जिज्ञासा जवाफ

साविककोग्रेड के हुने ?

प्राथमिक द्वितीय अथवा निमावि द्वितीय श्रेणीमा कार्यरत शिक्षक शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट क्रमशः निमावि तृतीय र मावि तृतीय श्रेणीमा सिफारिश भएको अवस्थामा निजले साविकको पदमा खाईपाई आएकोग्रेड सुविधा कायम रहन्छ कि रहँदैन ?
लीलाप्रसाद शर्मा पौडेल
जनता उमावि, कावासोती, नवलपरासी

बढुवा प्रणालीबाट माथिल्लो श्रेणीमा पुगेका शिक्षकको हकमा साविकमा पाउँदै आएको तलबमान भन्दा कम नहुने गरीग्रेड समायोजन गरिन्छ । तर, प्राथमिक द्वितीय वा निमावि द्वितीयबाट खुला प्रतियोगिता अन्तर्गत क्रमशः निमावि तृतीय वा मावि तृतीय श्रेणीको नियुक्ति पाउने शिक्षकले भने पछिल्लो तह/श्रेणीको शुरू तलब/स्केल मात्रै पाउँछन् । साविककोग्रेड सुविधा पाउँदैनन् ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय

कुनैमा ‘शिक्षा’, कुनैमा ‘अध्ययन’ !

केही वर्षयता आएर विद्यालय तहको पाठ्यक्रममा ‘सामाजिक शिक्षा’लाई ‘सामाजिक अध्ययन’ बनाइएको छ । ‘पूर्व व्यावसायिक शिक्षा’ र ‘नैतिक शिक्षा’लाई चाहिं यथावत् राखिएको छ । यसरी कुनै पाठ्यक्रम/पाठ्यपुस्तकमा ‘शिक्षा’ र कुनैमा ‘अध्ययन’ राखिनुको कारण के होला ?
गोपाल सिग्देल
शुक्र उमावि, ताराताल, बर्दिया

पूर्व व्यावसायिक शिक्षा र नैतिक शिक्षा मूलतः व्यावहारिक ज्ञान/सीप र आचरण सम्बन्धी ज्ञान दिने उद्देश्यले तयार गरिएका विषय भएकाले तिनलाई ‘शिक्षा’ भनिएको हो । तर, सामाजिक अध्ययनमा भूगोल, राजनीतिशास्त्र, इतिहास जस्ता विषयको सामान्य अवधारणा मात्र समेटिएकाले त्यसलाई ‘शिक्षा’ नराखी ‘अध्ययन’ भनिएको हो ।
गणेशप्रसाद भट्टराई
उपनि र्देशक, पाठ्यक्रम विकास केन्द्र

‘अल्ट्रासाउण्ड: केलाई भन्ने ?

कक्षाः ९,    विषयः विज्ञान
पृष्ठः ५१, (पुनर्मुद्रण–२०६६)

माथि उल्लिखित पृष्ठमा ‘अल्ट्रासाउन्डको व्यावहारिक प्रयोग’ शीर्षकको अनुच्छेदको चौथो पंक्तिमा ‘समुद्रकोगहिराइ नाप्ने यन्त्र फ्याथोमिटर (fathometer) मा ५० हर्जको अल्ट्रासाउण्ड निस्कन्छ’ भन्ने लेखिएको छ । के फ्याथोमिटरले छोड्ने जुनसुकै तरङ्गलाई पनि अल्ट्रासाउण्ड नै भनिन्छ ? वा ५० हर्जको ठाउँमा ५० किलो हर्ज हुनुपर्ने हो ?
नरेशराज जोशी
सेती गाउँ उमावि, ककरपाखा, बैतडी

२० किलोहर्जभन्दा बढी आवृत्ति भएको तरङ्गलाई चाहिं ‘अल्ट्रासाउण्ड’ भनिन्छ । ‘फ्याथोमिटरमा ५० हर्जको अल्ट्रासाउण्ड निस्कन्छ’ भनी पुस्तकमा लेखिएको वाक्यांश त्रुटिपूर्ण छ । त्यसमा ५० किलोहर्ज हुनुपर्ने थियो । यसलाई सोही अनुरुप पठनपाठन गर्न/ गराउन अनुरोध छ ।
डम्बरध्वज आङदेम्बे
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

नियम विपरीत प्रअ तोकियो

म प्राथमिक द्वितीय श्रेणीको शिक्षक हुँ । मेरो कार्य अनुभव २२ वर्ष भयो । मैले शैक्षिक तालिम केन्द्र, इनरुवाबाट एकमहीने प्रअ व्यवस्थापन तालिम पनि लिएको छु । तर म कार्यरत विद्यालयको व्यवस्थापन समितिको सिफारिशमा जिशिकाले अस्थायी शिक्षकलाई प्रअ तोकेको छ । यो नियम विपरीत भएन र ?
जयबहादुुर घिमिरे
शिशुरक्षा प्रावि, पावाखोला, संखुवासभा

शिक्षा नियमावलीले वरिष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्ने कुरा स्पष्ट पारेको छ । शिक्षा मन्त्रालय तथा शिक्षा विभागबाट प्रअ नियुक्तिमा भएका अस्पष्टतालाई सुल्झउने गरी ७५ वटै जिशिकामा पत्राचार पनि गरिसकिएको छ । स्थायी र तालिमप्राप्त शिक्षकलाई पन्छाएर अस्थायीलाई प्रअ तोक्नु नियम विपरीत हो ।
लक्ष्मणप्रसाद बस्याल
शाखा अधिकृत, शिक्षा विभाग

बजेट नपुगेर बढ तलब नदिएको

म प्राथमिक तहको राहत शिक्षक हुँ । २०६६ साउन देखि २०६७ असार मसान्तसम्मको बढ तलब/भत्तामध्ये दुई किस्ता गरी जम्मा रु.२०,५५० मात्र दिइयो । बाँकी रकम हालसम्म पनि पाइएको छैन । अन्य जिल्लाका राहत शिक्षकले पूरै बढ तलब पाइसकेको स्थितिमा कैलालीका शिक्षकलाई चाहिं किन नदिइएको हो ?
हुकुमबहादुर साउद
जनकल्याण निमावि, निगाली–१, कैलाली

सञ्चय कोषबारे मेरो द्विविधा

विद्यालयले कर्मचारी सञ्चय कोषमा कट्टी गरी पठाएको रकम कति–कति महीनामा शिक्षकको खातामा जम्मा हुन्छ ? उक्त रकम जम्मा भयो वा भएन भनी थाहा पाउन के गर्नु पर्छ ? कति वर्ष स्थायी सेवा अवधि पुगेपछि कोषबाट रकम झ्क्नि पाइन्छ ?
सुवासचन्द्र मल्ल (ठकुरी)
गवै मावि, कुमरोज–३, चितवन

कति–कति महीनामा रकम जम्मा हुन्छ भन्ने कुरा विद्यालयमै निर्भर हुन्छ । तथापि, चौमासिक तलब निकासा भएपछि एकमुष्ट रूपमा जम्मा गर्ने अभ्यास रहँदै आएको पाइन्छ । आफ्नो विद्यालयको लेखापालमार्फत ब्याङ्क स्टेटमेन्ट वा भौचर विवरण मागेर सञ्चय कोषको खातामा जम्मा भए/नभएको थाहा पाउन सकिन्छ ।
रमाकान्त शर्मा
जिशिअ, चितवन

कम्तीमा दुई वर्ष देखि नियमित रूपमा सञ्चय कोषमा रकम जम्मा गरेका शिक्षकले विशेष सापटी, घर सापटी र शैक्षिक कर्जा लिन पाउँछन् । तर, कोषमा जम्मा भएको रकम चाहिँ सेवाबाट अवकाश पाएपछि मात्रै झ्क्नि पाइन्छ ।
राजेन्द्र काफ्ले
प्रमुख, सञ्चयकर्ता सेवा तथा सुविधा विभाग
कर्मचारी सञ्चय कोष

आ.व. २०६६/६७ मा बजेट नै अपुग भएका कारण राहत शिक्षकहरूलाई बढेको तलब/भत्ता दिन सकिएको थिएन । बढ तलब भुक्तानीका निम्ति अझै करीब रु.१ करोड २४ लाख अपुग छ । हामीले शिक्षा विभागसँग आवश्यक रकम माग गरेका छौं । विभागबाट रकम आएपछि यसै असार मसान्तभित्र राहत शिक्षकहरूलाई बढ तलब भुक्तानी गर्ने हराम्रो योजना छ ।
बालकृष्ण जोशी
लेखा अधिकृत, जिशिका, कैलाली

परीक्षाफल के हुन्छ ?

त्रिवि; शिक्षाशास्त्र संकायको पुरानो पाठ्यक्रम अन्तर्गत २०६९/०१/१४ मा सञ्चालित परीक्षा ‘नेपालको आधुनिक इतिहास’ (कोड नम्बर ३०२) विषयको हुनुपर्ने थियो । तर, सबै प्रश्न ‘नेपालको प्राचीन तथा मध्यकालीन इतिहास (३०१)’ बाट सोधिएका थिए । परीक्षा शुरू हुनासाथ मैले क्याम्पस प्रमुखलाई यसबारे जानकारी गराएँ । उहाँले त्रिविमा सम्पर्क गर्नु भयो । त्रिविबाट ‘प्राप्त भएको प्रश्नबाट परीक्षा दिन लगाउने र विद्यार्थीलाई समस्या दर्शाई निवेदन लेख्न लगाई क्याम्पसले लेखी पठाउने’ भन्ने जानकारी आएपछि सोही प्रश्न (३०१)कै आधारमा परीक्षा सञ्चालन भयो । अब सोही उत्तरपुस्तिकालाई आधार मानेर मेरो परीक्षाफल आउँछ वा यसको पुनः परीक्षा लिइनेछ ?
केशवप्रसाद अधिकारी
शिक्षा क्याम्पस, सुर्खेत

त्यस्तो त्रुटि भए/नभएको बारे हामी छानबिन गर्ने छौं । यदि परीक्षा नियन्त्रण कार्यालयकै कारणले त्यस्तो त्रुटि भएको रहेछ भने सबै परीक्षार्थीलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरिनेछ ।
रमेश कुमार जोशी
सहनियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय

‘नन–क्रेडिट’को निम्ति के गर्नु पर्ला ?

मैले २०६६ सालमा पद्मकन्या विद्याश्रम उमावि, डिल्लीबजार, काठमाडौंबाट मूल विषय अंग्रेजी राखेर शिक्षाशास्त्रतर्फ कक्षा ११ र १२ उत्तीर्ण गरेको छु । अब मैले गणित र नेपाली विषयमा कक्षा ११ र १२ को ‘नन–क्रेडिट’ परीक्षा दिन पाउँछु कि पाउँदिनँ ? त्यसका प्रक्रियाहरू के छन् ? साथै, एकै वर्ष नेपाली र गणित दुवैको परीक्षा दिन पाइन्छ कि पाईंदैन ?
पृथ्वीमाया तामाङ
जनता उमावि, कोलन्जर, रामपुर–२, रामेछाप

उच्चमाध्यमिक शिक्षा परिषद्को परीक्षा आवेदन खुलेको बेला ‘नन–क्रेडिट’ विषयका निम्ति आवेदन भर्न सकिन्छ । तर तपाईंले पद्मकन्या विद्याश्रम उमावि, डिल्लीबजारबाट मात्रै आवेदन दिन पाउनुहुन्छ । एकै वर्ष दुई वटा विषयको ‘नन–क्रेडिट’ परीक्षा दिन पाईंदैन । तपाईंले नेपाली वा गणितमध्ये एउटा विषयमा मात्रै परीक्षा दिन पाउनुहुन्छ ।
निर्मलराज पाण्डे
उपनि यन्त्रक, उच्चमाध्यमिक शिक्षा परिषद्

काटिएको तलब के हुन्छ ?

आफ्नो सञ्चित बिदा सकिएको शिक्षकले बिदामा बस्दा उसको तलबबाट कट्टा गरिन्छ । त्यसरी काटिएको तलब कसले कहाँ जम्मा गर्छ वा चलाउँछ ? साथै, तलब काटिएको शिक्षकलाई कतिको भर्पाइगराइन्छ ?
सन्तोष राई
लक्ष्मी मावि, काहुले–२, खोटाङ

बिदा सकिएको शिक्षक बिदामा बसेको अवस्थामा अनुपस्थित दिनलाई गयल मानिएको जानकारी सम्बन्धित विद्यालयले जिशिकालाई दिन्छ । त्यही जानकारीको आधारमागयल दिनको तलब कट्टा गरिन्छ । काटिएर बाँकी रहेको रकम जिशिकाले फ्रिज गर्छ र अर्थ मन्त्रालयको सञ्चित कोषमा फिर्ता पठाउँछ । शिक्षकलेगयल दिन बाहेक उपस्थित भएको दिनको जति तलब पाउँछ, त्यति नै रकम बराबरको भर्पाइ बनाइन्छ ।
सुरेश श्रेष्ठ
लेखापाल, जिशिका, खोटाङ

नोटः पाठ्यपुस्तकसँग सम्बन्धित जिज्ञासा पठाउनुहुने पाठकहरूले पाठ्यपुस्तकको संस्करण मिति पनि खुलाइदिनुहोला । साथै सम्भव भएसम्म आफ्नो टेलिफोन नं. पनि उल्लेख गरिदिनुहुन अनुरोध छ । –सं.

commercial commercial commercial commercial