तीन मस्तिष्कका लागि तीन शिक्षा

शिक्षा एक गहन र चिन्तन गर्नु पर्ने विषय हो । शिक्षा भनेको मनुष्यको मस्तिष्कलाई ‘एजुकेट’ गर्ने कुरा हो । मनुष्यका मस्तिष्क तीन वटा छन् । यी तीनवटै मस्तिष्कहरूलाई ‘एजुकेट’ गर्ने , तीन वटै मस्तिष्कका प्रतिभा खोल्ने विषय नै शिक्षा हो ।

तीन मस्तिष्कका लागि तीन शिक्षा
मनुष्य तीन मस्तिष्कद्वारा विभूषित छ । त्रिभुजीय शिक्षाले लगातार तीन वटा मस्तिष्कमा काम गर्छ । देब्रे मस्तिष्कमा काम गर्छ जो चेतनशील छ, दाहिने मस्तिष्कमा काम गर्छ जो अवचेतनको अवस्थामा छ । पछाडिको मस्तिष्कमा काम गर्छ जो ‘मेडुला अब्लाङगाटा’ हो र अचेतन छ । यी तीन वटैमा काम गर्न सकिसकेपछि यी तीन वटै मस्तिष्कका बीचका पर्दाहरू खुलेपछि एउटा मान्छे पूर्ण हुन सक्छ, पूर्ण मानव हुन सक्छ ।

देब्रे मस्तिष्क
देब्रे मस्तिष्क जसलाई सूचनामुखी शिक्षाले शिक्षित पार्दै लगिराखेको छ । सूचनामुखी देब्रे मस्तिष्कलाई हामीले ‘कन्सियस ब्रेन’ भनेर भन्छौं । चेतन मस्तिष्कको मूल विशेषता हो– सूचनाहरू संग्रह गर्ने र अहिलेसम्म हामीले दिने शिक्षाको पनि मूल विशेषता होः सूचनाहरू प्रदान गर्नु । कुनै व्यक्तिले बोलेका कुरा वा कुनै व्यक्तिले लेखेका किताबका आधारमा आजका शिक्षकले विद्यार्थीलाई शिक्षित पार्ने कोशिश गर्छन् । त्यसका आधारमा देब्रे मस्तिष्क त शिक्षित हुन्छ । त्यसबाट रोजीरोटीको मेसोमेलो, गरिखाने मेसोमेलो, जागिरमुखी मेसोमेलोलाई सिक्ने प्रयास गर्छ । त्यो सिक्ने जो प्रयास गर्छ त्यसमा पनि आफ्नो प्रतिभा साह्रै धेरै गर्न सक्दैन । त्यसैले यो देब्रे मस्तिष्क जुन छ, तालिम गर्दा गर्दै, शिक्षा लिँदालिँदा चलाख हुन पुग्छ, बुद्धिमान हुन पुग्छ । त्यसले आफ्नो धरातललाई चिन्न सक्दैन, आफ्नो दक्षता पहिचान गर्न, सफलतामा जाने अन्तस्करणको जो विज्ञान हो, त्यस विज्ञानलाई समात्न सक्दैन । त्यसैले यस शिक्षालाई सुधार गर्नु पर्छ भनेको हो ।

दाहिने मस्तिष्क
दाहिने मस्तिष्कलाई हामीले ‘सव–कन्सियस ब्रेन’ भन्छौं । यो ब्रेन बहुत प्रतिभाशाली छ, बहुत सिर्जनहार छ, बहुत भावनात्मक छ । त्यसैले भावनात्मक विषयवस्तुहरूको प्रवेश, प्रतिभाको प्रवेश गराउनको निमित्त अर्को प्रकारको शिक्षा, जुन शिक्षा मानवीय शिक्षा त्यो मानवीय शिक्षालाई शिक्षामा समावेश गरिनुपर्छ । सूचनामूलक शिक्षालाई मानवीय शिक्षा बनाइनुपर्छ । दाहिने मस्तिष्कमा जब शिक्षा प्रवेश गर्छ त्यसपछि ऊ समर्थवान पनि हुन सक्छ, सफल पनि हुन सक्छ । त्यहाँ नपुगिकन मनुष्य सफल हुन सक्दैन । सफल र समर्थवान बनाउनको निमित्त मनुष्यलाई कसरी सव–कन्सियस ब्रेनमा लैजाने, त्यस ब्रेनलाई कसरी शिक्षित पार्ने ? मनुष्यको दाहिने मस्तिष्क धेरै क्षमताले भरिएको छ । त्यो मस्तिष्कमा बिस्तारै बिस्तारै हामीले शिक्षा कसरी दिने ? त्यो शिक्षाको असर के हुन्छ भने मनुष्य आफू सफल हुन चाहेको विषयमा सफल हुन सक्छ, आफू दक्ष हुन चाहेको विषयमा दक्ष हुन सक्छ, आफूले सिर्जना गर्न चाहेको विषयमा सिर्जनशील हुन सक्छ । उसले आफ्नो अन्तसको भित्री सामथ्र्यको पनि पहिचान गर्छ । त्यस सामथ्र्यका आधारमा उसले जो प्राप्त गर्छ त्यो प्राप्त गरेको विद्या आफ्नै विद्या हुन्छ । उसले प्राप्त गरेको शिक्षा आफ्नै शिक्षा हुन्छ । त्यो शिक्षा प्राप्त गरिसकेपछि मनुष्य जहाँ पनि जान्छ, त्यो ठाउँमा तयार भएका विद्यार्थीहरूले काम गर्न थाल्छन् । त्यो ठाउँमा विद्यार्थीले उचित किसिमको योजना दिन थाल्छ । त्यो ठाउँमा आफ्नो प्रतिभा व्यक्त गर्न सक्छ ।

उनीहरू सफल पनि हुन्छन् र अन्य मानिसलाई पनि धेरै प्रकारका देनहरू दिन सक्छन् ।

मेडुला अब्लाङगाटा
यसपछि पनि मस्तिष्क छ, मनुष्यको पछाडिको मस्तिष्क जसलाई मेडुला अब्लाङगाटा भनिन्छ । यस मस्तिष्कलाई पनि शिक्षित पार्न सक्यौं, त्यो मस्तिष्कलाई हामीले खोल्न सक्यौं भने त्यो मनुष्य मनुष्यबाट पनि माथि चढेर भगवत अवस्थामा पनि पुग्न सक्छ । अत्यन्तै उज्ज्वल किसिमको अवस्थामा पनि मनुष्य पुग्न सक्छ । यसलाई खोल्न जरूरी छ, शिक्षा दिन जरूरी छ । यसैले गर्दा तीन मस्तिष्कको लागि तीन शिक्षाको आयोजना गरिएको हो । देब्रे मस्तिष्कको निमित्त सूचनामुखी मानवीय प्रकारको शिक्षा, दाहिने मस्तिष्कको लागि दक्षता, प्रतिभा, सिर्जनाको शिक्षा र मनुष्यलाई आत्यन्तिक सफलतामा पुर्याउनका निमित्त मानवीयतालाई उच्च श्रेणीमा पुर्याउनका निमित्त पछाडिको मस्तिष्कलाई आत्मशिक्षा, यसरी तीन वटा शिक्षा मनुष्यले प्राप्त गर्न सक्ने हो भने सुख, शान्ति, प्रशन्नता, सम्पन्नता र आनन्दका खजाना प्राप्त गर्न सक्दछ । खुशी भएर आफू पनि बाँच्न सक्दछ र अरूलाई पनि बचाउन सक्छ । यसरी तयार भएका मनुष्यको भित्रबाट हिंसा हराउँछ, क्रोध हराउँछ र अमानवीयता हराउँछ । कल्पना गर्नु होस्, अमानवीयता हराएको, हिंसा हराएको, क्रोध कलह हराएको मनुष्य कस्तो होला ! र कल्पना गर्नु होस्, आफ्ना खानेपिउने आवश्यकताहरू परिपूर्ति छन्, सबै कमाउन सक्दछ, आर्जन गर्न सक्दछ, उसले आफ्ना आवश्यकताहरू पूरा गरेर अरूलाई पनि केही दिएर बाँच्न सक्दछ, त्यो अवस्थाको मनुष्य कस्तो होला ! यसैले हामी तीन मस्तिष्कका लागि तीन शिक्षाको व्यवस्था गरेका हौं । जुन शिक्षालाई हामीले त्रिभुजीय शिक्षा भन्दछौं ।

त्रिभुजीय शिक्षामा विज्ञानको भूमिका
प्रचलित शिक्षाका कारणले अनेक प्रकारको असुविधा, भ्रष्टता, अनैतिकता, चरित्रहीनता, हिंसा, अभाव, दुर्भाव, बेरोजगारी यी सबै आइरहेका छन् र मनुष्य सकसमा छ, संकटमा छ, समस्याग्रस्त छ । यो अहिलेको समस्या, संकटग्रस्तता र अमानवीयतालाई कसरी फुकाउने ? आजको वर्तमान अवस्थामा जो शिक्षाको स्थिति छ त्यसको सुधार के हो ? यी समस्याहरू समाधान गर्नको निमित्त नयाँ शिक्षा प्रतिपादित हुन जरुरी छ । मनुष्यको चाहना बडो विचित्र छ । मनुष्यको चाहना हो मान सिक र शारीरिक सुख । मान सिकरूपले पनि सुखी रहन चाहन्छ, शारीरिकरूपले पनि सुखी रहन चाहन्छ । इहलोक याने यो संसारमा पनि सुखी रहन चाहन्छ, परलोक याने शरीर उडिसकेपछि पनि सुखी रहन चाहन्छ । मान्छेको यस्तो अभिलाषा छ, जब मान्छेको यो अभिलाषा छ भने शिक्षाका मामलाहरू विज्ञानसम्मतरूपले नवीकरण हुन जरुरी छ । सुखको विज्ञान छ अतः यस विज्ञानलाई सबै ठाउँमा लैजान जरुरी छ ।

विज्ञान शिक्षा
विज्ञानको शिक्षा नवीकरण भइरहेको छ, सदा विकसित भइरहेको छ, विज्ञानले सदा नयाँको खोज गरिरहेको छ । जसरी विज्ञान नवीकरण छ, नवीकरण हुन्छ, त्यही प्रकारले अन्य शिक्षामा पनि नवीकरण हुन जरुरी छ ।

नवीकरण हुनको निमित्त हामीले जसलाई विज्ञान भनेर बुझेका छौं जसले आज वृद्धि गरिरहेको छ यस विज्ञानलाई ती शिक्षामा लैजान जरुरी छ । मानवीय शिक्षामा पनि लैजान जरुरी छ, दक्षता शिक्षामा पनि लैजान जरुरी छ र आत्म शिक्षामा पनि लैजान जरुरी छ । यसैले हामीले के बुझनु परयो भन्दा एउटा पदार्थको विज्ञान छ सदा नवीकरण भइरहेको छ । अर्को एउटा विज्ञान विल्कुल निष्क्रिय छ । त्यो के विज्ञान हो ? त्यो विज्ञान हो चैतन्यको विज्ञान ।

चैतन्य विज्ञान
विज्ञानको सहारा लिएर हामीले चेतनालाई बुझनु छ । किनकि आजको विज्ञानले चेतनालाई देखाइदिइसकेको छ । अब यो देखाएको चेतना के हो यसलाई समातेर यसलाई आत्मसात् गरेर हेर्दा विज्ञान दुईटा छन् । एउटा बहिर पदार्थको विज्ञान जो नवीकरण भइरहेको छ । अर्को हो अन्तर–विज्ञान, चेतनाको विज्ञान, जो नवीकरण भएको छैन । अब चेतनाको विज्ञानलाई पनि नवीकरण नै गर्नु छ । यसका सामान्य प्रकारका गतिविधिहरू गरेर वा नीति नैतिकताहरू जोडेर हुँदैन । नीति नैतिकता भनेको कस्तो भने देखि आज जोडेको नीति नैतिकता भोलि त्यसलाई नवीकरण गर्न मिल्दैन । त्यसमा यस्तो प्रकारको खिया लागिसकेको हुन्छ कि बिल्कुल परिवर्तन गर्न‘पर्ने अवस्थामा हुन्छ ।

विज्ञान भनेको नवीकरण हुने मामला हो
विज्ञानमा खिया लाग्दैन, नैतिक शिक्षामा जस्तो नीति नैतिकता बहुतै अस्थायी हो । नैतिक शिक्षा यदि आत्मा शिक्षामा वैज्ञानिकृत गरियो भने अन्तर विज्ञानलाई हामीले बुझन सक्यौं भने त्यतिखेर बहुतै सुन्दर संसार हुन्छ । बाहिरको विज्ञानले हामीलाई बहुत ठूलो समृद्धि दिन्छ । त्यो समृद्धिलाई हामीले शारीरिकरूपले उपभोग गर्छौं । तब पनि मन दुः खी छ, किनभने मर्नु छ, किनकि आनन्द मिलिरहेको छैन । यसकारण मन बहुत कहालीलाग्दो अवस्थामा छ । त्यसकारण यो अवस्थामा हामीले अन्तर विज्ञानलाई आर्जन गर्छौं । अन्तर ज्ञान आर्जन गरेर के थाहा पाउँछौं भने मरण भनेको मरण होइन । केवल कपडा बदले जस्तो हो । शरीर बदलेर अर्को नयाँ शरीरमा प्रवेश गर्छौं ।

यो कुरो विज्ञान सम्मतरूपले थाहा हुन्छ जसलाई हामीले अन्तर विज्ञान भन्छौं, जसलाई हामी चैतन्यको विज्ञान भन्छौं, जसलाई हामी योग पनि भन्छौं । मृत्यु नक्कली हो, जीवन सक्कली हो यो कुरा चेतनाको विज्ञानद्वारा जान्न सकिन्छ ।

चेतना सधैं प्रगतिपथमा छ
जस्तो कि एउटारूख पीपलकोरूख भइरहेको छ, उम्रिरहेको छ, बढिरहेको छ । त्यस्तै तरिकाले एउटा जीवन पनि भइरहेको छ, बढिरहेको छ । त्यही तरिकाले विज्ञान पनि भइरहेको छ, बढिरहेको छ । चैतन्यको विज्ञान पनि भइरहेको छ, बढिरहेको छ सदा । यो बहिर विज्ञानको पनि अन्त्य कहाँ भन्ने थाहा छैन । किनभने अझै बहुत विकास गर्न सक्छ, यसको बहुतै ठूलो सम्भावना छ । त्यसै गरी अन्तरविज्ञानको अन्त्य हामीलाई थाहा छैन । यसको अन्त्य पनि बडो अनन्त छ । यसको अन्त्यको विषयमा पनि हामीलाई थाहा छैन । यस्ता अनन्त विषयहरू छन् मनुष्यभित्र र बाहिर । मनुष्य पदार्थ पनि हो र चेतना पनि । यी अनन्त दुई विधाहरूमा उपभोग गर्दै किन नजाने ? अनन्त विधाहरूमा खेल्दै–खेल्दै किन नजाने ? जहाँबाट प्रतिभा सम्पन्न हुन्छ, हामी अनभभिव्यक्त अवस्थामा जो छौं, अनभभिव्यक्त आफूलाई महसूस गर्दैछौं । जहाँबाट हामीले आफूलाई अपुरो महसूस गरिरहेका छौं, त्यसमा हामीले आफूलाई पूर्ण महसूस गर्न सक्छौं । यस दिशामा अघि किन बढ्ने हामीले विज्ञानमा जोड दिएका छौं, जो सदा सदा समुन्नत हुन सक्छ, फैलन सक्छ । हामीले जति खोज गर्यौ जति विकास गर्यौ त्यसभन्दा पनि बढी विकास का सम्भावनाहरू छन् । हामीले त्यसरी सामान्य विषयमा अल्मलिन हुँदैन । विकसित हुन चाहने र सदा आफूलाई फैलाउन चाहने विज्ञानको अनुशरण गर्न चाहने व्यक्तिले वर्तमान मा सोच्छ । भूत र भविष्यमा आफूलाई लगेरगाड्दैन । कसको भविष्य के हुन्छ त्यसपछि के चिज निस्कँदैन भन्ने सवाल होइन । आज हामी छौं हामीले के गर्छौं सवाल त्यो हो । हामीले आजको वर्तमान अवस्थामा जो शिक्षाको स्थिति छ त्यसको सुधार के हो त भन्दा त्रिभुजीय शिक्षा । यसले मनुष्यलाई यहाँभन्दा माथिल्लो स्तर मा लैजान्छ । आजका मनुष्यका जल्दाबल्दा समस्याहरू छन् ती समस्याहरूको समाधान गर्न सक्छ । एउटा मनुष्य अलिकति दक्ष हुन सक्छ, मानवीय हुन सक्छ, समृद्ध हुन सक्छ । मानवीयताबाट चैतन्यमा विस्तार हुन सक्छ ।

info@pathikfoundation.com

commercial commercial commercial commercial