हेराइ र बुझाइ

केही छैन ! धेरै रहेछ ! !

एक प्रौढ पुरुषलाई मनोचिकित्सक कहाँ पुर्याइयो । ऊ अत्यन्त निराश रगलेको स्वरमा आफू सबै हिसाबले बर्बाद भइसकेको, बाँच्नका लागि कुनै आधार बाँकी नरहेको व्यथा दोहो¥याइरहेको थियो । बिरामीका कुरा शान्त मुद्रामा सुनिरहेका मनोचिकित्सकले विस्तारै “अब तपाईंका समस्या र विवरण टिपौं है !” भनेर सादा कागज निकाले । त्यो कागजमा उनले ठाडो र तेर्सो धर्को तानेर दुई वटा खण्ड बनाए । त्यसपछि , देब्रे अर्थात् पहिलो खण्डमा ‘आफूले गुमाइसकेका कुरा ’ र दाहिनेतिर को खण्डमा ‘आफूसँग अझै बाँकी रहेका कुरा ’ हरूको सूची तयार पार्न भनी त्यो कागज बिरामीलाई दिए । बिरामीले पनि “दाहिने खण्डको त कामै छैन, किनभने मसँग केही बाँकी नै छैन” भन्दै कागज समाए । बिरामीले आफ्नो नाम, ठेगाना लेखिसकेपछि बाँकी प्रश्नको जवाफ चाहिं दायाँ या बायाँको खण्डमा लेख्नु भन्दै मनोचिकित्सकले प्रश्नको क्रम अघि बढाए । मनोचिकित्सकः “अनि, तपाईंकी श्रीमतीले चाहिं तपाईंलाई कहिले छोडिन् ?” “तपाईंले के भन्न खोज्नुभएको ? उनले मलाइ छोडेकी छैनन् । उनी त मलाइ साह्रै माया गर्छिन् ।” “त्यसो हो भने तगज्जबै भइहाल्यो नि !” मनोचिकित्सकले उत्साहित हुँदै भने, “दाहिने खण्डको १ नं. मा लेख्नुहोस्; ‘श्रीमतीले छोडेकी छैनन् ।’ अब अर्काे प्रश्न छ— तपाईंका छोराछोरी कहिले थुनिएका हुन् ?” “ए ! डाक्टर, के मूर्ख कुरा गरेको ? मेरा कुनै पनि सन्तान थुनामा परेका छैनन् ।” “झन्गज्जब ! दाहिने कोलमको २ नं. बुँदामा लेख्नुहोस्, ‘छोराछोरी जेल परेका छैनन् ।” यस्तै प्रकृतिका थप केही प्रश्न गरे पछि त्यो मान्छेले कुरा बुझछ र भन्छ, “डाक्टर, तपाईंले हेर्ने दृष्टिकोणबाट हे¥यो भने उही कुरा पनि कति भिन्न हुँदोरहेछ । मैले कुरो बुझें ।” पाठः आफूसँग हुँदै नभएका वागुमेका ठूला कुरा सँग होइन, सानै वा थोरै किन नहोऊन्, आफूसँग भएका कुरा प्रतिगर्व गर, तिनको प्रशंसागर, तीप्रति आशावादी होऊ ।

commercial commercial commercial commercial