हाम्रो विद्यालयमा यसरी भइरहेछ क्रियान्वयन

स्कूलमा ठोस, अर्थपूर्ण र ‘चामत्कारिक’ परिवर्तन ल्याउन चाहने प्रअ तथा शिक्षकहरूले यो पद्धतिलाई अनुसरण गर्न ढिलो न गरे कै रराम्रो !

प्रगतिशील शिक्षण पद्धतिमा एउटा बालकको समग्र विकास गर्ने हेतुले पाठ्यक्रमको विकास , शिक्षण सिकाइ क्रियाकलाप को निर्माण तथा मूल्याङ्कन पद्धतिको प्रयोग गर्न थालिएको हो । सिकाइमा सहकार्य प्रगतिशील शिक्षण सिकाइको एउटा महत्वपूर्ण पाटो हो । विद्यार्थीले एक्लै सिक्ने भन्दा पनि सहकार्य गरेर सिक्छन् भत्रे यस पद्धतिको मूल मर्म हो । प्रगतिशील शिक्षण पद्धतिमा कुनै पनि काम गरिँदा बालकमा त्यसको के कस्तो प्रभाव पर्दछ भत्रे कुरा पहिल्यै विचार गरिन्छ । विषयवस्तुको गहिरो ज्ञान र हरेक विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलाप मा सक्रिय पार्ने यसको अर्काे विशेषता हो । के सिक्ने भत्रे कुरा को निक्र्योल विद्यार्थी स्वयंले नै गर्द छन् । कुनै पनि सिकाइको स्वामित्व विद्यार्थी आफैँले लिन्छन् । त्यसैले यो अवधारणामा ज्ञान भत्रे कुरा विद्यार्थी आफैँले निर्माण गर्ने चिज हो यो कुनै व्यक्तिले दिने चिज हैन भन्ने मान्यतामा आधारित छ ।

हराम्रो स्कूलले अपनाएको शिक्षण सिकाइ पद्धति प्रगतिशील भएकाले परम्परगत मूल्याङ्कन पद्धति शुरु देखि नै छाडेर निरन्तर मूल्याङ्कन पद्धति अँगाल्ने कोसिस गरिएको छ । यस विद्यालयको कक्षा १ देखि ५ सम्म कुनै पनि त्रैमासिक र वार्षिक परीक्षा लिइँदैन । यस अन्तर्गत विद्यार्थीको हाजिरी, कक्ष सहभागिता, कक्षा कार्य, गृह कार्य, परियोजना कार्य, पोर्टफोलियो आदिको माध्यमद्वारा विद्यार्थीको प्रगतिको लेखाजोखा गरी मूल्याङ्कन गरिन्छ र अभिभावकलाई जानकारीगराइन्छ । अमेरिकी प्रोग्रेसिभ स्कूलहरूमा झै यहाँ पनि प्रगति विवरण (narrative report) दिइन्छ ।

विद्यार्थीले गरेको कामको आवधिक अवलोकन गरी सूचनाहरूको सङ्कलन गरिन्छ र त्यसरी सङ्कलन गरिएका सूचनाको आधारमा निर्णय लिइन्छ । यसरी मूल्याङ्कन गर्दा विद्यार्थीले के जानेको छ ? के बुझेको छ ? के गर्न सक्छ ? कुनै पनि विषयवस्तु पुनः शिक्षण गर्नु पर्ने वा नपर्ने कुन विद्यार्थीलार्ई यस्ता कुरा पुनः शिक्षण गर्नु पर्ने र आफ्नो सिकाइको स्तर बढाउन विद्यार्थीले के के गर्नु पर्ने भन्ने कुरा को जानकारीगराउँछ । यसरी मूल्याङ्कन गर्दा शिक्षकको शिक्षण सुधार गर्नमा तुरुन्तै मद्दत गर्छ र यस्तो मूल्याङ्कन सीधै पाठ्यक्रमको उद्देश्य र विषयवस्तुसँग सम्बन्धित रहन्छ । यस विद्यालयमा अध्ययन गर्ने प्रत्येक सिकाइसम्वन्धी कुनै समस्या देखि न गएमा तत्काल अभिभावकसँग को सहकार्यमा ती समस्याहरूको पहिचान गरी समाधान गरिन्छ ।

यस अवधारणालाई व्यवहारमा उतार्ने सन्दर्भमा हराम्रो विद्यालयको शिक्षकहरूको टिमले अलिक मिहिनेत नै गर्नु परेको थियो । किनभने सरकारीस्तर मा रराम्रो र परिपक्व तयारी नभएका कारण अमेरिकी अनुभवलाई नेपालको सन्दर्भमा मौलिक तरिकाले जोड्न हामीले कडा मिहिनेत गर्नु परेको थियो । हराम्रो विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन यसरी गर्ने गरिएको छः

मूल्याङ्कनका आधार

क) उपस्थिति, कक्षा सहभागिता र कक्षाकार्य

१) उपस्थितिः कुनै विद्यार्थी बिरामी हुँदा चिकित्सकसँग को परामर्श लिनुपर्ने तथा विद्यार्थीको आफ्नो सामाजिक कारणले कहीँ कतै उपस्थिति जनाउनुपर्ने भएको खण्डमा विद्यालयमा अनुपस्थिति हुनुपर्ने अवस्था आयो भने यस्तो अनुपस्थितिलार्ई अनुमति प्राप्त अनुपस्थितिको रूपमा लिइन्छ । अनुमति प्राप्त अनुपस्थिति भएको खण्डमा त्यस दिन विद्यार्थीले सिक्नबाट वञ्चित भएको कुरा शिक्षकहरूले अतिरिक्त समयमा सिकाउनु पर्ने हुन्छ र सिकाउनु पर्ने दायित्व पनि विद्यालयको हो । माथिका अवस्थामा बाहेक यदि विद्यार्थी व्यक्तिगत तथा आफन्तहरूको भेटघाटका कारणले विद्यालयमा अनुपस्थिति हुनुपर्ने अवस्था आयो भने यस्तो अनुपस्थितिलार्ई अनुमति अप्राप्त अनुपस्थिति भनिन्छ । अनुमति अप्राप्त अनुपस्थितिमा विद्यार्थीले सिक्नुपर्ने कुरा सिकाउनु पर्ने जिम्मेवारी अभिभावक स्वयम्को नै हुन्छ ।

ख) गृह कार्य
निरन्तर विद्यार्थी मूल्याङ्कनको अर्को महत्वपूर्ण पक्ष भनेको विद्यार्थीको गृह कार्य हो । गृह कार्यले विद्यार्थीलार्ई आफ्नो सिकाइप्रति उत्तरदायी बनाउने र जीवनपर्यन्त सिक्ने बानीको विकास गराउँछ । विद्यार्थीको पूरा ज्ञान जाँच्न, पढाइएका पाठ, सिकाइएका सीप तथा सिकाउन बनाइएका शैक्षिक उद्देश्यहरू हासिल गर्न तयार पारिएको क्रियाकलाप हरूको अभ्यास गराउन गृह कार्यले मद्दत गर्द छ । त्यस्तै, सिकेका ज्ञान, सीप र अभिवृत्तिहरूको व्यवहारमा प्रयोग गरे न गरेको हेर्न तथा तिनका आधारमा नयाँ ज्ञान र सीपको निर्माण गर्न विद्यार्थीलार्ई गृह कार्य दिने गरिन्छ ।

गृह कार्य प्रत्येक विद्यार्थीको दैनिक कार्य भित्र पर्दछ । यस्ता कार्यहरू सीधै शिक्षण सिकाइ क्रियाकलाप सँग सम्बन्धित हुनुपर्दछ । शिक्षकले विद्यार्थीलाई व्यस्त बनाउन भन्दा पनि शिक्षण सिकाइसँग सम्बन्धी काम दिनुपर्दछ । गृह कार्य दिँदा जहिले पनि विद्यार्थीको क्षमता, कक्षाको स्तर र विद्यार्थीको रुचि जस्ता कुरा हरूलाई ध्यान दिनुपर्दछ । गृह कार्य भनेको विद्यार्थीको लागि हो । यदि कुनै विद्यार्थीले कुनै काम बुझइको कमीले पूरा गर्न सक्दैन भने त्यस्ता विद्यार्थीलाई जसरी पनि गृह कार्य पूरा गरेर ल्याउन बाध्य तुल्याउनुहुँदैन ।

गृह कार्य विद्यार्थीले शिक्षकलार्ई बुझएपछि त्यसलाई पुनरावलोकन गरी पृष्ठपोषण दिनुपर्दछ । यस्ता पृष्ठपोषण शिक्षक आफैँले वा सहपाठीहरूले पनि दिन सक्छन् । शिक्षकले गृह कार्य उद्देश्यमूलक बनाउन, त्यस्ता कार्यको सम्बन्ध सीधै शिक्षण सिकाइ क्रियाकलाप सँग सम्बन्धित गराउन निर्देशन प्रस्ट र विद्यार्थीहरूले बुझने भाषा र शैलीमा दिनुपर्दछ । गृह कार्य परीक्षणपछि रचनात्मक सुझाव दिने, कुन विद्यार्थीले समयमा गृह कार्य गरेको छैन र गृह कार्य गर्न सक्दैन भने विद्यालयको प्रशासन र अभिभावकलाई तत्काल जानकारी गराउने, आवश्यक पर्दा विद्यार्थीसँग एक्लै वा समूहमा छलफल गर्नु आदि शिक्षकको उत्तरदायित्व अन्तर्गत पर्दछन् ।

गृह कार्य गर्न र अध्यापनको लागि अनुकूल वातावरण तयार पार्नु, आफ्ना बालबालिकाहरूले विद्यालयमा के सिकिरहेका छन् भन्ने कुरा को पूर्ण जानकारी राख्नु, विद्यार्थीलाई घरमा गृह कार्य गर्दा आइपर्ने कठिनाइहरू शिक्षकलाई जानकारी गराउनु , आफ्ना बालबालिकाको विद्यालयका शिक्षक तथा प्रशासनसँग नियमित सम्पर्कमा रहिरहनु र आफ्ना बालबालिकाहरूलाई आवश्यक पर्ने सन्दर्भ सामग्रीहरू उपलब्ध गराउनु अभिभावकको दायित्व अन्तर्गत पर्दछन् ।

पृष्ठपोषण
पृष्ठपोषण भन्नाले कुनै पाठ/विषयवस्तुको शिक्षणपश्चात् विद्यार्थीको कामको अवलोकन गर्ने र सूचना सङ्कलन गर्ने अनि त्यसरी सङ्कलन गरिएको सूचनाको आधारमा विद्यार्थीलाई उनीहरूको उपलब्धिको बारेमा पृष्ठपोषण दिने सुझाव दिनु भन्ने बुझन्छि । यस्ता सुझाव वा पृष्ठपोषण जहिले पनि सकारात्मक हुनुपर्दछ । यसले विद्यार्थीलाई आफ्नो सिकाइ कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा को जानकारी र उत्प्रेरणा प्रदान गर्द छ ।

ग) परियोजना कार्यः
परियोजना कार्य शिक्षण सिकाइ क्रियाकलाप को अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको छ । परियोजना कार्यले एउटा विद्यार्थीलाई रराम्रो सिकारु मात्रै होइन एउटा दक्ष जिज्ञासु पनि बनाइदिन्छ । सिकाइ भन्ने कुरा एक्लै हुने होइन एउटा डेक्समा मात्रै हुने होइन । सिकाइ समूहमा हुने गर्छ । त्यसैले विद्यार्थीलार्ई धेरै भन्दा धेरै परियोजना कार्यमा संलग्नगराइन्छ । परियोजना कार्यमा शिक्षकले दिएको निर्देशन पालना गरी तय गरिएको उद्देश्य पूरा गर्ने विद्यार्थीलार्ई पुरस्कार र उद्देश्य पूरा न गर्ने लाई दण्ड दिइँदैन । बरु यसमा विद्यार्थीले कत्तिको सहकार्य गर्छन् भन्ने कुरा महत्वका साथ हेरिन्छ । परियोजना कार्य निर्माण गर्दा विद्यार्थीको भूमिका अहम् हुने गर्द छ । परियोजना कार्य गर्दा सर्वप्रथम उद्देश्य निर्माण गरिन्छ । त्यसपछि , शिक्षकले सिकाउन चाहेको विषयवस्तुको बारेमा विद्यार्थीको अनुभव र ज्ञानको पहिचान गरी विद्यार्थीको सम्बन्धित विषयवस्तुमा कस्तो जिज्ञासा, उत्सुकता र प्रश्न छन्, छलफल गरी निक्र्याेल गरिन्छ । यसलार्ई भ्प्ध्त्त क्रियाकलाप (Experience, Knowledge, Wondering and, Asking Question) पनि भनिन्छ ।

शिक्षकले सिकाइको विषयवस्तु सम्बन्धी आफ्नो अनुभव आदानप्रदान गर्द छन् । यसरी शिक्षकले आफ्नो अनुभव आदानप्रदान गर्दा विद्यार्थीमा सिकाइप्रति रुचि जान्छ । त्यस पछि शिक्षकले सम्बन्धित विषयवस्तुबारे आफ्ना विद्यार्थीलार्ई अभिभावकसँग अनुभव आदानप्रदान गर्न अभिप्रेरित गर्छन् । कक्षामा सो विषयवस्तुसँग सम्बन्धित खोजमूलक क्रियाकलाप गर्ने जस्तै उनीहरूको पूर्वज्ञान र अनुभवहरूको निष्कर्ष निकाल्ने आदि । त्यसपछि शिक्षकले विद्यार्थीले जान्न र बुझन चाहेको प्रश्नका आधारमा परियोजना निर्माण गर्ने गरिन्छ ।

घ) पोर्टफोलियो
विद्यार्थीको प्रगतिको अनुगमन गर्न प्रत्येक कक्षामा विद्यार्थीको पोर्टफोलियो तयार पारिन्छ । जसमा विद्यार्थीको कामको सङ्कलन गरिन्छ । यस्तो पोर्टफोलियो विद्यार्थी आफैंले तयार पार्छन् । आफूले गरेको कुन काम पोर्टफोलियोमा राख्ने/नराख्ने भन्ने निर्णय विद्यार्थी आफैंले गर्द छ । पोर्टफोलियोमा राख्न सकिने आइटमहरू के के हुन सक्छन् ? परम्परागत  मूल्याङ्कनले विद्यार्थीको उपलब्धिको प्रस्ट तस्बिर दिन सक्दैन । एउटा विद्यार्थीले दुई घण्टा वा तीन घण्टाको परीक्षामा के लेख्यो भन्ने आधारमा त्यस विद्यार्थीले कति सिक्यो भन्ने कुरा को निक्र्योल निकालियो भने विद्यार्थीलार्ई अन्याय पर्न जान्छ । यसको सट्टा विद्यार्थीले कक्षाकार्य, गृह कार्य, परियोजना कार्य तथा शिक्षकहरूले दिनुभएको , अन्य कार्यहरू (जर्नलहरू, विद्यार्थीले तयार पारेका graphic Organiger / Mind Map,  समूह कार्यहरू, कक्षाकार्य, गृह कार्य, परियोजना कार्यको प्रस्तुति, चार्ट/ग्राफ, पढेका किताबहरूको सूची, विद्यार्थीको स्वमूल्याङ्कन, विद्यार्थीको सहपाठीको  मूल्याङ्कन,  लिखित कार्यको नमुना) को अभिलेख राखी त्यस्ता कार्यहरूको मूल्याङ्कन गरी विद्यार्थीको प्रगतिको लेखजोखा गरियो भने बढी भरपर्दो र विश्वसनीय हुन्छ ।

विद्यार्थीले आफूले पोर्टफोलियोमा राख्न चाहेको काम किन राख्न चाहेका हो भन्ने कुरा राख्न चाहेको कामको कतै उल्लेख गर्न लगाउनुपर्दछ । यस्ता पोर्टफोलियो कक्षामा विद्यार्थीको सहज पहुँच भएको ठाउँमा राख्नुपर्दछ । पोर्टफोलियो एउटा उद्देश्यमूलक ढङ्गले तयार पारिएको फाइल हो जसमा विद्यार्थीले कति मिहिनेत गरे ? उनीहरूको प्रगति कसरी भइरहेको छ ? र उनीहरूले के कति उपलब्धि हासिल गरे भन्ने कुरा को पूर्ण जानकारी लिन सकिन्छ । यसले विद्यार्थीको उपलब्धि हासिल गरेको कुरा को ठोस जानकारी उपलब्धगराउँछ । यसमा विद्यार्थीको कामको मूल्याङ्कन समेत गरिन्छ । विद्यार्थी तथा शिक्षकहरूको स्वमूल्याङ्कनले उक्त विद्यार्थीले आगामी दिनमा के गर्नु पर्दछ ? कुन कुन सीपमा ध्यान दिनु पर्दछ ? भन्ने कुरा को प्रस्ट दिशाबोधगराउँदछ । पोर्टफोलियो प्रत्येक आइटममा मिति प्रस्टसँग लेख्न लगाउनुपर्दछ । जसले गर्दा विद्यार्थीको प्रगति सजिलैसँग देख्न सकियोस् ।  यस्ता पोर्टफोलियोहरू तीन प्रकारका हुन्छन्ः

पहिलो ः     विद्यार्थीको सबैभन्दा रराम्रो कामहरूको सङ्कलन
दोस्रोः     विद्यार्थीको मूल्याङ्कन न गरिएका कामहरूको वर्णन
तेस्रोः     विद्यार्थीको मूल्याङ्कन गरिएका कामहरूको सङ्कलन

पोर्टफोलियो एक प्रकारको कन्टेनर हो जहाँ प्रत्येक विद्यार्थीको सीप, क्षमता, इच्छा र उपलब्धिहरू सञ्चित गरिन्छ । यसले विद्यार्थीलार्ई सिकाइमा स्वनिर्भर बन्न मद्दत गर्द छ । पोर्टफोलियोले आफूसँग प्रतिस्पर्धा गर्न अग्रसर तुल्याउँछ ।

पोर्टफोलियो मूल्याङ्कन
पोर्टफोलियो मूल्याङ्कन निरन्तर चल्ने प्रक्रिया हो । विद्यार्थीले गरेका कामहरूको अभिलेख शिक्षकहरूले निरन्तर रूपमा विद्यार्थीसँग छलफल गर्द छन् । विद्यार्थीका राम्रा पक्षहरूको बोध गराउने र सुधार गर्नु पर्ने पक्षहरूको निरन्तर जानकारी गराउने र विद्यार्थीलाई आफ्नो उद्देश्य हासिल गर्न जहिल्यै पनि अभिप्रेरित गरिरहने गर्द छन् । यस्ता अभिलेखहरू आफ्ना बालबालिकाले कक्षाकोठामा के काम गरिरहेको छन् भन्ने कुरा को जानकारी लिन अभिभावकहरूलाई पनि सजिलो पर्दछ । साथै यस्ता अभिलेख भरपर्दो र आधिकारिक हुने गर्द छ । यस्ता अभिलेखहरू विद्यार्थीको निरन्तर प्रगतिमा के कस्तो परिवर्तन आयो भन्ने कुरा को सूचना लिन ज्यादै उपयोगी मानिन्छ ।

निष्कर्ष :
युलेन्स स्कूलमा पाँच वर्ष देखि गरेको प्रयोग र परीक्षणको आधारमा ढुक्कले भन्न सकिन्छ, आधारभूत तहको शिक्षाको लागि यो अति नै उपयोगी सावित हुँदोरहेछ । करीब २२ वर्षको शिक्षण अवधिमा पहिलो पल्ट यति व्यवस्थित तरिकाले ‘क्यास’को प्रयोग गरिएकाले पनि होला, म त यसबाट असाध्यै प्रभावित भएको छु । कक्षामा नजान्ने बच्चाले प्रश्न सोधेको अक्सर थाहा पाइन्न । तर यहाँ जान्ने र नजान्ने भनेर भेद नै न गरिने भएकाले नजान्नेले पनि आफूलाई जान्नेकै समकक्षमा राख्छ । नजान्ने हुँ भनेर हीनभावना पालेर बस्ने अवस्था नै आउँदैन । कक्षामा को पहिलो हो र को ३०औं विद्यार्थी हो भनेर नै छुट्याइँदैन । पहिले पहिले हामी परीक्षालाई केन्द्रमा राखेर सोच्थ्यांै, परीक्षामा त अक्सर महत्वपूर्ण कुरा सोधिने हो । परिणामस्वरुप हामीले विद्यार्थीलाई महत्वपूर्ण कुरा मा ध्यान दिन लगायौं, कम महत्वको ठानिएको कुरा सिकाउन छुटाउँछौं । बच्चाले त सिक्न पाएन नि !
त्यस्तै, परम्परागत शिक्षण पद्धति भएका सार्वजनिक र निजी दुवै खालका स्कूलमा अहिले पनि विद्यार्थीको जिज्ञासालाई स्थान नदिने क्रम जारी छ । जसले अन्ततः उनीहरूलाई जिज्ञासु होइन त्यसको ठीक उल्टो जिज्ञासा नराख्ने मानिस बनाइदिन्छ । शिक्षाको मूल मर्म त मानिसलाई सधैँ जिज्ञासु बनाउने पो हो । यो पद्धतिले चाहिँ शिक्षाको यो मर्मलाई खाँटी तरिकाले व्यवहारमा उतारिदिएको छ । त्यसै गरी शिक्षकको लागि आत्ममूल्याङ्कनको मसिनो कसी पनि बन्दोरहेछ यो विधि । कुन बच्चाले के जानेको छ, के जानेको छैन ? कुन बच्चाको कस्तो प्रवृत्ति र क्षमता के छ ? आदि कुरा हरूको त हेक्का पाइन्छ नै, आफू शिक्षण कार्यमा कत्तिको सफल हुन सकियो भनेर स्व–मूल्याङ्कन र आत्मसमीक्षा गर्ने गतिलो अवसर पनि यसले उपलब्धगराइदिन्छ ।

तर यो मूल्याङ्कन शिक्षक विद्यार्थी अनुपात ठिक्कको  हुनुपर्दछ, शिक्षकले एकदिन पढाउनु पर्ने न्यूनतम घन्टी भने कम हुनु जरुरी छ । एउटा कक्षामा अधिकतम ३० जना विद्यार्थी र एउटा शिक्षकले  दैनिक ४५ मिनेटको अधिकतम ४ घण्टी पढाउन पाएमा यो मूल्याङ्कन पद्धति सजिलै प्रयोगमा ल्याउन सकिन्छ । स्कूलमा ठोस, अर्थपूर्ण र ‘चामत्कारिक’ परिवर्तन ल्याउन चाहने प्रअ तथा शिक्षकहरूले यो पद्धतिलाई अनुसरण गर्न ढिलो न गरे कै रराम्रो !

(युलेन्स स्कुल, खुमलटार ललितपुरका प्रअ लामिछानेले ब्याङ्क स्ट्रीटग्य्राजुएट स्कूल अफ एजुकेसन यु.एस.ए बाट एजुकेसन लिडरसीपमा एड्भान्स मास्टर डिग्री हासिल गरेका छन् ।)

commercial commercial commercial commercial