सार्वजनिक गोपनीयता !
प्रचलित सोसल मिडिया फेसबूक अघिल्लो महीना ठूलै समाचारको विषय बन्यो । त्यसको मूल कारण क्याम्बि ्र ज एनालिटीका नामको एक राजनीतिक परामर्शदाता संस्थाले फेसबूकबाट प्राप्त गरेको ८ करोड ७० लाख प्रयोगकर्ताको व्यक्तिगत सूचना प्रयोग गरेर अमेरिकाको राष्ट्रपतीय निर्वाचन र बेलायतको यूरोपेली संघ सम्बन्धी जनमत संग्रहलाई प्रभावित पारेको आरोप थियो । क्याम्बि ्र ज एनालिटीका ले फेसबूक प्रयोगकर्ताको जानकारी र अनलाइन व्यवहारको आधारमा उनीहरूलाई विज्ञापनको रूपमा दिने राजनीतिक सन्देशको आधार तयार गरेको थियो । उक्त संस्थाले फेसबूक प्रयोगकर्ताको विवरण प्राप्त गरेको थाहा पाएर पनि फेसबूक कम्पनीले त्यसलाई रोक्न यथेष्ट पहल न गरेको र व्यक्तिगत जानकारीलाई अरूको निजी फाइदाका लागि बेचेको आरोप लागेपछि विश्वभर हलचल मच्चियो । सबैतिर फेसबूकमा रहेका खाता बन्द गर्ने अभियान चल्यो । अमेरिकी र बेलायती संसदले फेसबूकका अधिकारी हरूलाई बोलाएर केरकार पनि गरे । तर, हप्तौं बितिसक्दा पनि यो चर्चा सेलाएको छैन । यो चर्चाको केन्द्रमा रहेको विषय भने दशकौं पुरानो प्रश्न नै हो; डिजिटल युगमा हराम्रोगोपनीयतागोप्य रहन सक्ला ?
यो प्रश्नको उत्तर धेरै कुरा ले जेलिएको छ । त्यो जटिलतामा प्रवेश गर्न नचाहनेहरूका लागि सहज उत्तर हो— इन्टरनेटमा व्यक्तिगतगोपनीयता हुँदैन । सार्वजनिक सञ्चारको मूल प्रयोगमा रहने इन्टरनेट र अरूको पहुँचबाट बचाउनुपर्ने व्यक्तिगतगोपनीयता विपरीत ध्रुवका कुरा हुन् । इन्टरनेट प्रयोगमा सावधानी अपनाउँदा केहीगोपनीयता सम्भव हुन सक्छ । तर सम्भव हुन सक्नेगोपनीयता पनि फेसबूक जस्ता नाफामूलक संस्थाहरू फाइदाका लागि; विशेष गरी विज्ञापनदाताहरूलाई उपलब्ध गराउने, हामी प्रयोगकर्ताहरूलेगोपनीयता सम्बन्धी सेटिङहरू नमिलाउने र इन्टर नेटमा आफ्नो व्यक्तिगतगोपनीयता नरहने गरी हामीले नै सामग्रीहरू हालिदिने कारणले गर्दा हाम्रागोपनीयताहरू सार्वजनिक भएका छन् । हामीले फेसबूक जस्ता सोसल मिडिया वा अन्य इन्टरनेट साइट वा एपहरू नियमित प्रयोग गर्दाका तथ्याङ्कको माध्यमबाट हाम्रा बानी–व्यवहारका कुरा हरू ती सेवा प्रदायकहरूले थाहा पाउँछन् । फेसबूकमा हामीले राखेका सबै कुरा हरू सो कम्पनीका मानिसले हेर्न चाहँदा हेर्न सक्छन् । त्यति मात्रै होइन, हामीले जानीजानी राखेका सूचना मात्र नभई हामीले अर्कै प्रयोजनका निम्ति गरेको फेसबूकको उपयोग वा व्यवहारहरू समेत त्यहाँ रेकर्ड हुन्छन् र त्यसको विश्लेषण गरेर हाम्रा व्यक्तिगत रुचि झुकाव आदि सम्बन्धी थप सूचना समेत निर्माण गरिन्छन् । उदाहरणका लागि मैले फेसबूकमा मन पराएका वा क्लिक गरेका लिङ्कहरू, मेरो रुचिका विषयहरू वा फोटा र साथीसंगी मात्रै होइन, मैले फोन वा एसएमएस गरेका साथीहरूको नाम र नम्बर समेत त्यहाँ संग्रहित हुन्छ । फेसबूकले मेरो व्यक्तिगत जानकारी १०८ वटा विज्ञापनदातालाई बेचेको रहेछ भन्ने मैले भर्खरै थाहा पाएँ
व्यक्तिगत जानकारी र इन्टरनेटका बानी व्यवहारहरूकोगोपनीयता आवश्यक छैन अथवा यसको कसैले जेसुकै गरी प्रयोग गरे पनि मलाई मतलब लाग्दैन भन्ने खालका प्रयोगकर्ताहरू पनि धेरै छन् । तर हाम्रा ती कुरा हरूकोगोपनीयता आवश्यक किन छ भने हाम्रा व्यक्तिगत वा निजी विवरणहरू हामीलाई मनोवैज्ञानिक रूपमा प्रभावित पारेर विचार परिवर्तनका लागि मात्रै होइन, कतिपय अवस्थामा ती जानकारी दुरुपयोग गरेर अनावश्यक तनाव दिनका निम्ति समेत उपयोग हुन सक्छन् । व्यक्तिगत जानकारीकै आधारमा अनलाइन उत्पीडन हुने वा अनलाइनमा हराम्रो काम वा विचार का आधारमा व्यक्तिगत प्रहार हुने संभावना हुन्छ । सोसल मिडियामा विपरीत विचार राख्ने वा मन नपर्ने व्यक्तिहरूका बारेमा नकारात्मक प्रचार गर्ने र व्यक्तिगत आक्रमण गरेर अनावश्यक तनाव दिने घटनाहरू नेपाल, भारत जस्ता देशमा निरन्तर बढिरहेका छन् ।
डिजिटलगोपनीयताको सन्दर्भमा मोबाइल फोनका बारेमा विकिलिक्सका संस्थापक जुलियन असाञ्जले भनेको भनाइ मननयोग्य छ । उनले भनेका थिए— ‘मोबाइल फोन एउटा ट्र्याकिङ्ग उपकरण हो जसबाट फोन पनि गर्न मिल्छ ।’ इन्टरनेट चल्ने मोबाइल र इन्टरनेटको विकास का कारण हराम्रोगोपनीयता थप संकटमा छ, किन भने इन्टरनेटमा हामीले राखेका कुरा हरू स्थायी हुन्छन् । कुनै पनि कुरा मेटिंदैनन् । हामीले मेटे पनि ती हामीले न देखि ने मात्रै हुन्छन् तर इन्टरनेटबाट मेटिएका हुदैनन् । यसकारण इन्टरनेटमा भएका हाम्रा जानकारीहरूका आधारमा हाम्रा बारेमा धेरै कुरा हरू थाहा हुन सक्छन् जसको दुरुपयोग हुने संभावना पनि उत्तिकै हुन्छ । फेसबूक मात्रै होइन, हामीले चलाउने अन्य सोसल मिडिया वा मोबाइल एपहरूमा पनि हाम्रा व्यक्तिगत सूचनाहरू उत्तिकै हुन्छन् । एन्ड्रोइड फोन प्रयोग गर्नेहरूको धेरै जानकारीगुगलसँग हुन्छ र हालै प्रकाशित समाचारहरूका अनुसार हामीले हामी कुन स्थानमा छौं भनेर थाहा पाउने जस्ता कतिपय कुरा हरू बन्द गरे पनि ती पूर्ण रूपमा बन्द भएका हुँदैनन् रगुगलले चाहेमा त्यस्तो जानकारी प्राप्त गर्न सक्छ ।
नयाँ पुस्ताका बालबालिका र युवाहरू अहिले देखि जीवनभर इन्टर नेटमा हुने भएकाले उनीहरूका लागिगोपनीयता अझै बढी आवश्यक हुन्छ । हुन तगोपनीयताका बारेमा विश्वभरका नियम कानूनहरू परिवर्तन गर्नु पर्ने माग उठिरहेको छ र यूरोपमा जनरल ड े टा परो टे क्सन रेगुले सन नामको नयाँ कडा कानून यही महीना देखि लागू हुँदैछ । इन्टरनेटमा भएका हाम्रा जानकारीहरूको स्वामित्व प्रयोगकर्ताकै नियन्त्रणमा हुनुपर्ने प्रविधि विकास गर्ने प्रयासहरू पनि हुने छन् । तर पनि सजग चाहिं रहनै पर्छ । इन्टरनेट र तत् सम्बन्धी सेवा वा उपकरण चलाउँदा निम्न कुरा हरूमा ध्यान दिन सके केही हदसम्मगोपनीयता राख्न र हाम्रा निजी विवरणहरूको दुरुपयोगबाट बच्न सकिन्छ ।
क) इन्टरनेटमा कुनै पनि नयाँ सुविधा प्रयोग शुरू गर्दा सेटिङमा गएरगोपनीयताका बारेमा भएका कुरा हरू राम्ररी पढ्ने र
सम्भव भएसम्मगोपनीयता कायम राख्ने व्यवस्था छनोट गर्ने गर्नु पर्छ ।
ख) इन्टरनेटमा कुनै पनि कुरा लेख्दा, कुनै फोटो वा भिडियो हाल्दा त्यो कुरा आवश्यक नै हो कि हैन भनेर एक पटक सोच्ने गर्नु पर्छ । जहिले पनि आवश्यक कुरा मात्र त्यहाँ लेख्ने या राख्ने गर्नु पर्छ । त्यस्ता कुरा इन्टरनेटमा राख्दा यी सामग्री ५, १० वा २० वर्षपछि कसैलाई देखाउँदा वा कसैले हेर्दा के होला भनेर सोचेर हाल्नुपर्छ । थप के ख्याल गर्नु पर्छ भने, एकपटक इन्टरनेटमा हालिसकेका सामग्रीहरू सामान्यतया मेट्न सकिंदैन र कुनै न कुनै रूपमा इन्टरनेटमा रहन्छन् ।
ग) फेसबूक वा अन्य कुनै पनि सेवाको प्रयोग बन्द गर्नु अगाडि त्यो सेवामा भएका आफ्ना सबै कुरा मेट्नुपर्छ ।
घ) धेरै व्यक्तिगत कुरा हरू, जस्तो फोन न वा घर नम्बर वा परिवार वा साथीभाइका कतिपय जानकारीहरू वा आफ्ना सोचाइ, विचार वा मूडका कुरा हरू पनि इन्टरनेटमा लेख्नु अगाडि सोच्नुपर्छ, किनभने त्यस्ता कुरा हरू महत्वपूर्ण मात्रै होइन, हाम्रा कमी– कमजोरी र मनोविज्ञान उजागर गरिदिने माध्यम र दुरुपयोग हुन सक्ने ‘सूचना–औजार’ पनि हुन् ।
दोहोरयाएर संक्षेपमा भन्नुपर्दा; इन्टरनेटमागोपनीयता हुँदैन । यो विश्वभरमा राम्रा/नराम्रा मानिसहरूको पहुँच भएको सार्वजनिक स्थल हो । यहाँ राखिएका कुरा हरू अमिट रहने र तिनको दुरुपयोग हुने संभावना हरदम रहिरहन्छ । तसर्थ, इन्टरनेट प्रयोग गर्दागोपनीयताका बारेमा सबै उमेरका मानिसहरू सचेत हुनु आवश्यक छ ।



