जिज्ञासा जवाफ
विवाहित महिलाको अभिभावक को ?
शिक्षा नियमावली, २०५९ को नियम २४ मा ‘अभिभावक राख्न नहुने’ भन्ने खण्डमा व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरूको छनोट गर्ने प्रयोजनको लागि विद्यार्थीका बाबु, आमा, बाजे वा बज्यैलाई मात्र अभिभावक मानिने उल्लेख छ । तर, विवाहित महिला विद्यार्थीको हकमा अभिभावकको बारेमा स्पष्ट छैन । त्यस्तो महिलाको अभिभावक को हुने माइती वा घर पक्ष ?
शङ्कर बस्नेत
गौमुखी उमावि, ठूलावेसी, प्यूठान
अहिलेको सन्दर्भमा विद्यालय जाने समूहमा सामान्यतया १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरू नै रहने हुँदा नियमावलीमा तिनकै हकमा मात्रै अभिभावकलाई परिभाषित गरिएको हो । त्यसैले विवाहित महिला विद्यार्थीको सन्दर्भमा नियमावली मौन देखि एको छ ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय
लाइसेन्स लिन के गर्नु पर्ला ?
म २०६६/०६/०१ देखि निम्नमाध्यमिक तहको राहत कोटामा पढाउँदै आएको छु । मेरो शैक्षिक योग्यता आई.एस्सी. भएकाले शिक्षण लाइसेन्सका निम्ति आवेदन दिनबाट म वञ्चित भएँ । म जस्ताले लाइसेन्स पाउने कुनै उपाय छैन ?
गजेन्द्रप्रकाश थारू
नेपाल राष्ट्रिय निमावि, बदालपुर, बर्दिया
शिक्षक सेवा आयोग नियमावली, २०५७ मा शिक्षाशास्त्र पढेका व्यक्तिले मात्रै शिक्षण लाइसेन्सका निम्ति आवेदन दिन पाउने स्पष्ट व्यवस्था छ । त्यसबाहेक अर्को विकल्प छैन ।
जवाहरलाल हमाल
शाखा अधिकृत, शिक्षक सेवा आयोग
बिदा लिनुपर्छ कि ?
शिक्षक सेवा आयोगले लिने बढुवा परीक्षामा सहभागी हुने शिक्षकले बिदा लिनुपर्छ कि परीक्षाको लागि काज सुविधा पाउँछ ?
मनोज पौडेल
जयकालिका मावि, कालिका–४, बर्दिया
शिक्षा नियमावलीमा विद्यालय वा अध्यापन सम्बन्धी कामको लागि क्षेशिनि वा जिशिकाको आदेशानुसार कुनै सभा, सम्मेलन वा सेमिनारमा खटिने शिक्षकले सोही आदेशमा तोकिएको अवधिसम्मको लागि काज पाउने व्यवस्था छ । यसबाहेक अन्य कामको लागि काज सुविधा पाईंदैन । (हे. नियम १११)
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय
के लेखिएको हो ?
कक्षा ३ को गणित पाठ्यपुस्तकको पृष्ठ ६१ को उदाहरण–१ मा ३९, ५३, ७८४ लाई हिन्दू अरेबिकमा लेख्दा ‘घढ, छघ, ठडद्ध’ हुन्छ भनिएको छ । यो के लेखिएको हो ? बुझन सकिएन ।
पुस्तर ाज कँडेल
चण्डीदेवी निमावि, हर्दिनेटा–९,गुल्मी
३९, ५३, ७८४ लाई हिन्दू अरेबिकमा लेख्दा घढ, छघ, ठडद्ध हुनुपर्ने हो । मुद्रणका क्रममागडबडी भई ‘घढ, छघ, ठडद्ध’ छापिन गएको हो । खास गरी निजी प्रकाशनले छापेका पाठ्यपुस्तकमा यो समस्या देखि एको छ । यसलाई सच्याएर पढिदिन र पढाइदिनुहुन शिक्षक मित्रहरूलाई अनुरोध छ ।
डण्डपाणि शर्मा
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र
सहकारीमा बस्न पाईंदैन
सामुदायिक विद्यालयमा स्थायी वा अस्थायी दरबन्दी वा राहत वा निजी स्रोतमा कार्यरत शिक्षक र संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई सहकारी ऐन, २०४८ बमोजिम स्थापित बचत तथा ऋण सहकारी संस्था,ग्रामीण विद्युत् सहकारी संस्था लगायतको शेयर सदस्यता लिई सञ्चालक समितिको कुनै पनि पदमा उम्मेदवार हुनबाट शिक्षा नियमावलीले रोक्छ कि रोक्दैन ? साथै, पहिल्यै निर्वाचित भई सोही पदमा रहँदै आएको शिक्षकको पद कायम रहन्छ कि रहँदैन ?
रामबहादुर चौधरी
खडक स्मृति उमावि, टीकापुर, कैलाली
सहकारी संस्थाको सञ्चालक समिति भनेको कार्यकारी तथा निर्णय गर्नु पर्ने तहको संयन्त्र हो । यसर्थ, शिक्षण–सिकाइ नै मुख्य दायित्व र जिम्मेवारी रहेको शिक्षकले सहकारी संस्थाको सञ्चालक समितिमा बस्न मिल्दैन । यो व्यवस्था सामुदायिक विद्यालयका दरबन्दी, राहत, निजी स्रोत लगायत सबै किसिमका शिक्षक र संस्थागत विद्यालयका शिक्षकको हकमा पनि लागू हुनेछ । पहिल्यै निर्वाचित सञ्चालक सदस्यले पनि त्यस्तो जिम्मेवारी छोड्नुपर्ने हुन्छ ।
टेकनारायण पाण्डे
निर्देशक, शिक्षा विभाग
दुईभन्दा बढी जन्मिए के गर्ने ?
शिक्षा नियमावलीमा शिक्षकले दुई पटक सुत्केरी बिदा पाउने उल्लेख छ । दुई वटा सन्तान जन्माइसकेपछि शिक्षण सेवा प्रवेश गर्ने शिक्षकको पुनः अर्को सन्तान जन्मिएमा सुत्केरी बिदा पाउँछ कि पाउँदैन ? साथै, बालविकास सहयोगी कार्यकर्ताले सुत्केरी बिदा पाउँछन् कि पाउँदैनन् ?
टंकप्रसाद पहाडी
नवज्योति मावि, हतपते–९, सिन्धुली
गीता श्रेष्ठ
ओमराज प्रावि, सिपापोखरे–३, सिन्धुपाल्चोक
सेवा प्रवेशअघि नै दुई वटा सन्तान जन्मिइसकेका छन् भने सेवा प्रवेशपछि सुत्केरी बिदा पाईंदैन । बालविकास सहयोगी कार्यकर्ताको सुत्केरी बिदा सम्बन्धी व्यवस्था विद्यमान शिक्षा ऐन/नियमावलीमा छैन । त्यसैले सहयोगी कार्यकर्तालाई यस्तो बिदा दिन मिल्दैन ।
गणेशप्रसाद पौडेल
उपनि र्देशक, शिक्षा विभाग
स्थायी लाइसेन्स पाउनुहुनेछ
मैले २०६६ सालमा लिएको निमावि तहको शिक्षण लाइसेन्समा ‘२०६९ कात्तिक २२ भित्र तालिम पूरा न गरे मा स्वतः रद्द हुनेछ’ भनी लेखिएको छ । तर मैले २०६७ सालमै बी.एड. उत्तीर्ण गरिसकेको छु । अब मैले निमावि तहको खुला प्रतिस्पर्धामा आवेदन दिन पाउँछु कि पाउँदिनँ ?
ऋषिराम चिलुवाल
लताकुञ्ज निमावि, खुदी–९, लमजुङ
तपाईंले ‘स्थायी लाइसेन्स पाऊँ’ भनी शिक्षाशास्त्रका प्रमाणपत्रको प्रतिलिपिसहित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुहोला । शिक्षक सेवा आयोगले २२ कात्तिक २०६९ पछि तपाईंलाई स्थायी लाइसेन्स दिनेछ । शिक्षाशास्त्र उत्तीर्ण गरेको प्रमाणपत्र लिइसक्नुभएको भए तपाईंले निमावि तहको खुला प्रतिस्पर्धामा आवेदन दिन सक्नुहुनेछ ।
जवाहरलाल हमाल
शाखा अधिकृत, शिक्षक सेवा आयोग
प्रष्ट भएन
कक्षा–१०, विषयः विज्ञान, पाठः मिओसिस कोष विभाजन (पृष्ठ–१५०)
मिओसिस कोष विभाजनको प्रोफेज–१ को जाइगोटिन अवस्थामा सिनाप्सिस देखिन्छ । उही प्रकारका क्रोमोजोमको जोडा बन्ने प्रक्रियालाई सिनाप्सिस भनिन्छ । प्रत्येक जोडामा एउटा क्रोमोजोम आमाबाट र अर्को बाबुबाट आएको हुन्छ भनिएको छ । तर, मिओसिस कोष विभाजन पूरा भइसकेपछि मात्रग्यामेट बन्ने हो । अनि मात्रै भालेग्यामेट र पोथीग्यामेटको मिलन भई जाइगोट बन्छ ।
तर,ग्यामेट बन्नु भन्दा पहिले नै क्रोमोजोमहरू कसरी आमाबाबुबाट आए होलान् ? अनि फेरिग्यामेट बन्ने प्रक्रियामा नै पाचिटिन अवस्थामा क्रसिङ ओभर हुँदा आमा र बाबुबाट वंशज वस्तुहरू कसरी आए होलान् ?ग्यामेट बनेपछि मात्रै दुई विपरीतग्यामेटको मिलन हुँदा जाइगोट बन्ने र वंशाणुगतगुणहरू आदानप्रदान हुने होइन र ? कि वंशाणुगतगुणहरू आदानप्रदान पहिले हुने र पछि ग्यामेट बन्ने र विपरीतग्यामेट मिलेर जाइगोट बन्ने हो ?
बलराम अधिकारी
मिन्दुका मावि, नलाङ–७, बैरेनी
मिओसिस कोष विभाजन एउटै प्रकारको कोष ९क्उभचm यच भनन० मा हुने विभाजन हो भन्ने कुरा मा स्पष्ट हुनु आवश्यक छ । जाइगोटिन अवस्थामा होमोलोगस क्रोमोजोम सँगै आउने हुन् । पाचिटिन अवस्थामा होमोलोगस क्रोमोजोम बाक्ला, छोटा हुने र चार वटा फरक क्रोमाटिङको रूपमारूपान्तर भई सेन्ट्रोमियरमा जोडिएर रहन्छन् । जाइगोट बन्ने प्रक्रियामा मात्र वंशाणुगतगुणहरू साटफेर हुने नभएर प्रजनन् क्रियापछि ँभचतष्ष्शिबतष्यल क्रियापछि सेल विभाजन हुन थाले देखि नै वंशाणुगतगुणहरू प्रसारित हुँदै जाने हुन् । त्यसैले निश्चित कोष विभाजनपछि मात्रगुणहरू साटफेर नभईगुणहरू प्रसारित हुने हुन् । प्रबलगुण र लुप्तगुणका कारणले कुन पुस्ताकागुणहरू सन्तानमा देखिन्छन्, सोको बारेमा यकिन भन्न सकिंदैन ।
बालकृष्ण चापागाइँ, प्राविधिक अधिकृत
शैक्षिक जनशक्ति विकास केन्द्र
बलरामजी ! कुनै सजीवको सुरुआत आइगोटबाट हुन्छ, जसमा बाबु र आमा दुवैको आधा–आधा संख्यामा क्रोमोजोम रहेका हुन्छन् । यही जाइगोटमा माइटोसिस कोष विभाजनबाट वृद्धि भई कुनै सजीवको शरीर निर्माण भएको हुन्छ । यसरी कुनै सजीवको कोषमा बाबुपट्टि र आमापट्टिबाट आधा–आधा संख्यामा क्रोमोजोमहरू आएका हुन्छन् । त्यही सजीवको शरीरमा मिओसिस कोष विभाजनबाट ग्यामेट बन्ने प्रक्रिया शुरू हुन्छ । प्रोफेज–१ अवस्थाको जाइगोटिनमा सिनाप्सिस प्रक्रियामा होमोलोगस जोडाहरू बन्दा बाबु र आमा दुवैतिर को क्रोमोजोमहरूले त्यस जोडामा भाग लिएका हुन्छन् । त्यसपछि क्रसिङ ओभर भएर बन्नेग्यामेटमा भिन्नता पाइन्छ । किनभने यहाँगुणहरूको असमान वितरण भएको हुन्छ । जब अर्को वंशको लागि फरक–फरक लिङ्गका यस्ताग्यामेटहरूले भाग लिन्छन्, अर्को वंशमा बाबु र आमा दुवैकागुणहरूको प्रसारण भई सन्तान बन्छन् । यसरीग्यामेट बनी क्रसिङ ओभर हुँदा अघिल्लो वंशका बाबु–आमाकागुणहरूको असमान वितरण हुन्छ भने अर्को वंशको लागि बाबु र आमा दुवैका वंशाणुगतगुण प्रसारित भई जाइगोट बन्छ ।
जयप्रकाश श्रीवास्तव
विज्ञान शिक्षक, प्रभात उमावि, ललितपुर
कति अन्तर पर्ला ?
म प्राथमिक द्वितीय श्रेणीको शिक्षक हुँ । मैले २०३३/०३/०७ मा स्थायी नियुक्ति पाएको हुँ । म अहिले ५६ वर्षको भएँ । चार वर्षपछि मैले अनिवार्य अवकाश पाउँछु । मेरो स्थायी घर रझेना, बाँकेमा पर्छ ।गत मंसीरमा जुम्लाबाट घरपायक विद्यालयमा सरुवा माग्दा पाइनँ । तत्काल सेवाबाट राजीनामा दिँदा वा चार वर्षपछि अवकाश पाउँदा मैले पाउने पेन्सन र अन्य सुविधामा कति अन्तर पर्ला ?
धनकृष्ण न्यौपाने, प्रावि उखाडी, जुम्ला
कुल सेवा अवधिलाई आखिरी महिनाको तलबलेगुणा गरी त्यसलाई ५० ले भाग गर्दा आउने रकमलाई नै पेन्सनको रूपमागणना गरिन्छ । यसर्थ, हाल तपाईंले पाउँदै आउनुभएको े मासिक तलब रग्रेड रकम चार वर्षपछि स्वतः बढी हुन जान्छ । सेवा अवधि जति वर्ष बढ्दै गयो, त्यही अनुपातमा पेन्सन रकम पनि बढ्दै जान्छ ।
मधुसूदन अधिकारी
उपसचिव, विद्यालय शिक्षक किताबखाना
अध्यक्ष ज्यू ! अन्योलमा परियो
म कक्षा १२ उत्तीर्ण गरी प्राथमिक तहको लाइसेन्सप्राप्त शिक्षक हुँ । म २०६८/१०/१५ देखि प्राथमिक तहको अस्थायी दरबन्दीमा कार्यरत छु । शिक्षक मासिक (२०६८, फागुन)मा प्रकाशित प्राथमिक तहको लाइसेन्स सम्बन्धी जिज्ञासामा शिक्षक सेवा आयोगका अध्यक्ष उदयराज सोतीले दिनुभएको जवाफबाट मेरो लाइसेन्सको औचित्य समाप्त भएको र मैले प्राथमिक शिक्षक हुन समेत योग्यता अनुरुपकै लाइसेन्स लिनुपर्ने भन्ने बुझयिो । उसो भए मेरो नियुक्ति वैध कि अवैध ?
हरि विष्ट
मुक्ति प्रावि, हुम्माना–९, भोजपुर
फागुन अङ्कको जवाफबाट केही द्विविधा पर्न गएको देखि यो । विद्यमान ऐन/नियम अनुसार प्राथमिक तहको शिक्षक हुनका निम्ति कक्षा १२ वा सो सरहको योग्यता पूरा हुनुपर्छ । यद्यपि एसएलसी योग्यताका आधारमा यसअघि प्राथमिक लाइसेन्स लिएका व्यक्तिहरूले प्राथमिक तहको लाइसेन्सलाई कायमै राख्नका निम्ति कक्षा १२ सम्मको योग्यता हासिल गरे पुग्छ । तर, निम्नमाध्यमिक तहको लाइसेन्सका निम्ति चाहिं कक्षा १२ उत्तीर्ण गरेर सोही तहको लाइसेन्स परीक्षा उत्तीर्ण गर्नु पर्छ । तपाईंले कक्षा १२ उत्तीर्ण गरेको हुँदा प्राथमिक तहको लाइसेन्सको लागि अर्को योग्यता आवश्यक पर्दैन । अतः तपाईंको नियुक्ति वैध नै देखिन्छ ।
उदयराज सोती
अध्यक्ष , शिक्षक सेवा आयोग
नोटः पाठ्यपुस्तकसँग सम्बन्धित जिज्ञासा पठाउनुहुने पाठकहरूले पाठ्यपुस्तकको संस्करण मिति पनि खुलाइदिनुहोला । साथै सम्भव भएसम्म आफ्नो टेलिफोन नं. पनि उल्लेख गरिदिनुहुन अनुरोध छ । –सं.



