जिज्ञासा र जवाफ

एउटा पृथ्वीका थरीथरी नाप !

कक्षा ५ को विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा को पाठ १३ मा ‘पृथ्वी’ भन्ने शीर्षकमा क्रस्टको मोटाइ ७५ किमि, म्यान्टलको मोटाइ २,९०० किमि, बाह्यकोरको मोटाइ २,००० किमि र भित्रीकोरको मोटाइ १,३६० किमि दिइएको छ । उता कक्षा ७ को विज्ञानको पाठ १६ मा पृथ्वीको क्रस्टको मोटाइ ५–१० किमि, म्यान्टलको मोटाइ ३,००० किमि, बाह्यकोरको मोटाइ २,१०० किमि र भित्रीकोरको मोटाइ १,३०० किमि लेखिएको छ ।

यस्तै, कक्षा ७ को सोही पाठमा पृथ्वीको भूमध्यरेखाको व्यास १२,७९२ किमि र उत्तर–दक्षिण ध्रुवतिर को व्यास १२,७५६ किमि र यी दुई व्यासमा ३६ किमि मात्र फरक रहेको लेखिए तापनि कक्षा ७ को सामाजिक शिक्षा विषयको पृष्ठ ६६ मा पृथ्वीको भूमध्यरेखाको व्यास १२,७५६ किमि र ध्रुवतिर को व्यास १२,७१३ किमि उल्लेख छ । यस्तै, कक्षा ६ को विज्ञानको पाठ १७ अन्तर्गत पृष्ठ १४८ मा भूमध्यरेखाको व्यास १२,८०० किमि र ध्रुवीय व्यास १२,७५१ किमि छ भने कक्षा ६ कै विज्ञानको पृष्ठ ६८ को ‘पृथ्वीको परिचय’ पाठमा भूमध्यरेखा र ध्रुवीय व्यास १२,७१४ किमि जनाइएको छ । कक्षा र विषयपिच्छे यसरी फरक–फरक आँकडा भएकाले पढाउनै गाह्रो परेको छ । सरकारी निकायले तयार पारेका पाठ्यपुस्तकमा यस्तोगाईजात्रा किन ?
धनञ्जय श्रेष्ठ
चन्द्रावती उमावि, लेखानी–५, उदयपुर

पुस्तकका लेखकहरूले फरक–फरक स्रोतबाट तथ्याङ्क लिइएका कारण विज्ञान र सामाजिक विषयमा फरक तथ्य रहेको हुन सक्छ । कक्षा ६ को विज्ञानको परिमार्जित पाठ्यपुस्तकमा क्रस्ट, म्यान्टल, बाह्यकोर र भित्रीकोरको मोटाइ क्रमशः ७५ किमि, २,९०० किमि, २,१०० किमि र १,३०० किमि कायम गरिएको छ । शिक्षणका क्रममा यसैलाई आधार मान्दा रराम्रो र व्यावहारिक हुन्छ । आउँदा दिनमा सबै पाठ्यपुस्तकमा यही तथ्यलाई समेट्दै लैजाने हराम्रो योजना छ ।

साथै, भूमध्यरेखीय र ध्रुवीय व्यासको सन्दर्भमा भने हाललाई पाठ्यपुस्तकमा जुन तथ्य उल्लेख छ, त्यसैलाई आधार मानिदिनुहुन अनुरोध छ । पाठ्यपुस्तक परिमार्जन गर्दा यसमा पनि एकरुपता ल्याउने प्रयास पाठ्यक्रम विकास केन्द्रले गर्ने छ ।
डम्बरध्वज आङ्गदेम्बे
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

गुरुत्वबल तौल होइन

स्वतन्त्र खसाइ (Free Fall): कुनै वस्तु बाह्य अवरोध विना खस्नुलाई स्वतन्त्र खसाइ भनिन्छ । जस्तै; पृथ्वीमा धेरै माथिबाट खसेको वस्तु (जसमा हावाको अवरोध नगण्य हुन्छ ।)
तौल विहीनता (Weightlessness): स्वतन्त्र खसाइको अवस्थामा वस्तु तौलविहीन हुनुलाई तौल विहीनता भनिन्छ । यहाँ, स्वतन्त्र खसाइको अवस्थामा वस्तुको तौल हुँदैन अथवा शून्य हुन्छ भनिन्छ । तर, मेरो विचार मा स्वतन्त्र खसाइको अवस्थामा पनि त गुरुत्व बल नलागेको भए सो वस्तु कसरी तल झ्¥यो ? र गुरुत्व बल लागेको भए त्यही गुरुत्व बलको मात्रा नै वस्तुको तौल हुनेभयो नि ! त्यसकारण मैले बुझन चाहेको कुरा के हो भने स्वतन्त्र खसाइको अवस्थामा वस्तुको तौल कसरी शून्य हुन्छ ?
W=m×g हुन्छ । तर, स्वतन्त्र खसाइको अवस्थामा, W=0  भए,
m×g=0  हुन्छ ।
त्यसकारण, कि त m=0  अथवा g=0  हुनुपर्ने होइन र ?
यहाँ, m अथवा वस्तुको पिण्ड शून्य हुनसक्दैन । वस्तुको पिण्ड त सबै ठाउँमा अचर हुन्छ । फेरि, g शून्य हुन पुग्यो । तर, स्वतन्त्र खसाइको अवस्थामा वस्तुमा उत्पन्न हुने प्रवेग त्यस ठाउँको गुरुत्व प्रवेगको मान सँग बराबर हुन्छ भनिन्छ । यसरी m पनि शून्य हुन नसक्ने र g पनि शून्य नभएपछि कसरी W शून्य हुन्छ ?
निरज कोइराला
केवलपुर हरिहर भोज कुमारी मावि, केवलपुर–३, धादिङ

तौल वस्तुमा लागेको प्रतिक्रियात्मक बल हो । सम्पूर्ण गुरुत्व बल नै वस्तुको तौल हुँदैन । वस्तु स्थिर अवस्थामा हुँदा मात्रै W=m×g हुन्छ । वास्तवमा W = mg - ma  हुन्छ । (यहाँ ब. वस्तुमा उत्पन्न भएको वास्तविक प्रवेग हो ।) वस्तुको स्वतन्त्र खसाइ हुँदा a = 0 हुन्छ ।
त्यसैले; W = mg - mg = 0 हुन्छ ।
यसरी, W शून्य भएको अनुभव हुन्छ । g शून्य भएर होइन ।
डम्बरध्वज आङ्गदेम्बे
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

ग्रेड निर्धारण कसरी हुन्छ ?

शिक्षकको स्थायी नियुक्ति भएको कति समयपछि शिक्षककोग्रेड निर्धारण गरिन्छ ? नियुक्ति पाएको एक वर्षपछि ग्रेड थपिनुपर्ने होइन र ?
दीपेन्द्र राई, ज्ञानोदय उमावि, धरान–११, सुनसरी; मनिराम भट्टराई, संस्कृत तथा साधारण मावि, रिडी,गुल्मी; ध्रुवप्रसाद पङ्गेनी,
बुद्धविकास निमावि, कोलडाँडा, पाल्पा;
तीर्थबहादुर जोशी, तिखातल निमावि, दोलखा

शिक्षकले स्थायी नियुक्ति पाएको एक वर्ष पुग्दैमा ‘ग्रेड’ पाउँदैनन् । एक शैक्षिक सत्र पूरा हुनुपर्छ । जस्तै; १ कात्तिक २०६८ मा स्थायी नियुक्ति पाएको शिक्षकले २०६९ कात्तिकमा एकवर्षे सेवा अवधि पूरा भए पनि शैक्षिक सत्र पूरा भएको मानिँदैन । २०६९ साउन देखि मात्रै उसलेग्रेड पाउँछ ।
न्हुच्छेबहादुर महर्जन
उपसचिव (लेखा), शिक्षा विभाग

तलब पनि बढ्ने हो ?

संशोधित शिक्षा नियमावली (२०६८)मा प्राथमिक तहका लागि शिक्षकको न्यूनतम योग्यता प्रमाणपत्र तह वा सोसरह कायम गरिएको छ । उक्त योग्यता अनुसार नियुक्त हुने शिक्षकले तलब स्केल चाहिँ कति हुन्छ ?
नानीकाजी खड्का
सिंहकाली उमावि, तिङ्ला, सोलुखुम्बु

प्राथमिक शिक्षकको शैक्षिक योग्यता प्रमाणपत्र तह कायम गरिए तापनि तलब स्केल भने प्राथमिक तहकै हुनेछ ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय

बीमा रकम कहिले पाइन्छ ?

२०६४, साउन देखि शिक्षकको बीमा हुँदै आएको छ । शिक्षकले अवकाश पाएपछि बीमा भुक्तानी कसरी र कति पाउँछन् ?
निर्जल श्रेष्ठ
विराटनगर, मोरङ

शिक्षकले अनिवार्य अवकाश पाएपछि बीमा रकम दिने व्यवस्था शिक्षा नियमावलीमा छ । सेवा अवधि अनुसार बीमा रकमको अनुपात फरक–फरक हुन्छ । जस्तो;
एक वर्षभन्दा कम    – रु.१०,०००
एक देखि पाँच वर्ष    – रु.२५,०००
पाँच देखि दश वर्ष    – रु.५०,०००
दश देखि पन्ध्र वर्ष    – रु.७५,०००
बीस वर्षसम्म    – रु.१,००,०००
(विस्तृत जानकारीको लागि हेर्नुहोस्, शिक्षा नियमावली, २०५९ को नियम १२७) । यो व्यवस्था कार्यान्वयन गर्नका निम्ति कार्यविधि बन्नु पर्ने हुन्छ । हामी अहिले त्यस्तो कार्यविधि तर्जुमा गर्दैछौं ।
वीरसिंह धामी
शाखा अधिकृत, शिक्षा मन्त्रालय

पाठ्यक्रम किन्नैपर्ने हो ?

प्राथमिक शिक्षा पाठ्यक्रम, २०४९ लागू भएपछि जिशिकाले परिमार्जित पाठ्यक्रम, विशिष्टीकरण तालिका, शिक्षक निर्देशिका तथा सन्दर्भ सामग्रीहरू शिक्षकलाई निशुल्क उपलब्ध गराए को थियो । तर, २०६२ सालमा परिमार्जित पाठ्यक्रम तथा निर्देशिकालाई सशुल्कगराइएको हो ?
केदारप्रसाद बराल
भानु निमावि, हतपते–४, सिन्धुली

पाठ्यक्रम विकास केन्द्रले विगतमा हरेक विद्यालयसम्म पुरयाउने गरी पाठ्यक्रम र अन्य सामग्री प्रकाशन गर्द थ्यो । तर, अहिले त्यस्ता सामग्री कार्यालय प्रयोजनका लागि सीमित प्रति मात्रै छापिन्छन् । हाल निजी प्रकाशन गृह बाट पनि पाठ्यक्रम र शिक्षक निर्देशिका छापिन्छन् । शिक्षा विभागबाट ‘शैक्षिक सामग्री’ शीर्षकमा जाने बजेटबाटै विद्यालयले ती सामग्री किन्नुपर्ने हुन्छ । केन्द्रको वेबसाइट www.moescdc.gov.np बाट पाठ्यक्रम र शिक्षक स्रोत सामग्री निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
निर्मल घिमिरे
उपसचिव, पाठ्यक्रम विकास केन्द्र

दिवस पर्दा के गर्ने ?

शिक्षण संस्थाहरूले राष्ट्रिय शिक्षा दिवस/साक्षरता दिवस, बाल दिवसका दिन नियमित पठनपाठन गर्ने हो कि अन्य अतिरिक्त क्रियाकलाप गराउने ? वा विद्यालय नै बन्द गर्ने हो ? विद्यालय खोल्दा पनि शिक्षक, विद्यार्थीको हाजिरी गर्ने कि बिदा वा दिवस जनाउने हो ?
विष्णु खतिवडा, त्रियुगा–९, उदयपुर

राष्ट्रिय शिक्षा दिवस/साक्षरता दिवसको दिन शिक्षा मन्त्रालयले राष्ट्रिय स्तर को समारोह आयोजना गर्ने गरेको छ । यो दिन विद्यालयमा के गर्ने भन्ने अलग नीति छैन । तर विद्यालयमा पनि शिक्षा दिवसको सान्दर्भिकता झल्कने गरी समारोह गर्न सकिन्छ । यो दिन शिक्षकहरूले हाजिर गर्नु पर्छ । बाल दिवसको सन्दर्भमा पनि मन्त्रालयको कुनै स्पष्ट नीति छैन । यसअघि ४ भदौमा बाल दिवस पर्दा सार्वजनिक बिदा दिने प्रचलन भए पनि बाल दिवसको दिन फेरिए यता बिदा दिइएको छैन । यस दिन विद्यालयमा पठनपाठन नै हुँदै आएको छ । तथापि, विद्यालयले बाल दिवसका सन्दर्भमा कार्यक्रम पनि गर्न सक्छन् ।
जनार्दन नेपाल
सहसचिव, शिक्षा मन्त्रालय

अनुमतिपत्र कसरी सच्याउने ?

२०६६/६७ को परीक्षा उत्तीर्ण गरी प्राथमिक तहको शिक्षण अनुमतिपत्र पाएकी मेरी श्रीमती सङ्गीता मेहताको अनुमतिपत्र (रोल नम्बर ०८९८ र प्र.प.नं. ३०५५६) मा बाबुको नाम र ठेगानागलत छापिएको छ । शिक्षक सेवा आयोगबाट सच्चिएको अनुमतिपत्र कसरी प्राप्त गर्न सकिन्छ ?
शिव कुमार महतो
लालपुर–२, सिरहा

अनुमतिपत्र लिएको व्यक्तिको निवेदन, नागरिकताको प्रतिलिपि र अनुमतिपत्रको सक्कल प्रतिका साथ सम्बन्धित जिल्ला शिक्षा कार्यालयको सिफारिस आयोगमा प्राप्त भएपछि अभिलेख संशोधन गरी सच्चिएको अनुमतिपत्र जिशिकामै पठाइने व्यवस्था छ । निवेदक आपैंmले जिशिकाको सिफारिसका साथ सोझै आयोगको कार्यालयमा निवेदन पनि दिन सक्छन् । यसो गर्दा अझ् छिटो हुन्छ ।
जवाहरलाल हमाल
शाखा अधिकृत, शिक्षक सेवा आयोग

‘ग्रेड’को रकम किन बढ्दैन ?

बेलाबेलामा तलब बढे पनि सरकारी कर्मचारी/शिक्षकको ‘ग्रेड’ रकम सधैँ उही रहने गरेको छ, किन ? तलबसँगै ‘ग्रेड’को रकम पनि बढ्नुपर्ने होइन ?
धनबहादुर पोखरेली
देवी उमावि, विर्तामोड, झपा

सरकारले आ.व.२०५७/५८ माग्रेड पुनरावलोकन गर्ने क्रममा एक दिनको तलब बराबर हुने गरीग्रेड रकम निर्धारण गरेको थियो । तर, त्यसपछि मन्त्रिपरिषद्बाट यसबारे अर्को कुनै निर्णय भएको छैन । त्यसैलेग्रेड रकम नबढेको हो ।
वीरसिंह धामी
शाखा अधिकृत, शिक्षा मन्त्रालय

commercial commercial commercial commercial