फुटे माओवोदी शिक्षक

माओवादी पार्टीको विभाजनसँगै उक्त पार्टी निकट अखिल नेपाल शिक्षक संगठन पनि फुटेको छ । १६ असार २०६८ मा पत्रकार सम्मेलन गरी संगठनका संस्थापन (प्रचण्ड) पक्षीय उपाध्यक्ष तुलसी घिमिरेले मोहन वैद्य समूहको पार्टी फुटाउने भेलामा सहभागी भएको भन्दै अध्यक्ष गुणराज लोहनी, महासचिव लालबहादुर बीसी र कोषाध्यक्ष बीरबहादुर राई लगायतलाई संगठनको नेतृत्वबाट हटाएको घोषणा गरे । एनेकपा माओवादी निकट रहने गरी उनले आफ्नै संयोजकत्वमा अखिल नेपाल शिक्षक संगठन पुनर्गठन गरिएको जनाउ पनि दिएका छन् ।

अखिल नेपाल शिक्षक संगठनका साविक अध्यक्ष गुणराज लोहनीले घिमिरेको उक्त वक्तव्यको खण्डन गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् । उनको समूहले नेकपा–माओवादीलाई समर्थन गरेको छ । १३८ जनाको केन्द्रीय समितिका ७३ जना लोहनीको पक्षमा छन् भने बाँकीले घिमिरेलाई समर्थन गरेका छन् । दुवै समूहले आफ्नो संगठनको नाम अखिल नेपाल शिक्षक संगठन नै राखेका छन् । लोहनी अध्यक्ष रहेको समूहले आउँदो ५ साउनमा संगठनको केन्द्रीय समितिको बैठक डाकेको छ भने निकट भविष्यमै राष्ट्रिय सम्मेलन गर्ने बताएको छ ।

commercial commercial commercial commercial