डर, रीस, अपमान र घृणा

विद्यार्थीलाई उनीहरूका लागि कुटिंदैन । त्यसका पछाडि शिक्षकको बालमनोविज्ञान ज्ञानको अभाव, बुझाउन नसक्नुको कुण्ठा र व्यक्तिगत आग्रहहरू जस्ता कारणहरू जिम्मेवार हुन्छन् ।

एउटा विद्यार्थी शिक्षकको कुटाइसित निकै डराउँछ । तर त्यही विद्यार्थी शिक्षकको कुटाइले भन्दा धेरै दुख्ने सम्भावना हुँदाहुँदै पनि साथीहरूसित लाप्पा खेल्छ; जोखिमपूर्ण गतिविधिमा सामेल हुन्छ । शिक्षकको कुटाइका डरले लुरुक्क पर्ने विद्यार्थीलाई खेल्दा वा मनपरी उपद्रो गर्दा भने लडिएला, ठोक्किएला, चोटपटक लाग्ला भत्रे पटक्क डर हुँदैन, किन ?

यो ‘किन ?’ को जवाफ मानिसको मनभित्र खोतलेपछि पाइन्छ । कक्षामा शिक्षकको कुटाइ खाँदा विद्यार्थीले चरम अपमान को अनुभव गर्छ । साथीभाइका बीचमा, जोरीपारीका बीचमा र कतिपय अवस्थामा त आफूले मन पराएका केटा वा केटीका सामु कुटाइ खानु भनेको सामान्य कुरा होइन । कुट्दै गरेका शिक्षकले प्रकटमा त्यस्तो सोचेको नभए पनि त्यसको अझ् भित्री आशय हो, “तँ मानव ोचित व्यवहारले सप्रिंदैनस्, तँ जनावर बराबर छस्, तेरा भागमा यही चुटाइ परेको छ ।”

धेरै शिक्षकलाई यी शब्दले आफ्नो नियतलाई बङ्ग्याउने कोशिश गरेको अनुभव हुन सक्छ । भनेको सुनिएको पनि छ, “अनुशासन पटक्क छैन, भनेको मात्रे होइन, उसैको भविष्यका लागि त हो नि, मर्ने गरी हानेको छैन त !” मैले एक दुई जना शिक्षकको थप तर्क सुनेको छु, “रीसले हानेको हैन !”

‘हात्रु’ को कारण वा उसलाई कति दुख्यो वा कति दुख्छ भत्रे कुरा अहं होइन । महत्वपूर्ण कुरा त्यो ‘हनाइ’ ले विद्यार्थीको जीवनमा कस्तो असर पारयो वा पर्छ भत्रे हो । अझ् महत्वपूर्ण कुरा ; त्यो विद्यार्थीलाई ‘हात्र’ का लागि शिक्षकको हात किन उठ्यो भत्रे हो । मेरो व्यक्तिगत अनुभव अलि नमीठो छ । मैले स्कूल पढ्दा शिक्षकहरूको कुटाइ खाने वर्गमा आर्थिक–सामाजिक रूपमा पछि परेका परिवारका साथीहरू मात्र थिए । शिक्षकहरूले जतिसुकै ‘उसैका लागि’ कुटेको भने पनि तीमध्ये कसैको पनि रराम्रो शैक्षिक प्रगति भएन । अधिकांशले एसएलसी पनि पास गरेनन् ।

शिक्षकहरूले विभित्र कारणले विद्यार्थीलाई रीस नै गरेको पनि मैले देखेको छु । कुटिहाल्न हुति नपुग्ने विद्यार्थीलाई अन्य विभित्र किसिमले प्रताडित र अपमानित गरेको पाएको छु । त्यस्तो रीसका कारण अनेक हुनसक्छन् । मेरो जमानामा प्रायः शिक्षकहरूलाई विद्यार्थीले ‘फुर्ती गरेको’ पटक्क मन पर्दैनथ्यो । ‘फुर्ती गर्नु ’ भनेको एउटा मनोगत आरोप हुन्थ्यो, जसको अर्थ जे पनि हुन सक्थ्यो– सरलाई खोजेर गएर नमस्ते न गरेको, सरका छोराछोरीले भन्दा राम्रा लुगा जुत्ता लगाएको, घडी बाँधेको, कपाल पालेको,गितार बजाएको वा अरू केही पनि । फुर्ती लाउने हैसियत भएकाहरूले ठाडै कुटाइ खाँदैनथे, उनीहरूले ‘डाइलग’ खानुपथ्र्यो । सबैका छेउमा उभिएर वा घुँडा टेकेर कुटाइ खाँदाको जस्तो दोहोरो पीडा नभए पनि कतिपय अवस्थामा त्यस्ता ‘डाइलग’ ले उनीहरूको मनोबल नराम्ररीगिराइदिन्थ्यो ।

सबैले त्यस्तै गर्छन् भत्रे आशय पटक्कै होइन । मेरो आफ्नै एउटा घटना छ । हराम्रो स्कूलको पारिपट्टिको मन्दिरमा एकजना अवधूत साधु बस्थे । एक पटक कुनै कुरा मा हराम्रो कक्षाका एकजना नाइकेसित तिनको झ्गडा परेछ । कक्षामा ‘साधु कुट्न जाने’ योजना बन्यो, म पनि गएँ । त्यसबेला स्कूलमा युनिफर्म थिएन, मेरो रातो रातो सर्ट परै चिनिएछ । फर्केपछि अरू के के भयो, म सम्झ्त्र, मलाई भने भानुभक्त भट्टराई सरले एकान्तमा बोलाएर भत्रुभयो, “तँ पनि यस्तोमा हिंडिस् हगि ?”

उहाँले नरराम्रो केही भत्रुभएन, कसैका छेउमा पनि भत्रु भएन, मैले अपमानित हुनु पनि परेन । तर ती पाँचवटा शब्दमा धेरै कुरा थिए र नै त्यो परिवेश, मेरो रातो सर्ट र भानुभक्त सरको दुब्लो अनुहार र तेजिला आँखा मेरो सम्झनामा सजीव छन् । हुन त उहाँले मलाई जसरी एकान्तमा क–कसलाई सम्झउनुभयो र सम्झउनुभएन भने किन सम्झउनु भएन भत्रे कुरा मलाई थाहा छैन । तर जति कुरा बुझदै जान्छु म भानुभक्त सरलाई त्यति नै आदर गर्छु ।

आज धेरै वर्षपछि फर्केर हेर्दा ती शिक्षकहरूप्रति टीठ लागेर आउँछ, जसले फूलबारीमा काँडा रोपे । “धत्र फलाना सरले कुट्नुभएको थियो र म मान्छे भएँ” भत्रे मान्छे बिरलै भेटिएलान् । शिक्षकले सार्वजनिक रूपमा अपमानित गरेका विद्यार्थीले पनि त्यस्ता शिक्षककोगुणगानगाएको सुनेको छैन । शाश्वत कुरा हो, अपमान को खेती गर्ने ले घृणाको बाली मात्र उठाउन पाउँछ ।
विद्यार्थीलाई उनीहरूका लागि कुटिंदैन । त्यसका पछाडि शिक्षकको बालमनोविज्ञान ज्ञानको अभाव, बुझाउन नसक्नुको कुण्ठा र व्यक्तिगत आग्रहहरू जस्ता कारणहरू जिम्मेवार हुन्छन् । तर त्योभन्दा पनि मुख्य कारण पुस्तागत रूपमा सर्दै आएको कुट्ने, कुटिने र त्यसलाई सहजै स्वीकार गर्ने सामाजिक संस्कार नै हो । अनि कुटाई–पिटाई रगाली संस्कारले निरन्तरता पाइरहनु को व्यावहारिक कारण चाहिं वैकल्पिक विधि–व्यवहार सम्बन्धी अज्ञानता हो । आजका शिक्षकलाई तिनका शिक्षकले पिटेका थिए त्यसैले पिट्ने,गाली गर्ने तरीकाबारे उनी जानकार छन् । दण्ड नदिई, नपिटी,गाली न गरी विद्यार्थीलाई कसरी अनुशासनमा राख्ने ? त्यस्ता विधि र उपाय सिक्ने, तीसँग अभ्यस्त हुने अवसर शिक्षकहरूलाई उपलब्धगराइनु वाञ्छित मात्र हैन, अत्यावश्यक छ । दण्डरहित विद्यालय शिक्षाको पक्षमा शिक्षा मन्त्रालय र दातृ संस्थाहरू केही गर्न चाहन्छन् भने तिनले देशभरका शिक्षकहरूलाई त्यस्तो अवसर जुटाइदिन सक्नुपर्छ ।

commercial commercial commercial commercial