सुखका लागि सिकाइ

गोडेर ल्याउँदा लाग्छ, सुखको खोजीलाई हटाइदिने हो भने ज्ञानको खोजी पनि टुङ्गिन्छ । सुखको सपना नहुने हो भने दुः ख गर्नु किन ? मन भित्रको सृजनशील अहंको तुष्टि नहुने हो भने खोज्नु किन, जात्रु किन ? त्यसैले म जेजे गर्छु, सबै सुखका लागि गर्छु । दुः ख पनि सुखका लागि गर्छु । भक्ति, प्रेम,
सृजना, युद्ध, दुः ख— म जेजे गर्छु सबै सुखका लागि गर्छु ।

यसो सोच्छु, मैले के सिकें, के पढें र के जानेको छु ? जति सोच्छु त्यति नै लाग्छ, मैले केही पनि जानेको छैन । केही परीक्षाहरू पास गरियो, केही अन्तर्वार्तामा अरूलाई उछिनियो, केही सामान्य कामहरू पार लगाइयो, तर जीवन र जगतका अपार रहस्यहरू देख्दा लाग्छ, मैले केही पनि जानेको छैन । जानेर साध्य पनि छैन र कहिलेकाहीं त लाग्छ, हामी जति कुरा जात्र चाहन्छौं त्यति त जात्र आवश्यक पनि छैन ।

फेरि लाग्छ, जात्रु त पर्छ नै । किनभने सिक्ने र जात्रे अनन्त भोक नै मान्छेपनको सबभन्दा बलियो प्रमाण हो । जिज्ञाशाले नै मान्छेलाई अरू प्राणीभन्दा फरक पारेको हो र त्यही अन्तरलाई धानिरहन मात्र भए पनि सिक्ने प्रयत्न छाड्नु हुँदैन ।

हो, जनावरले निश्चित सीप सिके पुग्छ । तिनलाई   चाहिने अधिकांश सीप त तिनका स्वभावमा नै हुन्छन्, सिकिरहनु पनि पर्दैन । मलाई सबभन्दा रोचक लाग्ने प्राणी मौरी अत्यन्त सीप सम्पत्र र अनुशासित हुन्छ । उसले घार लगाउने कलाको विकास गरेको लाखौं वर्ष भयो । उसले फूल चित्र, फूलका बारेमा साथीहरूलाई बताउन, आवश्यकता अनुसार रानु बनाउन र घार फुटाउन जानेको छ । अरू धेरै प्राणीमा यतिकागुण र सीप पाइँदैनन् । तर चतुर भनिएको मौरीले पनि लाखौं वर्ष देखि जानेको यत्ति हो । थप कुरा जात्रे न त उसमा चाहना छ, न त क्षमता नै । ऊ त्यतिमै पूर्ण छ, सन्तुष्ट छ । तर सिक्ने चाहना सकिएका दिन मानिस सकिन्छ, अर्थात् उसको मान्छेपन सकिन्छ ।

त्यसैले म धेरैभन्दा धेरै कुरा सिक्न चाहन्छु । अनि जति सिक्न चाहन्छु, झन् झन् धेरै प्रश्नहरू मेरासामु तेर्सिन्छन् । अनि कविवर माधव घिमिरेले भने झै, ‘रहस्य खोलेर रहस्य बाँकी’ हुन्छ । सामान्यभन्दा सामान्य प्रश्नले पनि उत्तर पाउँदैनन् ।  अल्लमलिन्छु, रन्थनिन्छु र पनि म सिकिरहन्छु । कतिपय कुरा जात्रे हुन, जागिर खान वा लेख्ने विषयवस्तु जुटाउन पनि सिकियो होला, तर म त्यत्तिकै पनि जीवनको पाठशालामा पढिरहन्छु, सिकिरहन्छु, जात्रे प्रयत्न गरिरहन्छु, किनभने म जिज्ञाशाका भरमा मात्र अरूभन्दा फरक हुनसकेको प्राणी हुँ ।

मैले जीवनको पाठशालामा सिकेको अर्को कुरा हो— जीवनको सबभन्दा ठूलो दौड नै आनन्द र सुखको खोजीमा भइरहेको छ । जिज्ञाशा जस्तै सुखको खोजी पनि मान्छे हुनुको अर्को प्रमाण हो । सुखकोरूप, मूल्य र परिभाषा आ–आफ्नो हुन्छ तर जसरी सुकै होस्, जस्तोसुकै होस्, सुखको खोजी गर्न छाडेका दिन म सकिन्छु । कसैले सुखलाई पाप भनोस्, भ्रम भनोस्, मिथ्या भनोस् तर म सुखको साधना छाड्दिनँ, कसै गरी छाड्दिनँ । राष्ट्रकविले भने झै, ‘यो छायाँ छवि क्यै होइन भत्र सक्दछु मै पनि /सुख र दुः ख सञ्चित गर्छु यत्नले तैपनि ।’

मलाई थाहा छ, सुख पनि ज्ञान जस्तै हो, खोजेर र पाएर साध्य नहुने कुरा । यो खोजिकन पार नलाग्ने र पाएकाले कहिल्यै चित्त नबुझने खोजी हो । यो यस्तो छ भत्रे कुरा सबैलाई थाहा छ, तर सुखको खोजी कहिल्यै पनि कोही पनि छाड्दैन । कविले भने झै, ‘दौडिरहे यो मृग तिर ्सना हो/छायाँ उछित्रे छल वञ्चना हो’ भन्ने मलाई   थाहा  छ, सबैलाई थाहा छ । तर म सुखसाधनाबाट विमुख हुन चाहत्र । जति दुः ख गर्छु त्यो सबै कुनै न कुनै किसिमको सुखका लागि नै गर्छु । मेरो स्वत्व त्यही हो; जीवनको पुरुषार्थ पनि त्यही हो ।

म जात्र चाहन्छु, तर जे जात्र सक्दिनँ, त्यसको पनि आनन्द लिनबाट चुक्दिनँ । जीवन र जगतका रङहरू मिसिन्छन्, छुट्टिन्छन्, दोछायाँ पर्छन् र नयाँ–नयाँरूपाकृतिहरू प्रकट हुन्छन् । म त्यसको छेउ— भेउ पाउँदिनँ । प्रत्येक नौलो ठाउँमा पुग्दा लाग्छ, यस्तो अनुपम सौन्दर्य मैले कहिल्यै देखेकै थिइनँ । दङ्ग पर्छु । किशोरावस्था देखि पछाडि खान नपाएको क्यामुनाको मिठास (स्वाद–सुगन्ध–फ्लेवर) किन मेरो जिब्रोमा अडिएको छ, मनले कसरी यस्ता कुरा को सजीव अभिलेख राख्छ, मलाई पटक्कै थाहा छैन । मलाई त्यो ज्ञान नभए  पनि हुन्छ । ज्ञान र आनन्दको द्वन्द्वमा आनन्दले उछिनेको देखेको छु, भोगेको छु तर पनि कम लोकप्रिय ज्ञानले नै संसारलाई हाँकेको देखेको छु ।

गोडेर ल्याउँदा लाग्छ, सुखको खोजीलाई हटाइदिने हो भने ज्ञानको खोजी पनि टुङ्गिन्छ । सुखको सपना नहुने हो भने दुः ख गर्नु किन ? मन भित्रको सृजनशील अहंको तुष्टि नहुने हो भने खोज्नु किन, जात्रु किन ? त्यसैले म जेजे गर्छु, सबै सुखका लागि गर्छु । दुः ख पनि सुखका लागि गर्छु । भक्ति, प्रेम, सृजना, युद्ध, दुः ख— म जेजे गर्छु सबै सुखका लागि गर्छु ।

मैले जीवनको पाठशालामा सिकेको यत्ति हो— म सुख बाहेक अरू केही पनि खोजिरहेको छुइनँ । दिए पनि महाकवि देवकोटाले भने झै आफ्नै सुखका लागि—
“खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ
आफू मिटाई अरूलाई दिनू जहाँ छ ।”

केही रच्न सके पनि राष्ट्रकवि घिमिरेले भने झै आफ्नै सुखका लागि—
“मेरो सच्चा सुख छ दिनहूँ क्यै नयाँ सिर्जनामा
आफैंलाई पनि सृजनको सोखमा बिर्सनामा ।”

commercial commercial commercial commercial