‘मनोचिकित्सा’ भन्नासाथ कोसौं टाढा !
- “मे रोछा े रोत अचे ल पढ् ने मन नै गर्दै न । खालि बाहिर ड ु ल्ने , साथीसँग हि ं ड् ने गर्छ । आठ कक्षामा नै दु ई पटक फ े ल भइसक्यो ।” एक अधबैंसे महिलाको आफ्नो छोराप्रति दुखेको मनको अभिव्यक्ति हो, यो ।
- “डाक्टर सा’ब ! मलाई अचे लको भइरहो छ के ? टिभी हेर्न , रमाइला े गर्न , साथीभाइहरूसँग भेटघाट गर्न मनै लाग्दैन । दिक्क लाग्छ ! बा ँ च्ने इच्छा नै छै न ।” आत्महत्या गर्न आँटेका एक ४५ वर्षे शिक्षकलाई उनका साथीहरूले अस्पतालमा ल्याइपुर्याएपछि का उनका अभिव्यक्ति हुन्, यी ।
- “मलाई त अलिकति नपिइकन काम गर्ने जाँगरै चल्दै न । नपिएको दिन त मेरो मन चञ्चल भइरहन्छ । हात काँप्न थाल्छ, निद ्रालाग्दैन,कोगरौं ? कसा ेगरौं ? भइरहन्छ.
मद्यपानजन्य समस्याको उपचारका लागि जबर्जस्ती अस्पताल ल्याइपुर्याएपछि एक ५५ वर्षे व्यापारीले पोखेको मनका दुखेसो त्यस्तै त्यस्तै अनेक पीडा । कसैको ‘मन मर्दछ’, कोही ‘मन रोयो’ भन्दै आउँछन् ।
माथिका उद्धरणहरू नै काफी छन्, एउटा मनोचिकित्सकको पेशागत धर्मका बारेमा खुलाउन । हो, हामी यस्तै अनेकौं महिला या पुरुषका, बालक देखि वृद्धसम्मका, बिरामी या बिरामीका अभिभावकहरूका, परिवार या मित्रजनका मनका कुरा सुनेर, त्यही दुः खेको मनमा मल्हमपट्टी गर्ने प्रयास गरेर दिन बिताउँछौं ।
हामी मनका चिकित्सक, उदास मनलाई खुशियाली प्रदान गर्न खोज्ने, चञ्चल मनलाई स्थिर राख्न प्रयास गर्ने , ओइलाएको जिजीविषालाई पुनर्जीवन दिन चाहने उपचारकर्ता त्यत्ति सजिलो भने छैन यो पेशा । मानिसहरू शरीर दुख्यो भनेर, मुटु हल्लियो भनेर अनेकौं चिकित्सककहाँ धाइरहन्छन्, अनेक ल्याबमा परीक्षणगराउँछन्, विभिन्न अस्पतालमा पैसा खन्याउँछन्, हजारौं देखि लाखौं रुपैयाँ सिध्याउँछन् । तर त्यस्ता थुप्रै शारीरिक समस्याहरूको जड ‘मन’ मा छ भनेर विश्वास गर्न साह्रै नै गाह्रो ‘मनोचिकित्सा’ भन्नासाथ कोसौं टाढा ! छ मानिसहरूलाई । त्यतिका समय, त्यत्रो पैसा खर्च गरिसक्दा पनि , चिकित्सकहरूले शारीरिक उपचारमा हार खाइसक्दा पनि माथि उल्लेख गरिएका जस्ता लक्षण भएका बिरामी (सो माटो फर्म डिस्अर्ड र) व्यक्ति हामीकहाँ आउन गाह्रो मान्छन् । बरू झरफुक, नाडी हेर्न/देखाउन उनीहरू तयार हुन्छन्; तर ‘मनोचिकित्सा’ भन्नासाथ कोसौं टाढा । डर छ उनीहरूलाई ‘मान सिक रोग विभाग’ भित्र आएर हामीलाई भेटेमा समाज ले तिनलाई ‘पागल’ या ‘बहुलाहा’ को बिल्ला भिराइदेला भनेर । त्यस्तो ठाउँमा उपचार गरे पछि तिनका छोराछोरीको विवाह नभइदेला, उनीहरूसँग सरसापट, लेनदेन, सरसल्लाह गर्न अरूहरू तर्सिएलान् भनेर पिरिन्छन् उनीहरू
हराम्रो समाज को हालतगजब नै छ !आफूलाई ‘प्रे सर’, ‘सुगर’, ‘क्यान्सर’ आदि भएको बताउँदा छाती ठूलो पार्नेहरू मान सिक रोगको ‘म’ पनि कसैले थाहा पाउलान् भनी डर मान्छन् । आफ्ना बिरामी छोराछोरी या बाबुआमालाई बरू पशुसरह घरभित्रै खोरमा थुनिदिन तयार रहन्छन् ती तर हामीले गर्ने उपचार भने सकेसम्मगुपचूप नै रहोस् भन्ने कामना हुन्छ तिनको ।
यसै कारण, हामी मनोचिकित्सकहरूको दायित्व निकै व्यापक छ । हामीले अस्पतालमा आएका या ल्याइपुर्याइएका सीमित केहीलाई मात्र उपचार गरेर पुग्दैन । सयौं मनोरोगीहरू लुकिबसेका छन्, हराइरहेका छन् या थुनिएका छन्, अनि कोही चाहिं अपूर्ण अनिगलत उपचारका कारण पिल्सिएका छन् । चेतनाको अभावले तड्पिरहेका छन् । ती सबैलाई हामीले उचित उपचारसेवा जुटाउनुपरेको छ ।
त्यस्ता मान सिक बिरामी र तिनका परिवारको लोकलज्जा निवारण गर्न र चेतनास्तर उकास्न हामी सधैं नै प्रयासरत रहनु जरूरी हुन्छ । यो लेख पनि त्यस्तै प्रयासको एउटा कडी हो । शिक्षक मासिकको यो स्तम्भ मार्फत मनोरोगका लक्षणका बारेमा प्रकाश पार्दै जनमान समा रहेको यो रोग सम्बन्धीगलत अवधारणाहरू चिर्ने र समाधान तथा उपचारको सहज वातावरण निर्माण गर्ने प्रयत्न हुनेछ । मनो लो क स्तम्भ पढ्ने शिक्षक, अभिभावक या अरू सचेत पाठकवृन्दले यसको अन्तर्यलाई बुझेर आफ्नै परिवार, छरछिमेक या समाज मा रहन सक्ने कुनै एकै जना मनोरोगीलाई पनि मनोचिकित्सककहाँ पुर्याउनुभयो भने मेरो प्रयास सार्थक भएको ठान्नेछु ।
वास्तवमा हराम्रो मन एकदमै शक्तिशाली छ ! भनिएको नै छ, ‘मन एव मनु ष्याणां कारण ं बन्धमोक्षयोः ’ । अतः मनो लो क स्तम्भ मार्फत त्यो शक्तिशाली मनका पत्र–पत्र केलाएर, त्यसका कारण मानिसहरूमा देखा पर्न सक्ने मनोरोगहरूका बारेमा जनस्तर मा चेतना जगाउनु हराम्रो ध्येय रहनेछ ।
मनो चिकित्सक
काठमाडा ै ं विश्वविद्यालय अस्पताल, धुलिखे ल



