बहुभाषिक महानगरमा नेवार भाषाको पठन-पाठन

काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्रका स्कूलमा स्थानीय पाठ्यक्रम अन्तर्गत आधारभूत तह (१-८) मा नेपाल (नेवार) भाषाको पठनपाठन शुरू गरेको तीन वर्ष पूरा भएको छ। महानगरभित्रका सामुदायिक विद्यालयमा नेवार भाषा पठनपाठनका लागि १७२ जना शिक्षक भर्ती गरिएका छन्। तीमध्ये केही गैर नेवार समुदायका शिक्षक पनि छन्। उनीहरू काठमाडौंमै हुर्केर नेवार समुदायमा घुलमिल भएकाले नेवार भाषामा राम्रो दक्खल राख्छन्। र, यहाँका जात्रा, पर्व, संस्कृतिका बारे पनि उनीहरूले राम्ररी बुझ्ेका छन्। आधारभूत तहको विद्यालयमा एक जना र माध्यमिक तहको विद्यालयमा विद्यार्थी संख्याका आधारमा ३ देखि ४ जनासम्म नेवार भाषामा शिक्षक पठाइएको छ। उनीहरूलाई प्रावि तृतीय श्रेणीको तलब स्केल ३२ हजार ९०२ रुपैयाँ दिइएको छ । सबै शिक्षकको तलब र निःशुल्क पुस्तकको खर्च महानगरपालिकाले उपलब्ध गराउँछ। तलब, पाठ्यपुस्तक, तालीम लगायत शीर्षकमा गरी गत आर्थिक वर्ष (२०७८/७९) मा नेवार भाषा पठनपाठन कार्यका लागि रु.७ करोड ८० लाख खर्च भएको बताइएको छ। 

काठमाडौं महानगरपालिकाले नेवार भाषाका शिक्षकको छनोट सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिएर गरेको थियो। सापेक्षतः ‘राम्रा शिक्षक’ पाएकोमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू पनि खुशी छन् । जनकल्याण माध्यमिक विद्यालय, काठमाडौंकी प्रअ कुमारी कमला राई भन्छिन्, “नेवार भाषाका शिक्षक निकै मिहिनेती हुनुहुन्छ। तयारी गरेर शैक्षिक सामग्री सहित कक्षाकोठामा जानुहुन्छ। उहाँहरूको कक्षाकोठामा विद्यार्थी निकै रमाउँछन्।” 


प्रअ राईका अनुसार जनकल्याण माविमा दुई हजारभन्दा बढी विद्यार्थीमध्ये २३ प्रतिशत लामा÷तामाङ भाषी छन् । शेर्पा ६, मगर ७, राई ६ र नेवार समुदायका १० प्रतिशत विद्यार्थी छन्। यस्तै लिम्बू २ प्रतिशत, गुरुङ ६ प्रतिशत र बाँकी अन्य समुदायका छन्। विद्यालय बहुभाषिक भए पनि उनीहरूले नेवार भाषा खुशीसाथ सिकिरहेको प्रअ राईको बुझइ छ। 

विद्यार्थी पनि नेवार भाषाको कक्षा रमाइलो लागेको र नयाँ कुरा सिक्न पाएको बताउँछन्। लाखे नाच, विभिन्न जात्राका बारेमा थाहा पाएको उनीहरू सुनाउँछन्। नेवार भाषामा बोलेर आफ्नो र आफ्नो विद्यालयको परिचय दिन्छन्। कक्षा-४ का विद्यार्थी रिदम मल्ल ‘जी बोनामी ख’ भन्छन्। यसको अर्थ म विद्यार्थी हुँ भनेर उनी बुझउँछन्। र भन्छन्, मलाई ‘नेवार भाषाको लिपि पनि अलिअलि लेख्न आउँछ।’ कक्षा ५ की विद्यार्थी पेमा शेर्पा भन्छिन्, ‘नेवार भाषामा पासा भनेको साथी हो। धौ भनेको दही। वाको अर्थ धान हो ।’ 

नेवार भाषाको पाठ्यपुस्तक देवनागरी लिपिमा छ। जनकल्याण माविका नेवार भाषा शिक्षक महन्तलाल महर्जनका अनुसार कक्षा १–६ मा प्रचलित नेवार भाषाको वर्णमाला सिकाइन्छ। कक्षा ६-८ मा रञ्जना लिपि सम्बन्धी एउटा पाठ छ। केही अभिभावकहरूले आफ्ना केटाकेटीलाई नेवार भाषा गाह्रो भयो पनि भनेका छन् कि ? शिक्षक महर्जन भन्छन्, “हो, कोही कोही अभिभावकले यसो भन्नुभएको छ। तर विद्यार्थी निकै उत्साहित भएर सिकिरहेका छन्।” कतिपय अभिभावकको नेवार भाषा विषयप्रति शुरूमा असहमति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्रप्रसाद ढकाल पनि स्वीकार्छन्। “हामी तामाङ या अरू भाषा बोल्छौं। किन छोराछोरीलाई नेवार भाषा सिकाउने ? किन अनिवार्य गर्नुपर्ने भन्ने उहाँहरूको प्रश्न थियो। हामीले उहाँहरूलाई सम्झयौं”, ढकालले भने।

नेवार भाषा कार्यान्वयनमा जानुअघि काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकऔहरूबीच फरक मत थियो। उनीहरूले अनिवार्य नगरौं, ऐच्छिक गरौं भनेर आफ्नो धारणा राखेका थिए। एक सामुदायिक विद्यालयका प्रअ भन्छन्, “नेवार समुदायका प्रअहरूको सहमति भए पनि अन्य कतिपयको फरक मत थियो। थुप्रै विद्यालयमा नेवार समुदायका विद्यार्थी अत्यन्त कम छन्। अरू समुदायका अभिभावकले हामीलाई पनि आफ्नो मातृभाषा चाहिन्छ भन्छन् । त्यस्ता अभिभावकलाई नेवार भाषाकै लागि ‘कन्भिन्स’ गर्नुपर्छ हामीले।” 

सामुदायिक विद्यालयका कतिपय प्रधानाध्यापकहरूलाई नेवार भाषा कार्यान्वयनमा चुनौती आउला जस्तो लागेको थियो। अभिभावकले चित्त नबुझएको र अरू मातृभाषी विद्यार्थीलाई गाह्रो होला भन्ने डर थियो। तर अहिले अरू समुदायका विद्यार्थीले नेवार भाषा सिकाइमा उत्सुकता देखाएकोले उनीहरूको धारणा परिवर्तन हुन थालेको छ। यसमा एउटा मुख्य कारण तालिमप्राप्त शिक्षक पाउनु रहेको देखिन्छ। पद्मकन्या माविकी प्रअ रीता तिवारी भन्छिन्, “राम्रो तालीम दिएर शिक्षक पठाइएको छ। उहाँहरूले प्रयोगात्मक सिकाइलाई जोड दिनुभएको छ। जस्तो, कुनै चाडपर्वका बारेमा बुझउनुपर्दा त्यसमा प्रयोग हुने परिकार नै बनाएर देखाउनुहुन्छ।”

नेवार भाषा सिक्दा, बोल्दा भाषाका कारण स्थानीय समुदायसँग नजिकिन सहज हुने अनुभव विश्व निकेतन माविका प्रअ हेरम्बराज कँडेलको छ। “बाहिरका अभिभावक-विद्यार्थीलाई डेरा खोज्दा पनि सजिलो भएको छ। अर्को कुरा अरू मातृभाषी विद्यार्थीमा नयाँ भाषा सिक्ने रुचि हुँदो रहेछ। ब्राह्मण, क्षेत्री, मधेशी समुदायका विद्यार्थी सिकाइमा निकै अगाडि छन्”, उनले भने।

विकल्पको माग 
काठमाडौंमा विभिन्न जिल्लाका विद्यार्थी छन्। एउटै विद्यालयमा बहुभाषिक विद्यार्थी छन्। कतिपय विद्यालयमा त नेवार भाषी भन्दा अरू मातृभाषी विद्यार्थी बढी छन् । यस्तोमा नेवार भाषालाई मात्रै अनिवार्य नगरी अरू विकल्प पनि दिइनुपर्छ भन्ने माग उठ्ने गरेको छ। महेन्द्र बौद्ध माध्यमिक विद्यालयका प्रअ धमेन्द्र खकुरेलका अनुसार त्यहाँ कक्षा-१२ सम्मका ८०० विद्यार्थीमध्ये ४३ प्रतिशत तामाङभाषी छन्। नेवार समुदायका विद्यार्थी ३ प्रतिशत मात्र छन्।

नेवार (नेपाल) भाषा मार्फत नगरको परिचय बोध गराउने उद्देश्यका साथ स्थानीय पाठ्यक्रम अन्तर्गत काठमाडौं महानगर पालिकाले प्रकाशित गरेका पुस्तक।


नेवार भाषा लागू हुनुअघिदेखि नै महेन्द्र बौद्ध माविमा कक्षा ५ सम्म तामाङ भाषा पढाइ हुँदै आएको थियो। विद्यालयमा भएका तामाङ भाषी शिक्षकले सो कक्षा पढाउने गरेका छन्। स्थानीय पाठ्यक्रम प्रारूपऔ२०६३ अनुसार स्रोतकेन्द्र तहबाट निर्णय गरेर त्यहाँ तामाङ भाषा पठनपाठन भएको हो। अन्य विद्यार्थीले भने स्वास्थ्य तथा स्थानीय विषय पढ्थे। महानगरपालिकाले नेवार भाषा अनिवार्य गरेपछि कक्षा-५ सम्म तामाङ भाषा पढ्दै आएका विद्यार्थीले कक्षा ६ देखि नेवार भाषा पढ्नुपर्ने भयो। “ती विद्यार्थीले आफ्नै भाषा पढ्न पाउनुपर्छ भन्ने माग हामीले महानगरपालिका समक्ष राख्यौं । हाम्रो प्रयासपछि शैक्षिक सत्र २०७९ मा कक्षाऔ६ मा उनीहरूले आफ्नै भाषा पढे। यो वर्ष कक्षा ७ र अर्को वर्ष कक्षा-८ मा पनि उनीहरूले तामाङ भाषा नै पढ्नेछन्”, प्रअ खकुरेलले भने। यसपछि काठमाडौं महानगरपालिकाले मागका आधारमा अन्य मातृभाषा पठनपाठनका लागि पनि शिक्षक अनुदानको व्यवस्था शुरू गरेको छ। र; महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठनका लागि प्रावि तृतीय तहको शिक्षकको तलब बराबरको अनुदान दिइएको छ। अन्य समुदायका अभिभावकले पनि क्रमशः आफ्नो भाषा सिकाउन माग गर्न थालेका छन्। प्रअ खकुरेल भन्छन्, “शेर्पा अभिभावक आउनुहुन्छ । आफ्नो बच्चालाई शेर्पा भाषा सिकाउनुपर्‍यो भन्नुहुन्छ । के भन्ने हामीले ? कति भाषा सिकाउने विद्यालयमा ?”

कतिमा चाहिं जबर्जस्ती नेवार भाषा थोपरियो भन्ने धारणा पनि पाइन्छ। ग्यालेक्सी पब्लिक स्कूलकी प्रधानाध्यापक सुरिना गुरुङ नेवार भाषा जबर्जस्ती अनिवार्य गरियो भन्छिन्। “ऐच्छिक गरिनुपर्छ। अहिलेको प्रविधिको समयमा कम्प्युटर प्रोग्रामिङ जस्ता विषय आवश्यक छन्। आवश्यकताका आधारमा विषय राख्न दिइनुपर्छ”, गुरुङको भनाइ छ। नेशनल एकेडेमी स्कूलकी प्रिन्सिपल मोहना खनाल “खाए खा नखाए घिच् भने जस्तो भयो। मेरो विद्यालयमा तराईवासी विद्यार्थी बढी छन्। कतिपय अभिभावकलाई चित्त बुझेको छैन। ऐच्छिक गरेर अरू भाषा पनि पढ्ने, सिक्ने अवसर दिनुपर्छ” भन्छिन् । ज्ञानोदय माविका प्रअ नातिकाजी महर्जन भने नेवार भाषा ऐच्छिक हुनुपर्ने सवालमा फरक विचार व्यक्त गर्छन्। महर्जन भन्छन्, “नेवार भाषाको पाठ्यक्रमको उद्देश्य स्थानीय समुदायसँग घुलमिल हुन, यहाँको संस्कृति, परम्परा बुझन हो। यहींको भाषामा बुझदा, बुझन पाउँदा सहज हुन्छ । जनकपुरमा बसे मैथिली भाषा आवश्यक हुन्छ। जहाँ बस्यो त्यहाँको विशेषता स्वीकार्दा सिकाइ राम्रो हुन्छ।”

काठमाडौं महानगरपालिकाले मातृभाषा शिक्षा शुरू गरी प्रशंसनीय काम गरे पनि भाषिक विविधता सम्बोधन हुन नसकेको विचार भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थीको पनि छ। उनी भन्छन्, “नेवार भाषा, नेवारभाषी विद्यार्थीलाई ठीक छ। सबैलाई अनिवार्य गरिनुहुँदैनथ्यो। भाषिक उपस्थितिका आधारमा नक्शांकन गरी लागू गर्नुपथ्र्यो। यो त एकलभाषी आशय देखियो । अरूको मातृभाषालाई वञ्चित गर्ने स्थानीय पाठ्यक्रमको आशय हुँदै होइन।”

लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति डा. हृदयरत्न बज्राचार्य यो विषयलाई उपयोगिता, ‘पेडागोजी’ र राजनैतिक पाटोबाट विश्लेषण गर्छन्। उनको विचारमा नेवार भाषा उपयोगबाट काठमाडौंको सम्पदा, संस्कृति बुझन सकिन्छ। यसका लागि नेवार भाषाप्रति प्रेम चाहिन्छ। भाषाप्रति प्रेम जगाउन ‘पेडागोजी’को भूमिका हुन्छ। राम्ररी सिकाइयो भने सिक्दै जान्छन्। सिकेपछि अरू मातृभाषीले नेवार भाषा स्वीकार्छन्। आफ्नो मान्छन्। नेपाली भाषालाई हाम्रो भाषा भनेर अंगीकार गरेजस्तै हो। मातृभाषी पनि आफ्नो भाषा विद्यालयमा सिकाइ भएको छ भनेर उत्साहित हुन्छन्। डा. बज्राचार्य अगाडि थप्छन्, “अर्को पाटो चाहिं राजनैतिक हो। एकथरीलाई अरूको भाषा किन सिक्ने भन्ने हुन्छ। अर्को थरीलाई यहाँ काठमाडौंमा बसेपछि नेवार भाषा सिक्नुपर्छ भन्ने अहंकार हुन्छ। जुन ठाउँमा बस्यो त्यहाँको भाषालाई प्रेम गर्नुपर्छ। रसुवा, सिन्धुपाल्चोकमा बस्यो भने तामाङ भाषालाई अंगीकार गर्नुपर्छ। तर भाषामा अहंकार जोड्नुहुँदैन। र जर्बजस्ती पनि गर्नुहुँदैन।”

नेवार भाषाको कक्षामा सहभागी जनविकास मावि, बल्खु, काठमाडौंका विद्यार्थी। यस विद्यालयमा अध्ययनरत २५८ जना विद्यार्थीमध्ये ६० जना मधेशी समुदायका छन् भने नेवार समुदायका ६ जना र बाँकी अन्य।


पाठ्यक्रम विकास केन्द्रका पूर्व महानिर्देशक डा. लेखनाथ पौडेलको ठम्याइमा बहुसांस्कृतिक समाजमा बसेपछि एकअर्काको भाषा, संस्कृति सिक्नु सकारात्मक पक्ष हो। “भाषा जसले जसको सिक्दा पनि हुन्छ। बोल्दा हुन्छ। नयाँ भाषा विद्यार्थीका लागि सम्पत्ति पनि हो। जबर्जस्ती चाहिं गर्नुहुँदैन।” 

नेपालको संविधान २०७२ का साथै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ ले बालबालिकालाई मातृभाषामा शिक्षा पाउने अधिकार दिएको छ। विभिन्न अध्ययन अनुसार मातृभाषामा शिक्षा, गुणस्तरीय सिकाइका लागि अत्यन्तै प्रभावकारी र आवश्यक मानिन्छ। तर पनि माध्यम भाषाका रूपमा धेरै मातृभाषा प्रयोग हुन नसकेको अवस्था छ। आधारभूत तहको पाठ्यक्रममा कक्षा-८ सम्म मातृभाषा/स्थानीय विषय अनिवार्य विषयका रूपमा पठनपाठन गराउनुपर्ने व्यवस्था छ। स्थानीय तहले मातृभाषा/स्थानीय विषयवस्तुको पाठ्यक्रम तयार गरी कार्यान्वयन गर्न सक्छन्। यसै व्यवस्था अनुरूप केही स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम बनाएर आधारभूत तहमा मातृभाषा विषयका रूपमा पढाउन शुरू गरेका छन्। “तर एकभन्दा बढी मातृभाषा बोल्ने विद्यार्थी भएका ठाउँमा कुनै एक भाषा मात्र हाबी हुनुहुन्न। अरू बालबालिकाको पनि आफ्नो मातृभाषा पढ्ने हकअधिकार छ। विकल्प दिनुपर्छ”, भाषा आयोगका सदस्य अमृत योञ्जन भन्छन्। 

अष्ट्रेलियाका पब्लिक स्कूलमा कुनै विशेष भाषा बोल्ने विद्यार्थीको संख्या १० प्रतिशत छ भने त्यो भाषा विद्यालयमा पढाउने व्यवस्था गरिन्छ । नेपलिज अष्ट्रेलियन एशोसिएसनका अध्यक्ष ऋषि आचार्य भन्छन्, “यसै व्यवस्थाअनुसार सिड्नीको दक्षिण क्षेत्रस्थित रकडेल पब्लिक स्कूल र कोब्रा पब्लिक स्कूलमा ६ वर्षदेखि नेपाली भाषा पढाइ भइरहेको छ।”

स्थानीय तहले मातृभाषाको पठनपाठन शुरू गर्नु सराहनीय छ। मातृभाषा र मातृभाषाकै माध्यमबाट स्थानीय विषयवस्तु सिक्न पाउनु बालबालिकाको सिकाइ मजबूत हुनु हो। स्थानीय तहका लागि मातृभाषा शिक्षा भाषा जगेर्ना गर्ने अवसर पनि हो। तर एउटालाई प्रवद्र्धन र जगेर्ना गर्दा कतै अर्को मातृभाषा ओझेलमा परेको त छैन ? अरू मातृभाषी विद्यार्थीको अधिकार हनन् भएको त छैन ? विकल्पहरू के हुन सक्छन् ? यसतर्फ पनि ध्यान जानु जरूरी हुन्छ। 

(शिक्षक मासिक, २०८० असार-साउन अंकमा प्रकाशित।)

commercial commercial commercial commercial