औपनि वेशिक विक्षिप्तता (Colonial hangover) अझै छ । तालिमदाताहरू तिनै हौं । त्यसैले तालिम दिँदा लिनेको वैचारिक बनोट (Mental make-up) हेर्दैनौं । सन्दर्भ हेर्दैनौं । तालिम खानेले पनि केही बोल्दैनौं । खुपुखुपु खान्छौं । बालकेन्द्रित शिक्षण गर्दा बच्चासँगै नाच्छौं । घरकी आमा नाचिनन् । बाबु नाचेनन् । शिक्षक नाचे । विद्यार्थी अचम्ममा परयो । पा¥यौं । बालमैत्री तालिम दिँदा बच्चा पहिला भन्यौं । बाबुआमाले बच्चा रुवाउँदैगाईभैंसीलाई पानी दिएको देखेनौं । फेरि अल्मलियौं । स्कूलमा बालबालिका पहिला । घरमागाईभैंसी । कुरो फेरि मिलेन । यही काम नयाँ तालिम भनिने समालोचनात्मक चिन्तन ९ऋचष्तष्अब ितजष्लपष्लन० वालाले गर्यौ । पहिलो रणनीति कलमगिलासमा हाल्ने रे । बच्चा विना कलम स्कूल आउँछ । कक्षामागिलास छैन । किन्न पैसा छैन । विकल्प तालिमले सिकाएको छैन । त्यसो हुँदा हराम्रो बुद्धि अलमलियो ।गिलासको विकल्प के त ? कलम नहुने बच्चाको लागि विकल्प के त ? हाम्रा हर तालिमका दशा यिनै हुन् । अड्काउने दशा ।

अड्काउने अर्को बुद्धि शिक्षकसँगै रहेछ । अघिपछि सन्दर्भको कुरा गर्ने । तालिम दिनेले कार्डबोर्ड दिन्छ । कैंची दिन्छ । स्कूलमा जाँदा तालिम लिनेले पनि त्यही खोज्छ । खोष्टाको पिर्कामा तालिम दिन नजान्ने विज्ञ । कार्डबोर्डमा तालिम चाहिँदैन । माटोमा देऊ भन्न नजान्ने तालिम खान जाने अज्ञ । यी अज्ञ र विज्ञको बीचको संवादी अन्तराल अर्को अड्काउ हो । त्यसैले हर तालिम लिउन्जेल राम्रा हुन् । प्रत्येक नयाँहरू राम्रा । त्यसैले आई.एड., बी.एड. भन्दा दशमहिने राम्रा । दशमहिने भन्दा १० दिने राम्रा । दशदिने भन्दा बालमैत्री राम्रा । बालमैत्री भन्दा शान्ति तालिम राम्रा । शान्ति तालिमभन्दा सिटी तालिम राम्रा । हाम्रा शिक्षकको ध्यान विचार गर्न नसक्ने क्षमता नै अड्काउ बुद्धि हो त ?

निचोड
शैक्षिक इतिहासले भन्छ— हामीले धेरै तालिमहरू पैठारी गर्यौ । अमेरिकाबाट लाउवाक । ब्राजिलबाट फ्रेरे । बेलायतबाट भाषा शिक्षण । चीनबाट ड्रिल ।रूसबाट समूहकार्य । अनुभवले भन्छ— सबैले काम गरे । उनीहरूको पैसा हुँदा । सुपरीवेक्षण हुँदा । संयन्त्र हुँदा । तदनुकूलको जनमान स हुँदा । उनले छोड्दा केही पनि रहेन । सिन्धुपाल्चोकको डाँडापाखाका घरहरू जस्तो । परियोजना छउञ्जेल भव्य थिए । परियोजना गयो । अहिले डाँडा छ । पाखा छ । तर रौनक छैन । यो स्थितिले हामीलाई भन्यो— नेपाली समस्याकै आधारमा तालिम बनाऔं । चकलेटको खोलबाट ढकी बनाउने थारू महिलालाई सोधेर । प्लाष्टिक बोराबाट नाम्लो बनाउने पहाडेलाई सोधेर । त्यसको अर्थ हो— शिक्षकका समस्या बटुलौं । बटुलेका समस्याको समाधान खोजौं । त्यहीं । तिनै व्यक्तिसँग । विज्ञले तालिम नकोच्याऔं । अति भयो । अज्ञलाई सोधौं । हाजिरी गर्दा समय लाग्यो । समस्या हो । समाधान के होला ? दुई मिनेटमा हाजिर गर्ने तरिका । विद्यार्थी स्वयंले हाजिर गर्ने तरिका । हाजिरै न गर्ने तरिका । विद्यार्थी नियमित भएनन् । समस्या हो— अनियमिततालाई पाठ दिने तरिका । पढ्न बाध्य गर्ने तरिका । घोकाउँदा बुझेन । समस्या हो । नघोकाइ बुझाउने तरिका के के हुन् ? खोजौं । खोजाऔं । के यसतर्फ हामी शिक्षकहरू लाग्न सकौंला त ? निकासीयोग्य तालिम बनाउने उपक्रम गर्न सकौंला त ? पहाडबाट हिमाल पढाउने । हिमालबाट पहाड पढाउने । मधेशबाट पहाड र हिमाल पढाउने । हिमाल र पहाडबाट मधेश पढाउने । कतै यस्तो उपक्रम थाल्ने कि त ?

commercial commercial commercial commercial