शिक्षक ! म त तिम्रो प्रेममा परें ! !

शुभकामना शिक्षक  मासिक २०६९ लाई । मेरो त तिमीसँग ‘लभ’ परयो । तिमीसँग प्रेममा फसें । मैले मेरो पूर्व मोहलाई पारपाचुके गरिसकें । अब तिमीसँगै बिहे गरेर घरजम गर्ने हो । शिक्षक  मासिकको सत्मार्गीय दर्शन पाइञ्जेलसम्म सन्न्यास लिने छैन । शिक्षक  मासिक ! तिम्रो साथले मलाई जीवन दिएको छ । जीवको खोजी गर्ने । जीवको सर्वोत्कृष्ट रचनावालको खोजी गर्ने । बालकको खोजी गर्दा गर्दै आफूलाई चिन्ने सबैमा प्रेमपूर्ण सृजनाको भावना जगाउने । शिक्षक  मासिक ! तिमीले मलाई यो पचासे बैंसमा सृजना, समीक्षा, प्रेरणा, मनोरमा, ललिता, कला, विज्ञान, हर्ष, यज्ञ, सदीक्षा, प्रतिभा, वीणा र साधनाहरूसँग प्रेमको डोरी कसिदियौ । शिक्षक  मासिकका अङ्ग–अङ्गसँग प्रेम गाँसिएको छ मेरो । सुनेथें— विवाहपछि पनि विवाहपूर्वको प्रेम यथावत् रह्यो भने मान्छेले परमानन्द प्राप्त गर्छ । मेरो त निवृत्त हुने बेलामा परेको प्रेमले जीवनको विशाल वृत्तलाई नै हाँसीखुशी आर्यघाटसम्म पुरयाउने पूर्वाभासको अनुभूतिले तिमीले मलाई भेट्न ढिलो गरेको पटक्कै मन पर्दैन । तिम्रो प्रेमले मलाई कामवासनाबाट माथि उठाएर कर्म वासनामा पुर्‍याएको छ ।


सुनेथें— विवाहपछि पनि विवाहपूर्वको प्रेम यथावत् रह्यो भने मान्छेले परमानन्द प्राप्त गर्छ । मेरो त निवृत्त हुने बेलामा परेको प्रेमले जीवनको विशाल वृत्तलाई नै हाँसीखुशी आर्यघाटसम्म पुरयाउने पूर्वाभासको अनुभूतिले तिमीले मलाई भेट्न ढिलो गरेको पटक्कै मन पर्दैन । तिम्रो प्रेमले मलाई कामवासनाबाट माथि उठाएर कर्म वासनामा पुर्‍याएको छ ।


शिक्षक  मासिकको प्रेममा परेपछि मलाई आभास हुन लागेको छः बालबालिका कौतुहलपूर्ण हुन्छन् । उनीहरूमा रहेको वातावरणप्रतिको कौतुहललाई जिज्ञासाहरूमा परिणत गर्न मैले सहयोग गरे भने उनीहरू आफूमा रहेका लाखौं सम्भावनाहरूमध्ये सरल, योग्य र उच्चतम सम्भावनाको छनोट गरी आफ्नो जीवन सार्थक पार्न सक्छन् । बालक प्रकृतिको स्वतन्त्र रचना हो । उसको शान्त स्वभाव हुन्छ । ऊ आफ्नो स्वभावको शक्तिशाली उपभोग कर्ता हो । उसका आफ्ना स्वभावहरूमा लाखौं–लाखौं सृजनाका कमल रगुलाफहरू फुलाउने सम्भावनाहरू छन् । यिनै सम्भावनाहरूको पहिचान र विकास मा अहंकाररहित भावनाले सहयोग गर्नु सिकाइ हो भन्दै तिमीले मलाई काउकुती ल गाउँदा मलाई प्रेमरसको सञ्चारले मूर्छा पारेको छ । तिमी मलाई बालकको बेजोड प्रकृत स्वभावलाई मान्छे बनाउने क्रममा, इतिहास सिकाउने क्रममा बालकको वर्तमान हराइदिन लागेकी भनी बारबार सजक बनाउन आउँदा खुशी लागेको छ । सधैं–सधैं आउँदैगर है ! हामीले हाम्रो भविष्यको आशमा बालबालिकाको वर्तमान खोसेको चेतना भइरहेको छ । तिमीले यसमा सहयोग गर्दै जानु अनि पोगाढा प्रेम बस्ला !

पशुहरूको मात्र भाग्य हुन्छ । मानिसको भाग्य हुदैन । मानिसलाई आफ्नो भाग्य छानी–छानी रोजी–रोजी, सोची–सोची लेख्ने स्वतन्त्रता छ । त्यसैले सबै प्राणी मान्छेको जुनी लिन खोज्छन् । जन्मने बित्तिकै बालकलाई हामी हाम्रो भाग्य लेखाउने दौडमा उसको कर्म भेटिदिन्छौं । बालक आफ्नै प्राकृत र आनन्दित कर्मले मानिस हुन खोजिरहेको हुन्छ । त्यसैबेला हामी बालकलाई सहयोग न गरी विधाता कहलिन्छौं । अहंकार रोपिदिन्छौं, हिंसा सम्झई–सम्झाई घोकाउँछौं । शान्तिलाई गोलमोट पारिदिन्छौं । अनि असल नागरिक कल्पना गर्छौं । हामी यसै अलमलिएका छौं । प्रिय, तिमी यसको छिनोफानोको लागि विस्तारै सबैका मन–मन जाऊ है ! बेलुका बास बस्न मसँग आए हुन्छ । तिमी काममा डुलेको मलाई रीस छैन । प्रिय ! हाँसीखुशी बालकलाई रुवाउन शान्त बालकलाई के–के जान्ने पल्टेर आक्रान्त बनाउन । हामी शिक्षक हाम्रो पाठ्यक्रम, पाठ्यपुस्तक र परीक्षा प्रणाली लागेको बेला तिमी स्वाभाविक रूपमा सबैका घर पुगेर प्रेमको रस स्वाद नगराऊ है ! नत्र तिम्रो प्रेममा दाग लाग्न सक्छ । दागी प्रेमी बराबर हराम्रो इतिहासले देखाएको खतरा अर्को द्वितीय छैन ।

शिक्षक  मासिक तिमीले बालबालिकाको भिन्नता सर्वव्यापकता, शाश्वत, भौगोलिक सांस्कृतिक, सामाजिक, मनोविज्ञानभित्र बालक चिन्न, बुझन, पढ्न र बालकलाको पहिचान कलाको धारणा बसाल्यौ । बालकको दर्शन बोलेकी छौ । हाम्रो पोल खोलेकी छौ । ज्यादै सराहनीय कार्य गरेकी छौ । हामीलाई अध्यात्म र विज्ञान/विद्या र अविद्या, कक्षा र शिक्षक, विद्यालय र अभिभावक, पाठ्यक्रम र पाठ्यवस्तु बालकमा जोड्न बालक पढ्नुपर्छ, बालक बन्ने कला चाहिन्छ, बालकको गीत गाउनेगला चाहिन्छ भन्ने चेत फुर्‍यो । खाँट्टी कुरो, कहाँ सम्झाउने, कतिखेर कहाँ सोचाउने । कुनबेला, कतिखेर के खोजाउने सबैको बेला हुन्छ ? त्यो खुट्याइदिनु पर्‍यो । पाठ्यक्रम । तिमी उतातिर पनि लागे है प्रिय, उनी जेठाजु हुन् भनेर हामीलाई मात्र पेल्न पाईंदैन । शिक्षक  मासिक तिमीले लगनशील शिक्षकहरूमा बालविधिको शोध गर्ने, खोज गर्ने, पहिचान गर्ने र प्रयोग गर्ने शिक्षण कौशलको मार्ग देखाएकी छौ । खुशी छौं तर सन्तुष्ट छैन म । विधिलाई प्रविधिमा, प्रविधिलाई विज्ञानमा, विज्ञानलाई कलामा, कला र विज्ञानलाई अध्यात्ममा र अध्यात्मलाई अनुकृति र प्रकृतिमा हैन; शिक्षकहरूको शीलमा परिणत गर्ने औकातको ताकत तिमीमा हुनु पर्‍यो । छ निश्चित छ देखाउनुपर्‍यो । शिक्षक  मासिक तिमी हामीहरूका लागि नै ठिक्क छौ । विद्यार्थी र अभिभावकहरूको लागि यही जाँगर र भावले अर्को स्वरुपमा आए तिम्रो प्रेम बाँडिएको जस्तो लाग्ने थिएन । तिमी पूर्ण हुने थियौ । तिमी पूर्ण भए हामी अधुरो हुनबाट बच्ने थियौं । जब सृजनालाई प्रेरणाले साथ दिन्छन् अनि बालकको मन जगम गाउँछ ।

जगमगाएको मनले सृजनाको अगाडि कलाको सामुन्ने, विद्या र अविद्या (ज्ञान र विज्ञान) दुवै लुटपुटिंदै शरणगत हुन्छन् । बालबालिकालाई कुनै कुरा को सम्झना गर्नु पर्दैन । केवल प्रेरणाको सहायताले उनीहरूको सृजनामा तटस्थ सहयोगी बन्ने कार्यगर भन्दा जति सजिलो छ व्यवहारमा धेरै मेहेनत पर्छ । तिमीले मेहेनतका कुन्जीहरू विभिन्न क्षेत्रमा आलोपालो गरी पस्किदिनुपरयो । हामी बालकहरूलाई हीनताबोधबाट जोगाउन लागि परियो । तिमीले पनि शिक्षा प्रणालीलाई अनुकृतिको ज्ञान र प्रकृतिको सृजनाबाट स्वीकृति र स्वानुभवमा परिणत गर्ने शान्तिकारी फड्को मार्नु पर्‍यो नि त ! हामी तिम्रो प्रेममा परियो । बालक पढेर बालक पढाउँला ! हुन्छ ? पाठ्यक्रमले भविष्यको महत्वाकांक्षा र इतिहासको अहंकारबाट आफ्नो वर्तमान खोज्ने र बालबालिकाको वर्तमान लाई बेवास्ता गरिरहेको बेला तिमी उतातिर पनि लाग्ने हो कि ? प्रिय ! हाम्रा बालबालिकाहरू हराम्रो सम्मान पाएरगौरवान्वित भइरहेका छन् । हामी उनीहरूलाई इतिहासका महापुरुष हैन कालिका पुरुषको रूपमा हुर्काउने जमर्कोमा लागेका छौं, हामी व्यस्त छौं । तिमीले सहयोग जुटाइदिनु र्‍यो ।

सुन त प्रिय ! हामी शिक्षकहरूले बालकहरूमा जुन थिएन (नकरात्मकता) र समाज ले विस्तारै भरिदिन लागेको छ । शून्य प्रायः मा रहेको नकरात्मकता जसलाई समाज ले आफ्नो गुलामीको लागि जागरण गराउन खोजिरहेको छ । त्यसलाई उनीहरूमा पस्न नदिने र भएको निकालिदिने धरालोको काम गरिरहेका छौं । बालकमा जुन थिएन । शुद्ध बालकमा जुन हुदैन त्यो हुन नदिने बालकमा जुन छ प्राकृत स्वभाव, प्रेम, आनन्द र सृजना त्यसको विकास र विस्तार गर्नु पर्छ भन्ने चेत खुलेको छ । तिमी, घुमी—घुमी हिमाल, पहाड, तराई सबै डुलेर बालशिक्षणका कक्षाहरूमा पसेर मुस्कान छरिदिनु है !

हाम्रो पाठ्यक्रमको सूचनाप्रेमी मोहले हामीहरूलाई एउटा अन्योल ल्याएको छ । हाम्रा तालीमहरूगीत, खेलका विधि र विधानका प्रकृतिमा परिणत भएका छन् । हाम्रा मूल्याङ्कनहरू परीक्षामा र हाम्रा परीक्षाहरू सम्झइका प्रशंसक बनेका छन् । हाम्रा अभिभावक हाम्रो आश गर्ने र हाम्रा प्रशासक कार्यालयहरू हराम्रो विश्वास न गरेर डलरका बिरुवा हुर्काउन लागिरहेका छन् । हामीहरू पनि बालक छाडेर जान्नेसुन्ने अभिभावकसँग चासोमासो मिलाएर, जागीर पकाएको बेला तिमी सबैलाई झकझकाउन आउँदा जति नै सुन्दरी भए पनि कतिका कुरा पचाउनु पर्ला । तर, पैसा छैन भनेर आफ्नो असल कर्मको सुरुआत विस्तार गर्न नछाडे पियारी बरु मेरो एक सरो तलबबाट कट्टीगरौंला है ! आजलाई यत्ति, अर्को पटकको भेटमा चाहिँ मन खोलँला है !

(लेखक स.उ.मा.वि. दुनै, डोल्पाका शिक्षक हुन्)

commercial commercial commercial commercial