प्रतिक्रिया सुझाव

कक्षा १० को पुस्तकमा पनि त्रुटि

कक्षा १० को अंग्रजी पुस्तक पनि त्रुटि नै त्रुटिले भरिएको छ । उक्त पुस्तकको पेज नं. ११ मा रहेको कविता Spring season / Winter season को बारेमा छ तर सो कविताको शीर्षक Weathers राखिएको छ । के season र weather एउटै हुन् त ? तिनै विद्यार्थीहरूले कक्षा ९ को सामाजिक अध्ययनमा season र weather बीच भिन्नता रहेको पढ्छन् भने अंग्रेजी विषयमा कसरी यी दुवै उस्तै हुन गए ? साथै; Winter season सम्बन्धी कविताको १४औं लाइनपछि c भन्ने लाइन नै राखिएको छैन । यसरी कुनै कविको कविताको लाइन हटाइ प्रकाशित गर्न मिल्छ र ?

सोही पुस्तकको पेज नं. ८९ मा कम्प्युटर सम्बन्धी पाठ्यसामग्रीको अन्तिम दुई लाइनमा यस्तो लेखिएको छ–" A computer also has a floppy drive. It is a slot for the insertion of portable disks also known as floppy disks." तर यस लाइनमा भनिए जस्तो अहिलेका कम्प्युटरमा floppy drive नै हुँदैन र हाल floppy disk प्रचलनमा पनि छैन । यो प्रचलनबाट हटिसकेको वर्षौं भइसक्यो । अहिले यसको ठाउँमा उभल CPU को प्रयोग हुने गरेको छ । सोही पेजमा देखाइएको CPU को तस्बिर पनि गलत रहेको छ । ऋएग् जहिले पनि ठाडो पारेर राखिन्छ तर यस पाठमा देखाइएको CPU लाई सुताएर राखिएको छ ।

हरेक वर्ष छापिने पुस्तकमा शिक्षा मन्त्रालयले यस्तो लापरवाही किन गरिरहेको होला ? विद्यार्थीहरूले यस्तोगलत शिक्षा कतिञ्जेल पाइरहने ? र, यस्तो शिक्षा पाइरहने विद्यार्थीको गुणस्तर कस्तो हुने हो ?
शिव कुमार महतो (कुशवाहा), लालपुर २, सिरहा

कक्षा १० सम्म ‘फूल’
कक्षा ११ मा ‘फुल’ !

माध्यमिक तहको नेपाली किताबमा ‘फूल’ (प्रकृतिको) र ‘फुल’ चराचुरुङ्गीको अण्डा लेखिएको छ । साथै, समान खालका शब्दहरू लेख्दा (–) चिन्हको प्रयोग गरिएको छ । त्यस्तै; ‘लक्ष्मीप्रसाद देवकोटा’, ‘पाठ्यपुस्तक’, ‘बहुवचन’, ‘पढ्नुहोस्’ जस्ता शब्दमा पदयोग गरिएको छ । तर, कक्षा ११ को पाठ्यपुस्तकमा ‘लक्ष्मी प्रसाद देवकोटा’, ‘पाठ्य पुस्तक’, ‘बहु वचन’, ‘पढ्नु होस्’ जस्ता शब्दहरू पद वियोग गरेर लेखिएको छ र सोही अनुसार पठनपाठन गर्ने गरिएको छ । साथै ‘फूल’ र ‘फुल’ दुवैलाई ह्रस्व अर्थात् ‘फुल’ नै लेखिएको छ । समान खालका शब्दहरूमा कुनै चिन्ह प्रयोग न गरी (साना–साना) लेखिएको छ । ह्रस्व, दीर्घका नियमहरू, पदयोग र पदवियोगका नियमहरू स, ष, श, छ, क्ष जस्ता नियमहरू परिवर्तन गरिएको छ । कक्षा १० सम्म एउटा नियम र कक्षा ११ मा पुग्दा चाहिँ अर्कै नियम पढाउनु पर्दा त्यस्ता शिक्षकप्रति विद्यार्थीको हेर्ने दृष्टिकोण कस्तो होला ? यी दुईमध्ये व्याकरणको कुन चाहिँ नियम सही हो ?
अर्जुनबहादुर लामिछाने
काफलचौर उमावि, दुर्लुङ–८, पर्वत

पाविकेले सच्याओस् !

पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा प्रकाशित कक्षा ९ को नेपाली पाठ्यपुस्तकको पेज नं. ६ मा ‘क्रिया’ शीर्षकमा दिइएको अकर्मक क्रियापदको तेस्रो उदाहरण गल्ती छ । जसमा लेखिएको छ, “उषा भाइलाई चुट्किला सुनाउँछिन् ।” अकर्मक क्रियाले एउटा पनि क्रियाको अपेक्षा गर्दैन भनेर सैद्धान्तिक अध्ययन/अध्यापन गर्ने शिक्षक–विद्यार्थी दुवैलाई यसले अप्ठ्यारोमा पारेको छ । ‘के’ वा ‘कसलाई ’ भन्ने दुवै प्रश्नको उत्तर आउने द्विकर्मक क्रिया अकर्मकमा राखिएकाले यो समस्या परेको हो । पाविकेले यस्ता गल्ती सच्याउन सक्यो भने मात्र उसले बनाएका पाठ्यपुस्तकहरू विश्वसनीय र स्तरीय मानिन सक्ने छन् ।
गीता कोइराला, नेपाल राष्ट्रिय उमावि
हरैया–१, रघुनाथपुर, बारा

‘दिवास्वप्न’ पाइएन

मैले यसभन्दा पहिले पनि लेखेको थिएँ । फोन पनि गरे तर उपलब्धिमूलक भएन । अहिले पनि दुई महिना भइसक्यो–गिजुभाईको दिवास्वप्न पुस्तक खोजेको तर आउनै सकेको छैन भन्ने प्रतिक्रिया पाएँ । सिन्धुलीमा दिवास्वप्न नआउने पो कि चिन्ता लागिरहेको छ । त्यो पुस्तक कहिलेसम्ममा आउने हो ?
अशोक कुमार थिङ, मझुवा–४, सिन्धुली
(अशोकजी, सिन्धुलीका पाठक तथा बिक्रेताले प्रक्रिया पुर्याएर आग्रह न गरे सम्म दिवास्वप्न आफैं त्यहाँ आइपुग्दैन । यसर्थ, दिवास्वप्न ल्याउनको निम्ति नजिकको पुस्तक/पत्रिका बिक्रेतालाई आग्रह गर्नु होस् । तपाईं एक जनाको आग्रहलाई बिक्रेताले महत्व नदिन पनि सक्छन् । यस्तो बेलामा साथीहरूलाई पनि आग्रह गर्न भन्नुहोस् । धेरै जनाले खोज्न थालेपछि दिवास्वप्न उपलब्ध गराउन बिक्रेता आफैं तत्पर हुनेछन् । –सं.)

दिवास्वप्न पढेपछि दुई पटक अश्रु वर्षा

विगतमा तिकडम मात्र जान्ने तर कुनै विषय—शीर्षकै नबुझी किन्न निर्देशन गर्ने हाकिम सा’पबाट उपलब्ध पुस्तक त पढिए भने अहिले त पढाइ–लेखाइमा रराम्रो हैसियत राख्ने अभिभावक नयाँ (जिशिअ) सरबाट आफूले अध्ययन गरिकन उपलब्धगराइएको पुस्तक दिवास्वप्न किन नलिने ? किन नपढ्ने ? त्यसैले हतारोमै लिइयो; चटारोमै पढियो दिवास्वप्न । रचना साहित्यै हो, रचनै हो भन्ने पक्कापक्की थाहा छ तर अध्ययन गर्दा यथार्थमै र आफैंले घटनास्थलमै भोगेको महसुस हुन्छ । त्यसो हुँदा सो पुस्तक पढ्ने क्रममा दुई पटक अश्रु वर्षा भयो । पहिलो पटक; शङ्कर सरलाई नटेर्ने शुरूका विद्यार्थी पछि पिरोल्न छोड्ने भएको अवस्थामा । दोस्रो पटक; रराम्रो शिक्षण गर्ने , रराम्रो व्यवहार गर्ने शिक्षकलाई शिक्षा अधिकारी ले बोलाएर सँगै चिया–खाना खाएको भन्ने वाक्य पढ्दा । त्यस्तो पनि हुँदोरहेछ; त्यस्ता पनि शिक्षा अधिकारी हुँदारहेछन् भनी मन थाम्नै सकिएन ।
गंगा पौडेल, स्रोतव्यक्ति, सिन्धुपाल्चोक

मन परयो

प्राथमिक तहका विद्यार्थीलाई विभिन्न विषय रचनात्मक र रोचक विधिले पढाउन सकिने सन्देश रहेको दिवास्वप्न पुस्तक मलाई निकै मन परयो । विद्यार्थीमैत्री शिक्षणशैली भयो भने विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ । तर अनुशासन र सिकाइका लागि अझै पनि विद्यार्थीलाई मान सिक र शारीरिक दण्ड–सजाय दिने क्रम घटेको छैन । पुरानै सुगारटाइ गराउने शिक्षण विधिबाट शिक्षकहरू मुक्त हुनसकेका छैनन् । दिवास्वप्न सबै शिक्षकहरूका लागि एउटा रराम्रो साथी बन्नेछ र पुस्तकको अध्ययनपछि बालमैत्री गुणस्तरीय शिक्षाबारे उहाँहरूको बुझइ र व्यवहारमा पनि परिवर्तन आउनेछ भन्ने मेरो आशा छ । यसर्थ, म सबै शिक्षकहरूलाई यो पुस्तक अध्ययनका लागि आग्रह गर्न चाहन्छु ।
मोहन दङ्गाल
बालअधिकार कार्यक्रम संयोजक
चाइल्ड नेपाल, चाबहिल, काठमाडौं


शिक्षक आफ्नो कामप्रति कति जिम्मेवार बन्नु पर्छ भनेर एउटा पाठ सिकाएको छ दिवास्वप्न ले । हामी शिक्षकहरू यति लगनशील र समर्पित कहिल्यै बन्न सक्दैनौं किनकि हामीमा त्यो अभ्यास नै छैन । दिवास्वप्न मा शङ्कर सरको कलात्मक शिक्षणविधिले नयाँ रङ ल्याइदियो । हो, प्राथमिक तहमा अध्यापन गरेर विद्यार्थीलाई सन्तुष्ट पार्नु फलामको चिउरा चपाउनुसरह हो । सिर्जनशील, उत्साही अनि बालमनोविज्ञान बुझने र जान्ने शिक्षकका लागि भने त्यो त्यति कठिन नहोला । आशागरौं दिवास्वप्न को प्रभाव समयगतिमै फैलनेछ ।
प्रदीप बस्नेत,गोल्मादेवी मावि
जीतपुर, कदमवास–३ सिन्धुपाल्चोक

६०० स्कूलमा दिवास्वप्न

जसरी रोपिएका सबै फसललाई कृषकले राख्दैनन्–छाँट्छन्, त्यसै गरी जस्तोसुकै प्रयोगबाट पनि परिवर्तन नहुने दिवास्वप्न को विद्यार्थी राघव ठाकुरको छोरो जसरी पढाइका लागि जन्म लिएको होइन त्यसै गरी कतिपय हामी शिक्षक पनि शिक्षक हुनका लागि जन्म लिएका होइनौं । यो हराम्रो वास्तविकता हो । शिक्षक संवेदक, खोजकर्ता, उत्साही हुनुपर्दछ । परीक्षाको सन्त्रासमा अक्षरीकरण विधितर्फ जानुहुँदैन । विद्यालयलाई निस्पन्दन, नीरस र प्राणविहीन तुल्याउनुहुँदैन । विद्यालय भय, भ्रम, झन्झ्ट र सजायको कारावास तुल्याउनुहुँदैन । शिक्षकले चाहेमा गर्न सक्छ । तर शिक्षक हुनुपर्छ– शङ्कर सर हुनुपर्छ ।

यतिबेला सिन्धुका ६०० बढी विद्यालयहरूमा दिवास्वप्न पुगेको छ । भनूँ– शिक्षा अधिकारी गेहनाथगौतमले शैक्षिक उत्थान र वास्तविक शैक्षिक रणसंग्राममा श्रीकृष्णरुपी दिवास्वप्न पुर्याइदिएका छन् । अतः गीता अध्ययनगरौं र अर्जुन बनौं–शङ्कर सर बनौं । कलियुगको यो कालमोहरीमा पनि शिक्षक र शिक्षण कलामार्फत्गीतापान गराउने लेखकगिजुभाई, नेपाली अनुवादक शरच्चन्द्र वस्ती, सम्पादन गर्ने राजेन्द्र दाहाल, प्रकाशन गर्ने शिक्षक मासिक र ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्था लिमिटेड सबै सादर सम्मान का भागीदार छन् ।
अमित घिमिरे
amurtaamit@gmail.com

‘लाइसेन्स जाँचमा चिटिङ’ (शिक्षक, चैत २०६८) मा फागुन १९ गते निमावि र २० गते मावि तहको परीक्षा भएको लेखियो । शिक्षक सेवा आयोगले लागू गरेको यो अध्यापन अनुमति पत्रको परीक्षा मावि तहको १९ गते मैले पनि दिएको छु । त्यसकारण मेरो जिज्ञासा छ—सप्तरी र रोल्पाको परीक्षा फरक–फरक समयमा भएको हो ?
धन केसी, सुलिचौर, रोल्पा

commercial commercial commercial commercial