शिक्षक संघको प्रतिनिधिसभा

नेपाल शिक्षक संघको १६औं राष्ट्रिय प्रतिनिधि भेलाले आफ्ना सदस्यहरूलाई छात्रछात्राको गुणस्तरीय शिक्षा हासिल गर्न पाउने हकप्रति जिम्मेवार हुन अपील गरेको छ । २८ चैत २०६८ मा दाङको घोराहीमा सकिएको सो सभाले संघमा आवद्ध सदस्य शिक्षकहरूलाई समयमा स्कूल गएर पठनपाठन गर्न, पाठ्यपुस्तकको अभाव भए पाठ्यक्रममा आधारित शिक्षण गर्न, स्कूलमा छात्रछात्रामैत्री हुन र विद्यालय हाताभित्र गैर शैक्षिक क्रियाकलाप न गर्न आग्रह गरेको छ ।

सभाले २ चैत २०६८ मा शिक्षा मन्त्रालयसँग भएका सहमतिहरू कार्यान्वयनमा दबाब दिन संघको केन्द्रीय तथा स्थानीयस्तर को नेतृत्वलाई आह्वान गरेको छ ।

२५ चैतमा शुरू भएको भेलामा ३५० जना सहभागी थिए । उद्घाटनपछि को बन्दसत्रमा संघका अध्यक्ष मोहन ज्ञवालीले मुलुकको राजनीतिक अस्थिरताले शिक्षा क्षेत्रमा पारेको असर, वरिष्ठ उपाध्यक्षगोविन्दप्रसाद न्यौपानेले समुदायमा विद्यालय हस्तान्तरण, उपाध्यक्ष इन्दिरा सापकोटाले बालिका शिक्षा, महिला शिक्षक र शिक्षामा लैङ्गिक समान ता विषयक कार्यपत्र पेश गरेका थिए । त्यस्तै संघका महासचिव केशव निरौलाले साङ्गठनिक प्रतिवेदन र उपमहासचिव राजेन्द्रराज पौडेलले विद्यालय शान्ति क्षेत्र घोषणाको कार्यान्वयन अवस्था बारे कार्यपत्र पेश गरेका थिए ।

commercial commercial commercial commercial