समानता र सहकार्य

बाघ र बाख्रामा के–के समान ता छन् ?

व्यक्ति, समाज , समुदाय, भाषा, विचार , नश्ल, संस्कृति आदिका हुनसक्नेसम्मका अन्तरहरू केलाउन सिकाइएको अहिलेको अवस्थामा समान ता खोज्ने यो प्रश्न कति सान्दर्भिक छ ? विविधताहरूमागर्व गर्न सिकेका हामीले अब हाम्रा समान ताहरू खोजेर तिनमा पनि गर्व गर्न सिक्नु र सक्नुपर्छ कि ?

माथिको प्रश्नको एउटा उत्तर यस्तो हुन सक्ला– बाघ र बाख्रा दुवैथरी चारखुट्टे प्राणी हुन् र दुवै नै ‘बाघचाल’ भत्रे खेलकागोटी पनि हुन् !

त्यसोभए शिक्षक, अभिभावक र विद्यार्थीहरूमा के–के भिन्नता छन् त ?

शिक्षक र अभिभावकमा धेरै अन्तर छन्– शिक्षकमा निश्चित शैक्षिक योग्यता हुनुपर्छ, अभिभावकमा त्यो हुनु जरूरी छैन; शिक्षकले पढाएबापत पारिश्रमिक पाउँछन्, अभिभावकले अभिभावक भएबापत केही पाउँदैनन्; शिक्षकले आफ्नो हकहितका लागि हड्ताल गर्न सक्छन्, अभिभावक केही गर्न सक्दैनन् आदि–आदि । विद्यार्थीसितका अन्तरका त कुरै न गरौँ; बबुराहरूलाई अभिभावक र शिक्षकले उमेर, योग्यता, हैसियत, बल, बुद्धि, अनुभव, शक्ति कुनै पनि हिसाबले आफू बराबरका ठात्र पनि चाहँदैनन् ।

अब एकछिन् यी तीनथरी (शिक्षक, अभिभावक र विद्यार्थी)का समान ता केलाएर हेरौँ । बाघ–बाख्राकै पाराले भत्रे हो भने तीनैथरी भविष्य नामको खेलकागोटी हुन् । तर यो खेलमा भने हारजित हुँदैन, कि जितै जित हुन्छ, कि हारै हार । जिते सबैले जित्छन्, हारे सबैले हार्छन् । यी तीनैथरीको एउटै प्राथमिक लक्ष्य छ– शिक्षा । शिक्षकहरू आफ्ना विद्यार्थीलाई रराम्रो पढाएर नाम, जस, प्रतिष्ठा पाउन चाहन्छन् । अभिभावकहरू आफ्ना सन्तानलाई रराम्रो शिक्षा–दिक्षा दिएर उनीहरूको र आफ्नो समेत भविष्य सुनिश्चित गर्न चाहन्छन्, आफ्ना सन्तानको नाम सुवास देशदेशावर पुगोस् भत्रे चाहन्छन् । विद्यार्थीले झन् ठूला सपना देखेका हुन्छन् । देखे–सुने अनुसार साना कक्षामा हुन्जेल ‘डाक्टर/नर्स बनेर रोगीको सेवा गर्ने ’, भनुन् वा बढ्दै गएपछि ‘पाइलट’ वा ‘कम्प्युटर इन्जिनियर’ बत्रे भनुन् ‘पढ्नु नपर्ने वा थोरै पढे पनि हुने खालका’ करियर उनीहरूले पनि रोजेका हुँदैनन् । तर पनि हराम्रो शिक्षा सहीगति रगन्तव्यतिर उन्मुख किन देखिँदैन ?

यसपटक मलाई विद्यार्थीका लागि सृजनशील लेखनका बारेमा कुरा कानी गर्दै धेरैवटा स्कूल घुम्ने संयोग जुट्यो । दुः खको कुरा , अधिकांश स्कूलहरू हुनुपर्ने जस्ता छैनन् । ‘हुनुपर्ने जस्तो’लाई अलि ठूलै माग मात्रे हो भने यसैलाई संशोधन गरे हुन्छ, अधिकांश स्कूलहरू ‘हुनसक्ने’ स्तर का पनि छैनन् । तीन चार ठाउँमा केही शिक्षकहरूसित अनौपचारिक छलफल पनि भयो, स्थिति किन यस्तो छ र यसलाई कसरी सपार्न सकिन्छ भत्रे बारेमा । शिक्षक साथीहरूले एकैखालका गुनासो गर्नु भयो, अभिभावकहरूका बारेमा । अभिभावकहरूले विद्यार्थीको पढाइका बारेमा ध्यान नै नदिएको, बालबालिकालाई घरमा पढ्ने समय नदिएको तर रिजल्ट भने रराम्रो खोजेको, पढाइलाई चाहिने सामग्रीहरू जुटाउनमा हेलचेक्र्याईं गरेको, छोराछोरीका सामुत्रे शिक्षकहरूका बारेमा नकारात्मक कुरा गरेर आदरभाव जाग्न नदिएको, सानै उमेरमा मोबाइल फोन दिएको– गुनासाहरू एकदमै धेरै थिए ।

जुन विद्यालयका शिक्षकहरूसित मैले कुरा गरें, त्यही विद्यालयका अभिभावक र विद्यार्थीसित त कुरा गर्न मिलेन, तर अर्का दुईवटा समुदायका अभिभावकसित पनि पढाइका बारेमा कुरा उप्काएँ । यो कुनै व्यवस्थित अनुसन्धान थिएन, चिया पसलमा भेटिने खालका अभिभावकसित मात्र कुरा भएको हो; तर उनीहरू भने शिक्षकहरूप्रति क्रूद्ध नै पाइए । ‘स्कूलमा पढाउँदैनन्, ट्युसन र कोचिङ क्लासमा बोलाउँछन्, तलब मात्र खान्छन्, राजनीति गर्छन्’ आदि आदि ।

अनि शिक्षकहरूलाई त्यसरी दोष लगाउने अभिभावकलाई शिक्षकका गुनासा पनि सुनाएँ मैले । ‘हामीले जान्दैनौँ भनेर त सरकारले तिनीहरूलाई तलब खुवाएको नि !’ एकजना अभिभावकले नेताले जस्तो कुरा गरिहाले । तर केही अभिभावकले भने सकारे, ‘धेरै कुरा जानिँदैन, जानेको कुरा पनि गर्न सकिँदैन । छोराछोरी पनि अटेरी हुन थाले, साना हुन्जेल मर्लान् भत्रे पीर, हुर्केपछि मार्लान् भत्रे पीर !’

दुवैथरीको गुनासो विद्यार्थीप्रति पनि !

यसपटक विद्यार्थीसित यसै विषयमा कुरा गर्न अनुकूल परेन । तर उनीहरूसित पनि चाँडै नै यस विषयमा कुरा गर्न मन लागेको छ ।

यी तीनैथरीमा विशिष्ट समान ता छ, तर त्यसको प्रतिफल हासिल हुनसकेको छैन । वास्तवमा समान ता मात्र भएर पुग्दैन, सहकार्य पनि हुनु आवश्यक छ । समान विचार र समान लक्ष्य भएका व्यक्ति वा समुदायहरूले मिलेर काम गरे मात्र केही हात लाग्न सक्छ ।

फेरि पनि , यो सहकार्य कसले गर्ने ? हामी त सधैँ झैँ, यसका लागि पनि हाम्रै मुख्य पाठकहरू, अर्थात् शिक्षक साथीहरूलाई नै योग्य देख्छौँ । छलफल गरौँ, कुरा कानी गरौँ र यो समान तालाई शक्ति बनाऔँ ।

commercial commercial commercial commercial