कहिले फुल्छौं, किन फुल्छौं ?

अमेरिकी राष्ट्रपतिको चुनाव जित्नु सानो पुरुषार्थको कुरा होइन । तर, संसारकै सर्वशक्तिमान मानिने त्यो पदमा पुग्ने भाग्यमानीहरूले पनि केही कुरा सँग हार मान्न रगुमाउन तयार हुनैपर्ने रहेछ ! राष्ट्रपतिको चार वर्षे कार्यकाल पूरा गरी ह्वाइट हाउसबाट बिदा हुन वा पुनः निर्वाचनको प्रचारमा निस्कँदा उनीहरू धेरै फरक भइसकेका हुन्छन् । सबैभन्दा ठूलो फरक चाहिं बैंक ब्यालेन्स, सहयोगीहरूको डफ्फा आदिमा होइन, उनीहरूको शिर र अनुहारमा आएको हुन्छ । अर्थात्, चार वर्षको अवधिमा उनीहरूको टाउकोबाट कम्तीमा आधा कालो कपालगायव भइसकेको हुन्छ र सुकोमल अनुहारको छाला चाउरिएर तेर्सा र ठाडा धर्का दृष्टिगोचर हुन्छन् । अमेरिकी सेनाका परमाधिपतिहरू जुनसुकै राजनीतिक दलका भए पनि वा तिनले हाँक्ने युग जुनसुकै कालखण्डको भए तापनि तिनले उमेर खाएको सबैका आँखा सामुन्ने प्रत्यक्ष देखिन्छ ।

के यस्तो हुनु अपरिहार्य हुन्छ ?
हुन्छ । आधुनिक विज्ञानले यसै भन्छ । वैज्ञानिक अनुसन्धानले केशका जरा (follicles) बाट हराम्रो शिरमा नयाँ केश कसरी उचित रंगमा पलाएर आउँछ भन्ने रहस्य पत्ता लगाएको एक दशक मात्र भएको छ । छोटकरीमा व्याख्या गर्दा यति मात्र भन्न सकिन्छ, केशका जडले सधैंभरि एकैनासले काम गर्न सक्दैनन् । मानिस लगभग ३० वर्षको उमेरतिर पुग्दा केशका जरा (follicles) मै रंग कम हुन थाल्छ । व्यक्तिको उमेर बढ्दै जाँदा केशमा रंग भरिदिने विशेष कोषिका (melanocytes) पैदा गर्ने निर्माता–कोषहरू (stem cells) स्वयं कमजोर हुँदै गएका हुन्छन् । अमेरिकी राष्ट्रपतिहरूले आफ्नो ओहोदामा पुग्दासम्म ४० वा ५० वर्षको उमेर खाइसकेका हुन्छन् । त्यतिबेलासम्म केशमा रंग भरिदिने कोषिका (melanocytes) उत्पादन गर्ने अधिकांश निर्माता–कोषहरू (stem cells) उमेर वा प्राकृतिक कारणले नै शिथिल भइसकेका हुन्छन् । परिणामतः केश फुल्ने प्रक्रिया स्वाभाविकरूपले अघि बढ्छ ।

तर यसमा थप के पनि सावित भइसकेको छ भने हराम्रो शरीरमा आउने क्रियात्मक परिवर्तनले पनि निर्माता–कोष (stem cells) लाई समयअघि नै नष्ट पारिदिन सक्छ । रकफेलर विश्वविद्यालयमा केश वृद्धि विषयका अग्रगामी अनुसन्धाता इलैन फुक्स (Elaine Fuchs) का अनुसार मान सिक तनावले निर्माता कोषहरू (stem cells) लाई मृत्युको मुखमा पुर्याइदिन्छ र केश सेताम्य फुल्छ । उनी भन्छिन्, “एकपल्ट केश फुलिसकेपछि मानिस तनावबाट मुक्त भए नै पनि फुलेको कपाल कालो हुँदैन । जो फुल्यो सो फुल्यो ।” यस्तो किन हुन्छ भने, ‘स्टिम सेल’ को विनाससँगै केशमा रंग आपूर्ति गर्ने कोषिका (melanocytes) पहिल्यै नष्ट भइसकेको हुन्छ । यसरी केश फुल्ने कुरा उमेरका अतिरिक्त तनाव जस्ता कुरा सँग पनि उत्तिकै सम्बन्धित छ भन्ने पुष्टि हुन्छ ।

जब मानव शरीरले संकटको सामना गर्नु पर्ने हुन्छ; त्यसको प्रत्यक्ष प्रभाव स्वरुप कोर्टिसोल (cortisol) जस्ता हर्मोन (hermon) र अन्य अस्थिर प्रकृतिका रसायन कणहरू (free redicles) पनि अप्रत्याशित रूपमा शरीरमा उत्पादन हुन थाल्छन् । तर दुई–चार वटा कपाल फुलाउन चाहिं ठूलो चिन्ता होइन, सामान्य चिन्तन नै पर्याप्त हुन्छ ।

टाइम म्यागजिन १० सेप्टेम्बर, २०१२

commercial commercial commercial commercial