शिक्षा मन्त्रालय सिंहदरबारमा
केशरमहलमा रहँदै आएको शिक्षा मन्त्रालयगत साउन देखि सिंहदरबारमा सरेको छ । सिंहदरबारभित्र आफ्नो नयाँ भवन बनेपछि शिक्षा मन्त्रालय केशरमहलबाट सरेको हो । हालसम्म कार्यक्रम तथा नीति विश्लेषण, निरीक्षण, पुस्तकालय, आर्थिक प्रशासन, उच्च तथा प्राविधिक शिक्षा लगायतका शाखाहरू सिंहदरबारमा सरिसकेका छन् ।
भदौ महीनाभित्र बाँकी शाखालाई सारिने जानकारी शिक्षा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले दिएका छन् । सुवेदीका अनुसार, शिक्षा मन्त्रालय सरे पनि छात्रवृत्ति शाखा, केशर पुस्तकालय, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालय, खुला विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति केशरमहलमै रहने छन् । छात्रवृत्ति शाखामा विद्यार्थीको चाप बढी रहने भएकाले यसलाई केशरमहलमै राखिएको बताइएको छ ।
सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका अनुसार, शिक्षा मन्त्रालयको भवन निर्माणको निम्ति करीब रु.१८ करोड ८५ लाख खर्च भएको छ । सबै मन्त्रालयलाई सरकारको मुख्य प्रशासनिक सचिवालय सिंहदरबारभित्रै स्थानान्तरण गर्ने सरकारी गुरुयोजना अनुरुप शिक्षा मन्त्रालय त्यहाँ सारिएको हो ।



