रु.१८ लाख खोज्न अर्को समिति
नेपाल शिक्षक युनियनमा आर्थिक अनियमितता भएको आरोप र आशंका बढ्दै गएपछि युनियनका काठमाडौं अध्यक्ष राजेन्द्र अधिकारी को संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिगठन गरिएको छ ।
२०६६ वैशाख १–१५ को मितिमा ब्याङ्कबाट झिकीएको रु.१८ लाख कहाँ र कसरी खर्च भयो भन्ने हिसाबकिताब न देखि ए र सोको छानबिन गर्न समितिगठन गरिएको हो । छानबिन समितिकोगठन युनियनको ४–६ साउन २०६९ मा भएको पाँचौं राष्ट्रिय परिषद्ले गरेको हो ।
युनियनमा आर्थिक अनियमितता छानबिन गर्न गठित यो पहिलो समिति भने होइन । यसअघि, युनियनको चौथो परिषद्मा आर्थिक अनियमितताको मुद्दा चर्को रूपमा उठेपछि केन्द्रीय सदस्य मुक्तिगौतमको संयोजकत्वमा ७ सदस्यीय छानबिन समितिगठन गरिएको थियो । उक्त समितिले चित्तबुझदो प्रतिवेदन दिन नसकेको भन्दै अधिकारी को संयोजकत्वमा नयाँ छानबिन समितिगठन गरिएको जनाइएको छ । युनियनको २०६६ पछि लेखा परीक्षण भएको छैन भने छानबिनका कारण युनियनका नियमित काम प्रभावित भएका छन् ।



