दीर्घ जीवनका ७ सूत्र

प्रतिव्यक्ति आय (३६ हजार डलर) का दृष्टिले बेलायतीहरू विश्वकै धनीमध्येमा पर्छन् । उनीहरूको सार्वजनिक स्वास्थ्य प्रणाली त संसारमै सबैभन्दा लोभलाग्दो मानिन्छ । तर, धन र स्वास्थ्य सुविधा हुँदैमा मानिसहरू निरोगी र दीर्घजीवी हुने रहेनछन् । युरोपका अधिकांश (१९ मा १२) देशका बासिन्दा बेलायतीभन्दा निरोगी र दीर्घजीवी रहेको कुरा हालैको एक अध्ययनले देखाएको छ ।

त्यसो भए स्वस्थ रहेर दीर्घजीवी हुन के गर्नु पर्छ त ? स्वास्थ्य र जीवनशैली सम्बन्धी विभिन्न अध्ययनहरूको निचोड केलाउँदै बेलायतको दगार्जियन पत्रिकामा सराह बोरनेली लेख्छिन्ः

१.    जापानी जीवनशैली अनुसरण गर्नु स् !
    जापान विश्वमै सबभन्दा बढी स्वस्थ औसत आयु भएको मुलुक हो । जापानी महिला ७५.५ र पुरुष ७०.६ वर्षसम्म स्वस्थ जीवन बाँच्छन् । बेलायतीहरूको त्यस्तो आयु क्रमशः ७०.१ र ६७.१ वर्ष मात्र छ । जापानीहरूको दीर्घायु र सुस्वास्थ्यको कारण सुसी या भात होइन; बरु उनीहरूको स्वस्थ जीवनशैली चाहिं हो । यहाँको जीवनशैली अन्तर्गत त्यहाँको संस्कृति, शिक्षा, हावापानी, खानपान र सिन्तो परम्परा अनुसार गरिने शरीर शुद्धीकरणको अनुष्ठान जस्ता कुरा हरू पर्छन् ।
२.    रक्तचाप जँचाउने
    रक्तचाप जाँच्नु भनेकोगाडीको हावा जाँच्नु जस्तै हो । यो कम खर्चिलो र स्वास्थ्यमा कुनै प्रभाव नपार्ने कार्य हो । कति मानिसको परिवारमा नै उच्च रक्तचापको समस्या हुन्छ र त्यसको वंशानुगत प्रभाव पर्छ । कतिको खानामा नुनको मात्रा धेरै हुन्छ । तनावमा बस्ने, मोटोपन हुने, धूमपान वा मद्यपान गर्ने व्यक्तिहरू पनि उच्च रक्तचापको शिकार हुने डर धेरै हुन्छ । रक्तचापको नियमित परीक्षण गराउनेहरू हृदयघात वा मस्तिष्कघातबाट जोगिन सक्छन् । उच्च रक्तचाप आज संसारमै अकाल मृत्युको पहिलो कारण बनेको छ । विस्तारै जटिल हुन थालेको आजको जीवनशैलीमा सबैले रक्तचापको नियमित परीक्षण गराउनु आवश्यक छ ।
३.    ‘जङ्क फूड’ होइन, ताजा अत्रपात खाउँ
    आजका मानिसको दैनिक खानामा फलफूल र सागसब्जी, अन्न, दाल रगेडागुडी; ओमेगा–३ पदार्थ पाइने माछा, आलस, तिल, सिलाम, रेसादार वस्तु र क्याल्सियम तथा दूधजन्य पदार्थ न्यून हुँदै गएका छन् भने कारखानामा प्रशोधन गरिएका मासु लगायतका तयारी खानाको मात्रा अत्यधिक हुन थालेको छ । तयारी खानाकै कारण मानिसहरू नुन र चिनीजन्य पदार्थको खपत चाहिनेभन्दा धेरै गरिरहेका छन् । यस्तो असन्तुलित खानाले मानिसलाई मोटो बनाउँछ । मोटोपन मान्छेको स्वास्थ्यको अर्को दुश्मन हो । ‘जङ्क फूड’ ले गर्दा हुने मोटोपन संसारकै मृत्युको चौथो कारण भएको छ ।
४.    ठिक्क पिउने
    अलिअलि मद्यपानले मुटुलाई फाइदा पनि गर्छ । तर त्यसको मात्रा बढ्यो भने कलेजोको सिरोसिस हुन्छ । अहिले सिरोसिस, बोसो जमेको कलेजो र कलेजोको क्यान्सर पश्चिम युरोपमा मृत्युको बाह्रौं कारण भएको छ । रक्सीका कारण हुने झैँ–झ्गडा र दुर्घटनाजन्य मृत्युको त हिसाबै अर्कै छ ।
५.    सक्रिय रहने
    मान्छेको शरीर बसिराख्नका लागि होइन, चलायमान रहिरहनका लागि बनेको हो । त्यसैले धेरै बस्नु स्वास्थ्यका लागि रराम्रो होइन । मान सिक र शारीरिक व्यायाम एवं श्रमले मान्छेलाई स्वस्थ बनाउँछ, रोगहरू घटाउँछ ।गतिशील शरीर र मनले मानिसको आत्मसम्मान बढाउँछ; ‘डिप्रेशन’ र चिन्ता घटाउँछ । कति व्यायाम गर्ने भत्रे प्रश्नको जवाफ सजिलो छैन तर मानिसले सक्रिय रहनै पर्छ, यो स्वयंसिद्ध सत्य हो ।
६.    धूमपानले दुः ख दिन्छ
    धूमपानले जीवन छोट्याउने मात्र होइन, मर्नुअघि निकै दुः ख पनि दिन्छ । मुटुका रोग र फोक्सोको क्यान्सरका कारण जीवनको अन्तिम समय कष्टकर बनाउनेमा पनि धूमपानको भूमिका छ । लामो समयसम्म धूमपान गर्ने मध्येका आधासरो व्यक्तिले ७० वर्ष काट्दैनन् ।
७.    पीर नमात्रे
    सर्वेक्षणमा सामेलगराइएका १९ देशमध्ये बेलायत धेरै चिन्ता गर्ने (पन्ध्रौं) देशमा पर्दोरहेछ । खासमा अनावश्यक पीर र चिन्ताले समस्या समाधान त गर्दैन नै, उल्टो समस्या समाधान गर्ने आफ्नो क्षमता पनि घटाइदिन्छ ।

(दगार्जियन मार्च ५, २०१३ मा आधारित)

commercial commercial commercial commercial