सीइपीपीको संयोजन र प्रा.डा. विद्यानाथ कोइरालाको अगुवाइमा निर्मित शिक्षक-सक्षमता स्वमूल्याङ्कन प्रश्नावली-२०८१


शिक्षक साथीहरू, 
तलका प्रश्नहरूको आधारमा आफूले आफैंलाई मूल्याङ्कन गरौं। आफ्नो पेशागत सक्षमता आफैंले पत्ता लगाऔं। त्यसको आधारमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सम्मानित एवं पुरस्कृत हुने कुराको दावी गरौं । आफ्ना कमी कमजोरीहरू भए तिनको पनि पहिचान गरौं। यसरी महसूस गरिएका कमी कमजोरीहरू हटाउन चाहेमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरू पनि छन् । तिनीहरूसँग सहकार्य गरौँ । अनि आपूmलाई एक्काइसौँ शताब्दीको सम्मानित शिक्षक बनाऔंँ । 

प्रश्नावलीमा १३ वटा खण्ड छन्। प्रत्येक खण्ड आफैँमा पूर्ण छन्। त्यसैले निश्चित खण्डमा मात्र स्वमूल्याङ्कन गरे पनि हुन्छ; सबै खण्डमा स्वमूल्याङ्कन गरे पनि हुन्छ। सो कार्य सहज छ। आफूलाई मूल्याङ्कन गरी उत्तरका विकल्प छाने हुन्छ। कति प्रश्नहरू दोहोरिए जस्ता लाग्न सक्छन्। ती कति अवस्थामा शिक्षकका वर्तमान आवश्यकताहरूलाई जोड दिने अभिप्रायले पनि त्यसरी राखिएका छन्। 

हरेक खण्डका प्रश्नमा ११ वटा आधार र ४ वटा वैकल्पिक क्रमागत उत्तर छन्। सधैं गर्नुहुन्छ भने ४ र बिरलै गर्ने वा कहिल्यै गर्नुभएको छैन भने १ अङ्क दिनुहोस्। धेरैजसो गर्ने गरेको छु  भन्ने लाग्छ भने ३ र कहिलेकहीँ मात्र गर्नुहुन्छ भने २ अङ्क दिनुहोस्। जम्मा अङ्क र त्यसको मतलब प्रश्नको पुछारमा दिइएको छ। 

कम्प्युटरमा तपाईले अघिल्लो पटक गर्नु भएको स्वमूल्याङ्कनको अङ्क पनि बसिरहेको हुन्छ र पछिल्लो आफ्नो अङ्कसँग तुलना गर्न सक्नुहुन्छ। आफ्नो  प्रदेश वा पालिकामा यो स्वमूल्याङ्कन गर्ने मध्येहरूमा आफ्नो स्थान पनि हेर्न सक्नुहुन्छ।

प्रश्नावली 
१. विषयगत ज्ञान 

क) पढने तथा पढाउने विषयमा मलाई नयाँ नयाँ ज्ञान, सीप तथा प्रविधिको आवश्यकता  
                                                                                                         (छ) ४, ३ , २, १ (छैन)
ख) नयाँनयाँ  ज्ञान, सीप, तथा प्रविधि सिक्नका लागि म मोबाइल, ल्यापटप, कम्प्युटर, पुस्तकालय आदिको प्रयोग

                                                                                                         (गर्छु) ४ ३ २ १ (गर्दिन) 
ग) विद्यार्थीसँग सिक्ने तथा तिनलाई सिकाउने कलाबारे विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समिति तथा जनप्रतिनिधिहरूसँग संवाद, अध्ययन एवं अनुसन्धान

                                                                                                          (गर्छु) ४ ३ २ १ (गर्दिन) 
घ) स्वदेशी तथा विदेशी डिजिटल एवं नन–डिजिटल माध्यमहरूबाट आफ्ना अनुभव, अध्ययन, र अनुसन्धान र लेख–रचनाहरू प्रकाशन गर्ने गरेको

                                                                                                           (छु) ४ ३ २ १ (छैन)
ङ) समसामयिक विषयमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको सेमिनार, कार्यशाला आदिमा भाग लिएको वा लिन उत्सुक्

                                                                                                           (छु) ४ ३ २ १ (छैन)
च) शास्त्रीय, स्थानीय÷रैथाने तथा आधुनिक ज्ञान, विज्ञान, सीप, प्रविधिहरूबीच के कति समानता वा भिन्नता छन् भनी लेखाजोखा गरी पढ्ने तथा पढाउने गरेको                                                                                                                         (छु) ४ ३ २ १ (छैन)
छ) आफूलाई अप्ठेरो परेको बेलामा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रोतव्यक्ति तथा संस्थासँग सरसल्लाह लिने गरेको

                                                                                                           (छु) ४ ३ २ १ (छैन) 
ज) मेरो औपचारिक शिक्षा शिक्षक हुन उपयुक्त                                            (छ) ४ ३ २ १ (छैन)
झ) मेरो औपचारिक शिक्षा शिक्षक हुन पर्याप्त                                               (छ) ४ ३ २ १ (छैन)
ञ) म मेरो विषयमा कामले मागेको तहसम्म विज्ञ                                            (छु) ४ ३ २ १ (छैन) 
 

२. मनोविज्ञानको अनुसार 

क) बाल तथा किशोर विद्यार्थीहरूको बानी व्यवहार बुझ्न उनीहरू र उनका अभिभावकसँग संवाद गरी सो कुराको नोट र रेकर्ड (प्रोफाइल) राख्ने गरेको                 (छु) ४ ३ २ १ (छैन)
ख) कुन विद्यार्थीले कसरी सिक्छ भनी जानकारी लिई तथा लघु अनुसन्धान गरी सोअनुसार आफ्नो शिक्षण शैलीमा फेरबदल गरेको                     (छु) ४ ३ २ १ (छैन)
ग) विद्यार्थीलाई शरीरले, मनले, तथा बोलीले हिंसा नगरी पठनपाठन गर्ने गरेको    (छु) ४ ३ २ १ (छैन)
घ) शिक्षकले पढाइमा कमजोर विद्यार्थीलाई पनि सरदर र सरदरलाई उसको सहयोगले अझ राम्रो बनाउन सक्छ भन्ने थाहा पाएको                     (छु) ४ ३ २ १ (छैन)
ङ) शिक्षण गर्दा पाठ्यक्रमले निर्धारित गरेको क्रमलाई अतिरिक्त क्रियाकलापहरू गर्दा पनि याद गर्ने गरेको                                (छु) ४ ३ २ १ (छैन)
च) विद्यार्थीले असल काम गरेको खोजी हिड्छु । उत्प्रेरणाको माध्यम प्रशंसात्मक बनाउने हर प्रयास 
(छु) ४ ३ २ १ (छैन)
छ) विद्यार्थीलाई उनीहरूले कल्पना गरेका कार्यहरूमा सहभागी गराउने वा हुने वातावरण तयार गरेको                                     (छु) ४ ३ २ १ (छैन)
ज) एक साथीले अर्काे साथीलाई सघाउने व्यवस्था मिलाएको             (छु) ४ ३ २ १ (छैन)
झ) विद्यार्थीले कर लगाएको बेलामा भन्दा एकाग्र भएर सम्बन्धित विषयमा आपैmँले खोज गरे भने सिक्छन् भन्ने बुझी सोअनुसार शिक्षण डिजाइन गर्ने गरेको         (छु) ४ ३ २ १ (छैन)
ञ) खासगरी बालबालिकाले प्रौढसँग भन्दा दौंतरी र वातावरणसँग सिक्छन् भन्ने बुझी प्रशस्त समूह तथा सहकार्य गर्ने गराउने                             (छु) ४ ३ २ १ (छैन)
घ. बहूभाषिकताको अभ्यास
क) विभिन्न पहिलो भाषा भएका विद्यार्थीहरूलाई उनीहरूकै पहिलो भाषालाई माध्यम बनाई सिक्ने सिकाउने व्यवस्था गरेको                         (छु) ४ ३ २ १ (छैन)
ख) विद्यार्थीले विद्यार्थीलाई एकअर्काको मातृभाषा सिक्ने एवं सिकाउने प्रबन्ध मिलाएको 
(छु) ४ ३ २ १ (छैन) 
ग) बहुसंख्यक विद्यार्थीको मातृभाषाहरूलाई विषयको रूपमा पढाउने व्यवस्था पनि मिलाएको 
(छु) ४ ३ २ १ (छैन¬) 
घ) विद्यार्थीको मातृभाषाको विकास तथा विस्तारका लागि लिपि सिकाउने, शब्दकोष बनाउने, बहुभाषी पाठ्यसामग्री बनाई प्रयोग गर्ने जस्ता कार्यहरू गरेको             (छु) ४ ३ २ १ (छैन)
ङ) आफ्नो पहिलो र अन्तर्राष्ट्रिय भाषाबाहेकका छिमेकका भाषा सिक्न र कमसे कम आधारभूत शब्दावली जान्न कोसिस गरेको                             (छु) ४ ३ २ १ (छैन¬)
    च) आफ्नो पहिलो र अन्तर्राष्ट्रिय भाषा राम्ररी पढ्न लेख्न बोल्ने क्षमता राखेको      (छु) ४ ३ २ १ (छैन) 
छ) बहुभाषिक मस्तिष्क र व्यक्तित्वका बारेमा भए गरेका अध्ययन अनुसन्धानका बारेमा जानकारी राख्छु र बहुभाषिकतालाई बोझ होइन अवसरका रूपमा लिने गरेको         (छु) ४ ३ २ १ (छैन)
ज) हरेक भाषा स्वयंमा एक चिन्तन र ज्ञान प्रणाली हो र भाषाको लोपसँगै ज्ञान र चिन्तन पनि लोप हुन्छ भन्ने बुझेको                             (छु) ४ ३ २ १ (छैन)
झ) भाषा स्वयं ज्ञान हो तर यो माध्यम मात्र पनि हो । भाषामा जति दक्खल भयो त्यति नै विषयवस्तु गहिरोसँग सम्प्रेषण गर्न सकिन्छ भन्ने बुझेको                 (छु) ४ ३ २ १ (छैन)
ञ) पालिकामा भएका लोपोन्मुख भाषाको खोजी गरी तिनको संरक्षण तथा विकासका लागि क्रियाशील बनेको                                 (छु) ४ ३ २ १ (छैन)


४. शिक्षणकलाको प्रयोग
क) विभिन्न स्रोत र अनुभवबाट सिकी विद्यार्थीलाई हरतरहले सदासर्वदा व्यस्त राख्ने गरेको 
(छु) ४ ३ २ १ (छैन)
ख) रैथाने तथा आधुनिक सीपमा ज्ञान, विज्ञान तथा प्रविधि खोजी घरको काम एवं अतिरिक्त क्रियाकलापलाई पाठ्यक्रम तथा पाठ्यपुस्तकमा जोडने काम गरेको         (छु) ४ ३ २ १ (छैन)
ग) साथी तथा विज्ञसँगको सहकार्य र परम्परागत तथा आधुनिक प्रविधिको प्रयोग गरी शोध तथा खोज जस्ता कुरामा केन्द्रित हुने अभ्यास गरेको                 (छु) ४ ३ २ १ (छैन)
घ) विद्यार्थीलाई सिर्जनात्मक प्रश्न दिने, उनीहरूले दिएको उत्तरका आधारमा नतिजा विश्लेषण गर्ने, तदनुरूप तिनलाई व्यक्तिगत तथा सामूहिक पृष्ठपोषण दिन विद्यार्थीको प्रोपmाइल अद्यावधिक राख्ने गरेको                                (छु) ४ ३ २ १ (छैन)
ङ) व्यक्तिगत तथा सामूहिक रूपमा आफ्नो नजिकै रोजगारीका सम्भावना देखाउने तथा सामाजिक सञ्जालमा सकारात्मक सन्देश दिने विषयका कुरा लेख्ने लेखाउने गरेको     (छु) ४ ३ २ १ (छैन)
च) व्याख्यान विधि कम गर्ने, सिर्जनात्मक गृहकार्य दिने, परियोजना कार्य गर्ने जस्ता काममा विद्यार्थीलाई अभ्यस्त गराएको                             (छु) ४ ३ २ १ (छैन)
छ) विद्यार्थीको व्यक्तिगत रुचिका विषयमा थप जानकारी दिन विद्यालय बाहिर तिनले के कसो गरिरहेका छन् भनी चासो लिने गरेको                         (छु) ४ ३ २ १ (छैन)
झ) स्थानीय तहमा उपलब्ध स्रोतव्यक्ति तथा आधुनिक प्रविधिको उपयोग गरी कक्षा सञ्चालन गर्ने गरेको                                 (छु) ४ ३ २ १ (छैन)
ट) विद्यार्थीमा पठन संस्कृति विकास गर्न उनीहरूले प्रति महिना कम्तिमा कक्षाअनुसारको एउटा अतिरिक्त किताब पढ्नुपर्ने व्यवस्था गरेको                 (छु) ४ ३ २ १ (छैन)


५. सिकाइ व्यवस्थापन 
क) कक्षामा सिकेको कुरा कक्षा बाहिरको वातावरणमा परीक्षण गर्ने एवं कक्षा बाहिरको वातावरणमा सिकेको कुरा कक्षा भित्र परीक्षण गर्ने गराउने अभ्यासलाई संस्थागत गरेको     (छु) ४ ३ २ १ (छैन)
ख) कक्षा बाहिरका आर्थिक, राजनीतिक,  धार्मिक वा सामाजिक, गतिविधिले कक्षा भित्रको वातावरण बिथोल्ने देखिएमा सम्बन्धित व्यक्तिहरूसँग संवाद एवं छलफल गरी कक्षा भित्रको वातावरण शान्त बनाउने गरेको                             (छु) ४ ३ २ १  (छैन)
ग) विद्यार्थीलाई समुदायमा गई सिक्न लगाउने, अनुसन्धान गराउने, परियोजना दिने तथा समुदाय सेवाका कार्यमा लगाउने व्यवस्था गरेको                    (छु) ४ ३ २ १ (छैन)

घ) हरेक समयावधिका लागि (वार्षिक, त्रैमासिक, साप्ताहिक, दैनिक) पाठ्यक्रमअनुसार पाठयोजना बनाउने गरेको                             (छु) ४ ३ २ १ (छैन)
ङ) पाठयोजनाअनुसार पाठ्यपुस्तकबाहेक केही न केही सहायक सामग्री पाठ्यक्रमअनुसार तयार गर्ने गरेको                                 (छु) ४ ३ २ १ (छैन)
च) हरेक विद्यार्थीको प्रोफाइल बनाएर राख्ने र मासिक रूपमा उनका अभिभावक र बालबालिकासँग छलफल गर्ने गरेको                             (छु) ४ ३ २ १ (छैन)
छ) हर कक्षाको शिक्षण सिकाइ कस्तो रह्यो भनी विद्यार्थीसँग सोध्ने तथा आफू नै सो शिक्षणबाट सन्तुष्ट भए नभएको कुराको लेखाजोखा गरी अर्काे दिन शिक्षण प्रक्रिया बदल्ने गरेको 
(छु) ४ ३ २ १ (छैन)
ज) बेला बखतमा स्थानीय तहमा उपलब्ध विज्ञ तथा अनुभवी व्यक्तित्वहरू बोलाई कक्षा सञ्चालन गर्ने गराउने चलनलाई संस्थागत गरेको                         (छु) ४ ३ २ १ (छैन)
झ) अर्को शिक्षकसँग एक भाग सिक्ने, साथीसँग अर्काे भाग सिक्ने, विज्ञसँग तेस्रो भाग सिक्ने र आफ्नै अनुभवबाट चौथो भाग सिकी सिकाइलाई पूर्णता दिने प्रयत्न गरेको         (छु) ४ ३ २ १ (छैन)
ञ) सिद्धान्तलाई व्यवहार तथा व्यवहारलाई सिद्धान्तमा बदल्ने क्षमता के हो भनी आधार बनाउने गरेको 
(छु) ४ ३ २ १ (छैन) 
ट. परि०ाामको सूनिश्चितता 
क) आपूmले पढाउने विषयको गुणस्तर कायम गर्ने जिम्मा आफैले लिने अभ्यास गरेको 
(छु) ४ ३ २ १ (छैन) 
ख) कक्षा र विषय वा दुवैको सरदर न्यूनतम प्राप्ताङ्कको वार्षिक लक्ष राख्ने गरेको  
(छु) ४ ३ २ १ (छैन) 
ग) गुणस्तरका लागि आफूले बनाएको मानक अनुसार प्रत्येक विद्यार्थीको के कस्तो उपलब्धि भएको छ भनी निरन्तर आवधिक मूल्याङ्कन गर्ने गरेको                 (छु) ४ ३ २ १ (छैन¬)  
घ) परिणामका मानकलाई सर्वस्वीकार्य बनाउन प्रधानाध्यापक, शिक्षक साथी, व्यवस्थापन समितिका सदस्यहरूको टिप्पणी एवं सुझाव लिई त्यसलाई अन्तिम रूप दिने गरेको छु ।        
(छु) ४ ३ २ १ (छैन) 
ङ) मानकअनुसार गुणस्तर नपुगेका बालबालिकालाई अतिरिक्त शुल्क नलिई थप सहयोग दिने गरेको 
(छु) ४ ३ २ १ (छैन¬) 
च) यथार्थ र तात्कालिक घटनामा आधारित हुनेगरी प्रश्नहरू निर्माण गरी विद्यार्थीलाई जनजीवनसँग जोडने जोडाउने काम गरेको                        (छु) ४ ३ २ १ (छैन) 
छ) प्रश्नहरू तथ्य सम्झेर ठीक उत्तर दिनेभन्दा तथ्य सम्झेर आफ्नो विचार र वाक्यमा उत्तर लेख्ने गरी बनाएको                                 (छु) ४ ३ २ १ (छैन) 
ज) विद्यार्थी, शिक्षक, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनको सहकार्यमा पालिकामा प्रश्न बैंक बनाई त्यसको स्तरीकरण गरी विद्यार्थीमा न्यूनतम शैक्षिक गुणस्तर कायम गर्ने काम गरेको 
(छु) ४ ३ २ १ (छैन) 
झ) विद्यार्थीहरूलाई ग्रेडिङ गरी उनीहरूलाई पठनपाठन गर्ने तरीका र प्रश्नहरू समेत फेरबदल गरेको 
(छु) ४ ३ २ १ (छैन) 
ञ) पछि परेका तथा पारिएका विद्यार्थीहरूको शैक्षिक उपलब्धि बढाउन विशेष व्यवस्था गरेको 
(छु) ४ ३ २ १ (छैन) 
ठ. पेशागत तालिम 
क) सरकार र अन्य सम्बन्धित आधिकारिक निकायहरूद्वारा प्रदान गरिएका तालिमहरू प्रयत्न गरेर लिएको                                (छु) ४ ३ २ १ (छैन)
ख) हरेक लिएका तालिमहरूलाई गम्भीरतापूर्वक लिई विद्यार्थीमाझ लैजाने भरसक्दो प्रयत्न गरी त्यसलाई सान्दर्भीकरण गर्ने गरेको                         (छु) ४ ३ २ १ (छैन)
ग) आफूले आफैलाई तालिम दिने, प्रधानाध्यापकसँग तालीम लिने, स्थानीय विज्ञसँग तालीम लिने, उपलब्ध प्रविधिमार्फत तालिम लिने व्यवस्था गर्ने गराउने गरेको         (छु) ४ ३ २ १ (छैन)
घ) पालिका, शिक्षक महासंघ वा अरु शिक्षकका संस्थाहरू, प्याब्सन, एनप्याब्सन लगायतका संघसंस्थाहरूको सहकार्यमा शिक्षक तालिम आयोजना गर्ने गराउने गरेको    (छु) ४ ३ २ १ (छैन)
ङ) आफ्नो पेशागत विकासका लागि आवश्यक कानुनी, प्राविधिक तथा विषयगत ज्ञान, सीप आदिको जानकारी राख्ने गरेको                            (छु) ४ ३ २ १ (छैन¬)
च) पेशागत उन्नयनका लागि पुस्तक लेखन, अनुसन्धान, तथा पेशा सुधारक लेखहरू लेख्ने गरेको 
(छु) ४ ३ २ १ (छैन)
छ) स्थानीय तहमा उपलब्ध वस्तुबाट विज्ञान, गणित, कला, इञ्जिनियरिङ, प्रविधि जस्ता विषयगत सामग्री बनाई एकीकृत ढंगले पढ्ने पढाउने गरेको             (छु) ४ ३ २ १ (छैन)
ज) संकलित जानकारीलाई संश्लेषण गरी पाठ्यपुस्तकमा भएका ज्ञान तथा सीपलाई अद्यावधिक गर्ने गरेको                                (छु) ४ ३ २ १ (छैन)
झ) आफूले भोगेका शैक्षिक समस्याहरूको राष्ट्रिय तथा अन्तराष्ट्रिय समाधान के छ भनी नेटमार्फत जानकारी लिने गरेको                             (छु) ४ ३ २ १ (छैन)
ञ) हरेक भेला, भ्रमण, गोष्ठी सम्वादलाई तालिमकै रूपमा लिई सचेष्ट रूपमा यसबाट के नयाँ सिकेँ र त्यसको प्रयोग कसरी गर्ने भन्ने नोट बनाई कार्यान्वयन गर्ने गरेको        (छु) ४ ३ २ १ (छैन)
ड. नेतृत्व तथा नैतिकता 
क) विद्यार्थी तथा अभिभावकले कस्तो शिक्षकको अपेक्षा गरेका छन् भनी विचार'/सर्वेक्षण गरेको 
(छु) ४ ३ २ १ (छैन)
ख) सर्वेक्षणको आधारमा प्राप्त जानकारीअनुसार आफूलाई तयार पारेको 
(छु) ४ ३ २ १ (छैन)
ग) विद्यार्थी, शिक्षक तथा कर्मचारीसँग सँधै हँसिलो भई कुराकानी गर्ने र भएसम्म आफ्नो पोसाक र बाहिरी आवरण पनि स्याहार गर्ने गरेको                    (छु) ४ ३ २ १ (छैन)
घ) योग, ध्यान तथा व्यक्तिगत एवं सामूहिक सरसफाइमा आफू पनि ध्यान दिन्छु, विद्यार्थीहरूलाई पनि यी कुरामा अभ्यास गराउने गरेको                    (छु) ४ ३ २ १ (छैन)
ङ) स्थानीय, ताजा र पोषिलो खानेकुरा खाने गरेको र विद्यार्थीहरूलाई पनि सोहीअनुसारको शिक्षा दिने गरेको                                (छु) ४ ३ २ १ (छैन)
च) आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी धूम्र तथा मद्यपान एवं अरु मादक पदार्थ सेवन गर्दिनँ एवं विद्यार्थीलाई पनि त्यसो नगर भनी सिकाउने तथा अभ्यास गराउने गरेको    (छु) ४ ३ २ १ (छैन)
छ) मेरो जीवनशैली तथा व्यवहार नै मेरो सन्देश हुन्छ भन्ने कुरा आत्मसात गरेको     
                            (छु) ४ ३ २ १ (छैन)
ज) मलाई शिक्षक हुनुमा साँच्चै गौरव                         (छ) ४ ३ २ १ (छैन)
झ) आफ्ना एवं आफन्त र इष्टमित्रका प्रतिभाशाली सन्तानलाई शिक्षक बन्न उत्प्रेरित गर्ने गरेको  
                            (छु) ४ ३ २ १ (छैन)
ञ) सहकर्मी शिक्षक साथीको लैङ्गिक, जातीय वा राजनैतिक पृष्ठभूमि नहेरी व्यावसायिक व्यवहारको सम्मान एवं प्रशंसा र अव्यावसायिक आचरण तथा व्यवहारको निन्दा गर्ने गरेको 
(छु) ४ ३ २ १ (छैन)


ढ. वातावरणीय चेतना र विश्व नागरिक  
क) पुर्खाको ज्ञान तथा सीपको खोजी गरी त्यसको प्रयोग एवं परीक्षण गर्दै आधुनिक उपायहरू पनि अवलम्बन गरी वातावरण संरक्षण गर्ने गराउने गरेको             (छु) ४ ३ २ १ (छैन)
ख) विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको सहकार्यमा वातावरण शिक्षा दिने तथा त्यसको संरक्षण गर्ने गराउने गरेको             (छु) ४ ३ २ १ (छैन)
ग) पृथ्वी मानव जातिको साझा घर हो भन्ने धारणाअनुसार विश्वको वातावरण संरक्षण गर्न अध्ययन अनुसन्धान गर्ने गरेको                         (छु) ४ ३ २ १ (छैन)
घ) विश्वका सबै मानव एकै हौँ भन्ने भावनालाई व्यवहारमा ल्याउन विद्यार्थीमा सकारात्मक सोचको विकास गर्ने गरेको                             (छु) ४ ३ २ १ (छैन)
ङ) वातावरण विनासले खास गरी प्राकृतिक स्रोतमा प्रत्यक्ष रूपमा आश्रित जनसमुदायको स्वास्थ्य तथा जीविकामा पर्ने असरबारे विद्यार्थीलाई सचेत गराउने गरेको           (छु) ४ ३ २ १ (छैन)
च) हरेक धर्म, जातजाति, संस्कार संस्कृति फरक हुन्, तल माथि होइनन् भन्ने सन्देश प्रवाह गरेको 
(छु) ४ ३ २ १ (छैन)
छ) उपभोग घटाउने, उपभोग्य सामग्रीको पुनःप्रयोग गर्ने र यस्ता सामग्रीको पुनःप्रशोधन गर्ने कुराको आपूmले अभ्यास गर्ने र विद्यार्थीलाई बताउने गरेको             (छु) ४ ३ २ १ (छैन)
ज) व्यक्तिगत तथा आपूmले प्रभावित गर्न सक्ने सामूहिक तहमा प्रदुषण नगर्न नगराउन विद्यार्थीलाई प्रोत्साहित गर्ने गरेको छु                         (छु) ४ ३ २ १ (छैन)
झ) स्रोतको उपभोगमा विश्वमा रहेका उपनिवेश लगायतका अन्यायपूर्ण व्यवस्थाहरूको बारेमा आलोचनात्मक दृष्टि राख्न पनि सघाउने गरेको                (छु) ४ ३ २ १ (छैन)
ञ) गाँस–बास–कपासको जोहो गर्ने स्थानीय सीपहरू विश्वसङ्कट सामना गर्ने पूर्वतयारीका रूपमा लिन र सकेसम्म अभ्यास गर्न, नसके न्यूनतम सिपको जानकारी राख्न प्रोत्साहन गर्ने गरेको 
(छु) ४ ३ २ १ (छैन)
ज्ञण्. योजक बन्ने बनाउने सक्षमता
क) हरेक विषयहरूलाई बहु विषयक र अन्तर विषयक हिसाबले हेर्छु र हेर्न मद्दत गर्ने गरेको  
(छु) ४ ३ २ १ (छैन)
ख) हरेक विषयवस्तुलाई भौगोलिक तथा ऐतिहासिक लम्बाइ चौडाइमा हेर्न (जस्तै तराइमा भए यस्तै काम हिमालमा कसरी गर्छन् या यस्तै काम सयपचास वर्ष अगाडि कसरी गर्दा रहेछन्) प्रोत्साहित गर्ने गरेको                                 (छु) ४ ३ २ १ (छैन)
ग) कुनै काम गर्नु अगाडि त्यसको असर भोग्ने वा विपरीत अवस्थामा रहेको व्यक्तिले कसरी सोच्ला भनेर विचार गर्न र आपैmले गरेको काम विद्यार्थीले कसरी सोच्लान् भनेर विचार गर्ने गरेको 
(छु) ४ ३ २ १ (छैन)
घ) आफ्नो कुनै दलसँग झुकाव रहे वा नरहे पनि सबै राजनीतिक दलका मूल सैद्धान्तिक चिन्तनहरूलाई मिलाई सञ्चालन गर्ने गरेको                         (छु) ४ ३ २ १ (छैन¬)
ङ) शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि आदिका विपरीत विचारहरूबाट सार निकाली योजकको काम गर्ने गरेको                     (छु) ४ ३ २ १ (छैन¬)
च) विविध विचार तथा दृष्टिकोणहरू समेटी तिनलाई मोजाइकको रूपमा उपयोग गर्ने अभ्यास गरेको 
(छु) ४ ३ २ १ (छैन)
छ) विद्यार्थीहरूलाई पनि एकअर्काका विचारहरूको सम्मान गर्दै योजक बन्ने कला सिकाउने गरेको 
(छु) ४ ३ २ १ (छैन)
ज) निजी, गुठी, सहकारी तथा सरकारी विद्यालयहरूसँग सहकार्य गरी एकअर्काका भौतिक, मानवीय, तथा आर्थिक कुराको आदानप्रदान गर्ने गराउने अभ्यास गरेको         (छु) ४ ३ २ १ (छैन)
झ) बाहिर नकारात्मक देखिएका विषय घटना तथा व्यवहारमा केही सकारात्मक असर पनि छ कि खोज्न र बुझ्न प्रोत्साहित गर्ने गरेको                        (छु) ४ ३ २ १ (छैन)
ञ) नजिकै जाँदा एक्लै हिँडे हुने तर यात्रा जति लामो र कठिन हुन्छ त्यति नै धेरै साथी चाहिने कुरा बताउने गरेको                             (छु) ४ ३ २ १ (छैन)
ज्ञज्ञ. प्रतिभा व्यवस्थापन 
क) पालिकामा भएका प्रतिभाहरूको व्यवस्थापन तथा प्रयोगको सामान्य अभ्यासको रूपमा विद्यालय अलुम्नाइको गठन गरेको                         (छु) ४ ३ २ १ (छैन)
ख) विदेशिएका विद्यार्थी तथा युवाहरूको ज्ञान, सीप, प्रविधि, पैसा, तथा स्वयं युवालाई विद्यालय तथा पालिकाको हितमा प्रयोग गर्ने गरेको                     (छु) ४ ३ २ १ (छैन)
ग) रोजगारीका सम्भावना खोज्न खोजाउँनका लागि उद्यमी, व्यापारी, जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति आदिसँग संवाद, छलफल, तथा अभिमुखीकरण गर्ने गरेको                                         (छु) ४ ३ २ १ (छैन)
घ) आफ्ना विद्यार्थीहरूको प्रतिभालाई उजिल्याउन विद्यालयमा अक्षय कोषको स्थापना गरेको 
(छु) ४ ३ २ १ (छैन)
ङ) पालिकासँग सहकार्य गरी अन्तर विद्यालय प्रतिभा विकास तथा विस्तार गरे गराएको 
(छु) ४ ३ २ १ (छैन)
च) विद्यालयका प्रतिभावान विद्यार्थीहरूको डिजिटल तथा ननडिजिटल माध्यमबाट सार्वजनिक जानकारी दिने प्रवन्ध मिलाएको                             (छु) ४ ३ २ १ (छैन)
छ) विद्यार्थी, शिक्षक, तथा अभिभावकका प्रतिभाहरूलाई एकसाथ विकास एवं विस्तार गर्न तिनीहरूको डिजिटल तथा नन डिजिटल सञ्जाल बनाएको                 (छु) ४ ३ २ १ (छैन¬)
ज) सञ्जालले गरे गराएका कामहरूलाई डिजिटल तथा ननडिजिटल सामग्रीमार्फत प्रचार प्रसार गरे गराएको                                 (छु) ४ ३ २ १ (छैन)
झ) कसको के प्रतिभा छ भनी जानकारी लिन तथा त्यसलाई संंस्थागत गर्न डाटाबेस तयार पारेको 
(छु) ४ ३ २ १ (छैन)
ञ) शिक्षक, विद्यार्थी तथा अभिभावकमा भएका प्रतिभाहरूलाई पुरस्कृत गर्न स्थानीय सहयोगी हातहरूलाई पुरस्कृत गर्ने गरेको                     (छु) ४ ३ २ १ (छैन)
अंक निर्देशिका
ज्ञघ भन्दा कमः अपर्याप्त
तपाईको योग्यता शिक्षक हुन अपर्याप्त छ । यति अङ्क ल्याउने शिक्षकको औपचारिक शिक्षा पनि पर्याप्त छैन, पढ्ने पनि गरेको छैन । विद्यालय आउनु अगाडि के पढाउने अत्तोपत्तो हुँदैन । तर उ आफ्नै घरको काम पनि नगरेर चिया पसलतिर अलमलिँदै गरेको हुन्छ। यस्तो शिक्षक पढ्न जान्ने विद्यार्थीलाई रट्न लगाएर एकातिर हिंड्छ । उसले जानेको उच्च शिक्षण विधि भनेको त्रास र दण्ड हो । उ त्यस्तै परे विद्यालय पनि नआउन बेर छैन । विद्यार्थीले भनेको मानेनन् भने हप्किदप्कि गर्छ । कर नपरी तालिममा जान मन गर्दैन । उसलाई नेपाली शुद्ध लेख्न आउँदैन, अंग्रेजी त परैको कुरा । आफ्नै मातृभाषा होइन रहेछ स्थानीय भाषाका २–४ लबज  पनि आउँदैन । आफ्नो तालमा हिंड्छ । विद्यार्थीलाई एकथोक भन्छ, आपूm अर्को थोक गर्छ । फोहर तह लगाउँदैन, विद्यार्थीलाई हेप्छ । उसको कक्षाका डेस्क–बेन्च, झ्याल–ढोका पनि भत्केका छन् । शिक्षक र विद्यार्थी बीच दल, विचार, संस्कृति वा लिङ्गअनुसार भेदभाव गर्छ । कुन पार्टीमा किन लाग्ने पनि उसलाई खास ज्ञान हुँदैन । विद्यार्थीले पढेर केही गरून् मतलब गर्र्दैन । शिक्षकको काम आउने किताब पढाउने हो । जान्नेले जान्दछन् नजान्नेले जान्दैनन् भन्ने धारणा छ । उसको विषय र कक्षामा विद्यार्थी कम अङ्क ल्याउँछन्। 
यदि तपाईं यहाँ आइपुग्नु भएको हो भने तपाईं इमानदार हुनुहुन्छ र तपाईंको रूपान्तरण शीघ्र हुन सक्छ । लागिहाल्नुस् १
ज्ञद्ध देखि द्दद्दः ७ीक७ीकै
औपचारिक शिक्षा लिइसकेदेखि एउटा किताब पनि पढेको छैन । पढ्नु जाँचपास गर्नका लागि जस्तो लाग्छ । विद्यार्थीलाई पालैपालो पढ्न लगाएर आपूm मोबाइल हेरेर बस्छ । बालबालिकालाई त्यति हप्किदप्कि गर्देन तर धाराप्रवाह बोल्ने गर्छ । पढ्न जान्ने जान्ने विद्यार्थीलाई पालोपालो लगाएर पढ्न लगाउँछ । तालिममा गएर चाख दिएरै बसेर आउँछ । कक्षामा सिकाउने हिसाबले त्यति सोच्दैन । आपूmले नगरे पनि विद्यार्थीलाई धैर्यपूर्वक के गर्ने के नगर्ने भन्ने चाहिँ कहिलेकहीँ बताउँछ । वातावरण बिग्रियो भने के के हुन सक्छ भनेर बताउन सक्छ तर उसको घरमा न एउटा रुख हुन्छ न माटोमा हात लगाउँछ । लिङ्ग, दल, विचार र संस्कृतिअनुसार शिक्षक र विद्यार्थी बीच भेदभाव गर्दैन । खासमा त्यति वास्ता नै गर्देन । विद्यार्थीले पढेर केहीे गरून् भन्ने चाहना भने राख्छ । टुटफुट नेपाली र अर्को एक भाषा पनि केही जान्दछ । नेपाली त्यति शुद्ध भने छैन । प्रतिभावानले अलिकति मात्र मद्दत पाए पनि गर्छन् भन्ने लाग्छ । उसलाई सफलता भाग्यको खेल जस्तो लाग्छ जसमा शिक्षकको खास लेनादेना छैन । 

तपाईंमा शिक्षक पेशा प्रति दुविधा छ । तपाईं अलि प्रयत्न गर्नु भयो भने निकै अगाडि तर केही गर्नु भएन निकै पछाडि धकेलिन पनि सक्नु हुन्छ ।
द्दघ देखि घद्दः राम्रो 
तपाई अहिलेको अवस्थामा सरदर शिक्षक भन्दा माथि हुनुहुन्छ । यो वर्गमा पर्ने शिक्षक औपचारिक शिक्षा लिन्छ तर अतिरिक्त किताब पढ्दैन । के पढाउने बाटातिर विचार गर्दै आउँछ, पालो पालो पढ्न लगाएर सबैले जाने कि जानेनन् भनेर हेर्छ । बालबालिकालाई हप्किदप्कि गदैन हरेक बालबालिकासँग सम्बन्ध राख्छ । विद्यार्थीलाई मिलेर बस्न लगाउँछ । पढेका कुरा वास्तविक जीवनमा के के मिल्छन् सोध्छ । उसलाई तालिम मन पर्छ – राम्रा प्रशिक्षकका कुरा पनि, भत्ता पनि १ तालिमबाट आएर कक्षामा लैजान त्यति सचेष्ट प्रयत्न गर्दैन । विद्यार्थीसँगै अभ्यास र खानपान गर्छ । आचार संहिताअनुसार काम गर्छ । प्रदुषण बढ्ने काम गर्दैन । सबै मानिस बराबर हुन् भन्ने चेत देखाउँछ । दल, विचार र संस्कृतिका असल पक्ष निकाली प्रशंसा गर्छ । विद्यार्थीलाई घरायसी काम र पढाइ दुवैमा अब्बल हुन प्रोत्साहित गर्छ । नेपाली र अर्को एक स्थानीय भाषा र केही अंग्रेजी पनि जान्दछ । नेपाली त्यति शुद्ध भने छैन । हरेक बालबालिका जमिनका नक्षत्र हुन् भन्ने बुझेको छ । विद्यालय बाहिरका अवसरहरूसँग विद्यार्थीलाई जोड्न प्रयत्न गर्छ ।्

तपाई अब्बल हुने बाटोमा हुनुहुन्छ । तपाईले यो गति कायम गर्न र अगाडि जान प्रयास जारी राख्नुपर्ने हुन्छ । यसैउसै शिक्षक बन्ने छनौट गरिसके पछि अब किन नकस्सिने ? 
घघ भन्दा माथिः अब्बल 
निःसन्देह तपाई अब्बल शिक्षक हुनुहुन्छ या हुने प्रक्रियाको नजिक हुनुहुन्छ । यस्तो शिक्षकको औपचारिक शिक्षा पनि उपयुक्त हुन्छ । उसको सधैँ एउटा सकिएपछि पढ्ने अर्को किताब लाइन मै हुन्छ ।  पाठयोजना अनुसार पढाइमा विविध तरिका अपनाउँछ । कमजोरले जाने कि जानेनन् भनेर हेर्छ । कक्षामा विद्यार्थी सिक्न उत्सुक छन् । बालबालिका उसँग झ्याम्मिन्छन् । एक दुईदिन विद्यायल नआउँदा उसँग केटाकेटी नियास्रो मान्छन् । हरेक बालबालिकाको स्वभाव बुझ्न अभिभावकसँग समेत सल्लाह गर्छ । एकअर्का विद्यार्थीका असल पक्षहरू बाहिर ल्याइदिन्छ । मिलेसम्म वास्तविक वस्तु प्रयोग गरी कक्षा बाहिरकै अवस्थामा सिकाउँछ । तालिममा अभ्यासका समयमै पाठयोजना बनाउँछ, खोज्दै प्रयोग गर्दै कक्षामा लैजाँदै गर्छ । विद्यार्थीलाई विद्यालय होस् वा बाहिर आपूm उदाहरण बनेर देखाउँछ । उपभोग घटाउने उपाय निकाल्छ । अन्यायको विपक्षमा आफ्नो आवाज उठाउँछ । विविधतालाई सकारात्मक रूपमा प्रयोग गर्छ । सबै सरोकारवालाहरूसँग परामर्श गरी मध्यमार्ग लिन्छ । विद्यार्थीलाई घरायसी काम र पढाइमा सन्तुलन गरी फजुल खर्च नगर्न र उद्यमी हुन सघाउँछ । काम पढाइमा जोड्न मद्दत गर्छ । अंग्रेजी र नेपाली दुवै शुद्ध छन् । अर्को एक स्थानीय भाषा पनि जान्दछ । बहुभाषिकता प्रवद्र्धन गर्छ । हरेक विद्यार्थी कुन विषयमा अब्बल होला भनेर चिन्तन गर्छ, परामर्श दिन्छ, लिन्छ । विद्यालय बाहिरका अवसरहरूसँग विद्यार्थीलाई जोड्न प्रयत्न गर्दे सम्भावनाहरू देखाउन कोसिस गर्छ ।्

तपाईं पढाउन मन लागेर शिक्षक हुनु भएको हो । शिक्षण तपाईको पेसा मात्र नभएर जीवनकै अभीष्ट हो । उच्चताको सीमा हुँदैन । आफ्नो प्रयत्न जारी राख्नु होस् । तपाईंका हर विद्यार्थीले तपाई जीवन उपरान्त पनि पुरष्कृत गरिरहने छन् । 
नोटः स्वमूल्याङ्कनका लागि तयार रहनु नै सकारात्मकताको सूचक हो तर यसलाई सूचक मान्नुहोस्, ध्रुवसत्य नमान्नु होस् । यसमा आपूm अभिव्यक्त भइयो भइएन भनेर विचार गर्नुहोस् । जति धेरै व्यक्त भइयो जस्तो लाग्छ त्यति नै यसका सूचक तपाईंका मार्गदर्शक हुन सक्छन् । यो स्वमूल्याङ्कन पनि निरन्तर परिमार्जित भइरहने कुरा हो । यसका प्रवर्तकहरू तपाईको पृष्ठपोषण र प्रतिक्रियाको प्रतीक्षामा छन् ।


निर्माण प्रक्रिया
यस्तो स्वमूल्याङ्कनको आवश्यकता महसूस गरी निम्न व्यक्तिहरूको एक बैठक बस्योः 
श्री कमला तुलाधर, अध्यक्ष, नेपाल शिक्षक महासँघ
श्री लक्ष्मीकिशोर सुवेदी, महासचिव, नेपाल शिक्षक महासँघ
डा महाश्रम शर्मा, अध्यक्ष, परीक्षा नियन्त्रण कार्यालय (पूर्व सचिव, शिक्षा विद्) 
प्रा डा विद्यानाथ कोइराला, अभियन्ता शिक्षा विद् 
श्री टीका भट्टराई, शिक्षाकर्मी, शिक्षा नीति तथा अभ्यास केन्द्र 

त्यस बैठकले त्यसमा रहनुपर्ने विषयवस्तुहरूमा मस्तिष्क मन्थन ग¥यो । त्यो सूचीलाई  हाम्रो पाठ्यक्रमले तोकेको शिक्षक सक्षमताको क्षेत्र एवं मुख्य शिक्षाशास्त्रीहरूले सुझाएका डोमेनहरूसँग संश्लेषण गरी मस्यौदा तयार गरियो । अरु केही पाठकका सहित बैठकमा उपस्थित व्यक्तिहरूको सहमतिपछि यो विषयमा दक्षता र आधिकारिकता राख्नु हुने निम्न व्यक्तिहरूका प्रतिक्रिया र सुझाव समाहित गरी यो प्रश्नावली तयार गरिएको होः


डा‍.तुलसी थपलिया, निवृत्त सहसचिव, शिक्षा विद् (शिक्षक सक्षमताका क्षेत्र प्रवद्र्धक) 
श्री गिरमान थापा, निर्देशक, शिक्षक तालिम शाखा, शैक्षिक जनशक्ति विकास केन्द्र 
उल्लेखनीय रूपमा शिक्षकहरूले उपयोग गरेर प्रतिक्रिया प्राप्त भए पछि यसलाई परिमार्जित गरिने छ । 
धन्यवाद !

यो पनि पढ्नुहोस्

शिक्षक-स्वमूल्याङ्कन फारम भरेपछि मेरो अनुभव र सिकाइ

आफ्नो क्षमता आफैं जाँचौं !

 

 

commercial commercial commercial commercial