‘जङ्क–फूड’ बन्द गरौं स्कूलमै खाजा बनाऔं
मेरो दृष्टिमा स्कूलमा ‘जङ्क–फूड’ माथि त प्रतिबन्ध नै लगाउनुपर्छ । खाजा त स्कूलमै बनाउनुपर्छ । स्कूलले नै व्यवस्थापन गर्नु पर्छ । यो भन्दा उत्तम विकल्प अर्को छैन ।
मैले बालरोग विशेषज्ञको रूपमा अनुभव बटुलेको पनि साढे तीन दशक नाघ्यो । यो अवधिमा नेपालमा बाल स्वास्थ्यमा ठूलो प्रगति भएको छ । तर बालबालिकाको पोषण, स्वास्थ्यको अवस्था अझै पनि सन्तोषजनक छैन । बालस्वास्थ्यको दृष्टिमा हामी अझै सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेका छौं । शहरको जीवनशैली विस्तारै बदलिन थालेको छ । खानाको संस्कृति विस्तारै फेरिँदैछ । तर त्यो रराम्रोभन्दा नरराम्रो दिशामा गइरहेको छ । मकै–भटमास जस्ता पोषणयुक्त खानेकुरा को ठाउँ चाउचाउ जस्ता कमजोर ‘फाष्टफुड’ले लिन थालेका छन् ।
शहरमा तनाव र व्यस्तता बढेको छ । बच्चालाई दिने पर्याप्त समय छैन । सन्तुलित भोजन दिन पैसा पुग्दैन । धेरै आमाहरूलाई बच्चालाई कस्तो खानेकुरा खुवाउने भन्ने जानकारी अझै पुगेको छैन । खानपिनको समस्या दुई किसिमको हुन्छ । एउटा, जुन हिसाबले बच्चाले खानुपर्ने हो, त्यो नखाने । अर्को, आमाले खुवाएको खानामै समस्या । आमालाई नै थाहा छैन कि कुन खानामा के तŒव हुन्छ र के खुवाउँदा पोषण र स्वास्थ्य दुवैको दृष्टिबाट फाइदाजनक हुन्छ ।
६ महिनाकै उमेर देखि बच्चालाई खानामा रराम्रो बानी बसाउनुपर्छ । बच्चाले त जे पायो, त्यही खाइदिन्छ । त्यसैले ठूला मानिसले बच्चालाई सही समयमा सही खाने कुरा खुवाएर बानी बसाउनुपर्छ । सामान्यतया पाँच–छ महिनाको उमेरको बच्चालाई हामी लिटो खुवाउँछौं । अझ् शहरतिर त चामलको भातमा दाल मिसाएर बनाएर पनि खुवाउने चलन छ ।
पाँच महिना पुगेपछि साधारणतया कुनै पनि बच्चाले जिब्रो चलाउन थाल्दछ । जिब्रो चलाउँदा हामीले लिटो राखिदियौँ भने उसको मुखमा ¥याल आउँछ । जिब्रोले लिटो र ¥याललाई घुलन गर्द छ र स्वाद लिएर त्यसलाई निल्दछ । तर हामी ६ महिनामा पनि बच्चालाई ठोस पदार्थ खुवाउन थाल्दैनौं । खानाको बानी त्यहीँबाट बिग्रन शुरु हुन्छ । लिटो वा जाउलो जति पातलो भयो, बच्चाले उति नै बढी ओकलिदिन्छ । खान गाह्रो भयो भनेर आमाले दाल वा झेल हालेर लिटोलाई झन् पातलो बनाइदिन्छिन्, जुन गर्नु नै हुने थिएन ।
पाँच देखि सात महिनाको बच्चालाई स्याउ,गाँजर, केरा, आदि फलफूलको लेदो बनाएर खुवाउनुपर्दछ । चिसो हुन्छ भन्नेगलत धारणा समाज मा व्याप्त भएकाले हामी बच्चालाई फलफूल हत्तपत्त खुवाउँदैनौं । ६ महिना पुगिसकेपछि बच्चाले बसेर मात्र खानुपर्दछ । प्रकृतिले नै त्यस्तो मेसो मिलाएको हो । तर हामी बच्चालाई बसाएर होइन, त्यसको ठीक उल्टो सुताएर मात्र खाना खुवाउँदछौं । सुतेर खान मान्दैन बच्चा । तर हामी उसलाई अँठ्याएर खुवाउँदछौं । जबरजस्ती खान कसलाई मन पर्छ र ? बच्चा छट्पटाउँछ, या त उल्टी गर्न थाल्छ । अनि आमाले बच्चालाई कम्मरमा बोकेर डुलाउन थाल्छिन् । ‘ल बाबु ! ऊ त्यो हेर, यो हेर’ भनेर वरपरको दृश्य वा सामान देखाउँछिन् । बच्चा पनि रमाइलो मानेर हेर्न थाल्दछ । त्यही मौका छोपेर आमा बच्चाको मुखमा खानेकुरा राखिदिन्छिन् । झुक्याएर खुवाएको बच्चालाई मन पर्दैन ।
आठ महिनाको नानीलाई अण्डाको पहेंलो भाग, माछा, मासु, दही, तोफु जस्ता प्रोटिन खानेकुरा हरू खुवाउनु पर्दछ । खानेकुरा मा पनि ‘भेराइटी’ खोज्छ बच्चा । जसरी आँखाले नयाँ नयाँ कुरा देख्न मन पराउँछ, त्यसरी नै जिब्रोले नयाँ नयाँ स्वादका खानेकुरा खान मन पराउँछ । खानाको ‘भेराइटी’सित मष्तिष्कको विकास सोझै जोडिएको छ । जति बढी नयाँ नयाँ स्वादको खानेकुरा खान पायो, बच्चाको मष्तिष्क पनि त्यसरी नै विकास हुन्छ । तर हामी ८ महिनाको नानीलाई दूध र लिटो बाहेक अरू केही पनि खानेकुरा खुवाउँदैनौं । ९ महिनाको बच्चाले समातेर आफैं खाना खान खोज्छ । तर हामी चाहिँ मुखमा जुठो लाग्छ वा लुगामा खाना लागेर फोहोर हुन्छ भनेर आफैं खुवाइदिन्छौं । उसले आफैं खाना खान सिक्नबाट रोक्छौं । १० महिनाको नानीको आँखा, हात र मुख बीच रराम्रोसित समन्वय गर्न सक्ने भइसक्छ । तैपनि हामी बच्चालाई आफैं खान दिँदैनौं, आफैं खुवाउन उचित ठान्छौं ।
जब बच्चा स्कूल जान थाल्छ, फेरि समस्या थपिन थाल्छ । शहरी क्षेत्रमा रराम्रो स्कूल खोज्ने नाममा सानो बच्चालाई टाढा टाढाका स्कूलमा भर्ना गरिन्छ । त्यहाँ जान बस नै चढ्नुपर्छ । बिहानै साढे सात देखि साढे आठसम्ममा बस स्टपमा पुगिसक्नुपर्छ । बच्चा प्रायः सात बजेतिर उठिसक्छ । समय जम्माजम्मी आधा देखि एक घण्टा मात्र बाँकी रहन्छ । यो समयमा आमाले दुई, तीन कुरा खुवाउन खोज्छिन् । एक त उठ्ने बित्तिकै कसैलाई पनि खान मन लाग्दैन । उस माथि एक घण्टाको बीचमा दूध, बिस्कुट र खाना त खानै सक्दैन । बच्चाले खाना खान पनि फुर्सद पाउँदैन । ‘ए बाबु, ए नानी बस छुट्छ, छिटो खाऊ’ भनेर आमाले चर्को दबाब दिनुहुन्छ । विचरा बच्चा रुचि नलागे पनि कोची कोची खान बाध्य हुन्छ । त्यसरी खानु परेपछि स्वाभाविक रूपमा या त बच्चाको पेट दुख्छ, या त उसलाई खानेकुरा प्रति नै अरुचि पैदा हुन्छ । अन्ततः बच्चा भोकभोकै स्कूल जान बाध्य हुन्छ ।
आठ बजे स्कूल जानु छ भने बच्चालाई ६ बजे उठाउनुपर्छ । १५ मिनेटपछि एकगिलास दूधमा दुई चम्चा चिनी र एक चम्चा घिउ हालिदिनुपर्छ । एकगिलास दूध (२०० मिलि) मा १३० क्यालोरी हुन्छ । दुई चम्चा चिनीमा ४० क्यालोरी हुन्छ । एक चम्चा घिउमा ४५ क्यालोरी पाइन्छ । एकगिलास दूध मात्र खान दिँदा र चिनी र घिउ मिसाएर दिँदा कति ठूलो फरक पर्छ भन्ने कुरा यसैबाट छर्लङ्ग हुन्छ । बच्चालाई भात र तरकारी मन नपर्न सक्छ । हामीलाई मन परयो भन्दैमा बच्चालाई पनि रुच्छ नै भन्ने छैन । उसलाई सोधांै, ‘तिमी के खान्छौ बाबु ?’ उपलब्ध विकल्प रोजाऔं, जे रोज्छ, त्यही तयारगरौं । भात नखाएको दिन शहरमा भए ब्रेड वा गाउँतिर भए रोटीमा घिउ लगाइदिऊँ, चिनी राखिदिऊँ । एउटा अम्लेट बनाएर राखिदिऊँ । रराम्रो खाना तयार हुन्छ । कहिले हलुवा बनाएर पठाइदिऊँ । कहिले आलु तारेर पठाइदिऊँ त कहिले फलफूल पनि मिसाएर पठाइदिऊँ । हामी भात नखाएसम्म खाएकै मान्दैनौं । भात खाएर मात्र मोटाउने हो भने त युरोप अमेरिकाका मानिस त धेरै दुब्ला र पातला हुनुपर्ने हो नि ! यसको सोझे अर्थ हो, मानिसलाई भात होइन, क्यालोरी चाहिन्छ । खानेकुरा जे सुकै होस्, स्वस्थ भए पुग्छ ।
स्कूलबाट फर्केर आएपछि खाजा खान दिऔं । जसले उनीहरूको पेट पनि खाली नबनाओस्, अलिकति क्यालोरी पनि देओस् । घरमा कहिले मकै–भटमास त कहिलेगहुँको रोटी खाजाको रूपमा प्रयोग गर्न सकिन्छ । खानेकुरा मा जति बढी विविधता हुन सक्यो त्यति रराम्रो । किनभने हरेक खानेकुरा मा केही न केही नयाँ तत्व हुन्छ, जुन शरीरलाई आवश्यक हुन्छ ।
हामीले बच्चालाई स्कूलमा पठाएको खानेकुरा यस्तो हुनुपर्छ, जहाँ पोषण पनि पर्याप्त होस्, खान पनि सजिलो होस् । दुर्भाग्यबस हामीले यसमा पटक्कै चासो देखाएका छैनौं । त्यस्तै, आफूकहाँ आएका बच्चालाई खाने पर्याप्त समय र उचित वातावरण दिने दायित्व स्कूलको हो । तर हामी यहाँ पनि चुकेका छौं । हाम्रा स्कूलहरूले बच्चाले के खानेकुरा ल्याउँछन्, कसरी खान्छन् भनेर समेत कुनै वास्ता राख्दैनन् । यो ज्यादै नै दुः खद् कुरा हो । जबकि अभिभावकलाई रराम्रो खाजा पठाउन सल्लाह दिने काम र त्यसको अनुगमन गर्ने काम स्कूलको हो । निरक्षर र पोषणबारे सही जानकारी नभएका अभिभावकलाई शिक्षा दिने काम पनि स्कूलकै हो । विदेशतिर त बच्चाले के खान्छ भन्ने कुरा मा मात्र होइन, कसरी खान्छ भन्ने कुरा मा पनि चासो दिइन्छ ।
चाउचाउ खानै नहुने चाहिँ होइन । जापानीहरू चाउचाउ नै खान्छन् । त्यसैले चाउचाउ उद्योगले के के हालेर यो बनाएको छ र घरमा कसरी बनाइन्छ भन्नेमा भर पर्छ । सामान्यतया चाउचाउमा ‘अजिनोमोतो’ राखिँदैन । मसलामा मात्र राखिन्छ । चाउचाउ पकाउँदा मसला नहाले यसबाट धेरै हदसम्म जोगिन सकिन्छ । चाउचाउमा घिउ, सागपात, तरकारी हालेर फ्राइ गरेर पनि खान सकिन्छ । तर चाउचाउमा खासै क्यालोरी हुँदैन, त्यसैले कहिलेकाहीं स्न्याक्सको रूपमा खान हुन्छ, खानाको रूपमा हुँदैन । बिस्कुट पनि खानाको रूपमा खानुहुँदैन ।
हराम्रो देशमा खाना नमिलेर वा खाना कम खाएर वा खाना सम्बन्धी सचेतना नभएर झण्डै ५० प्रतिशत बालबालिकाहरू कुपोषणको सिकार भइरहेका छन्, जुन डरलाग्दो अवस्था हो । कुपोषित बच्चाको शारीरिक विकास अवरुद्ध भई कमजोर मात्र हुँदैन, उसको मष्तिष्कको विकास पनि राम्ररी हुँदैन । अतः कुपोषित बच्चाहरू सुस्त मनस्थितिका बन्न पुग्छन् । कार्बोहाइड्रेड मात्र होइन, प्रोटिन, आइरन र क्याल्सियम नपुगेर पनि बच्चालाई कुपोषण हुन्छ । दूधमा धेरै क्याल्सियम हुन्छ भने रातो मासु र सागमा धेरै आइरन पाइन्छ । स्कूल जाने नानीले दिनमा कम्तीमा ५०० एमएल दूध पिउनैपर्छ । आइरन या क्याल्सियम नपुगेका बच्चाको बौद्धिक क्षमतामा गम्भीर दुष्प्रभाव पर्छ । कैयन् आमाबाहरूको गुनासो हुने गर्छ, मेरो ठूलो छोरी टाठी छे तर कान्छी चाहिँ पढाइमा कमजोर । यस्तो गुनासो आयो भने सबैभन्दा पहिले हेर्नुपर्छ, बच्चाले पोषणयुक्त खानेकुरा पाएको छैन कि । शिक्षकले पनि कक्षामा कुनै विद्यार्थी कमजोर देखि यो भने सर्वप्रथम उसको पोषणको अवस्थामा ध्यान दिनुपर्छ । यदि पोषण रराम्रो पाएको छैन भने अभिभावकलाई चिठी लेखेरै पोषिला खानेकुरा खुवाउन अनुरोध गर्नु पर्छ । पोषणको अवस्था ठीक भएपछि अरू कुरा मा विचार पुर्याउनुपर्छ । आइरन कम भएमा बच्चाले पढाइमा मात्र होइन, अरु कुरा मा पनि ध्यान दिन सक्दैन । कुनै बच्चाले रराम्रोसित ध्यान दिएन भने शिक्षकले विचार गर्नु पर्छ, त्यो विद्यार्थीमा कतै आइरनको पो कमी छ कि ! रातो मासु नखाई शरीरलाई चाहिने आइरन तत्व पुग्दैन । जो बच्चा शाकाहारी छन्, तिनले त आइरन चक्की नै खानुपर्दछ । अतः स्कूलले त्यस्ता बच्चाका लागि आइरन चक्कीकै व्यवस्था गर्नु पर्छ ।
स्कूलको पाठमा पोषणबारे रराम्रो विषयवस्तुको व्यवस्था गरिएको छ, तर त्यसलाई व्यवहारमा बुझाउने गरी अभ्यास छैन । फलस्वरुप नयाँ पुस्तालाई यसबारे सही ज्ञान र प्रवृत्तिको निर्माण गर्न सकिएको छैन । स्कूलमा अभिभावक दिवसमा बच्चाहरूले आ–आफ्ना क्षमता प्रदर्शन गर्ने दिनको रूपमा मात्र मनाइन्छ । वास्तवमा त्यो दिन बच्चाको खाना, स्वास्थ्य र व्यवहारका बारेमा खासै चर्चा हुँदैन । स्कूलले नैगाइड गर्ने हो अभिभावकलाई । किनकि चेतना भएका, पढेलेखेका मानिस नै शिक्षक हुने हुन् । अभिभावक त निरक्षर पनि छन् नि ! अझ् एक कदम अगाडि बढेर भन्ने हो भने स्कूलले जीवनोपयोगी सीपहरू पनि सिकाउन सकेको छैन । यो विषयले स्कूलमा सघन रूपमा प्रविष्टि पनि पाएको छैन । यो सीप दिन हाम्रा स्कूलले अब ढिलाइ गर्नु हुँदैन ।
गाउँघरका बच्चाहरू एक–डेढ घण्टा हिँडेर स्कूल पुग्छन् । तिनले ख खाजा बोकेर गएका हुन्छन्, न स्कूलमा खाजा खुवाइन्छ । भएको २–४ रुपैयाँ चकलेट, बिस्कुट, चाउचाउ जस्ता ‘जङ्क–फूड’मा खर्च गर्छन् । तैपनि स्कूल देखे–नदेखे झै गर्छ । मेरो दृष्टिमा स्कूलमा ‘जङ्क–फूड’ माथि त प्रतिबन्ध नै लगाउनुपर्छ । र, अभिभावकलाई यसबारे जागृत तुल्याउनुपर्छ । दुई तीन महिनामा एक पटक स्कूलमा बोलाएर शिक्षकहरूले उनीहरूलाई शिक्षा नै दिनुपर्दछ । त्यसपछि अभिभावक पनि आफ्नो बच्चाको स्वास्थ्यप्रति सजग हुन्छन् र स्कूलमै स्वस्थकर खाजा पकाएर खुवाउने न्यूनतम पैसा तिर्नु तयार हुन्छन् । खाजा त स्कूलमै बनाउनुपर्छ । स्कूलले नै व्यवस्थापन गर्नु पर्छ । यो भन्दा उत्तम विकल्प अर्को छैन ।
प्रस्तुतिः सुदर्शन घिमिरे



