प्रतिक्रिया सुझाव
एसएलसीको प्रश्नपत्रमा त्रुटि !
२०६८ सालको प्रवेशिका परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रमा भएका गल्ती केलाउने प्रयासगरौं—
Questi on No. 1 df Poem को Exercise No. A को 1 मा shade हुनुपर्नेमा hade भएको छ । शब्दकोशमै नभएको अर्थहीन यस्तो केसँग जोडा मिलाउने ? त्यसै गरी Questi on No. 3 मा Unseen passage को पहिलो अनुच्छेदको तेस्रो लाइनमा he couldnot aff ord to buy any more chocolate हुनुपर्नेमा he couldnot aff ord to by any more chocolate भएको छ । हुनतः यी छपाइका त्रुटि हुन् तर यत्रो प्रचार–प्रसारका साथ सञ्चालन हुने एसएलसी परीक्षामा यस्ता त्रुटि हुनु सामान्य कुरा होइन । यसले प्रश्नपत्र छाप्दा उचयया proof reading नहुने रहेछ भन्ने कुरा को पुष्टि गर्द छ । त्यसै गरी seen passage र unseen passage पढेर अलग–अलग क्रियाकलाप समावेश हुनुपर्दछ तर Questi on No. 2 र 3 को Exercise No. A, B, C मा क्रमशः True - False Correct order र Questi onAnswer समावेश भएका छन् । ती सबै एकै किसिमका क्रियाकलाप हुन् । अलग–अलग passage दिनुको अर्थ अलग–अलग exercise राख्नु पनि हो । तर यस्तो भएको देखि ंदैन । त्यसकारण आगामी दिनमा यस्ता गल्ती हटाएर असल प्रश्नपत्र निर्माणको प्रयास होस् ।
ध्रुव पाण्डे
श्री सरस्वती माध्यमिक विद्यालय
छितापोखरी–७, कुला गाउँ, खोटाङ
सामग्री थप्ने कि ?
शिक्षक मासिकमा हालसम्म प्रकाशन भएका सबै अंकहरू प्रशंसनीय छन् । यदाकदा प्रकाशित समाचार कार्यान्वयन नहुँदा खल्लो लाग्नु स्वाभाविकै हो (जस्तो बालकक्षा सञ्चालन सहयोगी कार्यकर्ता (स.का.) को मासिक पारिश्रमिक १८०० बाट २४०० भयो भन्ने खबर शिक्षक ले प्रकाशित गरयो तर हालसम्म कार्यान्वयनमा छैन) । शिक्षक मासिकले अब निम्न विषयहरू पनि समेटोस्—
– शिक्षण पेशा सम्बन्धी तालिम र शिक्षण विधि ।
– गणतान्त्रिक शिक्षाका आगामी लक्ष्य र सिद्धान्तहरू ।
– अनिवार्य कम्प्युटर शिक्षा सम्बन्धी सामान्य धारणा ।
– शिक्षा आयोगका प्रगति र भावी कार्यक्रम ।
– शिक्षा मन्त्रीका भावी योजना ।
– नेपाल कृषि प्रधान मुलुक भएको ले कृषि शिक्षा सम्बन्धी अवधारणा ।
बमबहादुर कार्की, मानेडाँडा स्रोतकेन्द्र, भोजपुुर
टीकाराम सापकोटा
trsapkota55@yahoo.com
विचरा निःशुल्क पाठ्यपुस्तक !
पहिला हामी पढ्दा किताबको ठूलो मूल्य र महत्व हुन्थ्यो । किताब सजिलै पाईंदैनथ्यो, टाढाको शहरबाट नूनतेलको भारी माथि बोकेर/बोकाएर ल्याउनुपथ्र्यो । पछि पछि जिल्ला सदरमुकाममै पाइन थाल्यो । त्यस्ता किताबको खुब जतन गरिन्थ्यो ।गाता लगाएर सिएर भरसक नमैल्याइकन पढिन्थ्यो । तिनै किताब अर्को साल सके दुईतिहाई नभए पनि आधा मूल्यमा बेच्ने प्रयास गरिन्थ्यो । किताबै किन्न नसकेर कतिपयले त एकसेट किताबलाई साझे पनि चलाउँथे ।
आजकल किताबको मूल्य र महत्व साह्रै घटेको देख्दा गरीब नेपालको सम्पत्ति अनाहकमा दुरुपयोग भए झै लाग्छ । केही वर्षयता कक्षा १० सम्मै सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ । निःशुल्क पाइएका ती पुस्तक कसैले पनि जतन गर्ने गर्दैनन् । पाठ्यपुस्तकमै उत्तर लेखेर केर्ने र जाँचमा पानापानै च्यातेर सार्ने काम सामान्य हुन थालेको छ ।
नियम अनुसार अन्तिम परीक्षापछि पुस्तक विद्यालयलाई फिर्ता बुझाउनुपर्छ । तर हेरिनसक्नु थोत्रे पारिएका ती पुस्तक विद्यालयको कुनै कुनामा थुपारिन्छन् अनि क्रमशः धमिराले खान्छन् । विद्यार्थीले नयाँ पुस्तक पाइहाल्छन् ।
दिनदिनै पूजा गर्नु पर्ने पुस्तकहरूको त्यो अवस्था देख्दा दिक्क लाग्छ । निःशुल्क शिक्षा छँदाछँदै, निःशुल्क उपलब्ध गराए र किन किताबको मान मर्दन गरिएको होला भन्ने खुल्दुली लाग्छ । चार–पाँच हजारको मोबाइल सेट र दामीदामी कपडा किनदिएर आफ्ना छोराछोरीको व्यक्तित्व उच्च पारिदिन सक्ने अभिभावक पाँच–सात सयको किताब किनिदिन सक्दैनन् ?
कमला राजभण्डारी
गुराँस निमावि, जलेश्वरी–९, खोटाङ
सही मूल्यांकन हुन सकेन
विद्यालयमा स्थायी भन्दा अस्थायी, निजी, राहत शिक्षकहरूको सङ्ख्या बढी छ । अनि स्थायी शिक्षकहरू २/४ जनाले पोशाक लगाउने; अरू शिक्षकहरू चाहिं के गर्ने ? प्रायः जसो विद्यालयमा अस्थायी शिक्षक नै निरन्तर उपस्थित हुन्छन् । सहायक शिक्षकहरू नै बढी खटिनुपर्छ । विद्यालयमा कुनै समस्या आएमा उनीहरूलाई नैगाली, दोष, आरोप, प्रत्यारोप आउँछ । प्रधानाध्यापक प्रायः अफिसको काममा नै व्यस्त हुनुहुन्छ । अन्य शिक्षकहरूले यति धेरै परिश्रम गरेर विद्यालयहरू सञ्चालन गरिरहेका छन् । तर तिनलाई न पोशाक भत्ता छ न उनीहरूको सही मूल्याङ्कन नै हुने गर्छ ।
सावित्रा श्रेष्ठ, जलदेवी प्रावि
कुसुमबोट, राकथुम–२, रामेछाप
शिक्षक लाई सुझाव
२०६४ माघ देखि प्रकाशित शिक्षक मासिक पत्रिका नियमित रूपमा हालसम्म कुनै पनि अंक हेर्न वा पढ्न छुटाएको छैन । मूल्य अलि छिटो–छिटो बढेकाले केही झ्स्काएको भने छ । अब हत्तपत्त यसको मूल्य नबढोस् भन्ने चाहना छ ।
शिक्षक मासिकमा आगामी शिक्षा नीति, नियम लगायत नयाँ कुरा हरू शैक्षिक प्रशासक, शिक्षकवर्गको तर्फबाट प्रत्येक अंकमा अन्तर्वार्ता, शैक्षिक ‘बहस र पुरस्कार ’लाई निरन्तरता दिनुपर्दछ भन्ने मलाई लागेको छ ।
राम सिं घिसिङ
भूमेस्थान उमावि, विर्ता देउराली–१, काभ्रे
हार्दिक आभार
दिवास्वप्न एकै बसाइमा पढेर सकें । शिक्षक कर्तव्यनिष्ठ भइदिए शिक्षामा आमूल परिवर्तन हुन केहीबेर नलाग्ने रै’छ जस्तो लाग्यो । शिक्षासँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरूले यो पुस्तक अवश्य नै पढ्नु जरुरी छ । यस्तो महान् पुस्तक हामीसामु सहज रूपमा ल्याइदिएकोमा शिक्षक मासिकलाई सादर धन्यवाद !
करण सिंह सुतार ‘विवश’
सुदूर पश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलाली




