बहस शिक्षा र शिक्षकका समस्या
गले गोरुको बोलवाला
स्थिति कतिसम्म विडम्बनापूर्ण छ भने, कथं ‘उम्दा रगतिला’ गोरुहरू आफैँ जुवामा नारिन तत्पर भए भने पनि तिनले नारिन र जोत्न पाउँदैनन् । बिचरा किसानहरू; चोरबाटोबाट आएका ‘गले गोरु’लाई नै प्रक्रिया पुर्याइदिएरगोठमा बाँध्न र मन नलागी नलागी खेतमा नार्न बाध्य छन् ।
बाल कुमार जमरकट्टेल
“कतिपय अवस्थामा किसानहरूगले गोरुको फन्दामा पर्छन् । जोत्ने अवस्थामा खेतमा लगेर जुवामा नार्ने बित्तिकै थचक्कै बसिदिन्छगले गोरु । उठिहाल्यो भने पनि काँधिएर राम्ररी नहिँड्ने, ठेली–ठेली हिँडाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा किसानहरू निरीह हुन जान्छन् । न गोरु फेर्ने क्षमता राख्छन् । न त्यसबाट काम लिन सक्छन् । ...”
अभिभावकलाई किसान र सामुदायिक विद्यालयमा कार्यरत कतिपय शिक्षकलाई गले गोरुको अवस्थासँग तुलना गरेर शिक्षक मासिकको २०६८ साउन अङ्कमा प्रकाशित विश्लेषणको अंश हो यो ।
पक्कै पनि , हराम्रो सार्वजनिक शिक्षा परिपाटी भित्र ‘गले गोरु’ प्रवृत्तिको बोलवाला छ । किसान निरीह छन् । ‘जुवामा नार्ने बित्तिकै थचक्कै बस्ने’, ‘उठिहाले पनि काँधिएर राम्ररी नहिड्ने’, ‘ठेली–ठेली हिँडाउनुपर्ने’गले गोरुको भरमा खेती लगाउन उनीहरू विवश छन् । त्यति मात्र कहाँ हो र ? पुच्छर निमोठेर हिँडाउन खोज्दा उल्टै पछाडि फर्केर हलीलाई नै कान्लामुनि पुर्याइदिने हुन् कि भनेर थर्कमान हुनुपर्ने अवस्था छ । किसानहरू गोरु फेर्ने क्षमता नराख्ने मात्र होइन, आफ्नो खाँचो टार्ने खालका ‘उम्दा रगतिला’ गोरु छानेर खेतमा नार्न समेत नसक्ने अवस्थामा छन् ।
किसानको निम्ति गोरु ठूलो पूँजी हो । गोरुले काम दिएनन् भने किसानको सर्वस्व नै जान्छ । वर्षभरि खान पुग्ने अन्न उब्जाउन गोरुकै भर पर्र्नुपर्छ । तर के गर्नु निरीह किसान, बाँझे फोर्न नसकेर त्यही बाँझे माथि अलिअलि हिलो दलेर धान रोप्न बाध्य छन् । अनि कसरी फलोस् त खेतमा ‘मानो–मुरी धान ?’
हराम्रो तालुकदार पनि यस्तै लोसे छ । ठूलो पटाङ्गिनीमा वर्षैपिच्छे गोरु–दौड गराए र त्यहीँबाट ‘उम्दा रगतिला’ गोरु छानेर किसानको खेतमा पठाउन चाहँदैन । किसानले आफैं गोरु छानेर राख्ने अनुकूल वातावरण पनि बनाइदिँदैन । स्थिति कतिसम्म विडम्बनापूर्ण छ भने, कथं ‘उम्दा रगतिला’ गोरुहरू आफैँ जुवामा नारिन तत्पर भए भने पनि तिनले नारिन र जोत्न पाउँदैनन् । बिचरा किसानहरू; चोरबाटोबाट आएका ‘गले गोरु’लाई नै प्रक्रिया पुर्याइदिएरगोठमा बाँध्न र मन नलागी नलागी खेतमा नार्न बाध्य छन् ।
कतैकतैका खेतमा राम्रै गरी धान फल्ने गरेको छ । त्यस्तो ठाउँमा किसानहरूकै सक्षमताका कारणले र कतिपय ठाउँमा गोरु नार्ने मूल खेतालाकै सबल नेतृत्वका कारणले गर्दा ‘गले गोरु’हरूले प्रवेश पाउनसकेका छैनन्; र कुनै कारणले प्रवेश गरिहाले भने पनि तिनीहरू खेतमा लुरुलुरु हलो तान्न बाध्य छन् ।
हो, शिक्षकले मिहिनेत गरी पढाएका विद्यालयमा एसएलसी परीक्षाको नतिजा रराम्रो छ । जुन विद्यालयमा शिक्षकहरू कामचोर छन्, त्यस्ता विद्यालयमा एसएलसी परीक्षाको नतिजा पनि निराशाजनक नै हुने गरेको छ । तर त्यसो भन्दैमा, नतिजा रराम्रो नआउनमा शिक्षकहरूलाई मात्र सत्तोसराप गर्नु को पनि कुनै तुक छैन । त्यसमा माथिल्ला निकायहरूको जिम्मेवारी उत्तिकै हुन्छ । तिनले पानी माथिको ओभानो बन्न पाउँदैनन् । शिक्षकका कामको वस्तुनिष्ठ मूल्याङ्कन गरी उपयुक्त दण्ड र पुरस्कार दिनसक्ने तथा समग्र शैक्षिक क्रियाकलाप को उचित व्यवस्थापन गर्न सक्ने नेतृत्व भएका विद्यालयमा पनि पठनपाठनको स्तर रराम्रो र परीक्षामा नतिजा सन्तोषजनक हुने गरेको छ । तर त्यस्ता विद्यालय अत्यन्तै कम छन् । देशका करीब ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको नतिजामा त्यस्ता एकाध राम्रा विद्यालयले तात्विक असर पार्न सक्ने अवस्था रहँदैन ।
समग्र नतिजाको आधारमा सबै सामुदायिक विद्यालयहरूलाई एउटै दृष्टिले हेर्ने परिपाटीले गर्दा पठनपाठनको स्तर उँचो बनाउन भरमग्दुर प्रयास गरिरहेका र निजी विद्यालयको तुलनामा कुनै पनि क्षेत्रमा पछाडि नभएका विद्यालयहरूलाई अन्याय हुने गरेको छ । सरकारले लगानी गरेकामध्ये एकाध बाहेक अधिकांश विद्यालयको पठनपाठनको स्तर र परीक्षाको नतिजा एकपैसा पनि सरकारी लगानी नभएका निजी विद्यालयको तुलनामा लाजमर्दो हुनाका पछाडि के कति कारण छन् भन्ने कुरा को खोजी पनि पटकपटक भएकै हो । तर किन वर्षैपिच्छे त्यही क्रम दोहोरिएको छ त ? शायद अब चिन्ता गरिनुपर्ने विषय यही हो ।
के गर्दा रराम्रो हुन्छ त ?
खुल्ला प्रतिस्पर्धाबाट शिक्षकको नियुक्ति
“शिक्षक बन्न अयोग्यहरू योग्यहरूलाई विस्थापित गर्न अधिक समय खर्चिन्छन् । ... परिणामतः एकातिर सरकारको लगानी व्यर्थ भएको छ भने अर्कातिर इमान दार, स्वच्छ, लगनशील शिक्षकहरूको मन कुँडिएको छ । ... समय–समयमा स्वच्छ तरिकाले स्थायी पदपूर्ति गरिदिएको भए, आफूले गरेको लगानी सदुपयोग भए/नभएको निगरानी राखेको भए शिक्षा क्षेत्रमा आजको जस्तो अवस्था आउने थिएन ।” (खडानन्द रिमाल, शिक्षक, २०६८ कात्तिक) सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसारका रिक्त पदमा शिक्षक नियुक्तिका लागि सिफारिस गर्न शिक्षा ऐनले शिक्षक सेवा आयोगको व्यवस्था गरेको छ । तर विगत १६ वर्ष देखि उक्त प्रक्रिया अगाडि बढ्न सकेको छैन । २०५२ साल पछाडि शैक्षिक योग्यता पूरा गरेको योग्य र सक्षम जनशक्ति शिक्षण पेशामा प्रवेश गर्नको लागि प्रतिस्पर्धा नै गर्न नपाई आफ्नो उमेरको हद कटाउन बाध्य छ ।
लोक सेवा आयोगले प्रत्येक वर्ष खुल्ला प्रतिस्पर्धा गराए र रिक्त दरबन्दीमा कर्मचारी नियुक्ति गरे जस्तै गरी शिक्षक सेवा आयोगमार्फत शिक्षक नियुक्ति गर्न कुनै पनि कुरा ले रोक्नुपर्ने देखिँदैन । शिक्षक सेवा आयोगलाई सक्षम र अधिकारसम्पन्न बनाउन राजनीतिक नेतृत्वमा इच्छाशक्ति मात्र भए पुग्छ ।
शिक्षक व्यवस्थापनमा विद्यालय व्यवस्थापन समितिलाई दिइएको अधिकारमा पुनर्विचार
अस्थायी शिक्षक नियुक्ति गर्ने लगायतका विभिन्न अधिकारहरू विद्यालय व्यवस्थापन समितिलाई प्रदान गरिएको छ । व्यवस्थापन समितिमा सम्बन्धित सरोकारवाला अभिभावककै प्रतिनिधित्व भएमा विद्यालयप्रति तिनमा अपनत्वबोध हुन्छ, त्यसबाट विद्यालयको व्यवस्थापन प्रभावकारी हुनसक्छ भन्ने असल नियतका साथ शिक्षा ऐनको सातौं संशोधनले यो व्यवस्था गरेको हो । सिद्धान्ततः यो साह्रै रराम्रो कुरा पनि हो । उनीहरूका बालबच्चा अध्ययन गर्ने विद्यालय कस्तो बनाउने भन्ने कुरा मा अभिभावकहरूलाई नै जिम्मेवार बनाउने प्रावधानलाई कसैले पनि नरराम्रो भन्न सक्दैन । तर ऐनको यो आशय अनुसार विरलै विद्यालयका व्यवस्थापन समितिले काम गरेको पाइन्छ ।
विद्यालय व्यवस्थापन समितिलाई अधिकारसम्पन्न बनाइनु विद्यालय सुधारको लागि अत्यन्त सकारात्मक पक्ष हो तर प्रदान गरिएको अधिकार सदुपयोग वा दुरुपयोग के भएको छ भन्ने कुरा को अनुगमन पनि त्यत्तिकै महत्वपूर्ण हुन आउँछ । अधिकार प्रयोग गर्ने पक्ष आफैँ त्यसनिम्ति सक्षम नभएको अवस्थामा दिइएको अधिकार कसरी दुरुपयोग हुन सक्छ भन्ने कुरा प्रसिद्ध कथाकार हृदयचन्द्रसिंह प्रधानको ‘कृष्णे र खुकुरी’ कथाको मुख्य पात्र कृष्णेको मनोदशाबाट पनि अनुमान गर्न सकिन्छ ।
विव्यसलाई प्रदान गरिएको असीमित अधिकारको दुरुपयोग गरी आफ्नो स्वार्थसिद्ध गर्न कतिपय स्थानमा स्नातक तह पढ्दै गरेको छोरालाई कक्षा ९ मा भर्ना गरी अभिभावक बन्ने, राजनीतिक पार्टीसम्बद्ध प्यानल खडा गरी चुनाव लड्ने मात्र होइन हातहतियारको समेत प्रयोग हुने गरेको कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेकै छन् । यसरी राजनीतिकगुटबन्दी, आर्थिक प्रभाव मात्र होइन बाहुबलको समेत प्रयोग गरी विद्यालय व्यवस्थापन समिति हडप्ने परिपाटी विकास भइरहेको तथा विभिन्न स्वार्थ समूहको टक्करको कारण कतिपय विद्यालयहरूमा वर्षौंसम्म विव्यस नैगठन हुन नसकेको स्थिति समेत छ । यस्तो अवस्थामा विव्यसले नै विद्यालयमा योग्य र सक्षम शिक्षक छनोट गर्छ भन्ने कुनै भरपर्दो आधार देखिँदैन ।
अर्कोतर्फ प्रधानाध्यापकलाई व्यवस्थापनमा ज्यादै कम भूमिका प्रदान गरिएको छ । वर्षौंसम्म विद्यालयको नेतृत्व गरेको अनुभव साथै शिक्षक र विद्यार्थीसँग प्रत्येक दिन सँगै रहनु पर्ने मात्र होइन आफ्नो विद्यालयमा कस्तो शिक्षक आवश्यक पर्छ भन्ने विषयमा जिम्मेवार रहनु पर्ने प्रधानाध्यापकलाई शिक्षक सरुवामा कुनै भूमिका दिइएको छैन । सरुवा भई आउन वा जान चाहने शिक्षकलाई सरुवाको सहमति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ले मात्र दिन सक्छन् । यता, प्रधानाध्यापक बन्नको लागि शैक्षिक योग्यता, शिक्षण अनुभव, तालिमको न्यूनतम व्यवस्था, निजले अध्यापन गरेका विषयमा विद्यार्थीको उपलब्धिस्तर मात्र होइन, विद्यालयको विकास र उन्नतिको लागि कार्ययोजना तयार गर्नु पर्ने तथा नेतृत्व लिनसक्ने क्षमता प्रदर्शन गर्नु पर्ने जस्ता विभिन्न प्रावधान राखिएको छ । तर विव्यस अध्यक्ष बन्नको लागि सम्बन्धित विद्यालयको उच्चतम कक्षा बराबरको अध्ययन मात्र भए पुग्ने, अरू कोही व्यक्ति दावेदार नभएमा सो अध्ययन पनि बाध्यात्मक नहुने व्यवस्था छ । परिणामतः विवेक प्रयोग गर्न चाहने प्रधानाध्यापक र अधिकार प्रयोग गर्न चाहने विव्यस अध्यक्ष को बीचमा हुने द्वन्द्वले प्रायः अप्रियरूप लिने गरेको पाइएको छ ।
कुनै व्यवस्थापन समितिले विद्यालयको हितमा काम न गरेको अवस्थामा उक्त विव्यसलाई विघटन गरी अर्को विव्यसगठन नभएसम्म अस्थायी व्यवस्थापन समितिगठन गर्न सक्नेसम्मको अधिकार जिल्ला शिक्षा समितिलाई प्रदान गरिएको छ । तर कुनै पनि जिल्लामा त्यसरी शिक्षा समितिले हस्तक्षेप गरी विद्यालय सुधार गर्न पहल गरेको सुन्नमा आएको छैन । बैंक, फाइनान्स लगायतका वित्तीय संस्थाका सञ्चालक समितिले आफ्नो जिम्मेवारी पूरा न गरी निक्षेपकर्ताको निक्षेप डुब्ने अवस्था सिर्जना भएमा राष्ट्र बैंकले तुरुन्तै हस्तक्षेप गर्छ । तर यहाँ त लाखौं विद्यार्थीको भविष्य डुब्ने स्थिति सिर्जना हुँदा समेत जिम्मेवारी लिने कोही देखि एको छैन ।
प्रधानाध्यापकलाई जहाजको कप्तानसँग तुलना गरिएका कतिपय दृष्टान्तहरू पाइन्छन् । विद्यार्थीले परीक्षामा प्राप्त गर्ने नतिजा रराम्रो वा नरराम्रो जेसुकै भएतापनि त्यसमा सम्बद्ध प्रधानाध्यापकको प्रत्यक्ष नाम जोडिने गर्छ । शिक्षकहरूको कामको दैनिक अनुगमन र मूल्याङ्कन प्रधानाध्यापकले नै गर्नु पर्ने हुन्छ । तसर्थ विद्यालयको आर्थिक, भौतिक तथा अन्य बाह्य व्यवस्थापनमा विव्यसको जिम्मेवारी रहनु स्वाभाविक नै भए तापनि शिक्षक र विद्यार्थीसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको लागि शिक्षा ऐन तथा नियमावलीमा नै व्यवस्था गरी विद्यालयको प्रधानाध्यापकलाई जिम्मेवार र अधिकारसम्पन्न बनाइनुपर्छ । साथै, दैनिक प्रशासकीय र व्यवस्थापकीय कार्यमा विद्यालय व्यवस्थापन समितिले हस्तक्षेप न गर्ने र प्रधानाध्यापकले विद्यालयको हित विपरित काम गरे मा मात्र व्यवस्थापन समितिले हस्तक्षेप गर्ने गरी सोही अनुसार अधिकारक्षेत्र र जिम्मेवारीको स्पष्ट व्यवस्था हुनु आवश्यक छ ।
शिक्षकको लागि दण्ड र पुरस्कार को प्रभावकारी कार्यान्वयन
“स्थायी शिक्षकमा जागिरको ‘ओभरग्यारेन्टी’ छ । जतिसुकै गैर जिम्मेवार काम गरे पनि शिक्षकलाई हटाउने ताकत कसैसँग छैन ।” (शिक्षक मासिक, २०६८ भदौ)
यो भनाइ कुनै निरीह अभिभावकको होइन । ‘गले गोरु’ शिक्षकबाट आजित कुनै प्रधानाध्यापकको पनि होइन । कुनै पत्रकार वा टिप्पणीकारको त झनै होइन । विद्यालय शिक्षालाई नियमन, अनुगमन र नियन्त्रण गर्नको लागि व्यवस्था गरिएको केन्द्रीय सरकारी निकाय; शिक्षा विभागका बहालवाला महानिर्देशकको हो । आफ्नो जिम्मेवारी पूरा न गर्ने शिक्षकलाई विभागीय कारबाही गर्न सक्ने कुनै निकाय वा संयन्त्र नै हराम्रो शिक्षा परिपाटीभित्र छैन भन्ने कुरा महानिर्देशकको यो कथनबाट सहजै बुझन सकिन्छ ।
तर एउटा यथार्थ के छ भने, सार्वजनिक शिक्षा परिपाटीभित्र ‘गले गोरु’हरूको बाहुल्य नै भएको चाहिँ होइन, बोलवाला भएको मात्र हो । तालिमप्राप्त, योग्य, अनुभवी, अध्ययनशील, ऊर्जाशील, ‘उम्दा रगतिला’ शिक्षकहरू सामुदायिक विद्यालयमा प्रशस्त छन् । ‘गले गोरु’हरूको पुच्छर निमोठेर हिँडाउन नसकिएको अवस्था, जसरी पनि खेती लगाउनुपर्ने बाध्यता र अर्को गोरु खोजेर ल्याउन पनि नसक्ने निरीहताको बीचमा बिचरा किसानसँग एउटा मात्र विकल्प बाँकी रहन्छ– उम्दा गोरुहरूलाई रथे लगाउने । (हल गोरुमध्ये एउटा कमजोर र अर्को बलियो भएमा कमजोरलाई कम भार र बलियोलाई बढी भार पर्ने गरी जुवामा नार्ने कार्यलाई ‘रथे लगाउनु’ भनिन्छ ।) ‘कमजोर’लाई सहयोग गर्न बलियोलाई रथे लगाइनु केही हदसम्म न्यायसङ्गत नै मान्न सकिए तापनि हामीकहाँ ‘कामचोर’लाई उन्मुक्ति दिनका लागि इमान दार र कर्तव्यनिष्ठ शिक्षकलाई रथे लगाइन्छ ।
इमान दारीसाथ पढाउने योग्य शिक्षकलाई विद्यालयले पनि कतै पठाउन चाहँदैन । कर्तव्यनिष्ठ शिक्षकले तालिम,गोष्ठी, सेमिनार, अध्ययन भ्रमण आदिमा सहभागी हुने मौका विरलै पाउँछन् । भनिन्छ– “फलानो शिक्षकलाई कतै पठायो भने त विद्यार्थीको पढाइ चौपट भइहाल्छ नि !” फलतः उही ‘गले गोरु’हरूकै नाम अगाडि आउँछ । उसैले बाहिरी जनसम्पर्क बढाउने मौका पाउँछ । उसैले अतिरिक्त अनुभव बटुल्ने मौका पाउँछ । यो सबै टुलुटुलु हेरेर बस्न बाध्य इमान दार र कर्तव्यनिष्ठ शिक्षकले पनि आफ्नो बाटो बदल्नुपर्ने आवश्यकता देख्छ । ऊ पनि विस्तारै ‘गले गोरु’ बन्ने प्रयास गर्छ । यसरी दिनप्रतिदिन ‘गले गोरु’को सङ्ख्या बढ्दो क्रममा छ । त्यस माथि, महानिर्देशकको अभिव्यक्ति पनि उनै ‘गले गोरु’हरूकै मनोबल बढाउने खालको आएको छ ।
सार्वजनिक शिक्षा परिपाटीमा ‘गले गोरु’रूपी कामचोर शिक्षक प्रमुख समस्या होइनन् । उनीहरूलाई जिम्मेवारीबोध गराउन नसक्ने शिक्षा–प्रशासन वा व्यवस्थापन चाहिँ ठूलो समस्या हो । कामको मूल्याङ्कन गरी प्रभावकारी दण्ड र पुरस्कार व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि प्रधानाध्यापकलाई प्रमुख भूमिका प्रदान गर्नु को विकल्प छैन । यदि प्रधानाध्यापक यसमा खरो उत्रन नसके वा प्रधानाध्यापक स्वेच्छाचारी भएमा निजलाई सचेत गराउनको लागि त्यसभन्दा माथिका विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, शिक्षा विभाग लगायतका निकायहरूले नियन्त्रण गर्न सक्नुपर्छ ।
नवयुग मावि जैशिदेवल, काठमाडौं
।।।।।।।।।।
कोभन्दा को कम छन् र !
रामप्रसाद अर्याल
शिक्षा क्षेत्र यति धेरै विकृति र विसङ्गतिको दलदलमा फँस्नुमा कुनै एउटा क्षेत्र, तह र तप्का मात्र दोषी छ भनेर हामी ‘पानी माथिको ओभानो’ बन्न सक्दैनौं । यसको निम्ति गहन अध्ययन, असुसन्धान र विश्लेषणको खाँचो छ । जसले तथ्यद्वारा सत्यलाई सार्वजनिकगरोस् । सुध्रने र सुधारिने अवसर पाओस्; शिक्षा क्षेत्रले । यही हराम्रो अपेक्षा हो ।
अब हामी शिक्षा र शिक्षकका शत्रुहरू चिन्नेतर्फ लागौं–
(क) निम्न तथ्य र सत्यले गर्दा म अभिभावक वर्गलाई दोषी देख्दछुः –
१. ती अभिभावकहरू दोषी हुन्; जसले बालकलाई स्कूल पठाएपछि आफ्नो उत्तरदायित्व पूरा भएको ठान्दछन्,
२. बालकको इच्छा अनुकूलको विषयभन्दा आफ्नो इच्छाको विषय लाद्ने,
३. आवश्यक शैक्षिक सामग्री उपलब्ध न गराउने,
४. घरायसी काममा बढी लगाउने, बालकले गृह कार्य गरे /न गरेको ख्याल न गर्ने
५. बालकको भावनाको कदर न गर्ने ,
६. बालकको शारीरिक, मान सिक अवस्थालाई ख्याल न गर्ने ,
७. शिक्षकप्रतिगलत दृष्टिकोण राख्ने आदि ।
अभिभावकसँग बालकको अधिकांश समय बित्ने हुनाले पनि अभिभावकहरू बालबालिकाको पढाइप्रति बढी गम्भीर हुनु जरुरी हुन्छ ।
(ख) शिक्षक आफैं
शिक्षण पेशामा ३३ वर्षको अनुभवका आधारमा म ढुक्कसँग भन्न सक्छु, निम्न कारणहरूले गर्दा शिक्षक आफैं पनि शिक्षा र शिक्षकको शत्रु बन्न पुगेको छ, शिक्षक र शिक्षा क्षेत्रलाई बदनाम गराए को छ ।
क) उत्तरदायित्व वहन न गर्ने ,
ख) विद्यालयमा अनुपस्थित हुने तर तलब खाने,
ग) शिक्षण पेशालाई गौण र अन्य पेशालाई प्रमुख (व्यापार, कृषि, राजनीति, उद्योग आदि) ठान्ने,
घ) आफ्नो पेशा र विषयप्रतिभन्दा राजनीतिक, सामाजिक, सांस्कृतिक कार्यमा बढी सक्रिय बन्ने,
ङ) आफ्नो विषय सम्बन्धी ज्ञानमा अद्यावधिक नहुने,
च) तालिममा सिकेका कुरा कक्षामा प्रयोग न गर्ने ,
छ) ट्युसनमुखी बन्ने, कपी राम्ररी चेक न गर्ने ,
ज) छात्राहरूसँग गलत सम्बन्ध कायम गर्न खोज्ने,
झ्) राजनीतिक संरक्षण प्राप्त गर्ने ,
ञ) बालमनोविज्ञानको वास्ता न गर्ने ,
ट) प्रश्नपत्र आउट गर्ने , चिट चोराउने आदि ।
शिक्षक एउटा आदर्शको पुञ्ज हो । जसको प्रकाशमा समाज आलोकित हुन्छ । तर निरन्तरको अस्थिरताका कारण देशको शिक्षा क्षेत्र सारै विकृत बन्न पुगेको छ । केही सेवामुखी भन्दा पनि मेवामुखी शिक्षकहरूका कारण समग्र शिक्षा क्षेत्रले बद्नाम सहनुपरेको छ । तर सधैंभरी यही स्थिति कहाँ रहला र ? धेरै शिक्षकहरू असल, दक्ष र कर्तव्यबोधमा निमग्न हुँदाहुँदै पनि केहीगलत कार्यमा लागेका पियक्कड, कर्तव्यच्यूत शिक्षकहरूले यस क्षेत्रलाई दुर्गन्धित पारिरहेका छन् । ती राजनीतिक दलहरूबाट संरक्षित र पुरस्कृत पनि छन् । यस्तालाई शिक्षा क्षेत्रको मित्र मान्न किमार्थ सकिँदैन ।
(ग) विद्यार्थी
राष्ट्रले शिक्षा क्षेत्रमा गरेको लगानी विद्यार्थीको भविष्यका निम्ति हो । पढेर जागिर नपाएका कारण यता आएर विद्यार्थी वर्गमा पढाइप्रति बेवास्ता गर्ने प्रवृत्तिको विकास भएको पाइन्छ । पढाइ ज्ञानको निम्ति हो । रराम्रो र दक्ष बन्ने हो भने सम्भावनाका सबै ढोकाहरू खुल्ला हुन्छन् भन्ने कुरा लाई ख्याल न गर्ने विद्यार्थीहरू पनि शिक्षा र शिक्षकका शत्रु हुन सक्छन् । निम्न कारणहरूले गर्दा म विद्यार्थी वर्गलाई यस क्षेत्रको शत्रु मान्दछु ।
क) पढाइप्रति उदासीन हुने,
ख) परीक्षामुखी हुने, अनावश्यक कुरा मा चासो राख्ने,
ग) ज्ञानको भन्दा मार्कसिटको मोह बढी गर्ने ,
घ) राजनीतिप्रति बढी सक्रियता जनाउने,
ङ) अनुशासनप्रति बेवास्ता गर्ने ,
च) छात्रहरूले बाला, माला, टिकी, टप, लामो कपाल राख्ने—रङ्गीन बनाउने; छात्राहरूले फेसन शो गर्ने , छोटो कपाल राख्ने, छोटो कपडा लगाउने,
छ) छिटो र छोटो उमेरमा विवाह गर्ने ,
ज) विद्यालय नै नजाने, गए कक्षा हाप्ने,
झ्) पढाइ बीचैमा छाड्ने
अ) लगनशीलता र अध्ययनशीलतामा कमी, आदि ।
(घ) राजनीतिक दल
नेपालको शिक्षा क्षेत्र विकृतिको दलदलमा भासिनुमा राजनीतिक दलहरू पनि कम जिम्मेवार छैनन् । निम्न कारणहरूले गर्दा राजनीतिक दलहरू शिक्षा क्षेत्रका शत्रुहरू हुन्ः
क) विद्यालय माथि ठाडो हस्तक्षेप गर्ने ,
ख) शिक्षकलाई पार्टीको झेला बोकाउने,
ग) शिक्षकलाई पार्टीको सदस्यता दिलाउने,
घ) व्यवस्थापन समितिकोगठन र शिक्षकको नियुक्तिमा राजनीतिकरण गर्ने ,
ङ) विद्यालयलाई कार्यकर्ता भर्तीकेन्द्र मान्नु,
च) चुनावमा शिक्षक तथा विद्यार्थीलाई आफ्नो पक्षमा खटाउनु, खट्न नमानेमा स्कूलबाटै हटाउनु,
छ) विद्यालयलाई शान्ति क्षेत्र बन्न नदिनु,
ज) समयमै वि.व्य.स.कोगठन र शिक्षक नियुक्ति हुन नदिनु,
झ्) शिक्षामन्त्री नै राहत कोटा, अनुदानमा (घूस प्रकरणमा) मुछिनु,
ञ) गृह मन्त्रालय, अर्थ मन्त्रालय रोजाइको विषय बन्नु तर शिक्षा मन्त्रालय नबन्नु आदि ।
विद्यालय जस्तो पवित्र शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप अशोभनी य कुरा हो । विद्यालय सञ्चालन गर्नको लागि सबै दल र पक्षको उत्तिकै साथ चाहिन्छ । भौतिक पूर्वाधार खडा गर्न, शैक्षिक गुणस्तर मा सुधार ल्याउन र शैक्षिक वातावरण सिर्जना गर्न एउटा पक्षको मात्र पनि असहयोग रहन गयो भने विद्यालय सुचारु हुन कठिन हुन्छ । त्यसैले विद्यालयमा राजनीतिक हस्तक्षेप जहाँ–जहाँ जुन–जुन क्षेत्रमा भएका छन्, ती रोकिनु आवश्यक छ ।
(ङ) व्यवस्थापन समितिका पदाधिकारी
विद्यालयको सञ्चालनमा विद्यालय व्यवस्थापन समितिको सर्वाधिक भूमिका हुन्छ । घर, टोल, छिमेक र आफ्नो भेगमा शैक्षिक वातावरण निर्माण गर्न, विद्यालयप्रति सकारात्मक सोचको विकास , प्रचार–प्रसार गर्न वि.व्य.स.का पदाधिकारीहरू निरन्तर लागिरहनु पर्ने हुन्छ । तर, देशको वर्तमान परिस्थितिको दुष्परिणाम स्वरुप हरेक व्यक्तिमा नकारात्मक सोचको विकास भएको छ । त्यस रोगको सिकार वि.व्य.स.का पदाधिकारीहरू पनि भएका छन् । त्यसकारण उनीहरू पनि शिक्षा र शिक्षकका शत्रु बन्न पुगेका छन् । जसलाई बुँदागत प्रस्तुत गर्न सकिन्छः
१. शैक्षिक पृष्ठभूमिमा कमजोर हुनु
२. व्यवस्थापकीय ज्ञानको कमी
३. विभेदकारी दृष्टिकोण
४. जातिगत, भाषागत, संस्कृतिगत लैङ्गिक विभेद गर्नु
५. नातावाद, कृपावादलाई प्रश्रय दिनु
६. दूरदृष्टिको कमी
७. आफ्नो लवीको भए अयोग्य पनि योग्य र अन्य भए योग्यलाई पनि अयोग्य ठान्नु
८. जिम्मेवारीबोध गर्ने क्षमता नहुनु
९. पद लिने तर कार्यसम्पादन न गर्ने , आदि ।
रहलपहल विकृति
१. विद्यार्थी र शिक्षकबीच सुमधुर सम्बन्ध नहुनु,
२. शैक्षिक योग्यता प्राप्त गरिसकेपछि पनि रोजगारी नपाउनु,
३. एक–अर्कालाई दोषारोपण गरेर आफू उम्किन खोज्नु,
४. शिक्षा आयोग निष्क्रिय हुनु, विज्ञापन नखोलिनु,
५. शिक्षकहरूको स्थायी नियुक्ति हुन नसक्नु,
६. अस्थायी भएका कारण जीर्ण भएका विकृतिहरू रहिरहनु ,
७. दण्डरहित, भयरहित शिक्षा नारामा मात्र सीमित हुनु,
८. विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी नहुनु,
९. बालमैत्री, युवामैत्री विद्यालय बन्न नसक्नु, आदि ।
शैक्षिक क्षेत्रका विकृतिले देश र समाज लाई अधोगतितिर लगिरहेका छन् । देशलाई अग्रगमनतर्फ लैजान यस्ता विकृतिहरू हटाउनै पर्छ ।
दिव्यज्योति उमावि, कसेनी सराई फूलबारी, पाल्पा



