बर्बादीको नमूना !

सिरहाको हनुमान नगर–६ स्थित पदमपुर प्राविको कक्षा-५ का छात्र सतिश कुमार मण्डलले २०६८ को वार्षिक परीक्षामा अंग्रेजी विषयको उत्तरपुस्तिकामा कुनै पनि प्रश्नको सही जवाफ लेखेका छैनन् । तैपनि उनी कक्षाका दोस्रो छात्र हुन् । प्रअ देवेन्द्र कुमार पासवानले उनलाई अंग्रेजी विषयमा सर्वाधिक ४६ अंक दिएका छन् ।

अंग्रेजी विषयको पाँचौं प्रश्नमा ह्वाट, स्कूल, टिचर, स्टार, फिस, काउ, र्‍याट, क्याट शब्दको नेपाली अर्थ लेख्न भनिएको छ । सतिशले ती शब्दको नेपाली अनुवाद गर्न नसकेपछि शिक्षकले उत्तरपुस्तिकामा नै ती शब्दको अर्थ लेखिदिएका छन् । छैटौं प्रश्नमा विद्यालय, छाता, कक्षाकोठा, चौर, सुन्तला, हात्ती, अंग्रेजी र नेपाल शब्दलाई अंग्रेजीमा लेख्न भनिएको छ । यी शब्दको पनि मण्डलले अनुवाद गर्न सकेको पाईंदैन । उक्त जाँचमा सोधिएका एक दर्जन प्रश्नमध्ये एउटाको पनि शुद्ध र सही उत्तर भेटिंदैन मण्डलको उत्तरपुस्तिकामा । तर, पनि पदमपुर प्राविको मूल्याङ्कनमा उनी स्कूलकै ‘अब्बल’ छात्रमा पर्छन् ।

सोही परीक्षामा सामेल भएकी रुवी कुमारी पासवानको अंग्रेजी उत्तरपुस्तिका पनि उस्तै निराशाजनक भेटिन्छ । रुवीले त उत्तरपुस्तिकामा आफ्नो नाम पनि अंग्रेजीमा लेख्न नसकेर देवना गरीमा लेखेकी छन् । उनले प्रश्न पनि शुद्ध र बुझिने गरी सार्न सकेको भेटिंदैन । रुवीको लेखाइले उनी अंग्रेजीको क्यापिटल एबीसीडी पूर्ण रूपमा लेख्न सक्छिन् भनेर पत्याउने आधार दिंदैन । तैपनि उनलाई ६० पूर्णाङ्कको वार्षिक परीक्षामा अंग्रेजी विषयमा २३ अंक दिएर उत्तीर्णगराइएको छ ।

कक्षा ५ कै अर्की छात्रा ममता कुमारी पासवानले पनि अंग्रेजी विषयको उत्तरपुस्तिकामा आफ्नो नाम नेपालीमा लेखेकी छन् । तर, त्यो पनि शुद्ध छैन । जाँचमा सोधिएका कुनै पनि प्रश्नको जवाफ उनले लेख्न सकेकी छैनन् । उनलाई पनि अंग्रेजीमा २२ अंक दिइएको छ ।

सोही कक्षाकी अन्जुला कुमारी पासवानले चाहिं अंग्रेजी शब्दको अनुवाद गर्दा फिस लाई गाई, काउ लाई मुसो बनाएकी छन् । उनी लगायत उक्त कक्षाका प्रायः सबै छात्रछात्राले उत्तरपुस्तिकामा आफ्नो सही र शुद्ध नाम लेखेको पाईंदैन । शुद्ध अंग्रेजी वर्ण ठीकसँग लेखेका पनि भेट्न सकिंदैन । तर, कोही पनि अंग्रेजी विषयमा अनुत्तीर्ण/असफल भएका छैनन् । सबैले केही नलेखेर/नजानेर माथिल्लो कक्षामा जाने अवसर पाएका छन् ।

१४७ जना छात्रछात्रा रहेको पदमपुर प्रावि सञ्चालन गर्न पाँच जना शिक्षक क्रियाशील छन् । ५ कक्षाका विद्यार्थी समेत नेपाली अंग्रेजी शब्द तथा वाक्य रराम्रोसँग लेख्न र पढ्न नसक्ने कुरा प्रअ देवेन्द्र कुमार पासवान स्वीकार गर्छन् । उनी भन्छन्, “योभन्दा बढी बर्बाद हुन बाँकी छैन, तर, यस्तो अवस्था पदमपुर प्राविको मात्र होइन । यताका धेरै सरकारी स्कूलको अवस्था योभन्दागतिलो छैन ।”


विद्यालय तहको सार्वजनिक शिक्षा कतिसम्म खस्किएको छ भन्ने कुरा यहाँ दृष्टान्तका रूपमा प्रस्तुत सिरहा–सप्तरीका विद्यालयको अवस्थाले छर्लङ्ग पार्छ । यहाँ उल्लेख गरिएका विद्यालयले देशभरीकै स्कूलको पठनपाठनलाई प्रतिनिधित्व गर्छन् ।


शुद्धसँग नेपाली/अंग्रेजीमा नाम लेख्ने अनि सामान्य जोडघटाऊ गर्न सक्ने कोही नपाए पनि पदमपुर प्राविले विद्यालयको कक्षागत सिकाइ उपलब्धि क्रमशः कक्षा १ मा २५, २ मा २८, कक्षा ३ मा ३५, कक्षा ४ र ५ मा ५० रहेको देखाएको छ । तर, यो सिकाइ उपलब्धि कागजी मात्र हो भन्नेमा कोही पनि विवाद गर्दैन ।

उक्त विद्यालयका अभिभावक कपिलदेव मण्डलकी सानी छोरी मञ्जु कुमारी मण्डल कक्षा १ मा छिन् भने अर्की छोरी महादुर्गा कुमारी कक्षा ५ मा छिन् । कपिलदेव कक्षा १ र ५ का दुई छोरीको सिकाइ उपलब्धि स्तर मा कुनै भिन्नता नरहेको धारणा राख्छन् । उनी भन्छन्, “कक्षा मात्र फरक हो, दुईटैले केही सिकेका छैनन् ।”

सिरहाका अरू स्कूलको पनि पठनपाठन र सिकाइ उपलब्धिको स्तर योभन्दा खासै माथि छैन । जिल्ला शिक्षा कार्यालय सिरहाले सदरमुकाम आसपासका १३ वटा सरकारी विद्यालयको सिकाइ स्तर मापन गर्न पुस २०६८ मा गरेको ‘बेसलाइन सर्वे’ले जिल्लाका प्रायः सबै स्कूलको पठनपाठन र सिकाइ स्तर दयनीय देखाएको छ । सर्वेक्षणले प्रावि तह बर्बाद नै भइसकेको निचोड निकालेको छ । सर्वेक्षण अनुसार प्राविमा छात्रछात्राको उपस्थिति दर २५ प्रतिशत रहेको देखाउँछ भने कक्षा १–३ का ७५ प्रतिशत विद्यार्थीले मात्रा लागेका नेपाली अक्षर लेखपढ गर्न नसकेको देखाउँछ । त्यस्तै प्रावि तहका नानीहरूले सानो तथा ठूलो एबीसीडी, १ देखि ५० अंक चिन्न र लेख्न नसकेको पनि उक्त सर्वेक्षणले देखाएको छ । सिरहाका जिशिअ हरिहर वस्ती भन्छन्, “सिरहा–सप्तरीका प्रायः सबै स्कूलको अवस्था यस्तै हो । त्यसैले मैले के भन्ने गरेको छु भने स्कूल ओरालो लाग्ने ठाउँ अब बाँकी छैन, यो अति हो । यस्तै भइरहने हो भने भोलिको समाज डरलाग्दो हुन्छ ।”

जिशिकाले सिकाइ उपलब्धि मापन सर्वे गरेका १३ स्कूलमा चन्द्र उच्च मावि सिरहा, कन्या प्रावि सिरहा, निमावि पटेर्वा, बज्रमोहन झ्ब्बुराम जनता उमावि, प्रावि बडेर्बा, निमावि रमौल मखनाहा, प्रावि रामनगरगुलरिहा, निमावि सुन्दरपुर हनुमान नगर, प्रावि छर्रापट्टी सारस्वर, विष्णुचरण श्रेष्ठ मावि बेल्हा, राजा प्रावि लक्ष्मीपुर, प्रावि पदमपुर र लक्ष्मी मावि लक्ष्मीपुर थिए । यी स्कूलको सिकाइ दर लगभग शून्य छ ।

सर्वेक्षणको नतीजापछि जिल्लाका स्कूलको स्थिति सुधार गर्न सिरहा जिशिकाले हालसालै ६८ बुँदे योजना अघि सारेको छ । सोही योजनाले जिल्लाका सबै (४००) स्कूलमा विनि र स्रोतव्यक्तिले नियमित रूपमा अनुगमन गर्नु पर्ने, शिक्षकले अनिवार्य रूपमा पाठ्यक्रम, शिक्षक निर्देशिका अनुसार शिक्षण गर्नु पर्ने, व्यवस्थापन समितिको चुनावमा राजनीतिक प्रतिस्पर्धा गर्न नपाइने, प्रअ, शिक्षक र व्यवस्थापन समितिले मिलेर स्कूललाई बालमैत्री बनाउनुपर्ने अवधारणा अघि सारेको छ । त्यस्तै जिल्लाका सबै माविले कक्षा १ मा अंग्रेजी माध्यममा पठनपाठन गर्नु पर्ने, जाँच मर्यादित तुल्याउनुपर्ने, जुन शीर्षकमा बजेट आएको छ सोही शीर्षकमा खर्च गर्नु पर्ने, सबै स्कूलले वार्षिक कार्ययोजना, शैक्षणिक योजना आदि तयार गर्न पनि जिशिकाले स्कूलहरूलाई भनेको छ । जिशिअ वस्ती भन्छन्, “प्रअ, व्यवस्थापन समिति र शिक्षक प्रतिनिधिको सहभागिता र सहमतिमा यो निर्देशन जारी गरिएकाले कार्यान्वयन हुने कुरा मा म आशावादी छु । यस्तो बर्बादीलाई रोकेर आशाको सञ्चार गराउनु पर्छ र सरकारी स्कूलप्रतिको जनविश्वास बढाउनुपर्छ भन्ने ठानेर अघि बढेको छु, त्यसैले मलाई स्थिति सुधार हुन्छ भन्ने विश्वास छ ।”

जिशिकाले विद्यालयको कक्षाकोठामा पसेर सिकाइ र पठनपाठनको स्तर परीक्षण गरी स्कूल सुधार गर्न उक्त योजना अघि सारेका कारण यसले जिल्लाका सरकारी स्कूलको अहिलेको पठनपाठन र सिकाइ उपलब्धिको स्तर र दरमा केही न केही सुधार आउने आशा गर्न सकिन्छ । शिक्षक प्रतिनिधि पदमपुर प्राविमा पसेर रिपोर्टिङ गर्दा त्यहाँ छात्रछात्राको सिकाइ दर निराशाजनक रहेको देखि एपछि प्रअ तथा शिक्षकमा लज्जा अनुभूति भएको देखि न्थ्यो । तिनले शिक्षक सँग सामूहिक प्रतिबद्धता प्रकट गरे , “सर, हामी तुरुन्त बैठक राखेर स्कूलको शैक्षिक सुधारको योजना बनाउँछौं । तपाईं अर्कोपटक आउँदा स्थिति बदलिने छ ।”

उता, सप्तरीका सरकारी विद्यालयको पठनपाठन पनि सिरहाको भन्दागतिलो नरहेको सप्तरीका जिशिअ दोलराज पाण्डे बताउँछन् । उनका अनुसार जिल्लाको सिकाइ उपलब्धि स्तर ३०/४० प्रतिशतको हाराहारीमा छ भने प्रावि तहको पठनपाठन र सिकाइ त्योभन्दा धेरै तल छ । विद्यालय व्यवस्थापन समितिमा अति राजनीति हुने, निरन्तरको बन्द हड्ताल, चन्दा असुली, शिक्षकलाई धम्की अनि शिक्षकहरूमा कमी हुँदै गएको पेशागत नैतिकताका कारण मधेशको सरकारी शिक्षा कमजोर हुँदै गएको पाण्डेको कथन छ ।

सप्तरीका विषहरिया, इटहरी, विष्णुपुर, कोचाबखारी र बरही वीरपुरमा पिछडिएका बालबालिकाका लागि समुदायमा आधारित गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको युवा सशक्तीकरण संघ नेपालका अध्यक्ष किशोर कुमार यादव सरकारी स्कूलकोगिर्दो स्तर देखेर चिन्तित छन् । आफ्नो कार्यक्षेत्रका अधिकांश स्कूलका प्रावि तहका बालबालिकाले नेपाली र अंग्रेजी अक्षर शुद्ध लेखपढ तथा गणितका सामान्य जोड घटाउ गर्न नसक्ने धारणा राख्छन् किशोर । उनको कथन छ, “स्कूल खुल्छ, विद्यार्थी स्कूल पनि जान्छन् तर, पढाइ हुँदैन । विद्यार्थीले केही सिकेका हुँदैनन् ।” यादवको संस्थाले गरेको एक अध्ययनले सप्तरीका स्कूलको औसत सिकाइ दर ३० प्रतिशतभन्दा माथि छैन ।

स्कूल तह मात्र होइन क्याम्पस तह पनि कमजोर हुँदै गएको छ मधेशमा । सगरमाथा अञ्चलको केन्द्रीय क्याम्पस मानिने राजविराज महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका निमित्त प्रमुख देवनारायण यादव ब्याचलर लेभलको जाँच दिने छात्रछात्राले ‘ब्याचलर’ शब्द अंग्रेजीमा लेख्न नसक्ने धारणा राख्छन् । उनको कथन छ, “गेस पेपर बोकेर जाँच दिंदा पास भइने भएपछि किन पढ्नुपरयो ? शैक्षिक अराजकताले यताका स्कूल/कलेज दुवै तहलाई ध्वस्त पारेको छ ।’


शिक्षण पेशामा कहिले र कसरी लाग्नुभयो ?
२०३१ सालमा राजविराजको केशो अनिरुद्धवती माविबाट पुरानो शिक्षाको एसएलसी पास गरे । कक्षा १० सम्म प्रथम भइरहें । उच्च शिक्षामा एसएलसीमा भन्दा कम मिहिनेतमै काम चल्यो । पुरानो शिक्षाको आफ्नो स्तर थियो ।

त्यतिबेला स्कूलमा कसरी पढाइन्थ्यो ?
१० कक्षासम्म नै विद्यार्थीलाई लेखाउने, घोकाउने, होमवर्क बढी गराउने, अभ्यास गराउने काम धेरै हुन्थ्यो । तर, २०३२ सालमा देशैभरि लागू भएको नयाँ शिक्षा प्रणालीले पुरानो पठनपाठनको स्तर प्राप्त गर्न सकेन । शिक्षाको जग नै कमजोर हुँदै गयो ।

पुरानो शिक्षा स्तरीय हुनुको कारण के थियो ?
शिक्षकको ध्यान शिक्षणमा केन्द्रित थियो । विद्यार्थीले पढाइप्रतिको जिम्मेवारी गहनतापूर्वक पालन गर्दथे । गुरु र शिष्यको सम्बन्ध आत्मिक र धार्मिक आस्थाबाट निर्देशित थियो । त्यसबाट शिष्यलाई जीवनको चरित्र निर्माण गर्ने , आफ्ना नैतिक कमजोरी सुधार गर्ने र अन्ततः एउटा उच्चकोटिको नागरिक बन्ने प्रेरणा मिल्थ्यो । शिक्षकको बोली, वचन, व्यवहारले पनि हामीलाई ऊर्जा दिन्थ्यो । उच्च पेशागत नैतिकता र निष्ठा भएका गुरुहरूका कारणले नै त्यतिबेलाको शिक्षा रराम्रो भएको हो ।

तपाईंलाई पुरानो शिक्षाको पाठ्यक्रम, पठनपाठन र परीक्षामध्ये कुन पक्ष बढी प्रभावकारी लाग्छ ?
सबै पक्ष राम्रा थिए । शिक्षकहरूको नियमितता, विद्यार्थीलाई दिनुपर्ने डोज र खुराकमा पर्याप्तता र आफूले दिएका खुराक विद्यार्थीलाई आत्मसात् गराउने तरिकाहरू बजोड थिए । अहिले शिक्षण पद्धतिमा धेरै विधि विकास भएका छन् । तर, शिक्षकहरूले जुन हिसाबले विद्यार्थीलाई जीवन सीप दिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन ।

हाम्रो बेलामा परीक्षा प्रणाली धेरै नै चुस्त थियो । विद्यार्थी आफ्नो दिमागले पास हुन्थे । नपढी पास नहुने परिपाटी थियो । शिक्षकलाई आदर्श मान्ने चलन थियो र शिक्षक पनि आदर्श नै थिए । शिक्षकले छात्रछात्रालाई किताबी मात्र होइन नैतिक तथा सामाजिक ज्ञान पनि दिइरहेका हुन्थे ।

म सप्तरीकै रायपुरस्थित निमाविमा अध्ययन गर्दा काशीनाथ झा सरले पढाउनु भएको संस्कृत र नेपाली विषयले मलाई स्नातकसम्म कमजोर हुन दिएन । उहाँ कर्म नै ठूलो कुरा हो भन्दै कर्मयोगी बन्न, आदर्श बन्न प्रेरित गर्नु हुन्थ्यो । स्कूलमा सिकेको ज्ञानकै उपज हो आजको मेरो निजी र पेशागत जीवन । शिक्षामा राजनीति नछिरेको र शिक्षकले राजनीति न गरेका कारण शैक्षिक संस्था पवित्र थिए । अहिले त राजनीतिले शिक्षालाई नै रोगी बनाएको छ ।

आजको शिक्षामा रराम्रो कुरा केही भेटिंदैन र ?
शिक्षामा फड्को मार्न भन्दै विकसित देशबाट शिक्षा नीति ल्याइयो । तर हराम्रो समाज त्यहाँसम्म अझै पुग्न सकेको छैन भने त्यस्तो शिक्षाले के प्रगति गर्न सक्छ ? २०४७/४८ मा शिक्षा नीतिका बारेमा ठूलो बहस चलेको थियो । सामाजिक शिक्षा, विज्ञान, अनुसन्धानसहितका विषयलाई फराकिलो बनाउँदै पुरानो शिक्षालाई परिमार्जन गर्नु पर्ने विषयमा व्यापक आवाज उठ्दा पनि केही हुन सकेन । शिक्षामा सबैभन्दा ठूलो विषय भनेको अनुसन्धान हो । मुलुकको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा पनि अनुसन्धानमूलक शिक्षा छैन भने सरकारको त्यसमा कुनै लगानी देखि एको छैन ।
६० वर्षयता शिक्षाले संख्यात्मक रूपमा त ठूलै फड्को मारेको छ नि !  

अहिलेको शिक्षालाई नै शिक्षा भन्ने हो भने त होला । जुन सिस्टम आए पनि शिक्षा प्रणाली स्थायी हुनुपर्ने हो । राजनीतिले नछुने किसिमको हुनुपर्छ । तर, नेपालमा त्यस्तो भएको छैन । जसलाई जे मन लाग्छ त्यही गरिएको छ । राजनीति र आन्दोलनका कारणले हिजोको तुलनामा जाँच प्रणाली खुकुलो बन्दै गएको छ । पाठ्यक्रम ‘मिट’ गर्न सकिएको छैन ।

विद्यालय बढी बिग्रियो कि विश्वविद्यालय ?
विश्वविद्यालयभन्दा बढी विद्यालय बिग्रेको छ । विद्यालयकै उत्पादन विश्वविद्यालय र क्याम्पसमा आउने भएकाले त्यसको असर क्याम्पसमा पनि पर्ने नै भयो । स्कूलकै जग धरासायी भएकाले आज ‘ब्याचलर’ को जाँच दिन आउने विद्यार्थीलाई ‘ब्याचलर’ लेख्न आउँदैन । अंग्रेजी शिक्षकले कक्षामा लेखाउन शुरू गर्दा विद्यार्थी लेख्न सक्दैनन् ।ग्रामर कमजोर छ । बीएका विद्यार्थीलाई आईएस इज (is) भनेर लेखाउनुपर्ने अवस्था छ । अहिले ट्युशन विना विद्यार्थी पढ्न सक्दैनन् । निजी शिक्षण संस्थाले राम्रो गरेका छौं भन्छन् तर बोलेर, लेखेर मात्र हुँदैन । त्यहाँ पनि जाँच र मूल्याङ्कन पद्धतिगञ्जागोल छ ।

मधेशमा धेरै चिटिङ हुन्छ, त्यसमा पनि सप्तरी त चर्चाको शिखरमै हुन्छ । हराम्रो जाँच प्रणाली ध्वस्तै भएको हो ?
पठनपाठन बर्बाद भएपछि जाँच पनि प्रभावित भएको छ । शिक्षकहरू निजी संस्थामा जान थालेपछि सरकारी शिक्षालयको पढाइको स्तर घट्यो । विद्यार्थीलाई शिक्षकले जति डोज दिनुपर्ने हो, त्यो दिन सकिरहेका छैनन् । त्यहीकारणले नपढेका नजानेकाले चिटिङको बाटो रोज्न खोजेका हुन् ।

तपाईंले धेरै पटक ‘डोज’ शब्द प्रयोग गर्नु भयो, प्रायः मेडिकल लाइनमा प्रयोग हुने यो शब्दको शिक्षासँग के साइनो छ र ?
शिक्षा मेडिसिनै त हो । जीवनको विकास गर्नका लागि प्रत्येक दृष्टिकोणले शिक्षा ठूलो औषधि हो र यसको डोज हुन्छ । पूरा र सही डोज पाएको व्यक्ति बन्छ, अपूरो डोज पाएको व्यक्ति अधकल्चो हुन्छ । शिक्षामा पनि सही, पूर्ण र उचित डोज पाए स्वस्थ नागरिक बन्छन् नपाए रोगी । प्राकृतिक, चरित्रगत, सामाजिक विषयमा पूर्ण डोज दिएपछि मात्र एउटा असल व्यक्तित्व बनाउन सकिन्छ ।

पहाडको तुलनामा मधेशमा शिक्षाको अवस्था कस्तो पाउनुहन्छ ?
विगतमा मधेशको उत्पादनले राष्ट्रिय प्रतिस्पर्धामा अरूलाई पछाडि पारेको थियो । शिक्षामा मधेश पहिला धेरै रराम्रो थियो । राम्रा–राम्रा उपलब्धि मधेशीले हासिल गरिसकेका थिए । तर, आज चोरेर पास भइन्छ भन्ने मनोरोग विकास भएको छ । ५/६ वर्ष यता यहाँको परीक्षा प्रणाली धेरै नै बिग्रेको छ । त्यसैले पहाडभन्दा मधेश शिक्षामा धेरै पछि परिसकेको छ । स्कूल कजेल जानेहरू धेरै छन्, ज्ञान हासिल गरेकाहरूको संख्या कम हुँदै गएको छ ।  

कक्षाकोठाको पढाइलाई के के कुरा ले बाधा पुर्याएको छ ?  
मूल रूपमा अहिले विशुद्ध शिक्षक कक्षामा फेला पार्न गाह्रो छ ।  कक्षामा पढाउन जाँदा कुनै शिक्षक कांग्रेस, कुनै एमाले, कुनै मधेशी भाव बोकेर गएका हुन्छन् । शिक्षकहरूमा के मान सिकता विकास हुँदै गएको छ भने आफ्ना विद्यार्थीलाई कुनै वाद वा विचार को झेला पनि बोकाइदिइहालूँ । अलिअलि पढाए जस्तो पनि गर्ने अनि राजनीति पनि सिकाउने काम भइरहेको छ । विभिन्न विचार धारा बोक्ने शिक्षकहरू आ–आफ्ना तरिकाले यस्तै गरिरहेका छन् । शिक्षा दिने कुरा मा यसरी राजनीति गर्नु हुँदैन । शिक्षा पाउनु विद्यार्थीको अधिकारको कुरा हो, यो तिनले राजनीति मिसाएर होइन विशुद्ध रूपमा पाउनुपर्छ, दिनुपर्छ । आफूले बोकेको राजनीतिको झेला विद्यार्थीलाई पनि बोकाउन खोज्नु उचित होइन ।

त्यसो भए राजनीतिक दलको झेला बोक्ने व्यक्ति शिक्षक हुन सक्दैन त ?
राजनीतिक आस्था व्यक्तिको निजी कुरा हो । तर, शिक्षण पेशालाई माध्यम बनाएर राजनीति गर्नु हुँदैन । अहिलेका शिक्षक, ‘शिक्षक’ हुन् कि दलका कार्यकर्ता भन्ने पत्ता लगाउन कठिन छ र मूल रूपमा शिक्षकको राजनीतिले नै शिक्षालाई बिगारेको छ ।

शिक्षा बर्बाद भएको भन्दै धेरै बेथितिको कुरा गर्नु भयो, यसलाई कसरी सुधार गर्न सकिएला त ?
शिक्षा नीति तय गर्न साझ मञ्च तयार गर्ने , त्यसमा सबै सरोकारवालासहित राजनीतिक दलहरूले समेत राष्ट्रिय स्तर को अनुसन्धानका आधारमा आधारभूत शिक्षाको प्रारुप तयार गर्न जरुरी छ । त्यस्तो प्रारुपले प्राथमिक, निमावि र मावि तहमा देखि एका समस्या नदोहोरिने र शिक्षाले गुणात्मक फड्को मार्ने कुरा सुनिश्चित गर्नु पर्छ । शिक्षकहरूलाई अहिले जुन तालिम दिइएको छ, त्यो प्रयोगविहीन भइरहेको छ । सिकेर गए पनि व्यवहारमा कार्यान्वयन भइरहेको छैन । अनुगमन सम्बन्धी सारा कुरा भद्रगोल छ । यी सबै समस्यालाई समेटेर शिक्षा सम्बन्धी राष्ट्रिय साझ मञ्चमा छलफल गरेर स्थायी शिक्षाको आधार तयार गरिनुपर्छ । यसलाई कुनै राजनीतिक प्रणालीले परिवर्तन गर्नु हुँदैन । किनभने नेपालको शिक्षा धेरैको परीक्षणको शिकार भइसकेको छ ।

शैक्षिक दृष्टिले हराम्रो ६० वर्षको प्रयास व्यर्थै भएको हो त ?
साक्षरता प्रतिशत बढ्यो । तर, दक्ष र गुणस्तरीय जनशक्तिको विकास हुन सकेन । शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल प्राप्त भएन । आज शिक्षण पेशामा प्रवेश गर्न विभिन्न किसिमका कोटा सिस्टम ल्याइएको छ, त्यसले शिक्षण पेशाकै उपहास गरेको छ । मजदूरले पनि मासिक १० हजार कमाउँछ, ५ हजारमा शिक्षक राख्न खोज्नु कति जायज हो ? थोरै शिक्षक हुन् । तर ती योग्य, इमान दार, कर्मठ भएरगतिला विद्यार्थीलाई तयार गर्ने काममा लागून् । वर्तमान शिक्षाले उच्छृंखल समाज को निर्माण गरिरहेको छ । विद्यार्थीमागुण्डा गर्दा शैली हावी हुँदै गएको छ । पारिवारिक अपराध भइरहेको छ । यी सबै कुरा सही शिक्षाको अभावमा भएको हो ।

शिक्षक मासिक, २०६९ जेठ अंकमा प्रकाशित ।

 

commercial commercial commercial commercial