यसरी शुरु गरौं नयाँ सत्र

यसरी शुरु गरौं नयाँ सत्र

नयाँ वर्षसँगै नेपालमा शैक्षिक सत्र पनि शुरु भएको छ । सरकारले यो समयलाई ‘विद्यालय स्वागत कार्यक्रम’का रूपमा घोषणा गरेको छ । यो कार्यक्रमको मूल उद्देश्य देशका सबै बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने नै हो ।

बालबालिकालाई कक्षाकोठासम्म ल्याउनका लागि वर्षको एक पटक अभियान सञ्चालन गरेर मात्र पुग्दैन । विद्यालय आइसकेका बालबालिकालाई शैक्षिक सत्रको पूरा अवधिसम्म कसरी टिकाउने भन्ने चुनौती तर्फ पनि ध्यान दिनु जरुरी छ । एक शैक्षिक सत्रभर १९२ दिन विद्यालय खुल्नुपर्छ । कक्षा १ देखि ३ सम्म ८१६ घण्टा पढाइनुपर्छ भने सोभन्दा माथिकालाई एक हजार घण्टा । यस निम्ति तोकिएका सबै दिन विद्यार्थीहरू कक्षामा आउनुपर्छ । विद्यार्थीहरू किन पूरै समय विद्यालयमा आउन सक्दैनन् र आउँदैनन् ? आएकाहरू किन टिक्दैनन् ? भन्ने सवाललाई शिक्षकहरूले विशेष रूपमा मनन् गर्नु पर्ने हुन्छ ।

शिक्षक साथीहरूलाई बल पुरयाउने गरी हामीले गर्दै आएका केही अनुभव र उपायहरू बाँड्न चाहन्छौँ । ‘विद्यालय स्वागत अभियान’ भन्नुहोस् वा क्रियाकलाप – यो पूरा गरे पछि एउटा शिक्षकले एउटा कक्षा जिम्मा लिनुहोस् । सम्भव भएसम्म कक्षा १ देखि ३ सम्म कक्षा शिक्षणको अभ्यास गर्नु होस् । त्यति गर्न नसके पनि एक हप्तासम्म विद्यार्थीलाई भयरहित वातावरण तयार गर्ने , विद्यार्थीका अपेक्षालाई बोध गरेर सिकाइ क्रियाकलाप मा सहजीकरण गरिदिने र विद्यालयमा बालमैत्री वातावरणको तयारी जस्ता क्रियाकलाप लाई प्राथमिकतामा राख्नुहोस् । यसको उद्देश्य विद्यार्थीलाई विद्यालयमा रमाइलो अनुभव गराउनु हो । यसले तिनलाई स्कूल सधैं आउनुपर्ने रहेछ र शिक्षकसँग आफ्नो कुरा निर्धक्क भन्नुपर्दोरहेछ भन्ने कुरा को बोधगराउँछ । यस्ता क्रियाकलाप को केही नमूना तल चर्चा गरिएको छ ।

कक्षामा विद्यार्थी र अभिभावकको स्वागतः यो क्रियाकलाप का निम्ति विद्यार्थीमार्फत तिनका अभिभावकलाई विद्यालयमा आउन खबर गर्नु होस् । कक्षामा अभिभावक र विद्यार्थीलाई सँगै राख्नुहोस् । कक्षा शिक्षकले उनीहरूलाई अबिर, टीका, फूल, माला, आदिले स्वागत गर्नु होस् । विद्यार्थी र अभिभावकबीच परिचय गराउनु होस् । कक्षामा आइदिनुभएको मा धन्यवाद दिनुहोस् । बालबालिकालाई सधैं आउनुपर्छ भन्न बिर्सनुहुँदैन । यसबाट अभिभावक र विद्यार्थीले विद्यालयमा आफूले सम्मान पाएको अनुभूति गर्छन् । यसले उनीहरूमा विद्यालयप्रति सकारात्मक सञ्चारगराउँछ । अभिभावक र विद्यार्थीलाई समय–समयमा यसरी नै स्वागत गरिरहनु स्कूलको हितमा हुन्छ ।

कक्षा बैठकः कक्षा शिक्षकले विद्यार्थीलाई राखेर कक्षा बैठक गराउनु पर्छ । बैठकमा विद्यार्थीलाई कक्षाको समयबारे जानकारी गराउनु होस् । विद्यार्थीसँगै बसेर कक्षाको नियम बनाउनुहोस् । कक्षामा विद्यार्थीले गर्ने कार्य–तालिका (जब चार्ट) बनाउनुहोस् । एक हप्ताका लागि काम पनि तोकिदिनुहोस् । विद्यार्थीसँग प्रत्येक हप्ता बैठक गर्नु होस् । त्यो बैठकमा कक्षाका नियमहरू पालना भए/नभएको , गरे /न गरेको बारे पर्याप्त छलफल गराउनु होस् । ताकि बालबालिकालाई विस्तारै आफूले अठोट गरेको कुरा पूरा गर्नु पर्छ भन्ने भावनाको विकास गराओस् ।

कक्षाका नियमलाई पालनाका निम्ति बढीभन्दा बढी छलफल गर्दै ‘अब गर्छौं’ भन्ने प्रतिबद्धता विद्यार्थीबाट लिनु जरुरी हुन्छ । आवश्यक भए अरू केही नियम थप्नुहोस् । अघिल्लो हप्ता कुनै कार्यको जिम्मेवारी पाएका विद्यार्थीलाई तिनका कार्यबारे अनुभव सुनाउन लगाउनुहोस् । सुनिसकेपछि ‘धन्यवाद !’ भन्नुहोस् । त्यस्तै जिम्मेवारी अन्य विद्यार्थीलाई पनि दिनुहोस् । यसरी प्रत्येक हप्ता कक्षा बैठक गरेर कक्षाको समय, नियम र जिम्मेवारीप्रति अभ्यस्त गराउनु होस् । यसले सिकाइ प्रक्रियालाई सहज तुल्याउँछ । विद्यार्थीलाई कक्षामा नियमित उपस्थितिका निम्ति प्रेरितगराउँछ । साथै आफ्नो जिम्मेवारी आफैंले पूरा गर्नु पर्छ र सकिन्छ भन्ने कुरा को आत्मबल समेत पैदा गर्छ ।

कक्षाका सामग्री चिनाउनेः कक्षाकोठामा जे जति शैक्षिक सामग्री छन्, एक–एक गरेर तिनको परिचय दिनुहोस् । तिनको प्रयोजन पनि खुलाइदिनुहोस् ।

विद्यालयको वातावरणसँग परिचित गराउनेः कक्षा १ र २ का बालबालिकालाई विद्यालय हाताभित्रका कक्षाकोठा, अफिस कोठा, खेल मैदान, शौचालय, खाननेपानी, पुस्तकालय आदिको अवलोकनगराइ तिनको चिनारी दिनुहोस् । प्रयोग गर्ने तरीका पनि सिकाउनु होस् । जसले बालमस्तिष्कमा उठेका धेरै जिज्ञासाको समाधान त गर्छ नै, प्रयोगका ज्ञान/सीप समेत दिलाउँछ । जस्तो कि; शौचालय प्रयोग गर्न सिक्छन् । कक्षाकोठा सरसफाइ गर्न, खाननेपानी प्रयोग गर्न, लाइनमा हिँड्न र अन्य धेरै व्यवहार सिक्छन् ।

खेल,गीत, कथा, नाटक र अभिनयः विद्यार्थीलाई विभिन्न खेल खेलाउनुहोस् । खेलहरू सिकाइमा आधारित भए अझ् रराम्रो हुन्छ । उनीहरूसँगै आफू पनि बालगीतगाउनुहोस् । कथा सुनाउनुहोस् । नाटकमा अभिनय गर्न सिकाउनु होस् । यस्ता क्रियाकलाप लाई विद्यार्थीले धेरै मन पराउँछन् । यसलेरूचि पनि ज गाउँछ । दिवास्वप्न कागिजुभाईले पनि यस्तै गतिविधि गरेर सफल भएका हुन् ।

आमा बैठकः सानो कक्षाका विद्यार्थीमार्फत आमाहरूलाई स्कूलमा बोलाउनुहोस् । आमा र नानीलाई कक्षामा सँगै राख्नुहोस् । आमाप्रति लक्षित गर्दै नानीहरूलाई केही कुरा भन्नुहोस् । जस्तै, तिमीहरू सधैं स्कूल आउनुपर्छ, सफा भएर आउनुपर्छ । ‘सफा गरिदिनुस्’ भनेर आमालाई भन्नुपर्छ । ‘खाजा राखिदिनुस्’ भन्नुपर्छ आदि । यसो गरिरहँदा आमाहरूलाई पनि आफ्ना बच्चाको निम्ति गर्नु पर्ने जिम्मेवारीको बोधगराउँछ । आमाहरूलाई मात्र राखेर अभिभावकको आचारसंहिता बनाउनुहोस् । कक्षा शिक्षकले अभिभावकको आचारसंहितालाई कक्षामा सबैले देख्ने गरी लेखेर टाँस्नुहोस् । केही बुँदामा आमाहरूलाई मञ्जुर गराए र मासिक बैठक गर्ने निर्णय गराउनु होस् । अर्को बैठकमा ती बुँदाहरूबारे समीक्षा गर्दै जानुहोस्, आवश्यक भए अरू बुँदा पनि थप्नुहोस् । बालबालिकाको सिकाइ उपलब्धि फाइलहरू तिनका अभिभावकलाई हेर्न दिनुहोस् । तिनका नानीको सिकाइ अवस्था जानकारी दिनुहोस् ।

भर्ना तथा स्वागत सकिएपछि का शुरूको एक हप्तामा गर्न सकिने क्रियाकलाप का यी केही नमूना हुन् । आफ्नो आवश्यकता अनुसार यस्तै अन्य क्रियाकलाप पनि छनोट गर्न सकिन्छ । यति गर्न सकियो भने विद्यार्थीको नियमित उपस्थिति र कक्षा टिकाउ दरमा बढोत्तरी गर्न सकिन्छ । सामाजिक संस्कार र मूल्य–मान्यताको विकास गराउँछ । आफ्ना लागि आफैंले नियम बनाउने, पालना गर्ने , जिम्मेवार हुने, जवाफदेही हुने, सिकेका कुरा व्यवहारमा पनि रूपान्तरण गर्दै जाने बानीको विकास गराउन सक्छ । यसो गरिरहँदा ज्यादा महत्वाकांक्षी पनि नहुनुहोस् । हतारमा तुरुन्तै उपलब्धि पाउने आशा न गर्नु होस् । एक, दुई वा तीन वर्षसम्म अथक् प्रयास गर्ने हो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं ।
(पवन अधिकारी र युवराज लौडारीद्वारा लिखित बालकेन्द्रित क्रियाकलाप को सँगालो बाट साभार र सम्पादित ।)

commercial commercial commercial commercial