लाइसेन्स जाँचमा चिटिङ

शिक्षक सेवा आयोगले १९ र २० फागुनमा सञ्चालन गरेको अध्यापन अनुमति पत्रको परीक्षामा निमावि तहका लागि १ लाख ५५ हजार ५८१ र मावि तहका लागि ३३ हजार ९१० जना परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ । सबै जिल्ला सदरमुकामहरूमा सञ्चालन भएको सो परीक्षामा ‘भविष्यका शिक्षक’हरूले व्यापक चिटिङ गरेका खबर सार्वजनिक भए । यसै प्रसङ्गमा सप्तरीको राजविराजमा सञ्चालित शिक्षण लाइसेन्स परीक्षालाई नजिकबाट नियालेका पत्रकार श्रवण देव लेख्छन्–
१९ र २० फागुन २०६८ मा सप्तरीको राजविराजमा सञ्चालित निमावि र मावि तहको शिक्षण लाइसेन्सको जाँचमा व्यापक चिटिङ भएको छ । भविष्यमा शिक्षक हुने आकाङ्क्षा लिएर लाइसेन्स परीक्षामा सामेल वयस्क परीक्षार्थीहरूले किताब,गाइड रगेस पेपरको सहारा लिएका थिए । परीक्षामा सोधिएका प्रश्नको उत्तर चिटिङ गरेर लेख्नेहरू शिक्षक बनेपछि विद्यार्थीलाई कस्तो शिक्षा देलान् ? अहिले राजविराजका चिया पसलमा यस्तै प्रश्नमागफगाफ हुने गरेको छ ।

१९ फागुनमा निमावि र २० फागुनमा मावि तहको लागि परीक्षा सञ्चालन भएको थियो । दुवै दिन चिटिङ गर्ने केही परीक्षार्थी पक्राउ परे; तथापि चिटिङ भने रोकिएन । राजविराजको केशो अनिरुद्धवती मावि परीक्षा केन्द्रका परीक्षागार्डले खुलेआम चिटिङ भएको तर बाहिर जोखिम मोल्नुपर्ने त्रासका कारण आफू चुप लागेको बताए ।

सप्तरीका जिशिअ दोलराज पाण्डेले परीक्षालाई मर्यादित प्रयास गरे पनि पूरै मर्यादित बनाउन नसकिएको धारणा राखे । पहिलो दिन चिटिङ गर्ने एक दर्जन र दोस्रो दिन १७ जनालाई निष्कासन गरिएको थियो । तैपनि शिक्षा अधिकारी सहितको जाँच अनुगमन टोली केन्द्र बाहिर जानेबित्तिकै पुनः चिट शुरु हुन्थ्यो । परीक्षा अनुगमन गर्न गएका माधव चौधरीले चिट खोसिएपछि परीक्षार्थीहरू घण्टौंसम्म मुखामुख गरेर बसेको बताए ।

१७ वटा परीक्षा केन्द्र तोकिएको सप्तरीमा निमावि तहमा ५ हजार ४ सय र मावि तहमा ७२० जनाले शिक्षण अनुमतिपत्रको परीक्षा दिएका छन् । परीक्षा दिने धेरै प्रअ, शिक्षक र स्कूल व्यवस्थापन समितिका पदाधिकारीको परिवारका सदस्य तथा आफन्त छन् ।

commercial commercial commercial commercial