कक्षाको परिपूरक पुस्तकालय

- ज्ञानोदय मावि, काठमाडौंमा कक्षा पाँचमा पढ्ने अस्मिनरूपाखेती नियमित पुस्तकालय जान्छन् । सामान्यज्ञानका पुस्तक छानी–छानी पढ्ने बानीले गर्दा हाजिरीजवाफ प्रतियोगितामा पुरस्कृत पनि भएका छन् । पुस्तकालय नभएको भए आफूलाई धेरै कुरा थाहा नहुने बताउँदै उनी भन्छन्, “पुस्तकालय भएपछि विद्यालय रमाइलो लाग्छ ।”
- विद्यालयमा पुस्तकालयको स्थापना भएपछि तनहुँको श्री महेन्द्र माविको कक्षा दशमा पढ्ने सङ्गीता थापा र सपना थापाले त्यसको बारेमा सबै विद्यार्र्थीलाई थाहा दिन भित्ते–पत्रिकाको प्रकाशन गरे । उनीहरूले पुस्तकालयका किताबबाट नै सामग्रीहरू साभार गरे । बाल पत्रिकामा उनीहरूले प्रश्नको जवाफ खोज्ने स्तम्भ पनि राखे । प्रश्नको जवाफ चाहिँ पुस्तकालयका किताबमा भेटिन्छ भत्रे पनि उनीहरूले जानकारी दिए । उनीहरूको यो अभियानले राम्रै सफलता पाएको छ । “पत्रिकाको १२ अङ्क प्रकाशित हुँदासम्म पुस्तकालय जाने विद्यार्र्थीको सङ्ख्या नाटकीय रूपमा बढेको छ”, सङ्गीता भन्छिन् ।
- ११ वर्षीया लीला पुन बालमन्दिर प्रावि, पर्वतमा कक्षा पाँचमा पढ्छिन् । उनले ज्याँदै रुचाएको पुस्तकरूम टु रिड द्वारा प्रकाशित ‘टोमी टेम्पो’ हो । लीला पहिला फुर्सदको समय खेलेर बिताउँथिन् भने अहिले उनको रुचि पुस्तक पढ्नु भएको छ । विद्यालयमा ‘रूम टु रिड’ ले पुस्तकालय स्थापना गरिदिएपछि अहिले उनको लागि विद्यालय रमाइलो गर्दै ज्ञान आर्जन गर्ने ठाउँ भएको छ । टिफिन र कक्षा नभएको समयमा लीला र उनका साथीहरू पुस्तकालयतिर दौडन्छन् ।
- जनजागृति माध्यमिक विद्यालय धादिङ, महादेवबेंसीमा कक्षा ४ मा अध्ययनरत् राजु लामाले रराम्रो चित्र बनाउन जानेका छन् । “मैले ती चित्र पुस्तकालयको किताबबाट सिकेको हुँ”, उनी भन्छन् । राजुका बुबा–आमा खोलामागिट्टी, बालुवा जम्मा गर्ने काम गर्छन् । बिदाको बेला यो पङ्क्तिकारसँग भेट्दा लामा पनि आफ्ना बुबालाई सघाइरहेका थिए ।
-----------------------------------------
व्यवस्थापनमा विद्यार्थी
शिवपुरी उमाविकी पुस्तकालय प्रमुख शर्मिला पालिखे १५०० भन्दा बढी विद्यार्र्थीलाई सम्हाल्न कुनै सारो नपरेको अनुभव सुनाउँछिन् । २०५० साल देखि पुस्तकालयमा काम गर्दै आएकी पालिखेका अनुसार सो स्कूलको पुस्तकालयमा सन्दर्भ सामग्रीसहित करीब दशहजार किताब छन् । कक्षा ४ र ५ को पुस्तकालय कक्षा पनि छ । अरू कक्षा भने टिफिनको समयमा वा खाली कक्षाको बेलामा आउँछन् । सन्दर्भ सामग्रीलाई साँचो भएको रयाकमा थन्काएर राखे पनि केही किताब र पत्रपत्रिका भने उनले खुल्ला नै राखेकी छिन् जुन विद्यार्र्थीले मन लागेको बेलामा प्रयोग गर्न सक्छन् । च्यातिन सक्ने कुरा मा पनि उनलाई पीर छैन । भन्छिन्, “मलाई विद्यार्र्थीहरूले पनि मद्दत गर्छन् ।”
विद्यालयले पुस्तकालय व्यवस्थापनमा विद्यार्र्थीको पनि सहभागिता होस् भनेर पुस्तकालय समिति बनाएको छ, जसमा कक्षा नौ र दशका विद्यार्र्थीको सहभागिता हुन्छ । कक्षा नौ की सोनिया मगराती भन्छिन्, “हामी मिसलाई किताब रजिस्टर गर्ने , साथीहरूलाई हल्ला गर्न नदिने, जथाभावी किताबमा केरमेट गर्न नदिने काममा मद्दत गर्छौं ।” दुई वर्ष देखि समितिमा बसेका सुरेश श्रेष्ठ पुस्तकालय व्यवस्थापन समितिको मिटिङमा विद्यार्र्थीका पनि कुरा सुनिने बताउँछन् । उनीहरू पालैपालो पुस्तकालयमा बस्छन् । आफूहरू बसेको देखेपछि साथीहरू तथा साना भाइबहिनी पनि ढुक्कसँग पुस्तकालयमा आउने उनीहरूको अनुभव छ । “मिसलाई सहयोग गर्न पाउँदा हामीलाई निकै रमाइलो लागेको छ”, उनीहरूले एकैस्वरमा सुनाए ।
एक पटकमा २१ देखि २५ जना बसेर पढ्न मिल्ने पुस्तकालयमा विद्यार्र्थीको सहभागिताले निकै मद्दत भएको पालिखेको ठहर छ । भन्छिन्, “एक्लै भए गाह्रो हुन्थ्यो, मलाई पनि दिक्क लाग्थ्यो कि ? तर विद्यार्र्थीले यति सघाएका छन् कि म त दङ्ग छु !”
-----------------------------------------
देशकै सबैभन्दा पुरानो विद्यालय भानु मावि (दरबार स्कूल)मा एउटा फराकिलो तथा उज्यालो कोठा पुस्तकालयको लागि छुट्याइएको छ । जहाँ एकैचोटि करिब सय जना विद्यार्र्थी बसेर पुस्तक पढ्न सक्छन् । त्यहाँ करिब पाँच हजार पुस्तक रहेको पुस्तकालय प्रमुख ईश्वरप्रसाद चित्रकार बताउँछन् । उनका अनुसार पुस्तकालयकै लागि भनेर अलग्गै समय नछुट्याइएको भए पनि विद्यार्र्थीलाई घरमा नै पुस्तक लगेर पढ्ने सुविधा दिइएको छ । “३ देखि ८ कक्षासम्मका विद्यार्र्थी पुस्तकालय प्रयोग धेरै गर्छन्”, उनी भन्छन् ।
करिब तीन हजार पुस्तक भएको ज्ञानोदय माविको पुस्तकालय दुई वर्ष देखि व्यवस्थित रूपमा सञ्चालित छ । प्रअ धनञ्जय शर्माले कक्षामा गएर पुस्तकालयको प्रयोगबारे जानकारी दिने गरेका छन् । विद्यार्र्थीले शैक्षिक –सत्रको शुरु मा कार्ड बनाउँदा सय रुपैयाँ तिर्छन् र वर्षभरी पुस्तकालयको प्रयोग गर्छन् । पुस्तकालय प्रमुख अनुसूया लम्साल केटाकेटीले सामान्यज्ञान रकथाका किताबरूचाएको अनुुभव सुनाउँछिन् ।
‘रूम टु रिड’ ले पुस्तकालय निर्माण गरिदिएपछि रानीदेवी निमाविका विद्यार्र्थी टिफिनको समयमा धूलोमा खेल्न छाडेका छन् । अभिभावक रामहरि श्रेष्ठ पुस्तकालयको अतिरिक्त लाभबाट प्रसन्नता व्यक्त गर्दै भन्छन्, “छोरो घर आउँदा आजभोलि लुगा मैलो हुँदैन ।” विद्यालयको पुस्तकालय कस्तो छ भनेर हेर्ने फुर्सद भने उनलाई छैन । स्कूलमा परीक्षा शुल्क बुझएर दौडने तयारीमा रहेका श्रेष्ठले हतारिँदै भने, “जे होस् छोराले अरू कुरा पनि जात्रे भयो !” कक्षामा पढाउने कामसँगै पुस्तकालय हेरिरहेका शम्भु घिमिरे विद्यार्र्थीले पढेकोमा दङ्ग छन् । पुस्तकालय कक्षा भनेर हरेक कक्षालाई साताको एक पटक पुस्तकालयका किताब पढ्ने समय दिइन्छ । घिमिरे भन्छन्, “एकसातासम्मका लागि किताब घर लैजान पनि सक्छन् ।” उनले सुनेका छन्, कति अभिभावकले त छोराछोरीलाई किताब ल्याउन लगाएर आफूले समेत पढ्ने गरेका छन् । विद्यालयले छिट्टै अडियो र भिज्युअलको पनि व्यवस्था गर्न लागेको उनले बताए ।
-----------------------------------------
पुस्तकालयका सहयोगी हातहरू
रूम टु रिड नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले सन् २००० देखि नेपालका स्कूलमा पुस्तकालय निर्माणमा सहयोग गर्न थालेको हो । यसले अहिलेसम्म झन्डै २३ सय विद्यालयमा पुस्तकालय निर्माण गरेको छ । यस संस्थाका संस्थापक जोन उडले सन् १९९८ देखि नै पुस्तक दान गर्न शुरु गरेका थिए । वरिष्ठ पुस्तकालय अभियानकर्ता उत्तम श्रेष्ठ भन्छन्, “विद्यालयको प्रतिबद्धतामा हराम्रो संस्था ढुक्क भएपछि तीनवर्षे योजनाअन्तर्गत किताब, फर्निचर लगायतका सहयोग गर्छौं ।” श्रेष्ठका अनुसार दीर्घकालीन रूपमा पुस्तकालय सञ्चालन गर्ने कुरा मा संस्थाले सम्झौता गर्दैन ।
रूम टु रिड जस्तै रिड नेपाल ले पनि पुस्तकालय निर्माणमा सहयोग गर्छ । तर फरक के छ भने रिड नेपाल ले सामुदायिक पुस्तकालय निर्माणमा मात्र मद्दत गर्छ । सामुदायिक पुस्तकालयमा पनि बालबालिकाका पुस्तकहरू हुनै पर्ने रिड नेपाल को धारणा छ । फिल्ड सुपरभाइजर साजन थापाका अनुसार सन् १९९० देखि हालसम्म ४३ वटा सामुदायिक पुस्तकालय निर्माण गरिएका छन् । यस संस्थाले वर्षमा ५–६ वटा पुस्तकालय निर्माण गर्छ तर आवेदन भने सयौंको सङ्ख्यामा पर्ने गरेका छन् । थापा भन्छन्, “हिजो धूलोमा खेल्ने बालबालिका आज पुस्तक पढ्न थालेपछि समुदायका मान्छे हौसिएका हुनसक्छन् ।” गाविस भए २५ प्रतिशत, नगरपालिका भए ३५ प्रतिशत स्थानीय तवरबाट लगानी गर्नु पर्ने रिड नेपाल को प्रावधान छ । आवश्यक ठाउँको पहिचान गरे पछि दीर्घकालीन रूपमा पुस्तकालय सञ्चालन गर्ने समुदायको प्रतिबद्धता नै रिड नेपाल ले पुस्तकालय निर्माणमा सहयोग गर्ने प्रमुख मापदण्ड हो ।
इन्फो नेपाल, नेस्ट वल्र्ड, म्याजिक यति लाइब्रेरी जस्ता संस्थाले पनि बालबालिकालाई विद्यालय तथा समुदायमा पुस्तकालयको स्थापना गर्न मद्दत गर्छन् । यस बाहेक स्वतन्त्र रूपमा नेपाल भ्रमणमा आएका विदेशीहरूले देशका विभित्र दुर्गम ठाउँहरूमा पनि पुस्तकालय स्थापना गरेका छन् । हेल्प नेपाल नामक संस्थाले पनि विद्यालय तथा समुदायमा ई–पुस्तकालय स्थापना गर्न मद्दत गर्ने गरेको छ ।
-----------------------------------------
फाइदै फाइदा !
तीनजना साना केटीहरूले निकै नम्र तरिकाले नेपाल राष्ट्रिय पुस्तकालयकोगेटमा उपस्थित सुरक्षाकर्मीसँग सोधे, “एक्सक्युज मी ! बालशाखा खुल्ला छ ?” रिसिता मगर, रमा श्रेष्ठ र सकिला श्रेष्ठले साथीहरूबाट सुनेका रहेछन् राष्ट्रिय पुस्तकालयको बाल शाखा शनिबार पनि खुल्छ र त्यहाँ राम्रा–राम्रा चित्र भएका धेरै किताब छन् । कक्षा ४ का यी विद्यार्थीहरूले विद्यालयमा पुस्तकालय नभएको बताउँदा सरलेगाली गर्नु हुन्छ भनेर डरले विद्यालयको नाम बताउन मानेनन् । पुस्तकालयको किताब पढेर हाजिरीजवाफ जितेका केटा साथीहरूलाई उछित्र उनीहरू पनि पुस्तकालय आएका रहेछन् । पुस्तकालयमा केही समय घुमेपछि रिसिताले दङ्ग पर्दै सुनाइन्, “अब म अर्को, अर्को सबै शनिबार आउँछु !”
विद्यालयमा पुस्तकालय नभएका आकाशगोले, निकेश महर्जन पनि सोही बाल शाखामा नियमित आउँछन् । पुस्तकालय आएपछि अरू साथीले भन्दा आफूहरूले रराम्रो चित्र बनाउन जानेको र ‘जीके’ (सामान्यज्ञान)मा रराम्रो हुँदै गएको उनीहरूको ठम्याइ छ । भृकुटीमण्डपमा बुबाको पसल भएकाले कक्षा ७ मा पढ्ने अमृत कोइराला र उनका भाइ अङ्कितलाई काठमाडौं भ्याली पुस्तकालयको प्रयोग गर्न सजिलो भएको छ । राइजिङ रेज बोर्डिङ स्कूलका यी दुई विद्यार्र्थी हरेक दिन विद्यालय छुट्टी हुनासाथ पुस्तकालय जान्छन् । अमृत भन्छन्, “विद्यालयमा पुस्तकालय नहुँदा दिक्क भा’थ्यो, यहाँ पढ्न पाउँदा रमाइलो लागेको छ” पुस्तकालयमा कथाका किताब पढ्न मन पराउने उनी सामान्यज्ञानमा पनि रुचि राख्छन् ।
कक्षा ४ की अनिस्का उपाध्यायलाई विद्यालयको सबैभन्दा मन पर्ने ठाउँ नै पुस्तकालय हो । रातो बङ्गला स्कूलकी यी छात्राले अहिलेसम्म कति किताब पढिसकिन्, त्यसको सङ्ख्या उनलाई थाहा छैन । भन्छिन्, “घरमा पनि पढ्छु, यहाँ पनि पढ्छु ।” पाठ्यक्रमभन्दा बाहिरका किताब पढेर धेरै कुरा थाहा पाएकी अनिस्कालाई मनपर्ने लेखक जुडी ब्लुम, रेहल्दा हुन् । पहिला पहिला बुबाको कार्डबाट एवन पुस्तकालयबाट समेत किताब ल्याएर पढेकी उनले बुबाले पढ्न हौस्याउने बताइन् । तीनजना विद्यार्थीको बारेमा लेखिएको ‘गोस्ट भ्याली एलिमेन्ट्री’ उनको मन परेको पुस्तक हो । उनी आफ्ना साथीहरूले पनि पुस्तकालय ज्यादै मन पराएको सुनाउँछिन् ।
भानु माविकी सुनिता सापकोटाले विद्यालय स्तरीय निबन्धमा पहिलो पटक पुरस्कार हात पारिन् । कक्षा ४ की यी छात्राले पुस्तकालयमा भएको निबन्ध सङ्ग्रह पढेर आफूले लेख्न जानेको बताइन् । उनी भन्छिन्, “मैले कसरी लेख्ने भत्रे कुरा किताब पढेर थाहा पाएँ ।” पुस्तकालय प्रयोग गर्ने समय कम भएको गुनासो गर्दै सापकोटा भन्छिन्, “स्कूल छुट्टी हुँदा भोक लाग्छ, पुस्तकालय पनि बन्द हुन्छ, अनि पढ्न पाइँदैन ।” केटाकेटीहरूले पुस्तक पढ्दा आफ्नो सोचाइको दायरा फराकिलो हुने मात्र होइन, नयाँ क्षितिज उघारिने अनुभव गरेको उनीसँग को कुरा कानीका क्रममा झल्कन्थ्यो ।
बालमन्दिर प्रावि, पर्वतका प्रअ रामबहादुर खत्रीले पुस्तकालय बालबालिकाको नयाँ कुरा सिक्ने ठाउँ भएको अनुभव गरेका छन् । यसले विद्यार्र्थीलाई पाठ्यक्रमभन्दा बाहिरका कुरा सिक्न मद्दत गर्ने हुनाले विद्यार्र्थीको सोच फराकिलो हुने उनको धारणा छ । उनी भन्छन्, “विद्यार्र्थीले पुस्तकालयबाट शिक्षकले दिन नसकेको कुरा पनि सिक्न सक्छन् ।”
-----------------------------------------
पुस्तकालयमा कस्ता किताब हुनुपर्छ ?
बालबालिका अत्यन्त संवेदनशील हुन्छन् । उनीहरूको हरेक सिकाइलाई महत्वका साथ हेरिनुपर्छ । पुस्तक मस्तिष्कको लागि खुराक भएको हुँदा उनीहरूको लागि कस्ता पुस्तक आवश्यक हुन्छन्, कस्ता पुस्तकबाट के कुरा सिक्न सक्छन् भन्ने ध्यान दिनुपर्ने हुन्छ । प्राथमिक देखि माध्यमिक तहसम्मका विद्यार्थीको रुचि, सिक्ने क्षमता र आवश्यकता फरक हुने हुनाले उमेर अनुसारका पुस्तक छनोट हुने गर्छ । विदेशी किताबहरूमा उमेर छुट्याइएकाले छनोट गर्न गाह्रो नभए पनि नेपालमा त्यस्तो प्रचलन नभएकाले पहिला आफूले पढेर कुन उमेर समूहलाई ठीक हुन्छ थाहा पाउनुपर्छ ।
प्राथमिक तहसम्मका विद्यार्थीले ठूला–ठूला चित्र र छोटा–छोटा वाक्य भएका कथाका किताब बढी रुचाउँछन् । विषयवस्तु पनि एकदम सरल, बुझिने हुनुपर्छ । कागज नच्यातिने, चित्रहरू रङ्गीन भए नभएको कुरा हेक्का राख्नुपर्छ । सबै किसिमका रङ भएको चित्रले मस्तिष्कलाई उत्प्रेरणा दिन्छ । कालो मात्र रङले भने बच्चालाई ‘डिप्रेसिभ’ बनाउँछ भने रातोले ‘एग्रेसिभ’ । यो पनि पुस्तक छनोट गर्दा ध्यान दिनुपर्ने कुरा हो ।
निम्न माध्यमिक तहका विद्यार्थीहरूलाई भने अमूर्त कुरा भन्दा व्यावहारिक ज्ञान दिने विषयवस्तु भएका किताब दिनुपर्छ । दैनिक जीवनमा भोगिने स्वास्थ्य, नैतिक मूल्य–मान्यताका किताबहरू यो उमेरलाई उपयोगी हुन्छन् । किताब पढ्दागर्व को अनुभूति गर्ने हुँदा विषयवस्तुमा मात्र नभई लेखनको सरलतामा पनि ध्यान दिनुपर्छ ।
माध्यमिक तहका विद्याथीलाई भने पाठ्यक्रमसँग जोडिएका पुस्तकहरू दिनुपर्छ । साइन्स फिक्सन, जीवनी, यौन शिक्षाका किताबहरू उनीहरूका लागि उपयुक्त हुन्छन् । पुस्तक छनोटमा दबाब मन नपराउने हुँदा यो उमेर समूहका विद्यार्थीलाई स्वतन्त्र छाड्नुपर्छ । शिक्षकले पनि आफूले पढ्दै गरेका किताबका विषयमा कुरा गर्दा विद्यार्थीलाई पढ्न अझ् उत्साहितगराउँछ ।
-----------------------------------------
यस्ता छन् राजधानीका पुस्तकालय
सन् १९६० मा महिला तथा बालबालिकाका लागि भनेर एक्टिभ वुमन अफ अमेरिकाका महिलाहरूले कुपन्डोलमा एवन नामक पुस्तकालयको सुरुआत गरे । हाल एक्टिभ वुमन अफ नेपालका महिलाहरूद्वारा सञ्चालित उक्त पुस्तकालयमा २० हजारभन्दा बढी पुस्तक छन् । साहित्य, दर्शन, राजनीति, अन्य सन्दर्भ सामग्रीसहित पुराना पत्रिकाहरूको सङ्कलन रहेको यो पुस्तकालय दाताहरूबाट नै चलेको छ । यो पुस्तकालयमा २४ वर्ष देखि कार्यरत राम मान न्धरका अनुसार अङ्ग्रेजी भाषा सुधार्न किताब पढ्न आउनेको सङ्ख्या ज्यादा छ ।
नेपाल राष्ट्रिय पुस्तकालयले ०५२ सालबाट शुरु गरेको बाल शाखामा ६ हजारभन्दा बढी पुस्तक छन् । बालबालिकालाई ठिक्क हुने किताब रयाकहरू छन् भने मेच र टेबल पनि सोही अनुसारका बनाइएको छ । आकर्षक तरिकाले सजाइएको कोठामा प्रावि देखि माविसम्मका विद्यार्र्थीका लागि हुने किताबहरू सङ्कलित छन् । बाल शाखा प्रमुख भागीरथी अधिकारी का अनुसार विशेष गरेर शनिबारको दिन बालबालिकाहरू बढी आउने गर्छन् । सदस्य प्रणाली नभएका कारण घरमा पुस्तक लगेर पढ्न भने पाइँदैन । विज्ञान प्रयोगशाला, ओरेगामी, कथावाचन जस्ता अतिरिक्त कार्यक्रम पनि गर्दै आएको पुस्तकालयको एउटा शाखामा जापानी स्वयंसेवकहरूले मद्दत गर्ने गरेका छन् । साताको एकदिन आइतबार बन्द हुने यो शाखामा नेपाली, अङ्ग्रेजी, हिन्दी तथा केही जापानी भाषाका किताब पनि छन् । अन्य दिन बिहान दश बजे देखि साँझ् पाँच बजेसम्म पुस्तकालय खुल्ला रहन्छ ।
खेल्ने र पढ्ने ठाउँ फराकिलो भएको नेपालञ्जापान बाल पुस्तकालय विद्यालयमा पुस्तकालय हुने र नहुने सबै बालबालिकाको मन पर्ने पुस्तकालय हो । काठमाडौंको लैनचौरमा रहेको यो पुस्तकालयमा नेपाली, अङ्ग्रेजी, हिन्दी तथा जापानिज गरेर १० हजारभन्दा बढी किताबहरू छन् । पुस्तकालय सहायक सुशीला मैनालीका अनुसार प्राइमरी, सेकेन्डरी, रिफ्रेन्स गरेर अलगअलग खण्ड छुट्याइएको छ । प्राइमरी सेक्सनमा चित्र भएका किताब राखिएका छन् भने खेलौनाहरू पनि प्रशस्त छन् । मैनालीका अनुसार बालबालिकाले सय रुपैयाँ धरौटी र ५ रुपैयाँको फर्म भरेर सदस्य बनेपछि ११ दिनको लागि एउटा किताब घर लगेर पढ्न सक्छन् ।
काठमाडौं भ्याली पुस्तकालय अहिले स्थापनाकै चरणमा छ । विभित्र विद्यालयहरूले पुस्तकालय भ्रमण गराउने गरेको नेपालकै विशाल पुस्तकालय केशर महल पुस्तकालयमा पनि यसै वर्ष बाल शाखा सञ्चालन गरिएको पुस्तकालय अधिकृत लीलासिंह खनालले जानकारी दिइन् । राजधानीस्थित केही दूतावासले पनि पुस्तकालय सञ्चालन गरेका छन् । इन्टरनेट, भिज्युअलको सुविधा दिएको हुनाले ब्रिटिश काउन्सिलको पुस्तकालय प्रयोग गर्न जाने बालबालिकाको सङ्ख्या बाक्लै छ ।
-----------------------------------------
खाँचो सरकारी पहलको
शिक्षा विभागका कार्यक्रम शाखा अधिकृत कृष्ण ढुङ्गानाका अनुसार, प्राथमिक तहमा ‘सबैका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत केही छानिएका विद्यालयले पुस्तकालय निर्माणका लागि रु.२५ हजार अनुदान प्राप्त गर्छन् । कम्प्युटर तथा पुस्तकालय व्यवस्थापनअन्तर्गतको विद्यालय तथा नेपाल सरकार मिलेर दुईवटा कम्प्युटर र एउटा प्रिन्टर उपलब्ध गराउने सबैका लागि शिक्षा अन्तर्गत नै पर्छ । ढुङ्गानाका अनुसार कम्प्युटरका लागि सरकारले २९ हजार तथा विद्यालयले ४१ हजार जुटाउनुपर्छ ।गत वर्ष देखि शुरु भएको यस कार्यक्रमबाट झण्डै पाँचसय विद्यालयले फाइदा लिएका छन् । विद्यालयको कोटा केन्द्रले गर्ने गरेको बताउँदै ढुङ्गाना भन्छन्, “कुन विद्यालयमा दिने भत्रे निर्णय भने सम्बन्धित जिल्ला शिक्षा कार्यालयले गर्छ ।”
माध्यमिक शिक्षा सहयोग कार्यक्रमअन्तर्गत आव २०६३/६४ मा पुस्तकालय व्यवस्थापन कार्यक्रमअन्तर्गत विभित्र जिल्लाका दुईसय विद्यालयलाई रु.२० हजारका दरले सहयोग प्रदान गरिएको थियो । शाखा अधिकृत घनश्याम अर्याल यसपालि सो कार्यक्रम नभएको इन्टर कनेक्टीभिटी कार्यक्रम मात्र भएको बताउँछन् । करिब चारसय विद्यालयमा इन्टरनेट कनेक्टीभिटी कार्यक्रम लागू भइसकेको छ । अर्यालका अनुसार डेनिडा, एशियाली विकास बैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा यी कार्यक्रमहरू सञ्चालित छन् ।
ज्ञानोदयका प्रअ अधिकारी सरकारले विद्यालय सुधार कार्यक्रमअन्तर्गत ६ हजार पाउने बताउँछन् जसलाई पुस्तकालयमा अरू रकम थप गरेर प्रयोग गर्ने गरिएको छ । बूढानीलकण्ठको रिसोर्स सेन्टर बनाउन अभिभावक, विद्यालय तथा सरकारले सहयोग गरेको बताउँछन् पुस्तकालय प्रमुख घिमिरे । आफ्नै लगानी र प्रयासमा सञ्चालन भइरहेको छ भानुमाविको पुस्तकालय ।
शिवपुरी उच्च माविले पनि सरकारबाट पुस्तकालयको लागि कुनै सहयोग प्राप्त गरेको छैन बरू उदार दाताहरू पाएको छ । उपरोक्त तथ्य र अवस्थाले सरकारसँग स्कूलमा पुस्तकालय स्थापना गर्ने ठोस नीति नभएको कुरा मात्र उजागर गर्दैन, केटाकेटीलाई ज्ञान र स्तरीय शिक्षा दिने महत्वपूर्ण माध्यम पुस्तकालय उसको प्राथमिकतामा नपरेको टीठलाग्दो तथ्य पनि सार्वजनिक गरिदिएको छ । सन् २०१५ सम्ममा सबैका लागि शिक्षा पुर्याउन आवश्यक आर्थिक स्रोतकोग्यारेन्टी अन्तर्राष्ट्रिय समुदायले गरेको अवस्थामा नेपाल सरकारले चाहिँ आफ्ना झण्डै ३० हजार स्कूलहरूका लागि अत्यावश्यक पुस्तकालयको स्थापना गर्न लक्ष्य समेत नराख्नु विडम्बनाको विषय हो । तर यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्नेमा सबैको जोड छ ।
शिक्षाविद् डा. हृदयरत्न बज्राचार्यको विचार मा सरकारको विद्यालयमा के के हुनुपर्छ भन्ने स्पष्ट सोच र नीति नहुँदा पुस्तकालयको कुरा पनि ओझाेलमा परेको हो । उनी सरकारले तत्काल विद्यालयको आधारभूत भौतिक संरचनाको नीति बनाउनुपर्नेमा जोड दिन्छन् । शिक्षक, व्यवस्थापन समिति तथा विद्यार्थीको पहलमा पनि पुस्तकालय सञ्चालन गर्न सकिने आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, “सरकारले दिएन भनेर विद्यालय पनि हात बाँधेर बस्नुहुँदैन । आफ्नो तहबाट सक्ने जति गर्नु पर्छ ।”रूम टु रिड कार्यक्रमका व्यवस्थापक राजीव जोशी थप्छन्, “सरकारले पुस्तकालयका लागि छुट्टै बजेट छुट्याउनु पर्छ, अनुगमन गर्नु पर्छ ।” हालको सहयोग राशी कत्तिको सदुपयोग भइरहेको छ भनेर अनुगमन गर्न पनि उत्तिकै आवश्यक रहेको कुरा मा उनको जोड छ । त्यस्तै नेपाल पुस्तकालय संघका अध्यक्ष भोला श्रेष्ठ सरकारको पुस्तकालयको प्रयोगका बारेमा शिक्षकहरू समेतलाई ज्ञान नभएको बताउँछन् । पुस्तकालयको प्रयोगबाट विद्यार्थीले लिन सक्ने फाइदाका बारेमा शिक्षक र विद्यार्थी दुवैलाई जागरुक बनाउने कार्यक्रम पनि हुनुपर्नेमा उनको जोड छ ।