नवज्योति मावि, शेराबेसी पुग्दा

८ भदौ २०६८ को कुरा हो । पर्वतको भुकताङले गाविसको शेराबेसीस्थित नवज्योति थम मा.वि.को वार्षिक कार्यक्रममा विद्यार्थीहरूलेगाएको बोर्डिङ मनपरयो भन्छन्, मलाई त शेरा नै मन परयो !गीतले मन छोयो । विद्यालयमा त्यस्तो विद्यार्थीलाई मन पर्ने के कुरा छ त ? उत्सुकता जाग्यो । विद्यालयका राम्रा पक्षको खोजी गर्न थालेँ ।

सरसर्ती अवलोकनबाट विद्यालयको बालविकास केन्द्रमा बालबालिकालाई सजिलै बस्न, खेल्न र सुत्न मिल्ने कार्पेटको व्यवस्था, व्यक्तिगत सामग्री राख्न मिल्ने रयाक, कार्पेटमा बसेर पुस्तक–कापी राख्न, लेख्न, पढ्न मिल्ने होचा टेबुल, विद्यार्थीका खाजालगायत सामग्री राख्न मिल्ने रयाक, भित्तामा ज्ञानबद्र्धक पोस्टर, तालिका, नक्सा र टेबुलमा राखिएका खेलका सामग्रीले बालविकास केन्द्र साना बालबालिकालाई उपयुक्त भएको प्रस्ट हुन्थ्यो । अन्य कक्षाकोठा सफा थिए । भित्तामा चार्टहरू सजाइएका थिए । कार्यालय कक्षमा शिक्षकहरूको लागि पुस्तक र सामान राख्न मिल्ने रयाकसहितकोगोलाकार टेबुल, विभिन्न चार्ट, तस्बिर, नक्साहरूले भित्ता पनि सजिएका थिए । विद्यालयलाई आर्थिक र अन्य तरहले सहयोग गर्ने दाताका तस्बिरहरू पनि सजाइएका थिए । कार्यालयको एकछेउमा कम्प्युटर थिए । समग्रमा; कार्यालय व्यवस्थित देखि न्थ्यो ।
विद्यालयका शिक्षक र छात्रछात्राका अलग–अलग शौचालय पनि सफा थिए । हरेकमा पानीको व्यवस्था थियो । विद्यार्थी र शिक्षकले नियमित ‘ड्रेस’ प्रयोग गर्ने कुरा शिक्षक र विद्यार्थीलाई देख्दा नै जानकारी भइसकेको थियो । विद्यालयको पुस्तकालयमा ठूला विद्यार्थी र शिक्षकलाई मात्र होइन साना साना पुस्तक पल्टाउने र पढ्ने बानी नबसेका बालबालिकालाई पनि आकर्षण गर्ने खालका सचित्र पुस्तकहरू राम्ररी सजाइएका थिए ।

शिक्षकहरू विद्यालयको कामलाई आफ्नै काम ठान्दछन् भन्ने कुरा शिक्षकहरूले कार्यक्रममा निर्वाह गरेको जिम्मेवारीले देखाउँथ्यो । शिक्षक, अभिभावक र विद्यार्थीका भनाइबाट विद्यालयमा बाल क्लब सक्रिय रहेको, प्रत्येक दिन विद्यार्थीलाई पिटी खेलाइने, नियमित रूपमा अतिरिक्त क्रियाकलाप हुने, निरन्तर विद्यार्थी मूल्याङ्कन गरिने, विद्यार्थीको नतिजाको विषयमा अभिभावकसँग छलफल , समुदाय र वि.व्य.स.का पदाधिकारीहरूबाट नियमित अनुगमन जस्ता राम्रा कुरा हरू पनि विद्यालयमा भएको पुष्टि भयो । अभिभावकको चाहना अनुसार कक्षा एक देखि पाँचसम्म अङ्गे्रजी माध्यम अपनाइएको रहेछ । धेरैजसो विद्यालयका वार्षिक उत्सवहरूमा जाँदा दिक्क लाग्ने फिल्मका र बजारमा चलेकागीतका चक्का लगाएर विद्यार्थी नाँच्ने र समय बर्बाद गर्ने जस्तो कुरा यहाँ भएन । विद्यार्थीका आफ्नै शिक्षाप्रदगीत र स्थानीय भेषभूषासहितका नृत्य हेर्न पाउँदा दिन गएको पत्तै भएन । बरु अन्य जिल्लाका रराम्रो गर्ने विद्यालयहरूको सम्झना आयो । अर्घाखाँचीको सन्धिखर्कस्थित युवावर्ष मा.वि.का प्रअलाई सम्झेँ । त्यस सामुदायिक विद्यालयमा भर्ना नपाएर सन्धिखर्कका अन्य बोर्डिङ स्कूलमा विद्यार्थी भर्ना गर्नु पर्दा अभिभावक दुः खित भएको , अन्य जिल्लाका निजी विद्यालयबाट निकालेर त्यस विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना गरिदिन कर्मचारीले दिने गरेको दबाबको अनुभव मलाई ताजै थियो ।

कार्यक्रममा विद्यालयको लागि रु.३५ देखि रु.११ लाखसम्म चन्दा दिनेका नाम मात्र होइन; विद्यालयमा शिक्षा कार्यालयबाट कति रकम आयो र कुन कुन शीर्षकमा खर्च भयो भन्ने कुरा सबै अभिभावकले बुझने भाषामा सुनाइयो । सबै आय–व्यय छापिएको प्रतिवेदन अभिभावक र पाहुनालाई बाँडियो । यस्तै कुरा ले गर्दा हुनसक्छ; विद्यालयको चौरमा त्यतिका अभिभावक हलचल न गरी दिनभरी बसेका । विद्यालयले आफ्ना कुरा अभिभावकसँग पारदर्शी रूपमा बाँडचुँड गर्द छ र अभिभावकको सुझाव अनुसार आफ्ना गतिविधिलाई सुधार गर्दै लैजान्छ भने अभिभावकले विद्यालयलाई माया न गर्ने कुरै आउँदैन ।

नवज्योति थम मावि त्यहाँको समुदायको रोजाइमा परिसकेको तथ्य पारिपट्टि कास्कीतर्फको सडक छेवैको बोर्डिङ स्कूलका प्रिन्सिपलले आफ्ना विद्यार्थी यो विद्यालयमा आउन थाले भनी गरेको गुनासोबाट पनि पुष्टि हुन्थ्यो । विद्यार्थीका प्रतिभा मौलाउन पाउँछन्, विद्यार्थीका समस्याप्रति विद्यालयले ख्याल राख्दछ र शिक्षकहरू आदर्श तथा मिहिनेती छन् भने विद्यार्थीलाई विद्यालय मन नपर्ने कुरै हुँदैन । त्यसैले होला विद्यार्थीलाई मात्र होइन अभिभावकलाई समेत शेराबेसी मन परेको । धन्यवाद छ विद्यालयलाई समुदाय र विद्यार्थीको आकर्षण बढाउन सफल विद्यालयका प्रधानाध्यपक, शिक्षक, वि.व्य.स. पदाधिकारी र सम्पूर्ण विद्यालय सहयोगीहरूलाई ।
रमाकान्त शर्मा, जिशिअ, पर्वत
Sharma.ramakanta@gmail.com

commercial commercial commercial commercial