खल्तीभरि शैक्षिक सामग्री

स्थायी त परै रह्यो, उनी अस्थायी वा राहत दरबन्दीका शिक्षक पनि होइनन् । ‘निजी स्रोत’ अन्तर्गत परेकाले उनको तलब निकै कम छ । तर उनी रराम्रो पढाउनेमा मात्रगनिँदैनन्; विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावककागतिला सहयोगी पनि हुन् । पर्वतको थापाठाना गाविसस्थितथापाठाना माविका शिक्षकगणेश शर्मा पौडेलको सबैभन्दा ठूलो विशेषता चाहिँ मौलिक शिक्षण प्रयास हो ।  

सामान्य शिक्षकहरू विद्यालय समयमा चक, डस्टर, कलम र शिक्षण सहयोगी पुस्तक साथमा राख्छन् । तर पौडेल भने झण्डै तीनदर्जन शैक्षिक सामग्रीसँगै दैनिक जीवनमा उपयोगी हुने अन्य थुप्रै सामग्री साथमा राख्छन् ।   

गणित र विज्ञान विषयका मावि शिक्षक पौडेलको साथमा तीन–चार थरी कलम, बोर्डमार्कर, डिक्सनरी, हाते लेन्स,गम, कैंची, क्याल्कुलेटर, पेन्सिल, पेपर,ग्लासकटर, स्टाप्लर, आलपिन हुन्छन् । यति मात्रै हैन, नाप्ने टेप, फेविकल, लाइटर, टर्चलाइट, ब्यान्डेज, पेचकस, स्केल, मैनबत्ती, कम्पास, टिपेक्स, थर्मामिटर, नङ्कट, चुम्बक, पानीको धारा जोड्ने सामान , सियो–धागो लगायतका तीनदर्जन सामान उनको साथमा हुन्छन् ।  

आफू परनिर्भरतामुक्त हुन र शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सहयोग गर्ने उद्देश्यले सात वर्ष देखि यस्ता सामान बोक्न थालेको उनी बताउँछन् । भन्छन्, “कक्षामा प्रयोगात्मक क्रियाकलाप गर्दा विद्यार्थीलाई सिक्न थप मद्दत पुग्छ; विद्यार्थीले सुनेर, घोकेरभन्दा प्रत्यक्ष देखेर बढी जान्दछन् । साथमै सामान भएपछि त्यसो गर्न सजिलो हुनेभयो ।”

बिहान बेलुकीको खानाबाहेक दिउँसो चियाखाजा नखाने पौडेलले त्यही खर्चबाट सामान जुटाउँछन् । सबै सामान उनी कमिज, इस्टकोट र पाइन्टको खल्तीमा राख्छन् । यसका लागि कपडा सिलाउने बेलामै बलियो, धेरै र ठूला खल्ती बनाउन ल गाउँछन् । “मलाई रराम्रो हैन, बलियो चाहिन्छ”, पौडेल भन्छन्, “चार कक्षा पढ्ने बेला देखि कै बानी हो । तर पढाउन थालेपछि भने यसलाई व्यवस्थित बनाएको हुँ ।”

विद्यार्थी पनि शैक्षिक सामग्री बोक्ने शर्माको बानीले निकै खुशी छन् । ९ कक्षाकी छात्रा सपना श्रेष्ठ भन्छिन्, “तरगणेश सरको यस्तो व्यवहार र सहयोगले विद्यालयको वातावरण सहज बनेको छ । यसले हामीलाई पनि पढ्न र थप शिक्षा आर्जनमा सहयोग पुर्याएको छ ।” पौडेलले पढाउने बेला जे विषयको चर्चा हुन्छ तुरुन्तैगोजीबाट त्यही सामान निकालेर विद्यार्थीलाई देखाइहाल्छन् । जस्तो नेपालको झ्ण्डाको कुरा आएमा उनी तत्कालै कागज काट्न थाल्छन् र विद्यार्थीलाई पनि बनाउन ल गाउँछन् ।

पौडेललाई विद्यालयले मासिक ७ हजार ४ सय रुपैयाँ तलब दिन्छ । घरमा दुईछाक खान–लाउन समस्या नभएकाले उनले आधा तलब विद्यालयको पुस्तकालयमा पुस्तक सङ्ख्या बढाउन तथा साथमा राख्ने सामान किन्नमा प्रयोग गर्छन् । शहर–बजार झ्रेको बेला पनि सामग्री साथै राख्ने उनले फर्किंदा अनिवार्य रूपमा पुस्तकालयमा कुनै न कुनै पुस्तक किनेर लैजान्छन् ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले शिक्षक पौडेलको यस्तो कामले आफूहरूलाई निकै सहयोग पुगेको र विद्यार्थीलाई पढ्नमा थप उत्साह थपेको बताए । “कसैलाई पनि कुनै चिजको आवश्यकता परेमा उहाँले निःशुल्क उपलब्ध गराउनु हुन्छ”, उनले भने, “हामीलाई पनि कुनै सामान सकिएजस्तो हुँदैन ।” विद्यालयमा नभएका सामान पनि पौडेलको साथमा हुने भएकाले केही कुरा को खाँचो नहुने र पौडेलले विद्यालयको कुनै पनि शिक्षण सामग्री प्रयोग न गरेको विद्यालयले जनाएको छ ।  

पौडेलले तीन वर्ष देखि लाइब्रेरियनको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । उनी सबै विद्यार्थीलाई ‘तपाईं’ले सम्बोधन गर्छन् । त्यसैले विद्यार्थीबीच साथीभाइको जस्तो सम्बन्ध बनेको छ भने पुस्तकालयमा सहज वातावरण । कतिपय विद्यार्थी लाजले पुस्तकालय नजाने प्रवृत्ति देखि एको र पछि उनकै व्यवहारका कारण सहजै जाने गरेका प्रशस्तै उदाहरण छन् । “सर भएको बेला निकै उत्साहका साथ पढ्ने वातावरण हुन्छ”, छात्रा पूजा कुँवरले भनिन्, “पढ्ने र सिक्ने कुरा वातावरणमा पनि भर पर्ने रहेछ ।”

विद्यालय निरीक्षक राजेन्द्रबहादुर क्षत्रीले पौडेलको कामप्रति सबै सकारात्मक रहेको बताए । “काम गरे जुन क्षेत्रमा पनि सफल भइन्छ भन्ने उदाहरण हो”, क्षत्रीले भने, “उहाँको पढाउने शैलीले पनि विद्यार्थीले निकै मन पराएको देखेको छु ।” क्षत्रीले पौडेलले पढाएको कक्षा अवलोकन गर्दा पनि अन्यत्र भन्दा निकै फरक पाउने बताए । “यसले पनि म आफूलाई निकै उत्साही बनाएको छ”, निरीक्षक क्षत्रीले भने, “विद्यार्थीलाई सहयोग नपुरयाउने कुरै भएन ।”

commercial commercial commercial commercial