तस्वीर नै समाचार !

एक परीक्षार्थी, तीन गेसपेपर ! कैलालीको बौनिया–६ स्थित रघुनाथ उमावि परीक्षा केन्द्रको कोठा नं. १ मा ७ चैत २०६९ मा भएको जनसंख्या, स्वास्थ्य तथा वातावरण शिक्षाको एसएलसी परीक्षामा हरेक परीक्षार्थीले गाइड तथा गेसपेपर खुलेआम सारेका थिए । गाइड/गेसपेपर बुझाउन आग्रह गरेपछि उक्त कोठाका ४८ जना परीक्षार्थीले  २६ वटा गाइड/गेसपेपर केन्द्राध्यक्षलाई बुझाएका थिए । केन्द्राध्यक्ष वसन्तकुमार महत्व भन्दै थिए, “यो त केही होइन सर, एकजनासँग तीन वटा गेसपेपर तथा गाइड हुन्छ ।” यसपालिको एसएलसी २–९, चैत २०६९ मा सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक खगराज बरालले विगतको तुलनामा यस वर्षको एसएलसी मर्यादित भएको दाबी गरेका छन् ।

नेपाली–अंग्रेजी ! कैलालीको जोशीपुर–२ स्थित, राष्ट्रिय मावि लक्कडमण्डीमा ६ चैत २०६९ मा कक्षा ८ का विद्यार्थीलाई अनिवार्य अंग्रेजी विषयको पाठ–१० यसरी पढाइँदै थियो ।

 

commercial commercial commercial commercial