असल शिक्षक
संसारमा शिक्षक हिजो थिए, आज छन् र भोलि पनि हुनेछन् । शिक्षकमा जति विविधता हुन्छ, उनीहरूको विशेषतामा पनि त्यत्तिकै अन्तर हुन्छ । शिक्षकका कतिपय सीप–गुण ठाउँ र समयसापेक्ष पनि हुनसक्छन् । तर केहीगुण, चारि त्रिक विशेषता र बानीले भने एउटा व्यक्तिलाई संसारमा जहाँ पनि र जहिले पनि असल र सफल शिक्षक सावित गराउन सक्छन् । अमेरिकी शिक्षाविद् डा.ग्लेन डब्ल्यू प्रोब्स्टले ‘असल र सफल’ शिक्षकका विशेषताहरूको यस्तो सूची नै तयार गरेका छन्ः
उत्सुक
- विषयवस्तुप्रति चाख र उत्साह राख्ने र त्यो कुरा विद्यार्थीलाई पनि अनुभव गराउन सक्ने
- आफ्नो काम (पेशा) र पढाउने विषय मन पराउने अनि त्यो कुरा विद्यार्थीलाई पनि बुझाउन सक्ने
- सिक्न, जान्न र सफल हुनका लागि अरूलाई सदैव हौसला दिने
कामका लागि तयार
- विषयवस्तुको राम्रो ज्ञान राख्ने
- के र कसरी पढाउने भत्रे दिनहुँ तयारी गर्ने
चरित्रवान् र समयनिष्ठ
- खराब बानी र अम्मल नभएका
- नराम्रो नबोल्ने
- विद्यार्थीले अनुकरण गर्न योग्य आचरणयुक्त
- समयको महत्व बुझने र समयबद्धतालाई सम्मान गर्ने
- ठीक समयमा कक्षा थाल्ने र टुङ्ग्याउने
- विद्यार्थीलाई पनि समयको महत्वलाई सम्मान गर्न प्रेरित गर्ने
दृढ तथा धैर्य र आत्मनियन्त्रण भएका
- लचिलोपनका साथै दृढता भएका
- पढाउँदा नबहकिने
- आफूलाई मन परेको कुरा मा मात्र नअल्मलिने
राम्ररी कुरा बुझाउने र परिणाममुखी
- कुरा बुझाउन मिहिनेत गर्ने
- रमाइलो गरी पढाउने
- पाठमा आधारित भएर पढाउने तर पाठमा मात्र सीमित नहुने
- स्रोत साधन र समयले भ्याएसम्म शैक्षिक सामग्रीको उपयोग र भ्रमण गराउने
- विद्यार्थीलाई व्यक्तिगतरूपले पनि सहयोग गर्न तत्पर
एकैनासे व्यवहार गर्ने
- कक्षा नछाड्ने
- विद्यार्थीसित सधैँ एकैनास व्यवहार गर्ने
- रराम्रो तयारी गरेर मात्र कक्षामा आउने
- एक–दुई जना विद्यार्थीको मात्र हालीमुहाली चल्न नदिने
- व्यक्ति–व्यक्तिको क्षमतामा अन्तर हुन्छ भत्रे कुरा स्वीकार गर्ने
मिजासिलो
- निष्पक्ष
- विद्यार्थीलाई यथोचित आदर गर्ने
- विद्यार्थीबाट राम्रो परिणामको अपेक्षा गर्ने
- नहेप्ने
- खिल्ली नउडाउने, उल्लीबिल्ली नपार्ने, अपमानित न गर्ने
- अरूका सामुत्रे कठोर आलोचना नगन
विद्यार्थीहरूका बारेमा चासो राख्ने र उनीहरूलाई आडभरोसा दिने
- विद्यार्थीको सफलताका बारेमा गम्भीर चासो राख्ने र विद्यार्थीलाई पनि अनुभव गराउन सक्ने
- विद्यार्थीका लागि पर्याप्त समय दिने
- सिर्जनात्मकतालाई मौका र ठाउँ दिने
- मित्रतापूर्ण र सहृदयी
- सहयोगी र हौसला दिने
- हँसिलो र तनावमुक्त
- सबैलाई ध्यान दिने र स्नेही
- आवश्यक पर्दा विद्यार्थीका बारेमा अभिभावकसित कुरा गर्ने
विविधताको प्रयोग गर्ने
- विविध शैक्षिक क्रियाकलाप अपनाउने
- प्रयोगशील
- स्वतस्फूर्त कुराहरूलाई ठाउँ दिने
- हाजिरी, गृह कार्य, कक्षागत परीक्षाफलको स्पष्ट अभिलेख राख्ने



