पानैपिच्छे हेलचेक्र्याईं !
देशमै सबैभन्दा बढी वार्षिक बजेट (रु.६५ अर्ब+) खर्च गर्ने शिक्षा मन्त्रालय सार्वजनिक विद्यालयका विद्यार्थीलाई शब्द र वाक्य शुद्धसँग छापिएका पाठ्यपुस्तक उपलब्ध गराउन पनि असक्षम हो ? मन्त्रालय र त्यस मातहतका निकायको तारतम्यमा पूर्वाञ्चलमा बिक्री–वितरण गरिएका पाठ्यपुस्तकको कागज र छपाइको स्तर त पत्रु छँदै थियो, यता आएर प्रुफ नै नसच्याइएका अशुद्धि र त्रुटि नै त्रुटिले भरिभराउ पुस्तक भेटिन थालेका छन् । पाठ्यपुस्तकका त्रुटि हेर्दा, यी किताबका पाठहरू टाइप गर्न पनि सिकारु व्यक्तिलाई मात्र लगाइएको र प्रुफ रिडिङका निम्ति छुट्याइएको बजेट अरू नै कसैले खाएको अनुमान गर्नु पर्ने हुन्छ ।
लाखौँ बालबालिकाको भविष्य निर्माणसँग जोडिएका आधारभूत पाठ्यपुस्तकको तयारी र छपाइमा भएको यो स्तर को नाङ्गो भ्रष्टाचार एवं हेलचेक्र्याइँप्रति शिक्षाका तहगत निकाय र तिनका पदाधिकारीहरूको बेवास्ता आफैँमा बुझनिसक्नु छ । यहाँ विभिन्न तीन जिल्लाका शिक्षकहरूले पठाउनुभएका पाठ्यपुस्तकका त्रुटि सम्बन्धी विवरण जस्ताको तस्तै छापिएको छ ।

(ग)
यसै गरी ‘अशुद्ध पाठ्यपुस्तक कति पढाइरहनु पर्ने ?’ शीर्षक अन्तर्गत श्री दुर्गा मावि, इटहरा, मोरङका नेपाली विषयका शिक्षक जीतबहादुर कटुवालले कक्षा ८ कै नेपाली पुस्तकमा रहेका त्रुटि औँल्याउँदै लेख्नुभएको छः
“भाषा पाठ्यपुस्तक आफैँमा आदर्श शिक्षण सामग्रीसमेत भएको ले यो शुद्ध हुन नितान्त आवश्यक छ । तर अहिले विद्यालय तहमा पढाइ हुने सरकारी पाठ्यपुस्तक शुद्धताका दृष्टिले निकै कमजोर देखिन्छन् । त्यसमा पनि सरकारले सरकारी पाठ्यपुस्तकलाई निजी क्षेत्रका प्रकाशन संस्थालाई प्रकाशन गर्न अनुमति दिन थालेपछि यस प्रकारका त्रुटि ज्यादै बढी देखि न थालेको पाइन्छ । एक वर्ष देखि एका त्रुटि र अशुद्धता घट्नुका साटो हरेक वर्ष बढ्दै जानु विडम्बना नै मान्नुपर्दछ । वर्णविन्यासका दृष्टिले यति धेरै त्रुटि पाइन्छन् कि भाषाका पाठ्यपुस्तकलाई आधार मानेर सिक्ने र सिकाउने गरे मा सिकाइगलत हुने निश्चित छ । विद्यार्थीहरूलाई पाठ्यपुस्तकको प्रभाव कत्तिको पर्दछ भन्ने कुरा का लागि एउटा तथ्यले पुष्टि गर्द छ— कक्षा ८ को नेपाली पुस्तकको पाठ ९ मा रहेको किसान कविताका कविको नाम दैवज्ञराज न्यापाने लेखिएको छ । विद्यार्थीहरूलाई सच्याएर न्यौपाने बनाउन लगाउ“दा र पटक पटक शिक्षणका क्रममा शुद्ध बताइदि“दा पनि सप्रसङ्ग व्याख्या गर्ने क्रममा ५१ जना विद्यार्थीहरूमध्ये २८ जनाले पुनः न्यापाने नै लेखेको पाइयोे । यसले पाठ्यपुस्तकको प्रभाव विद्यार्थीलाई ज्यादा पर्ने कुरा स्पष्ट हुन जान्छ । त्यसमा पनि अहिले शिक्षकले पाठ्यक्रम र अरू सन्दर्भ सामग्रीको प्रयोग गर्ने झन्झ्ट न गरी केवल पाठ्यपुस्तकलाई मात्र आधार मानेर शिक्षण गर्ने परम्परा रहेको पाइन्छ । त्यसैले भाषा पाठ्यपुस्तक मान क र गल्तीरहित बनाउने दिशामा सम्बन्धित सबैको ध्यान जानुपर्दछ ।
यहाँ पूर्वाञ्चलका लागि युनिक स्टेसनरी सप्लायर्स प्रमुख वितरक रहेको र पञ्चकन्या प्रिन्टर्स, विराटनगरबाट मुद्रण गरिएको कक्षा ८ को नेपाली पाठ्यपुस्तकमा दिएका भाषिक गल्तीलाई प्रतिनिधिमूलक ढङ्गले प्रस्तुत गरिएको छः
१. वाक्यगठन ढा“चामा गल्ती
कक्षा ८ को नेपाली पाठ्यपुस्तकका केही वाक्य अस्पष्ट तथा अर्थ नलाग्ने खालका छन् । केही उदाहरण यसप्रकार छन्ः
क) मुखियाले अर्कैगाउ“बाट बसाइ“ सरेर आएका एक छोरीले सिकाए अनुसार गरेको स्वीकार गरयो । (पाठ–४, खसीको तौल, पाना नंं १७, अन्तिम अनुच्छेद— ‘बूढाकी छोरीले सिकाए अनुसार’ हुनुपर्ने) ।
ख) यसरी युवक आफ्ना ससुरा र जहानस“ग फेरि भेट भयो । (पाठ–४, खसीको तौल, पाना नंं १७, अन्तिम अनुच्छेद— ‘युवकको’ हुनुपर्ने) ।
ग) अझ् माकुरा को जालो त कति नियमित आकार अति सूक्ष्म प्रकारको हुन्छ । (पाठ ५, दरबार, पाना नं.२० पहिलो अनुच्छेद— (यस वाक्यको अर्थ सुहाउँदो छैन) ।
घ) अन्तरिक्ष सम्बन्धी यी अनेक खोज र अनुसन्धान हाम्रा ज्योतिषीय मान्यतामा समेत परिवर्तन आउने सम्भावना छ । पाठ १०, अन्तरिक्षयान, पाना नं. ४६, दोस्रो अनुच्छेद— ‘अनुसन्धानले’ हुनुपर्ने) ।
ङ) चालीसजना महिलाहरूको प्रतिनिधित्व गरेर क्रिमियाको स्कुटारी अस्पतालमा रोगीको सेवा गर्न उनी खटिएकी थिइन् । (पाठ–१३, फ्लोरेन्स नाइटिङ्गेल, पाना नं. ६३, तेस्रो अनुच्छेद— ‘प्रतिनिधित्वको सट्टा ‘नेतृत्व’ हुनुपर्ने) ।
च)गाउ“लेले भुमियाको घरमा नै त्यो रात बिताउन गुरु नानक र भुमियाको भेट भएको हो । (पाठ–२२, नुनको सोझे कथा, पाना नं. ११०— यस वाक्यको अर्थ लाग्दैन) ।
छ) इमान दारीपूर्वक बा“च्न श्रमको आवश्यकता पर्छ तर कानुनी सजाय र सामाजिक अपवाद वा बद्नामबाट सधैँ बचिरहन्छ । (पाठ–२२, नुनको सोझे कथा, पाना नं. ११०— यस वाक्यको अर्थ पनि सुहाउँदो छैन) ।
यी केवल नमुना मात्र हुन् । सूक्ष्म ढङ्गले केलाउने हो भने कक्षा ८ को नेपाली पाठ्यपुस्तकमा यस किसिमका गल्ती अरू थुप्रै पाइन्छन् ।
२) वर्णविन्यास सम्बन्धी गल्ती
पाना नं. ५ र ६ मा ‘आवश्यकता’ शब्द तीन ठाउ“मा प्रयोग गरिएको छ । तीनै ठाउ“मा अलग–अलग किसिमका वर्णविन्यासको प्रयोग गरिएको छ— आवश्यक्ता, आवश्यता र आवश्यकता ।
‘सबैको रक्षक कानुन’ भन्ने पाठमा कानुनीराज शब्दावलीको प्रयोग ५ ठाउ“मा गरिएको छ । तीमध्ये एक ठाउ“मा कानु नीराज, २ ठाउ“मा कानुनीराज र २ ठाउ“मा कानुनी राज ।
पाना नं. २० मा ‘जुनकिरी’ लेखिएको छ भने सोही पाठको पाना नं. २३ मा ‘जुन्किरी’ लेखिएको छ । यसै गरी पाना नं. १० मा सङ्क्षिप्तरूपको प्रयोगमा पनि एकरूपता छैन । पाना नं. १० मा ‘एसएलसी’ लेखिएको छ भने ‘आई.ए.’ यसरी लेखिएको छ ।
३) व्याकरण सम्बन्धी गल्ती
पाना नं. ७० मा वाच्य परिवर्तनको उदाहरण यस्तो दिइएको छ ।
हामी वन्यजन्तुको संरक्षणमा लागेकै छौँ । (कर्तृवाच्य)
वन्यजन्तुको संरक्षणमा लागिएको छ । (कर्मवाच्य)
वन्यजन्तुको संरक्षणमा लागिएकै छ । (हुनुपर्ने)
४) पदयोग सम्बन्धी गल्ती
कक्षा ८ को नेपालीमा सबैभन्दा ज्यादा गल्ती पदवियोगका कारण देखिन्छ । यस किसिमका गल्ती पुस्तकभरि लगभग १०० वटा जति छन् । केही उदाहरण यसप्रकार छन्ः
अनु च्छेद, मुक् तकण्ठ, अनु सार, माधु र्य, अलङ् कार, बाहु को, सु लभ, दु र्लभ, वस्तु तामा, तै नाथ, सहानु भूति, कु रौटे, सदु पयोग, अनु पम, कर्तु त, सु दृढ, पु वा
५) निर्देश चिन्हको पालना न गरिएको
एउटा हरफमा अन्तरि अर्काे हरफमा क्षयान (पाना नं. ४४), एउटा हरफमा पार अर्काे हरफमा खी (पाना १०३) जस्ता शब्द टुक्र्याएर निर्देश चिन्ह प्रयोगको सामान्य नियम पनि पालना गरिएको छैन ।
६. अन्य गल्ती
विवेच्य पाठ्यपुस्तकमा भएका केही अन्य गल्ती यसप्रकार रहेका छन्ः

मा पनि भाषा पाठ्यपुस्तकमा हुनु अवश्य रराम्रो होइन । के यस किसिमका गल्ती रोक्ने निकाय छैन ?”



