युनियनको राष्ट्रिय सभा

नेपाल शिक्षक युनियनले आफ्नो पाँचौं राष्ट्रिय सभा ४–६ साउन २०६९ मा काठमाडौंमा आयोजना गर्ने भएको छ । ‘पेशागत सुरक्षा र गुणस्तरीय शिक्षा, हराम्रो प्रतिबद्धता’ भन्ने उद्घोषसहित गरिने सो सभामा युनियनका जिल्ला अध्यक्ष , महिला उपाध्यक्ष, सचिव, आवद्ध संस्थाका अध्यक्ष , महिला उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहित करीब तीन सय जना सहभागी हुने युनियनले जनाएको छ ।

युनियन अध्यक्ष दिलबहादुर जोशीका अनुसार भेलाले युनियनका समग्र कामको समीक्षा गर्दै आगामी कार्ययोजना तय गर्ने छ । युनियनको चारवर्षे कार्यकालको यो अन्तिम राष्ट्रिय सभा हुनेछ ।

युनियनको मौजुदा नेतृत्वको कार्यकाल २०६९ चैतमा सकिन्छ भने त्यसपछि को वैशाखमा महाधिवेशन आयोजना गर्नु पर्ने वैधानिक व्यवस्था छ । युनियनमा अहिले शिक्षकका ७ वटा पेशागत संस्था आवद्ध छन् भने अरू तीन वटाले आवद्ध हुन आवेदन दिएको बताइएको छ ।

commercial commercial commercial commercial