असल शिक्षक

संसारमा शिक्षक हिजो थिए, आज छन् र भोलि पनि हुनेछन् । शिक्षकमा जति विविधता हुन्छ, उनीहरूको विशेषतामा पनि त्यत्तिकै अन्तर हुन्छ । शिक्षकका कतिपय सीप–गुण ठाउँ र समयसापेक्ष पनि हुनसक्छन् । तर केहीगुण, चारि त्रिक विशेषता र बानीले भने एउटा व्यक्तिलाई संसारमा जहाँ पनि र जहिले पनि असल र सफल शिक्षक सावित गराउन सक्छन् । अमेरिकी शिक्षाविद् डा.ग्लेन डब्ल्यू प्रोब्स्टले ‘असल र सफल’ शिक्षकका विशेषताहरूको यस्तो सूची नै तयार गरेका छन्ः

उत्सुक

  •  विषयवस्तुप्रति चाख र उत्साह राख्ने र त्यो कुरा विद्यार्थीलाई पनि अनुभव गराउन सक्ने
  • आफ्नो काम (पेशा) र पढाउने विषय मन पराउने अनि त्यो कुरा विद्यार्थीलाई पनि बुझाउन सक्ने
  • सिक्न, जान्न र सफल हुनका लागि अरूलाई सदैव हौसला दिने

कामका लागि तयार

  • विषयवस्तुको राम्रो ज्ञान राख्ने
  • के र कसरी पढाउने भत्रे दिनहुँ तयारी गर्ने 

चरित्रवान् र समयनिष्ठ

  • खराब बानी र अम्मल नभएका
  • नराम्रो नबोल्ने
  • विद्यार्थीले अनुकरण गर्न योग्य आचरणयुक्त
  • समयको महत्व बुझने र समयबद्धतालाई सम्मान गर्ने
  • ठीक समयमा कक्षा थाल्ने र टुङ्ग्याउने
  • विद्यार्थीलाई पनि समयको महत्वलाई सम्मान गर्न प्रेरित गर्ने

दृढ तथा धैर्य र आत्मनियन्त्रण भएका

  •  लचिलोपनका साथै दृढता भएका
  • पढाउँदा नबहकिने
  • आफूलाई मन परेको कुरा मा मात्र नअल्मलिने

राम्ररी कुरा बुझाउने र परिणाममुखी

  • कुरा बुझाउन मिहिनेत गर्ने
  • रमाइलो गरी पढाउने
  • पाठमा आधारित भएर पढाउने तर पाठमा मात्र सीमित नहुने
  • स्रोत साधन र समयले भ्याएसम्म शैक्षिक सामग्रीको उपयोग र भ्रमण गराउने
  • विद्यार्थीलाई व्यक्तिगतरूपले पनि सहयोग गर्न तत्पर 

एकैनासे व्यवहार गर्ने  

  •  कक्षा नछाड्ने
  • विद्यार्थीसित सधैँ एकैनास व्यवहार गर्ने
  • रराम्रो तयारी गरेर मात्र कक्षामा आउने
  • एक–दुई जना विद्यार्थीको मात्र हालीमुहाली चल्न नदिने
  • व्यक्ति–व्यक्तिको क्षमतामा अन्तर हुन्छ भत्रे कुरा स्वीकार गर्ने

मिजासिलो  

  •  निष्पक्ष
  • विद्यार्थीलाई यथोचित आदर गर्ने
  • विद्यार्थीबाट राम्रो परिणामको अपेक्षा गर्ने
  • नहेप्ने
  • खिल्ली नउडाउने, उल्लीबिल्ली नपार्ने, अपमानित न गर्ने
  • अरूका सामुत्रे कठोर आलोचना नगन

विद्यार्थीहरूका बारेमा चासो राख्ने र उनीहरूलाई आडभरोसा दिने 

  • विद्यार्थीको सफलताका बारेमा गम्भीर चासो राख्ने र विद्यार्थीलाई पनि अनुभव गराउन सक्ने
  • विद्यार्थीका लागि पर्याप्त समय दिने 
  • सिर्जनात्मकतालाई मौका र ठाउँ दिने
  • मित्रतापूर्ण र सहृदयी
  • सहयोगी र हौसला दिने
  • हँसिलो र तनावमुक्त
  • सबैलाई ध्यान दिने र स्नेही
  • आवश्यक पर्दा विद्यार्थीका बारेमा अभिभावकसित कुरा गर्ने

विविधताको प्रयोग गर्ने 

  •  विविध शैक्षिक क्रियाकलाप अपनाउने
  • प्रयोगशील
  • स्वतस्फूर्त कुराहरूलाई ठाउँ दिने
  • हाजिरी, गृह कार्य, कक्षागत परीक्षाफलको स्पष्ट अभिलेख राख्ने 

commercial commercial commercial commercial