उचित पारिश्रमिक दया हैन, अधिकार हो

२०४३ सालतिर को कुरा हो, म पत्रकारिताको पेशामा कलिलै थिएँ र पनि एकदिन मैले सम्पादकको अवज्ञा गरे । उहाँले काठमाडौंको बालाजुस्थित नेपाल ब्याट्री कम्पनीमा गएर मजदूर हडतालसित सम्बन्धित समाचार तयार गर्न अह्राउनुभएको थियो तर मैले ‘जात्रँ’ भनें । सामान्यतः सबै काममा अग्रसर हुने रिपोर्टरले आफूले अह्राएको काम गर्न ठाडै अस्वीकार गर्दा उहाँ छक्क पर्नुभयो । आफ्नोरूखो जवाफका बारेमा स्पष्टीकरण नदिई मेरो उद्देश्य पूरा हुने थिएन, मैले भनें, “त्यहाँका मजदूरले दुई महीनाको तलब नपाएकोमा हडताल गरेका हुन्, म चार महीनाको तलब नपाएको अनुहार लिएर तिनका कुरा सुत्र सक्दिनँ !”

मेरो जवाफले एउटा सानो कोठामा खाँदिएको हाम्रो अफिसमा एउटा फरक तरंग पैदा भयो । मसँगैका साथीले मात्र होइन, ‘दाइ पत्रकारहरू’ले पनि मेरा मुखबाट उनीहरूकै मर्म पोखिएको अनुभव गरे । साता दिनभित्रमा हामीले अलिअलि मात्र भए पनि पैसा पायौं । केही गर्जो टर्‍यो ।

यसपटक शिक्षक  मासिकका निम्ति संकलित समाचार–रिपोर्टरहरूमा शिक्षकहरू माथि भइरहेको आर्थिक शोषणका कथा पढ्दा त्यही पुरानो घटना सम्झिएँ ।  आफूले तलब नपाएका बेला म तलब नपाएकाहरूका बारेमा लेख्न सक्दिनथें भने आफैं शोषणमा परेका शिक्षकहरूले नानीहरूलाई कसरी पढाउन सक्लान् न्यायका कुरा ? कसरी उनीहरूलाई शोषणरहित समाज का लागि तयार गर्लान् ? मैले ती उत्पीडित शिक्षकहरूमा केही मात्रामा भए पनि आफैंलाई पाएँ ।

म एकछिन आफूले काम थाल्दाताकाको पत्रकारिताको कुरा गर्छु । त्यसबेलाको पत्रकारितामा व्यावसायिकता अत्यन्त कम मात्र थियो । ‘व्यवस्था विरोधी’ पत्रपत्रिका छाप्ने छापाखाना सरकारले बन्द गर्न सक्ने संवैधानिक व्यवस्था नै भएकाले राम्रा छापाखाना सामान्यतः पत्रपत्रिका छाप्न मान्दैनथे । मुलुकमा विज्ञापन दिने खालका उद्योगधन्दा पनि कम थिए । पत्रकारिता कसैको पेशा हुन सक्छ भत्रे नै मानिंदैनथ्यो ।

तर पत्रकारहरूको दुरवस्थाका लागि यी बाहिरी समस्या मात्र जिम्मेवार थिएनन् । पत्रपत्रिकाहरू आर्थिकरूपले त कमजोर हुन्थे नै, अव्यवस्थाका कारण तिनीहरू अरू जर्जर हुन्थे । नियमित रूपमा पाउनुपर्ने पैसा नपाए कम्पोजिटर काम गर्दैनथे, प्रेसले छाप्दैनथ्यो र नेशनल ट्रेडिङले कागज दिंदैनथ्यो । तर पत्रकारहरू भने पैसै नपाए पनि काम गरिरहन्थे । लेखकहरू विना पारिश्रमिक लेख्थे र कतिपय अवस्थामा त सम्पादकहरूलाई चियासिया समेत खुवाउन भ्याउँथे । धेरैजसो सम्पादक/प्रकाशकहरू प्रायः आफैं पनि दुः ख गरेर आएका हुन्थे । तैपनि रिपोर्टर र लेखकहरूले पनि पैसा पाउनुपर्छ भत्रे कुरा तिनले सोच्दैनथे ।

त्यसबेलाका तुलनामा आज राजनीतिक, सामाजिक र आर्थिक हिसाबले मुलुकको कायाकल्प भइसकेको छ । तर व्यावसायिकताका हिसाबले हामी खासै अगाडि बढ्न सकेका छैनौं । शिक्षक को यो अङ्कले हाम्रा नानीहरूलाई पढाउने शिक्षकहरूको एउटा ठूलो समूह कसरी पेशागत शोषणमा परिरहेछ भन्ने झल्काउँछ । शिक्षकहरूको शोषण ‘नाफाका लागि काम गर्ने ’ भनिएका निजी स्कूलहरूमा मात्र नभई सार्वजनिक स्कूलहरूको संरचनाभित्र पनि उसरी नै जारी छ । निजीस्रोतबाट तलब खाएर सरकारी वा सामुदायिक विद्यालयमा पढाउने हजारौं शिक्षकहरू ‘पैसै छैन’ को बहानामा मानवोचित पारिश्रमिकको अवसरबाट वञ्चित छन् ।

हाम्रा पालाका सम्पादकहरू पत्रकार–लेखकलाई पैसा दिन नसक्नुका विभित्र कारण देखाउँथे र तीमध्ये धेरै वास्तविकता पनि हुने गर्थे । तर अहिले शिक्षकलाई ठग्ने स्कूलहरूसित त्यस्ता कुनै बहाना छैनन् । निजी स्कूलहरू बेलाबेलामा चन्दा आतङ्क र क्रान्तिकारीहरूको पौरख प्रदर्शनको शिकार हुने गरेका छन्; तर त्यो नै न्यून पारिश्रमिकको कारण हुन सक्दैन । प्रायः निजी स्कूलले अभिभावकसित आफूखुसी पैसा उठाइरहेको कुरा लाई स्कूल सञ्चालन गरे पछि तिनको जीवनशैली र वैभवमा आएको आश्चर्यलाग्दो परिवर्तनले पुष्टि गर्छ । तर उनीहरूकहाँ पढाउने शिक्षकहरू भने योग्यता र आफूले स्कूललाई गराइरहेको फाइदाका तुलनामा अत्यन्त कम पारिश्रमिक पाइरहेका छन् । ती शिक्षक विना आफ्नो काम फिटिक्कै चल्दैन भत्रे कुरा स्कूल मालिकहरूलाई थाहा छ, तर उनीहरू शिक्षकहरूको सम्पत्र हुने अधिकार त के, सम्मान जनक जीवन बिताउने अधिकारको पनि सम्मान गर्न तत्पर देखिंदैनन् ।

यो कुरा सरकारलाई थाहा छ, ट्रेड युनियनहरूलाई थाहा छ, शिक्षकका तथाकथित पेशागत सङ्गठनहरूलाई पनि थाहा छ । विभित्र नाम र भाकामा शोषणरहित समाज को सिर्जना गर्ने कुरा गरेर नथाक्ने राजनीतिक पार्टीहरूलाई पनि यो कुरा थाहा छ, तर यो समस्याको समाधान गर्न कोही पनि तयार छैनन् ।

न्यून पारिश्रमिक पाइरहेका शिक्षक/शिक्षण–सहयोगीहरूको पक्षमा तर्क गरिरहँदा, निजी लगानीमा विद्यालय संचालनको अभिभारा वहन गर्नेहरूका कानूनी, सामाजिक, प्रशासनिक, स्थानीय समस्या एवं चुनौतीहरूबारे हामी बेखबर छैनौं । स्कूल संचालकहरूले व्यहोर्नुपर्ने धम्की; आक्रमण, जबर्जस्ती चन्दा र प्रहरी–प्रशासन देखि असामाजिक तत्वहरूलाई समेत सन्तुष्ट पार्नुपर्ने बाध्यता कम अपमान जनक छैन । तर पनि , तिनले जतिसुकै दुः ख, कष्ट खेप्नु परेको भए तापनि आफूले ‘कामगर पढाऊ, म तलब दिन्छु’ भन्ने कबूल गरेर काममा लगाएका व्यक्तिलाई न्यायोचित–मानवोचित पारिश्रमिक दिनु काम लगाउनेको अकाट्य कर्तव्य हुन्छ । यसमा कुनै पनि बहाना–बाजी काम लाग्दैन; किनभने तलब वा पारिश्रमिक दिन नसक्नेसँग अरूलाई काममा लगाउने अधिकार हुँदैन । यसमा द्विविधा हुन सक्दैन ।



 

commercial commercial commercial commercial