जे गरे पनि हुने !?
तराईका अधिकांश सामुदायिक विद्यालयमा सकेसम्म परीक्षा नै गरिंदैन; परीक्षा भए कापी जाँचिंदैन र कापी जाँचिए विद्यार्थीलाई लब्धांकपत्र दिइँदैन !
- धनुषा जिल्लाको मिथिला नगरपालिका–२ का प्रमोद कुमार महरा आफ्नी छोरी पढाइमा ‘तेज’ भएको बताउँछन् । उनकै गाउँमा भेटिएका महराले भने, “कक्षा २ मा पढ्ने मेरी छोरीको पढाइ धेरै रराम्रो छ ।” रराम्रो पढाइकै कारण केही दिनअघि छोेरीलाई स्थानीय एक संस्थाले कापी समेत उपहार दिएको उनको भनाइ छ ।
- आधारभूत विद्यालय नकटाझ्जिमा पढिरहेकी आफ्नी छोरी कविता माथिगर्व गर्ने बाबु प्रमोद कुमारलाई ‘आफ्नी छोरीको पढाइ रराम्रो भनेको के हो र परीक्षामा उनले कुन विषयमा कति नम्बर ल्याएकी छिन्’ भन्ने चाहिं थाहा छैन ।
- सोही गाउँकी श्री कुमारी महतोकी छोरी आरती पनि यही विद्यालयमा पढ्छिन् । कक्षा ३ मा पढ्ने आरतीको पढाइबारे आमा श्री कुमारी पनि अनभिज्ञ छिन् । उनले भनिन्, “आफूले त विद्यालय पठाउने हो, सरहरूले राम्रै छ भनिरहनु भएको छ ।”
- सप्तरीकोरूपनी गाउँपालिका–४ जमुनी मधेपुराका रामेश्वर मण्डललाई आफ्नो छोराको पढाइ बारे यति थाहा छ– ऊ स्कूल जान्छ र घर फर्किन्छ । आधारभूत विद्यालय, छपकी, भथौलमा पढ्ने छोरा निरञ्जनको पढाइ कस्तो छ ? उसले जाँचमा कुन विषयमा कति नम्बर ल्याइरहेको छ भन्ने उनलाई जानकारी छैन ।
माथिका दृष्टान्तमा संकेत गरिए जस्तै प्रदेश–२ का सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका प्रायः सबैजसो अभिभावकले आफ्ना बालबालिकाको पढाइको अवस्था र सिकाइ उपलब्धि हेर्न–बुझन पाइरहेका छैनन् । महरा, महतो र मण्डल त केही उदाहरण मात्रै हुन् । स्कूलले विद्यार्थीको सिकाइ उपलब्धिबारे लब्धांकपत्र (मार्कशीट) या प्रगति रिपोर्ट दिएर जानकारी दिने गर्दैनन्तराईका अधिकांश सामुदायिक विद्यालयमा सकेसम्म परीक्षा नै गरिंदैन; परीक्षा भए कापी जाँचिंदैन र कापी जाँचिए विद्यार्थीलाई लब्धांकपत्र दिइँदैन ! र अभिभावकहरू पनि यसमा चासो दिंदैनन्, किनभने उनीहरूमध्ये धेरैले यस्तो रिपोर्टबारे सुनेका नै छैनन् ।
विद्यार्थीको पढाइ कस्तो छ भनेर देखाउने एउटा आधार परीक्षामा उसले ल्याउने अंक हो । तर, मधेशका अधिकांश सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले आफ्नो कुन विषयमा कति नम्बर आयो, किन कम या धेरै नम्बर आयो भन्ने जानकारी पाउँदैनन् । विद्यार्थीले मार्कशीट या प्रगति रिपोर्ट नपाएपछि अभिभावकले पनि आफ्ना छोराछोरीले कुन विषयमा कस्तो गरिरहेका छन् भनेर जान्न पाउँदैनन् ।
सप्तरी देखि पर्सासम्मका अधिकांश सामुदायिक स्कूलले विद्यार्थीलाई लब्धांकपत्र या कुनै पनि किसिमको प्रगति रिपोर्ट उपलब्ध गराउने गरेका छैनन् । त्यहाँ बालबालिका र शिक्षकहरू स्कूलसम्म पुग्ने र सामान्य पठनपाठन गर्ने बाहेक अन्य शैक्षिक कार्यहरू जस्तै, प्रयोगात्मक शिक्षण–सिकाइ, खेलकुद लगायतका विभिन्न अतिरिक्त क्रियाकलाप , परीक्षा, मूल्यांकन, पृष्ठपोषण, सुधारात्मक शिक्षण जस्ता काम भएको पाइँदैन । यहाँसम्म कि जाँच लिने र जाँचका कापी परीक्षण गर्ने जस्तो कार्यलाई समेत यहाँ महत्वहीन ठानेको देखिन्छ । तर यहाँका स्कूलहरूको यो अवस्थाप्रति कसैको पनि ध्यान गएको देखि ंदैन । रौतहटका शिक्षाकर्मी प्रमोद राय यादव भन्छन्, “विद्यालयमा पढ्ने बालबालिकाको पढाइको स्तर मापन गर्ने प्रणाली नै परीक्षा हो । तर यहाँ हिजोआज परीक्षा पनि नाउँमात्रको हुने गरेको छ । यसले गर्दा स्कूलबाट सिकाइ हराउँदै गएको छ ।”
शिक्षाका मुद्दामा चासो राख्ने सिरहाका राजनीतिकर्मी रामकिशोर यादव सामुदायिक स्कूलहरूले लब्धांकपत्र दिए विद्यार्थी र अभिभावकले आफ्नो बलियो र कमजोर पक्ष थोरै भए पनि थाहा पाउन सक्ने ठान्छन् । उनले भने, “निजी विद्यालयले सबै विद्यार्थीको ‘प्रोग्रेस रिपोर्ट’ दिएझै सामुदायिक स्कूलले पनि अनिवार्य रूपमा दिनुपर्छ । यसले विद्यार्थीको सिकाइ उपलब्धि छर्लङ्ग बनाउन मद्दत गर्छ ।”
कापी नै नजाँची सीधै अंक
तर बेथिति कतिसम्म छ भने– यस क्षेत्रका धेरै सामुदायिक स्कूलले कापी नै नजाँची विद्यार्थीलाई नम्बर दिने गरेका छन् । सप्तरीको बेल्ही चपेना गाउँपालिका–१ नर्घाेस्थित जनता शंकर माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७४ मा लिइएको अर्ध वार्षिक परीक्षाको कापी अहिलेसम्म जाँचिएको छैन । यसको साटो स्कूलले एउटा सादा पानामा कसले कति अंक पाए भनेर लेखेर राखेको छ ।
सो स्कूलमा कक्षा ५ मा पढ्ने श्रुति कुमारी खंगको नेपाली विषयको कापी पल्टाएर हेर्दा त्यो जाँचेको देखि ंदैन । तर, सादा पानामा लेखिए अनुसार उनले नेपालीमा ११ नम्बर ल्याएकी छिन् । सोही कक्षामा पढ्ने दीपक कुमार रामले नेपालीमा ९ अंक पाएका छन् । नरेन्द्र मण्डल, रंजना कुमारी यादवले पनि अंक पाएका छन् तर कापी नजाँचिकन । कापी नै जाँच न गरी कसरी अंक दिइयो भन्ने प्रश्नको जवाफमा स्कूलका प्रधानाध्यापक नारायण यादवको जवाफ थियो, “यसबारे विषयगत शिक्षकसँग सोध्छु र भन्छु ।” प्रधानाध्यापक यादवको यो भनाइल उक्त स्कूल कसरी चलेको छ भन्ने झल्को दिन्छ ।
परीक्षामा सोधिएका प्रत्येक प्रश्नको अंकभार तोकिएको हुन्छ । जस्तो, अमूक प्रश्नको उत्तर सही लेखेमा यति अंक दिइने भनेर प्रश्नपत्रमै उल्लेख हुन्छ । उत्तरपुस्तिका परीक्षण गर्ने ले प्रश्नै पिच्छे अंक दिएर अन्तिममा ती अंकहरू जोडेर समग्र नतिजा निकाल्नुपर्ने हो । तर, हामीले अध्ययन गरेका सामुदायिक स्कूलका विद्यार्थीले परीक्षा दिएको कापीमा धेरैजसोमा उत्तरपुस्तिका हेरेजस्तो गरेर एकमुष्ट अंक दिइएको छ, प्रश्नगत रूपमा परीक्षण गरिएको पाइँदैन । सिरहाको कर्जन्हा नगरपालिका–२ बडहरामालस्थित नेपाल राष्ट्रिय फूल कुमारी महतो माविमा कक्षा ९ मा पढ्ने सचिन कुमार रायले लेखेको अनिवार्य अंग्रेजी विषयको उत्तरपुस्तिकालाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।
उनको उत्तरपुस्तिकामा सीधै ५१ अंक दिएरगोलो घेरा लगाइएको छ । तर उनले लेखेको उत्तर ठीक छ/छैन भन्नेमा परीक्षकको ध्यान गएको देखि न्न ।
कर्जन्हा नगरपालिकाकैगौतारी आधार भूत विद्यालयमा पनि यस वर्ष लिइएको वार्षिक परीक्षाका कापी जाँच न गरेको भेटियो; किनभने यस विद्यालयका कक्षा ५ का सबै विद्यार्थीले यो वर्ष सामाजिक विषयमा समान २०–२० अंक पाएका छन् । विद्यार्थीको सिकाइस्तर मापन गर्ने परीक्षा प्रणाली माथि विद्यालयले हदैसम्म लापरबाही गरेको एउटा उदाहरण थियो यो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालयमा हालै लिइएको वार्षिक परीक्षाको कापीमा जथाभावी अंक दिइएको पाइन्छ । यो स्कूलले केही कापीमा परीक्षण नै न गरी अंक दिएको छ भने कतिपयमा विभिन्न उत्तरमा दिइएको अंक र त्यसको एकमुष्ट अंक फरक रहेको पाइएको छ । कक्षा २ को नेपाली विषयको परीक्षा दिएकी गरिमा कुमारी चौधरी, खुश्बू कुमारी महतो, सुस्मिता विक सहितका विद्यार्थीको कापी हेर्दै नहेरी सबैलाई १४/१४ अंक दिइएको देखिन्छ । ईश्वरपुरकै चन्द्र आधारभूत विद्यालयमा कक्षा २ मा पढ्ने विष्णु कुमार यादवले गणित विषयको उत्तर लेखेको पुस्तिकाको परीक्षण गर्दा जम्मा ४ अंक मात्रै पाएको देखिन्छ । तर, कापीको माथि उनले पाएको कुल अंक २० उल्लेख छ ।
सप्तरी, राजविराज–१२; सिंग्यौनस्थित जनता प्राविले पनि नाम मात्रैको परीक्षा लिइएको भेटियो । यहाँ विद्यार्थीलाई सादा कागज दिएर आफ्नो नाम, विद्यालयको नाम, रोल नम्बर, कक्षा लेख्न लगाएर परीक्षा लिने औपचारिकता पूरा गरेको पाइन्छ ।
यस क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकले तल्लो तहका मात्रै होइन, माथिल्ला तहका कक्षामा समेत परीक्षा लिन र उत्तर पुस्तिका परीक्षण गर्न अल्छी गरेको भेटिन्छ । राजविराजस्थित राजोदेवी ठाकोदेवी माविको कक्षा ७ को गणित विषयमा सबै विद्यार्थीलाई २/२ अंक दिइएको छ । विद्यालयका प्रअ दिलीप यादवलाई यो काम प्रति कुनैग्लानि छैन । उनले भने, “रराम्रो उत्तर लेखेनन्, अंक दिइएन ।” विद्यार्थीले रराम्रो उत्तर नलेखेका भए पनि , सबैले २–२ का दरले समान अंक कसरी पाउन सक्छन् भन्ने प्रश्न उनका निम्ति अर्थहीन लाग्छ
सप्तरीकै जमुनी मधेपुरास्थित शारदा आधारभूत विद्यालयका विद्यार्थीले लेखेको उत्तरपुस्तिका परीक्षण न गरी सबैलाई सीधै २० अंक दिइएको छ । त्यस्तै सिरहाको माडरस्थित लालजी शकुन्तला माविको कक्षा ७ को परीक्षामा केही न लेख्ने विद्यार्थीलाई पनि अंक दिइएको भेटियो
रौतहटका सेवा निवृत्त प्रधानाध्यापक रामसिंहासन यादव यसरी नाममात्रको परीक्षा लिनु र कापी जाँच न गर्नु लाई विद्यालय शिक्षाको दुर्भाग्य ठान्छन् । उनको भनाइमा, ‘राम्ररी परीक्षा लिएर विद्यार्थीको ‘पोजिसन’ बारे जानकारी गराउनु आवश्यक हुन्छ ।’ वर्षौं पढाएर रौतहटको झुनखुनवा माविबाट अवकाश पाएका पूर्व प्रअ यादवले आफ्नो कार्यकालमा हरेक विद्यार्थीको कापी परीक्षण गरेर, आपसी छलफल पछि परीक्षाफल प्रकाशित गर्ने गरिएको अनुभव सुनाए । उनले भने, “हामी पाएको अंकबारे विद्यार्थीलाई जानकारीगराउँथ्यौं । यसले गर्दा कमजोर विद्यार्थी थप मिहिनेतगर्थे ।”
‘फेल गर्नु हुँदैन, किन जाँच्नु ?’
अधिकांश स्कूलले किन नाममात्रको परीक्षा लिन्छन् र उत्तरपुस्तिका जाँच्दैनन् त ? यस सम्बन्धमा हामीले प्रधानाध्यापक र शिक्षकहरूको धारणा जान्न चाह्यौं । सरकारको उदार कक्षोन्नतिको नीतिलाई यस भेगका विद्यालयहरूले ‘सबैलाई पास गर्नैपर्ने सरकारी आदेश’ का रूपमा अथ्र्याएर त्यसकै बहानामा जाँचै नलिने, लिए पनि उत्तर पुस्तिका राम्ररी परीक्षण न गर्ने र विद्यार्थी– अभिभावकलाई सिकाइ–उपलब्धिको रिपोर्ट या मार्कशीट आदि केही नदिने गरेको पाइयो । “जाँचेर नम्बर दिंदा अधिकांश विद्यार्थी फेल हुने भएकाले सबैलाई उत्तीर्ण नम्बर मात्रै दिने गरिएको हुन्छ” नाम नबताउने शर्तमा सिरहाका एक जना प्रधानाध्यापकले भने, “कक्षामा कुन विद्यार्थी कस्तो छ भन्ने हामीलाई थाहा भइहाल्छ, त्यो आधारमा पनि अंक दिने गरिन्छ ।” अर्थात् कापी जाँच नै न गरी विद्यार्थीको अनुहार सम्झेर पनि अंक दिने गरिएको उनले लुकाएनन् ।
सिरहाको लक्ष्मीनारायण आधारभूत विद्यालय (कक्षा १–५) मा अर्धवार्षिक परीक्षाको कापी अघिल्लो महीनासम्म जाँच गरिएको थिएन । त्यसै गरी; परीक्षा सकिएर विद्यार्थीहरू नयाँ कक्षामा भर्ना भएको झण्डै महीना दिन बित्दासम्म राजविराज–१२ स्थित जनता प्रावि, सिंग्यौनको कुनै कापी जाँचिएको छैन । उत्तरपुस्तिका नजाँचिकन नै विद्यार्थीलाई माथिल्लो कक्षामा पढाउन मिल्छ त भन्ने प्रश्नमा विद्यालयका प्रअ चन्द्रकान्त यादवले उल्टै प्रतिप्रश्न गरे “जाँचेर के हुन्छ ?” उनले कसैलाई फेल गर्न नमिल्ने भएकाले कापी जाँच न गरिएको बताए ।

आधारभूत विद्यालय नकटाझ्जि, धनुषाका प्रअ शत्रुघ्न महतो पनि कोही फेल नै नहुने भएपछि परीक्षा लिनु नै बेकार हो भन्ने ठान्छन् । उनको भनाइ मान्ने हो भने शिक्षक संगठनहरूले लेबी उठाउन मात्रै परीक्षा संचालन गरिरहेका छन् । प्रश्नपत्र बनाउन विद्यालयहरूले शिक्षक संगठनलाई पैसा तिर्नुपरेको उनको भनाइ छ ।
अझ् कतिपय विद्यालयमा त परीक्षाको कापी पनि पाउन मुश्किल हुन्छ । लिइएको परीक्षाको कापी कहाँ छ भन्दा धेरै विद्यालयले पुरानो भएकाले बेच्ने गरिएको जवाफ दिए । विद्यालयले जाँच गरेका कापी बढीमा ६ महीनासम्म राख्ने गरेको चन्द्र माध्यमिक विद्यालय, सिरहाका प्रअ मधुसूदन कर्णले बताए । “यसपछि बेच्ने गरेका छौं” प्रधानाध्यापक कर्ण भन्छन्, ‘‘त्यत्रो कापी कसरी राख्न सकिन्छ ? यसका लागि त ठूलैगोदाम हुनु परयो नि !”

लब्धांकपत्र दिने चलनः निजीमा छ, सामुदायिकमा छैन !
यस क्षेत्रका प्रायः सबै निजी स्कूलले बालबालिकाको सिकाइ स्तर र उपलब्धिबारे अभिभावकलाई नियमित जसो जानकारीगराउँछन् । विद्यार्थीले कुन विषयमा कति नम्बर ल्याए भनेर यस्ता स्कूलले जाँच लिएपिच्छेको लब्धांकपत्र (मार्कशीट) अभिभावकलाई पठाउँछन् । तर; यहाँका सामुदायिक स्कूलमा भने विद्यार्थीलाई मार्कशीट दिने गर्दैनन् । प्रधानाध्यापकहरू सोझै भन्छन्, “यस्तो चलनै छैन ।” धनुषाकोगणेशमान चारनाथ नगरपालिका–७ स्थित आधारभूत विद्यालय पोर्ताहाका प्रअ चन्देश्वर महतोले ‘मार्कशीट’ दिने चलन नभएको बताए । उनले भने, “मार्कशीट कहिल्यै दिने गरे कै छैन ।”
रौतहटको राजपुर नगरपालिका–३ स्थित किसान निमाविका प्रधानाध्यापक मोहम्मद एजाजुल कुनै बालबालिका अरू स्कूलमा पढ्न जाँदा मात्रै ‘मार्कशीट’ दिइने बताउँछन् । त्यस बाहेक कुनै विद्यार्थीले आफ्नो अंक मागेमा पनि दिने गरेको उनको कथन छ । उनले भने, “तर मार्कशीट अहिलेसम्म न त विद्यार्थीले मागेका छन्, न त अभिभावकले नै हेर्न चाहेका छन् । त्यसैले हामीले पनि दिने गरेका छैनौं ।”
देशकै जेठो मध्येमा पर्ने चन्द्र माध्यमिक विद्यालय, सिरहाले पनि विद्यार्थी र उनका अभिभावकलाई ‘मार्कशीट’ दिंदैन । प्रधानाध्यापक मधुसूदन कर्णले भने, “अहिलेसम्म मार्कशीट दिने चलन छैन । आगामी शैक्षिक सत्रबाट दिने कि भनेर सोच बनाउँदैछौं ।”
सिरहा माडरस्थित लालजी शकुन्तला माध्यमिक विद्यालयका शिक्षक परमेन्द्र यादव पनि उही कुरा दोहो¥याउँछन् । उनले भने, “यस क्षेत्रका सामुदायिक स्कूलमा विद्यार्थी र उनका अभिभावकलाई मार्कशीट दिने चलनै छैन ।”
जिशिअहरूलाई थाहा छैन !
मुलुकको शैक्षिक पद्धतिमै प्रश्न उठाउने यस्तो कार्य भइरहँदा पनि प्रदेश–२ का शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरूको (यसअघिका जिल्ला शिक्षा अधिकारी ) प्रतिक्रिया पनि अनौठो छ । उनीहरूमध्ये कतिले ‘कापी जाँच न गर्ने हो भने परीक्षा लिनुको औचित्य नभएको ’ बताए भने कतिपयले ‘यस्तो कुरा पहिलो पटक थाहा पाएको’ प्रतिक्रिया दिएका छन् ।
“कापी नै जाँच न गर्ने हो भने परीक्षा किन लिनुपरयो ?” रौतहटका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामविनय
निजी विद्यालयले दिन्छन् लब्धांकपत्रः राजविराजको एक निजी स्कूलले कक्षा १ की एक छात्राका अभिभावकलाई उपलब्ध गराए को अन्तिम परीक्षाको नतिजा ।
सिंहले भने, “परीक्षा लिएपछि त कापी चेक गरी विद्यार्थी र अभिभावकलाई जानकारी गराउनु पर्छ ।”
पर्साका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बर्खुरजक विषयवस्तुले खोजेको ज्ञान विद्यार्थीमा पुगे/नपुगेको मूल्यांकन नै परीक्षा भएको बताउँछन् । उनले भने “त्यसैले परीक्षामा कापी जाँच गरेर कसले कति सिकाइ उपलब्धि गरे , त्यो सार्वजनिक गर्नु पर्छ ।” उनले आफूले कापी जाँच नभइरहेको भन्ने कुरा पहिलो पटक सुनेको बताए
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख डोलराज पाण्डे राम्ररी परीक्षा नलिनु र कापी नचाँच्नु विद्यार्थीको सिकाइ उपलब्धिलाई खेर फाल्नु हो भन्छन् । उनी भन्छन्, “मैले पहिलो पटक यस्तो कुरा सुनें, यसबारे म बुझछु ।”
(खो ज पत्रकारिताको न्द्र को सहयोगमा)



