अर्काको किताब सार्ने सह–प्राध्यापकले अन्तर्वार्ता छाडे

अर्काको कृति सारेर आफ्नो नाउँमा पुस्तक प्रकाशित गरेको तथ्य बाहिर आएपछि त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा।प्रकाश दास उलक प्राध्यापक पदमा पदोन्नतिका लागि २०७६ साल वैशाख ११ गते तोकिएको अन्तर्वार्तामा उपस्थित भएनन् । भूगर्भशास्त्र विषयतर्फ आन्तरिक प्रतियोगिता अन्तर्गत त्यसदिन त्रिवि सेवा आयोगको कार्यालय, कीर्तिपुरमा उनको अन्तर्वार्ता थियो । आयोगमा बुझदा त्यस दिन उनलाई दुई घण्टासम्म कुरिएको थियो, तर उनी उपस्थित भएनन् । कृति चोरीका सम्बन्धमा शिक्षक  मासिक २०७६ वैशाख अंकमा छापिएको रिपोर्टका कारण उनी अन्तर्वार्तामा अनुपस्थित भएको हुनसक्ने आयोग स्रोतले बतायो ।

“अन्तर्वार्तामा कृति चोरीका बारेमा पनि सोधिन्छ होला भनेर उहाँ नआएको हुन सक्छ” डा।उलक अन्तर्वार्ताको दिन नआएको पुष्टि गर्दै आयोगका अध्यक्ष चैतन्य शर्माले भने । अन्तर्वार्ताका लागि डा। उलक सहित तीन जना उम्मेदवार थिए । तीनमध्ये उनको नाम पहिलो नम्बरमा थियो । उलक त्रिचन्द्र क्याम्पस, घण्टाघरमा भूगर्भशास्त्र पढाउँछन् । वैशाख ११ गते भएको अन्तर्वार्ताबाट प्राध्यापक पदमा डा। खुमनारायण पौडेल सिफारिश भएका छन् ।

सन् २०१६ मा प्रकाशित उनको पुस्तक ुन्भययिनथ या ल्भउब िज्ष्mबबिथबु मा उल्लेख गरिएका धेरै विषयवस्तु, परिच्छेद, वाक्य र नक्शाहरू सन् २०१५ मा प्रकाशित प्राडा मेघराज धितालको पुस्तक ुन्भययिनथ या तजभ ल्भउब िज्ष्mबबिथबु  बाट सारिएका छन् । अन्तर्राष्ट्रिय कम्पनी स्प्रिङ्गरले प्रकाशन गरेको प्राडा धितालको न्भययिनथ या तजभ ल्भउब िज्ष्mबबिथब बाट उलकले कतिपय परिच्छेद हुबहु सारेका छन् भने कुनै परिच्छेदका केही शब्द वा वाक्य छाडेर, कतै वाक्य तल माथि गरेर सारेका छन् ।

डा।उलकले एकाध नक्शा र तालिकामा बाहेक अन्त प्रा। धितालको किताबको सन्दर्भ खुलाएका छैनन् । प्रा।डा। धितालका किताबबाट धेरै विषयवस्तु, परिच्छेद, वाक्य र नक्शा सारेर आफ्नै किताब जस्तो देखि ने गरी पुस्तक तयार गरेका छन् । डा।उलकले शिक्षक सँग आफ्नो गल्ती स्वीकार्दै त्यो गल्ती किताबको दोस्रो संस्करणमा सच्याउने प्रतिबद्धता जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयको शिक्षक नियुक्तिको सिफारिश सम्बन्धी विनियम, २०७५ अनुसार खुला तथा आन्तरिक प्रतियोगिताबाट प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापक पदमा छनोट या बढुवा प्रयोजनका निम्ति अनुसन्धान तथा कृति प्रकाशन वापत पनि अंक दिने व्यवस्था छ । प्रतियोगितामा सम्मिलित कुनै उम्मेदवारले त्यस्तो अंक प्राप्त गर्ने प्रयोजनका लागि पेश गरेको पुस्तक वा लेख भित्रको कुनै अंश अरू कसैको पूर्व प्रकाशित कुनै पुस्तक वा लेख वा कुनै पाठ्यसामग्रीसँग हुबहु मिल्न गएमा र सन्दर्भ नखुलाएमा त्यस्तो उम्मेदवारको सिफारिश रद्द हुने व्यवस्था पनि छ ।

शिक्षक  मासिक, २०७६ जेठ अंकमा प्रकाशित ।

 

commercial commercial commercial commercial