गुरु र शिक्षक को, कति र के बनौं ?

शिक्षक स्रष्टाका पक्षधर हुन् । आफ्नै बाटो ठीक भन्ने । माक्सवादै ठीक भने जस्तो । माओवादै ठीक भने जस्तो । गुरु प्रक्रिया पक्षधर हुनाले आफ्नै प्रक्रिया ठीक भन्छन् । ध्यान नै ठीक । ध्येय चिन्तन नै ठीक । ब्रह्म नै ठीक । यसरी भित्रिने गुरु र शिक्षक जोड्ने मेरो चिन्तन हो । गुरुलाई बहु–ब्रह्ममा लाने । शिक्षकलाई द्रष्टा प्रक्रियामा लाने ।

शाब्दिक सन्दर्भ
शब्दहरू बन्छन् । बनाइन्छन् । टिपिन्छन् । टिपाइन्छन् । सनातनीग्रन्थकार भन्छन्– महादेवको डमरुबाट शब्द बने । अनुकरणात्मक शब्द खोलाको आवाजले बने । चराको बोलीले बने । त्यसैमा अर्थ थपियो । सामाजिक अर्थ । सांस्कृतिक अर्थ । व्यापारिक अर्थ । परिणामतः शब्दले सबैलाई एउटै अर्थ दिएन । अङ्ग्रेजी शब्द ‘एक्सप्लाइट’  (exploit) को अर्थ शोषण गर्नु हो राजनीतिक अर्थमा । आर्थिक अर्थमा दोहन (milking) । ‘खतरा’को अर्थ डरमर्दो हो विद्युत् प्राधिकरणलाई । अहिलेका युवाले ‘भयङ्कर असल’ पनि बुझछन् । खतरा शिक्षक । खतरा भाषण । यसको अर्थ हो– शब्दमा लडाइँ हुन्छ । गुरु र शिक्षक एकै हो भन्ने । भिन्नै हो भन्ने । प्रस्तुत सन्दर्भ यही हो ।

सान्दर्भिक शब्द– गुरु र शिक्षक
शब्दसँग सन्दर्भ हुन्छ । सन्दर्भसँग बुझइ । रातिको बाह्र बज्यो । सन्दर्भ रातिको हो । बजेको बाह्र । आमाछोराको संवाद भए के बुझने ? प्रेमी–प्रेमिकाको संवाद भए के बुझने ? चोरको संवाद भए के बुझने ? विद्रोहीको संवाद भए के बुझने ? सन्दर्भ त्यही । शब्द त्यही । बुझइमा व्यक्तिगत सोच टाँसियो । गुरु शब्द त्यही हो । खलासीले भन्दा ड्राइभर गुरु हुन् । जजमान ले भन्दा पुरेत गुरु हुन् । विद्यार्थीले भन्दा नेपाली विषय पढाउने गुरु हुन् । संस्कृत क्याम्पसका सबै शिक्षक गुरु हुन् । यसरी हेर्दा गुरु सस्तिए ।गु=अन्धकार । रु=चिर्ने । मन र तनको अन्धकार चिर्ने गुरु ।

अर्को पाटोमा हेरौं– गुरुगन्तव्यका साधन हुन् । खलासीकोगन्तव्य ड्राइभर बन्ने । जजमान कोगन्तव्य पितृलाई देवतुल्य बनाउने । देवलाई आफू नजिक बनाउने । नेपाली पढाउने शिक्षक गुरु बन्दा चिन्तन भिन्नियो । एकथरीले शिक्षक ठूला ठाने । पाइण्ट लाउने । टाई बाँध्ने । गुरुलाई पुरातन ठाने । त्यहाँ लुगा प्रधान भयो । लुगा एकल हुँदा भाव प्रधान भयो । होच्याउने भाव । होच्याइने भाव । होच्चिएको अनुभूति गर्ने सोच । यो सोचमा विद्यार्थीले शब्द थपे, गुरु–सर । सर– गुरु । शिक्षक पश्चिमाले भिœयाए । पढाउने व्यक्ति । विषय शाश्वत बन्यो । पद शाश्वत बन्यो । काम शाश्वत बन्यो । सिकाउने । सघाउने । यस अर्थमा शिक्षक बनाउने व्यक्ति हुन् । थप्ने व्यक्ति हुन् । झ्क्निे व्यक्ति । गुरु प्रस्फुरण गर्ने व्यक्ति ।

सनातनी अर्थका गुरु र शिक्षक
सनातनी अर्थमा गुरु र शिक्षक फरक हुन् । गुरु आत्मिक । शिक्षक भौतिक । यसरी हेर्दा धरातल फरक हो । आत्मिक हुँदा गुरुले ब्रह्म चिनाउँछन् । साकार ब्रह्म । निराकार ब्रह्म । पहिलो ब्रह्म भौतिक हो । दोस्रो आत्मिक । दार्शनिक शब्दमा भन्दा भौतिक ब्रह्ममै आत्मिक ब्रह्म खोजाउने व्यक्ति । आत्मिक ब्रह्ममै भौतिक ब्रह्म चिनाउने व्यक्ति । यी दुईमा रुप भिन्नता देखाउने व्यक्ति । एकल सार चिनाउने व्यक्ति । शिक्षकले चाहिँ जीविका सिकाउँछन् । यो विषय पढे जीविका चल्छ । बजार छ । यसरी हेर्दा सनातनी पुर्खाले गुरु र शिक्षकमा भेद देखे । अर्को पाटोमा हेर्दा गुरु स्वेच्छिक (voluntary) हुन् । शिक्षक भृत्यकर्मी (paid person) । स्वेच्छिक हुनाले गुरु हक्की छन् । निडर । भृत्यकर्मी हुनाले शिक्षक पक्षीय छन् । भर्ती गर्ने को पक्षका । राजनीतिक दलको पक्षका । क्षेत्रीयताका । भाषिक पक्षका । यसरी हेर्दा, गुरु सन्दर्भका मालिक हुन् । शिक्षक दास । क्षमताका आधारमा हेर्दा गुरु प्रकाशित (reveal) गर्छन् । शिक्षक पढाउँछन् । त्यसैले गुरुले सङ्गत दिए पुग्छ । बेलाबखतमागुत्थी फुकाइदिए पुग्छ । अर्थात् गुरु अनासक्त छन् । चेला आसक्त । शिक्षक र विद्यार्थी चाहिँ आसक्तिकै कक्षमा घुम्छन् । आसक्ति नै सिक्छन् । आसक्ति नै सिकाउँछन् । अर्को शब्दमा भन्दा गुरुले स्वजिम्मेवार बनाउँछन् । बुद्धले ‘तिमी पनि बुद्ध बन’ भने जस्तो । सनातनीले ब्रह्म चिन भने जस्तो । ईशुले ‘बुबा चिन’ भने जस्तो । मोहम्मदले ‘अल्लाह खोज’ भने जस्तो । यसरी हेर्दा गुरुकोगन्तव्य एकल रहेछ । ब्रह्म खोज । शिक्षककोगन्तव्य अनेकन् रहेछन् ।

गुरु चेतनाको तह हो । शिक्षक पेशा । चेतनाको तह हुनाले गुरुले मुक्ति मार्ग देखाउँछन् । मुक्त बन्ने उपाय सुनाउँछन् । परख गर्न ल गाउँछन् । योजनाबाट मुक्ति । चिन्ताबाट मुक्ति । रहरबाट मुक्ति । मोहबाट मुक्ति । शिक्षकले फसाउँछन् । योजना बनाऊ । दृष्टिकोण ल्याऊ । कल्पनागर । स्रोत खोज । बजार हेर । यसरी शिक्षकले विद्यार्थीको जिम्मा लिन्छ । पाठ्यक्रम पूर्ण छ । पढ । यसरी सिक । यसरीगर । यसरी शिक्षकले अहम्को खेती गर्छ । विद्यार्थीलाई पनि त्यही सिकाउँछ । किनकि शिक्षक स्रष्टाको पक्षधर हो । सृष्टि पढाउँछ । स्रष्टा पढाउँछ । स्रष्टा बन्ने सन्देश दिन्छ । त्यसैले शिक्षक मोहकर्मी हो । गुरु चाहिँ द्रष्टा बन्ने प्रेरणा दिन्छन् । स्रष्टा बन्ने उनको रहर होइन । बनाउने पनि होइन । यसरी हेर्दा गुरु अहम् शून्य बन्न प्रेरित गर्छन् । शिक्षक अहम् बनाउन । अहम्को व्यवस्थापन गर्न । यसरी हेर्दा गुरु अन्तरज्योति ९ष्निजत धष्तजष्ल० का पक्षधर हुन् । ठम्याउने सोच दिने । प्रेरित गर्ने । शिक्षक ज्योति दिने व्यक्ति हुन् । यो पद काम हुन्छ भन्ने । यो लेख काम बन्छ भन्ने ।

के छौं ? के बनौं ?
शिक्षाको शाब्दिक अर्थले गुरु र शिक्षकलाई मिलाउँछ । अन्तरनिहित क्षमताको प्रस्फुटन दुवैकोगन्तव्य हो । प्रश्न निर्विकल्प क्षमताको कि वैकल्पिकको । गुरु निर्विकल्प बनिदिए । द्रष्टा चिन्ने । द्रष्टाभावमै रहने र रहर प्रोत्साहित गर्ने । शिक्षक वैकल्पिकको । त्यसको कारण हो– शिक्षक स्रष्टाका पक्षधर हुन् । आफैं बाटो ठीक भन्ने । माक्र्सवादै ठीक भने जस्तो । माओवादै ठीक भने जस्तो । गुरु प्रक्रिया पक्षधर हुनाले आफ्नै प्रक्रिया ठीक भन्छन् । ध्यान नै ठीक । ध्येय चिन्तन नै ठीक । ब्रह्म नै ठीक । यसरी भित्रिने गुरु र शिक्षक जोड्ने मेरो चिन्तन हो । गुरुलाई बहु ब्रह्ममा लाने । शिक्षकलाई द्रष्टा प्रक्रियामा लाने । यसले गर्दा सन्तुष्टि प्रधान हुन्छ । धर्म गरे पनि हुने । कामनामा रमाए पनि हुने । अर्थलाभमै डुबे पनि हुने । मोक्षलाभमा घुमे पनि हुने । जहाँबाट गए पनि एउटै ब्रह्म  (cosmic I) भेटिने । सन्तुष्टि ब्रह्म । पश्चाताप नहुने ब्रह्म । पुख्र्यौली शब्दावलीमा पुलकित ब्रह्म ।

अहिलेका शिक्षक पाठ्यक्रम पढाउँछौं । यस अर्थमा विषयवस्तु पढाउने, सन्दर्भ बिर्सिने । सन्दर्भ पढाउने, विषयवस्तु बिर्सिने । संस्कार पढाउने । सन्दर्भ छुटाउने । यस मानेमा सन्दर्भ, संस्कार र विषयवस्तु मिलाउन नजान्ने । यी सबैमा एकल ब्रह्म खोज्न नजान्ने । अर्कातिर बाट हेर्दा विद्यार्थी नपढ्नेहरू । विषयवस्तु पढ्नेहरू । पढाउनेहरू । यो स्थितिले शिक्षकलाई बाटो दिन्छ– विद्यार्थी पढौं । विद्यार्थीकै विषयवस्तु खोजौं । यसकै रुचिको विषयवस्तु । त्यहीं हराम्रो पाठ्यक्रमको सम्बन्ध जोडौं । विद्यार्थीको सिक्ने तरिका जोडौं । हराम्रो सिकाउने तरिका मिलाऔं । यसो गर्दा शिक्षक गुरुत्वमा पुग्छांै । विद्यार्थी हाम्रै गुरुत्वाकर्षणमा घुम्छन् । अहिलेको डुबान र पौडी (sink and swim) प्रणालीले गुरुत्व दिँदैन । गुरुत्वाकर्षणको अक्ष पनि बनाउँदैन । कारण हो– शिक्षकले विद्यार्थीलाई ल्याउन खोज्यांै (assimilation) । ऊ विकर्षित भयो । अर्थात् शिक्षकको विषयवस्तुमा विकर्षण । पठन–पाठनमा विकर्षण । यसैले विद्यार्थी गुरुको गुरुत्वाकर्षणमै गएन । भुलेर गए पनि विकर्षित भयो । पढाएको कुरा सान्दर्भिक  (spital) नभएको ले । समयसापेक्ष (temporal) नभएको ले । त्यसैले पाठ्यक्रमको स्रोत राजनीतिक दर्शन नबनाऔं । साम्यवादीले गरे जस्तो । अर्थभीरु नबनाऔं । पूँजीवादीले गरे जस्तो । शिष्यशिष्यावादी बनाऔं– गुरुले गरे जस्तो । पढाउने मात्रै नगरौं । डुबान र पौडीवादीले गरे जस्तो । एकल सोच (assimilation) वाला मात्रै नबनाऔं । अमेरिकीले राजनीति गरे जस्तो । यस अर्थमा शिक्षकले पढ्न थालौं । विद्यार्थी पढ्ने । उसका ब्रह्महरू पढ्ने । आनन्दमय ब्रह्म ठम्याउन मद्दत गर्ने । अर्थात् आफूलाई पाठ्यपुस्तकीय ब्रह्मबाट झ्क्निे । सजीव व्यक्तित्व ब्रह्ममा लाने ।


गुरुगन्तव्यका साधन हुन् । खलासीकोगन्तव्य ड्राइभर बन्ने । जजमान कोगन्तव्य पितृलाई देवतुल्य बनाउने । देवलाई आफू नजिक बनाउने । नेपाली पढाउने शिक्षक गुरु बन्दा चिन्तन भिन्नियो । एकथरीले शिक्षक ठूला ठाने । पाइण्ट लाउने । टाई बाँध्ने । गुरुलाई पुरातन ठाने । त्यहाँ लुगा प्रधान भयो । यो सोचमा विद्यार्थीले शब्द थपे, गुरु–सर । सर– गुरु ।

गुरुले आत्मिक सत्य खोज्यौं । बहु सत्यहरू चिनेनौं । धार्मिक शब्दावलीमा क्षरब्रह्महरू । ती क्षरब्रह्महरूबाटै र ब्रह्ममै आनन्दमय ब्रह्म खोज्ने तर्किवहरू । यसो गर्दा क्षरब्रह्म साधन हुन्छ । अक्षरब्रह्म साध्य । क्षरब्रह्म पाठ्यक्रम हुन्छ । अक्षरब्रह्म उद्देश्य । गुरुका उपायहरू शिक्षण प्रक्रिया हुन्छन् । अर्थात् गुरु क्रमिक बन्छन् । शरीर ब्रह्म तुच्छ ठान्ने उनको अतिवादिता हट्छ । सोही ब्रह्म सर्वस्व ठान्ने शिक्षकको अतिवादिता पनि कम हुन्छ । यसरी गुरुले प्रतिलोमी (decending) आधार पाउँछन् । प्रवृत्तिमा निवृत्ति खोज्ने आधार । शिक्षकले अनुलोमी  (ascending) आधार भेट्टाउँछन् । निवृत्तिमा प्रवृत्तिको सम्बन्ध खोज्ने । यस अर्थमा दुवैले नवीनता पाउँछन् । गुरुले यौनानन्द पाउने । शिक्षकले यौनानन्दभन्दा परको आनन्दानन्द । आनन्दोहम् । आनन्दोहम् ।

निष्कर्ष
गुरु र शिक्षक दुई शब्द हुन् । भिन्न अर्थका । भिन्न सन्दर्भका । भिन्न प्रक्रियाका । भिन्न लक्ष्यका । त्यसैले दुईको भिन्नता बुझैं । यी भिन्नहरू अमिल्दा (mutually exclusive) होइनन् । हुँदैनन् । त्यसैले एक–अर्कालाई भर्याङ दिऔं । गुरुलाई प्रवृत्तिसँग जोड्ने भर्याङ । शिक्षकलाई निवृत्तिसँग जोड्ने भर्याङ । पहिलो लाई प्रवृत्तिसँग अनिर्लिप्त (detach) हुने भर्याङ । दोस्रोलाई निवृत्तिसँग निर्लिप्त हुने भर्याङ । यस्ता भर्याङहरू बनाऔं । पुल–पुलेसा बनाऔं । यसो गर्दा एक–अर्काकोगहिराइ चिनिन्छ । भिन्नता बुझन्छि । एक–अर्काबीच सहकार्य गर्ने सोच भेटिन्छ । त्यसो गरे गुरुले जग चिन्छन् । शिक्षकले धुरी चिन्छन् । अनि मात्रै दुवैथरी श्रद्धेय बन्छन् । वन्दनीय हुन्छन् । के हामी वन्दनीय गुरु वा शिक्षक बन्ने हो त ?

commercial commercial commercial commercial