प्रतिक्रिया सुझाव
वाणिज्य बैंकले पनि निराश पारयो
शिक्षक, फागुन २०६८ मा ‘वाणिज्य बैंकको शिक्षक केन्द्रित योजना’ शीर्षकको समाचार पढ्न पाइयो । राज्यले १६ वर्ष देखि शिक्षक सेवा आयोग नखोली नव जनशक्तिलाई शिक्षा क्षेत्रमा प्रवेश गर्ने मौका नदिइरहेको तथा अस्थायी लगायतका शिक्षकहरू दोस्रो/तेस्रो दर्जाका जस्ता रहिरहेको अवस्थामा वाणिज्य बैंकले पनि स्थायी शिक्षक र प्राध्यापकलाई मात्रै लक्षित गरी ल्याएको शून्य मौज्दातमा ‘शिक्षक बचत खाता’ भन्ने कार्यक्रमले गैर –स्थायी शिक्षकहरूलाई थप निराशा नै पस्किएको छ । सम्भव छ भने थोरै परिमार्जन र परिष्कृत गरी यस कार्यक्रममा अस्थायी शिक्षकलाई पनि समेट्ने प्रयास गरियोस् । त्यसबाट हजारौं अस्थायी शिक्षकको भलाइसँगै वाणिज्य बैंकको संस्थागत विकास र समृद्धिमा थप योगदान नै पुग्नेथियो ।
दीपक भट्टराई, जोगबनी प्रावि
भुवनपोखरी–३, अर्सौदी, पाल्पा
स्कूल–स्कूलमा दिवास्वप्न !
शिक्षक मासिकमागिजुभाईको दिवास्वप्न बारे खुबै चर्चा गरेको पाइयो । तर दुर्गम जिल्लामा अहिलेसम्म कस्तो खालको पुस्तक हो सबैलाई जानकारी छैन । यो पुस्तकसँग सम्बन्धित सरोकारवालाले रोल्पा जस्ता सञ्चारको क्षेत्रबाट पछाडि परेका जिल्लामा प्रत्येक विद्यालयमा एकप्रति पठाइदिने र पुस्तक पाएपछि बैंकको खातामा पैसा जम्मा गरिदिने नियम भए दुर्गम वा सञ्चारबाट पछाडि परेका शिक्षक–विद्यार्थी उचित ज्ञानबाट लाभान्वित हुने थिए ।
रोशन कुमार वली
श्री जनसेवा उमावि, राङ्सी–२, रोल्पा
(टिप्पणीः दिवास्वप्न पुस्तकको सरोकारवाला वा सम्बन्धित पक्ष भनेको शिक्षक मासिक नै हो । शिक्षक मासिककै प्रकाशन हो— दिवास्वप्न । यो पुस्तक बिक्री गर्न वा खरीद गर्न चाहनेले शिक्षक को कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ । जहाँसम्म हरेक विद्यालयमा एक–एक प्रति पुस्तक पठाइदिने वलीजीको सुझाव छ, त्यसो गर्न व्यावहारिक नहुने जानकारीगराउँछौं । किनभने एउटै जिल्लाका सबै विद्यालयलाई किताब पठाउन पनि लाखौं खर्च लाग्छ । त्यस्तो खर्च व्यहोर्ने हैसियत शिक्षक मासिकको छैन । सुझावका निम्ति धन्यवाद ! –सं.)
दिवास्वप्न अर्कोगीता नबनोस्
अहिले शिक्षण पेशामा संलग्न कुनै साथी भेटियोे भने सोधिहाल्छ—‘दिवास्वप्न पढियो ?गजब छ नि किताब !’ भारतीय लेखकगिजुभाईको दिवास्वप्न नामक लघु उपन्यासले यो बेला शैक्षिक जगतमा एउटा तरङ्ग नै पैदा गरेको छ । संस्थागत र सामुदायिक विद्यालयका शिक्षक देखि प्रशासक एवं व्यवस्थापकहरूबीच दिवास्वप्न को चर्चा एउटा दैनिकी बनेको छ । शैक्षिक सभा,गोष्ठी, सेमिनार र भेलाहरूमा वक्ताहरूले दिवास्वप्न को यसरी बखान गर्छन् मानौं अब यो पुस्तिकाको जादुमय शक्तिले बालमैत्री शिक्षण विधि हाम्रा कक्षाकोठाहरूमा स्वाट्टै पस्नेछ । शिक्षकहरू एकाएक मायालु र बालमैत्रीपूर्ण विधिमा पढाउन थाल्नेछन् । हुँदाहुँदा शिक्षणको व्यावहारिक विज्ञान दिवास्वप्न लाई शिक्षणकोगीता भन्न थालेको पनि पाइयो ।
के दिवास्वप्न नेपालीमा अनुवाद भएर आउनुअघि हराम्रो शैक्षिक जगत बालमैत्री शिक्षण परिपाटीका बारेमा पूरै बेखबर थियो त ? मलाई लाग्छ नेपालको शैक्षिक क्षेत्रमा बालमैत्री शिक्षण प्रणालीको बारेमा चर्चा/परिचर्चा शुरू भएको यो पहिलो पटक होइन । हाम्रामा शिक्षणलाई बालमैत्रीपूर्ण बनाउने उद्देश्य राखेर शुरू भएका योजना/परियोजनाहरूको नाममा पैसाको खोलो बगेको छ । विद्यार्थीकेन्द्रित र बालमैत्री शिक्षण पद्धतिका विषयमा अनेकगोष्ठी, सेमिनारहरू र भेला भएका छन् । तर किन लागू हुन सकेन त बालमैत्री शिक्षण विधि हाम्रा कक्षाकोठाहरूमा ? यसो भन्नुको अर्थ दिवास्वप्न को विचार र यसको उपयोगिताप्रतिको असहमति भने होइन ।
श्रीमद्भागवतगीता समस्त उपनि षद्हरूको सार हो ।गीता जत्तिको कालजयी र उत्कृष्ट आध्यात्मिक दर्शनकोग्रन्थ दुर्लभ नै छ । तर हामीलाई गीताको पुस्तकलाई पूजा गर्न सिकाइयो । चन्दन र अक्षताको चिसोले किताबका पानाहरू उप्किंदै गए । हामीलाई गीतामा वर्णित ज्ञान र सीपलाई जीवनको साँचोमा ढाल्ने उपाय कसैले सुझएन । हामीलेगीता सिरानीमा राख्यौं । तर आध्यात्मिक जीवन कर्मकाण्डरुपी मृत परम्पराका जब्बर साङ्ला बोकेर घिस्री नै रह्यो । दिवास्वप्न लाई शिक्षणगीता मान्दा कतै यो पनि सिरानीमुनि किच्चिने, धूप, दीप, चन्दन, अक्षताले पुरिने तर यसले परिकल्पना गरेको शिक्षण विधि चाहिं जहाँको तहीं, हामी चाहिं उही सुगारटाइ शिक्षणका बेतुक परम्पराका बन्दी नै भइरहने पो हौं कि ? त्यसकारण दिवास्वप्न लाई अर्कोगीता हुनबाट जोगाउने दिशामा सबैको ध्यान जाओस् ।
माधव खतिवडा
अरुणिमा उमावि, बौद्ध, काठमाडौं
कर्मचारीतन्त्र पनि उत्तिकै जिम्मेवार
वि.सं. २००७ बाट शुरू भएको शिक्षाको विस्तार अहिले पनि कुनै न कुनै रूपमा अगाडि बढिरहेको नै छ । विद्यालय तथा विश्वविद्यालयको संख्या, साक्षरता दर र शिक्षामा राज्यले गरेको लगानीलाई हेर्दा ६ दशकमा निकै उपलब्धि भएको देखि ए तापनि गुणस्तर को पक्षमा कमजोर हुँदै गएको अनुभूति सर्वत्र गरिएको छ । मेरो अनुभवमाग्रामीण विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि शिक्षक मासिकले उल्लेख गरे जस्तै सिरहा–सप्तरीकै स्तर मा रहेको छ । वास्तविक आवश्यकताको पहिचान न गरी टोलैपिच्छे खोलिएका सयौं सामुदायिक विद्यालय अहिले अत्यन्त न्यून विद्यार्थी संख्या र कमजोर भौतिक पूर्वाधारका भरमा सञ्चालन भइरहेका छन्, जहाँ अनावश्यक रूपमा लाखौं रकम खर्च भइरहेको छ ।
भइरहेकै विश्वविद्यालयहरू रराम्रोसँग चल्न नसकेको अवस्थामा राजनीतिक दलको उक्साहटमा खोलिएका र खोल्ने तयारीमा रहेका नयाँ विश्वविद्यालयको संख्याले भविष्यको उच्च शिक्षाप्रति पनि चासो र चिन्ता बढाएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको ध्यान पुग्न सकेको छैन । शैक्षिक कार्यक्रमहरू दाताका भरमा चलिरहेका छन् । सान्दर्भिकता, व्यावहारिकता र जनचाहनालाई ध्यान नदिई दाताको चाहनामा आउने कतिपय कार्यक्रमले नेपालका विद्यालयलाई प्रयोगशाला बनाउन खोजेको समेत भान हुन्छ ।
हराम्रो शिक्षा प्रणालीले आशातीत उपलब्धि हासिल गर्न नसक्नुमा राजनीतिक नेतृत्वभन्दा स्थायी सरकारको रूपमा चिनिने कर्मचारीतन्त्रको अक्षमता बढी जिम्मेवार रहेको छ । छिटो–छिटो परिवर्तन भइरहने राजनीतिक नेतृत्वलाई सल्लाह सुझाव दिने, बुझाउने, गर्न नमिल्ने कुरा हरूलाई मिल्दैन भनेर अडान राख्ने काम कर्मचारीतन्त्रको हो यस अर्थमा दातालाई रिझउने र दलीयगुटका आधारमा काम गर्ने कर्मचारीतन्त्र राजनीतिक दलभन्दा बढी जिम्मेवार रहेको छ । दाताको चाहना अनुसार चलिरहेको हराम्रो शिक्षालाई विकास गर्ने प्रशस्त अवसर रहेका छन् तर खाँचो इच्छाशक्तिको रहेको छ । इच्छाशक्ति राजनीतिक दल र कर्मचारीतन्त्र दुवैमा हुनु जरुरी छ । यसका लागि राजनीतिक दलको प्रतिबद्धतासँगै स्थायी सरकारको रूपमा चिनिने कर्मचारीतन्त्रको मान सिकता परिवर्तन हुनु आवश्यक देखिन्छ ।
देवीराम आचार्य
विद्यार्थी, काठमाडौँ विश्वविद्यालय
SMS प्रतिक्रिया
गणित किताबमा त्रुटि
कक्षा ४ को गणित किताबको ‘ठोस आकृतिहरू’ शीर्षक अन्तर्गत पृष्ठ ३ मा आयताकार ठोस वस्तुमा ६ वटा किनारा र ६ वटा कुनाहरू हुन्छन् भनी लेखिएको छ । यो त्रुटिपूर्ण भयो । ठोस वस्तुमा १२ वटा किनारा र ८ वटा कुना हुनुपर्ने थियो । यसमा पाठ्यक्रम विकास केन्द्रका अधिकृतहरूको ध्यान पुगोस् ।
भवानी कँडेल
जनजागृत निमावि, विद्यापुर–७, सुर्खेत
उत्तर नेपालीमा, प्रश्न किन अंग्रेजीमा ?
विश्वविद्यालय तहमा नेपाली भाषाबाट उत्तर लेखिने/ लेख्न पाइने प्रश्नपत्रहरू किन अंग्रेजीमा सोधिन्छ ? यो त नेपाली युवाहरूलाई असफल, अदक्ष र बेरोजगार बनाउने तरिका हुन गयो कि ? यसमा बहस चलाइयोस् ।
बलराम वली, खारा–९, रुकुम
पढ्न पाइयोस्
सरकार र शिक्षकबीच भएको नयाँ सहमति अनुसार अहिलेको श्रेणीगत प्रणालीलाई तहगतमा लैजाने भनिएको छ, त्यसको खाकाको बारेमा अथवा जनार्दन नेपाल वा डिल्लीराम रिमालका प्रतिवेदनमा प्रस्तावित तहगत प्रणालीका बारेमा शिक्षक मा पढ्न पाइयोस् ।
युवराज भट्टराई
श्री उमावि, जाँते–९, मोरङ
शिक्षक ले उठाउनुपर्ने समस्या
शिक्षक मासिकले आगामी दिनमा निम्न विषयलाई थप सशक्तताका साथ उठाउन सक्नुपर्छ—
१. विद्यालयका प्रअहरूले जिल्ला शिक्षा कार्यालयबाट निकासा हुने छात्रवृत्ति फण्ड, नन सेलरी फण्ड लगायतका कैयौं फण्डहरूगोप्य राख्छन् । त्यसकारण प्रअले यस्ता शीर्षकमा आउने गरेको रकम भ्रष्टाचार गर्न नपाओस् भनी शिक्षक पत्रिकाले सो कुरा को जानकारी विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ ।
२. अहिले सरकारी विद्यालयमा सरकारले नै पुस्तकहरू निःशुल्क वितरण गर्दैछ । तर, कैयौं प्रअ तथा प्राचार्यहरूले विद्यार्थी संख्या झूटो रूपमा धेरै देखाएर एकापट्टि त्यसलाई निजी आम्दानीको स्रोत बनाइरहेका छन् भने अर्कातिर पुस्तक खरीद गर्दा बिक्रेताले दिने छूटको प्रतिशत पनि खल्तीमा लगाइरहेका छन् । कतिपय शिक्षा अधिकारी कै मिलेमतोमा नक्कली विद्यालय र दरबन्दी सिर्जना गरी अकूत सम्पत्ति कमाइरहेका छन् ।
३. भ्रष्टाचार न्यूनीकरण गर्न रिक्त दरबन्दीहरूमा महिला शिक्षकहरूलाई प्राथमिकता दिनुपर्ने कुरा मा यस पत्रिकाले पहलकदमी नै गर्नु पर्छ । किनकि नेपालको भ्रष्टाचार हेर्दा महिलाभन्दा पुरुषहरू बढी भ्रष्टाचारी देखि एका छन् । महिलाहरू पुरुषले जस्तो हाकाहाकी आफूलाई भ्रष्टाचारी भनाउन र बनाउन लाग्दैनन् । त्यसकारण महिला शिक्षकहरूलाई प्रअ बनाए भ्रष्टाचारको रोग पनि केही कम हुन्थ्यो कि ?
४. विद्यालय जस्तो पवित्र मन्दिरमा हुने गरेको राजनीतिक हस्तक्षेप रगन्धलाई न्यूनीकरण गर्न पत्रिकाले विशेष भूमिका निर्वाह गर्नु पर्छ ।
५. विद्यालयहरूमा हुने अर्को वितण्डा नियुक्ति र दरबन्दी मिलानमा हो । योग्य र अनुभवीलाई पन्छाएर स्थानीयताको नारामा अयोग्य र असक्षम व्यक्तिलाई शिक्षक नियुक्त गर्ने परम्पराले शिक्षा गुणस्तर मा ठूलो ह्रास आएको छ त्यसकारण आगामी दिनहरूमा शिक्षक मासिकले यस्ता समस्या भएका विद्यालय पहिचान गर्न छड्के नजर लगाउनुपर्ने देखिन्छ ।
६. सधैं नकारात्मक कुरा लाई मात्र प्रकाशमा ल्याउँदा पेशाप्रति नै वितृष्णा भाव जाग्न सक्छ । त्यसैले नमूनाका रूपमा चिनिएका विद्यालय, शिक्षक र ओझाेलमा परेका तर शिक्षकको विकास मा अविस्मरणीय भूमिका निर्वाह गर्दै आएका विद्यालयका शिक्षक, शिक्षाप्रेमी, समाज सेवी, व्यक्तित्वहरूको खोजी र पहिचान गरी उज्यालोमा ल्याई असल काम गर्ने लाई अरू ‘केहीगरौं’ भन्ने पुनर्बल र न गर्ने ठगाहा, अल्छे शिक्षकहरूलाई पनि केही प्रेरणा मिल्ने समाचारहरूलाई पनि यस पत्रिकाले आफ्नो कर्मक्षेत्रको विषय बनाउनुपर्छ ।
७. शिक्षा जगतमा देखि एका कैयौं समस्याहरूको जग जनचेतनाको अभाव पनि हो । सबै अभिभावकले विद्यालयमा हुने गरेका विभिन्न प्रकृतिका अनियमितता, विकृति र विसङ्गति बुझन र त्यस अनुरुपको दायित्वलाई पूरा गर्न सक्दैनन् । त्यसकारण विद्यालय हाताभित्र हुने विकृति, विसङ्गतिका विरुद्धमा बोल्न अभिभावक र विद्यार्थीहरूका मस्तिष्कमा चेतना र ओठमा बोली भरिदिन सक्नुपर्छ । यसका लागि शिक्षक मासिकले शिक्षक, अभिभावक र विद्यार्थीमाझ् अन्तरक्रिया, छलफल र बहस जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउन सक्नुपर्छ ।
८. सरकारी विद्यालयमा प्रायः गरेर कक्षाकार्य र गृह कार्य नदिने, दिए पनि त्यसलाई राम्ररी चेक न गरी दिनाले विद्यार्थीले के–कति र कस्ता प्रकारका गल्ती गर्दैछन् भन्ने कुरा को जानकारीमा शिक्षकहरू बेखबर रहन्छन् । शिक्षक मासिकले आउँदा दिनमा यस्ता प्रकृतिका समस्या पहिचान गर्न कक्षाकोठासम्मै पस्नुपर्ने देखिन्छ ।
९. सरकारी विद्यालयका धेरैजसो शिक्षकहरू कक्षामा पाँच मिनेट ढिलो जाने र पाँच मिनेट छिटो निस्कने तथा कक्षामा रहँदा पनि चाहिने भन्दा बढी अलमल गर्ने गरेको पाइन्छ । यसरी नै विद्यालयको नयाँ सत्र प्रारम्भ भएको महिनादिन हुँदा पनि भर्नाको समय भनेर विद्यालय नलगाउनु र पूरा समय लाग्न थालेपछि पनि सातौं पिरियड पूरा समय नपढाइ छोडिदिनु जस्ता कार्यले विद्यार्थीको पठनपाठनमा ठूलो समस्या परेको देखिन्छ । आउँदा दिनहरूमा शिक्षक मासिकले यस्ता समस्याहरूलाई पनि उजागर गर्दै जानु रराम्रो देखिन्छ ।
१०. शिक्षकहरूलाई सरकारी कर्मचारीलाई जस्तो मासिक रूपमा तलब नदिई ३/४ महिनापछि दिइन्छ जसले गर्दा शिक्षकहरू आर्थिकरूपले पिरोलिन्छन् । तिनले चर्को व्याजमा ऋण समेत खोज्नुपर्छ । यस्तो प्रकृतिको विवशता दिमागमा बोकेर कुशल ढंगबाट शिक्षकले अध्यापन गर्न कहिल्यै सक्दैन । त्यसकारण यस्ता समस्या हल गर्नका लागि पनि शिक्षक मासिकले सरकारलाई घचघच्याउनुपर्छ ।
११. शिक्षकले नाडीमा घडी नबाँध्नु पनि शिक्षण क्षेत्रको अदृश्य समस्या हो भन्ने मैले महसूस गरे की छु । समयको जानकारी बिना पढाउँदै गरेको पाठ कति समयसम्म पढाउने र कति समयपछि मूल्याङ्कन गर्ने अनि कक्षाबाट कतिबेला बाहिरिने भन्ने निर्णय गर्न कठिन हुन्छ । शिक्षकको नाडीमा समयसूचक यन्त्र भइदिए यस्तो समस्या आइ नै पर्दैन । शिक्षक मासिकले यस्ता कुरा लाई पनि चर्चामा ल्याउनुपर्छ ।
विन्दु दाहाल
जनता उमावि, चुलाचुली–३, बाह्रगोठे, इलाम



