समीक्षात्मक सिकाइः किन र कसरी ?

समीक्षात्मक चिन्तन भनेको विचार शीलता र आफ्नो विचार माथिको विश्वास पनि हो । यसका लागि व्यक्तिमा स्थापित मान्यताहरूप्रति आलोचनात्मक दृष्टिकोण र केही परिवर्तन गर्ने तीव्र चाहना हुनुपर्दछ । उसमा मूल्याङ्कन गर्ने, संशोधन गर्ने वा परिपाटी बदल्ने तीव्र इच्छा पनि हुनुपर्दछ ।

‘समीक्षात्मक चिन्तन’ (Critical Thinking) भत्रे अभिव्यक्ति सुन्दा अलि गह्रुँगो लागे पनि यो एकदमै कठिन कुरा भने होइन । पठनपाठनको सन्दर्भमा यसको सोझाे अर्थ हो, ‘बालबालिकालाई आफ्नै तरिकाले सोच्न र कारण दिन/खोज्न सिकाउनु ।’ यस्तो अभ्यास गर्दै जाँदा बालबालिकाको मान सिक क्षमता बढ्ने भएकाले यसलाई शिक्षाको एउटा महत्वपूर्ण पक्ष मात्र थालिएको छ । केही अनुभवी शिक्षाशास्त्रीले यसलाई ‘प्रश्न गर्ने अभ्यास ’ पनि भनेका छन् ।

समीक्षात्मक चिन्तन भनेको विचार शीलता र आफ्नो विचार माथिको विश्वास पनि हो । चिन्तन गर्ने स्वभाव नभएका मानिसमा ठाडै समीक्षात्मकता भर्न सकिँदैन । यसका लागि व्यक्तिमा स्थापित मान्यताहरूप्रति आलोचनात्मक दृष्टिकोण र केही परिवर्तन गर्ने तीव्र चाहना हुनुपर्दछ । उसमा मूल्याङ्कन गर्ने , संशोधन गर्ने वा परिपाटी बदल्ने तीव्र इच्छा पनि हुनुपर्दछ ।

समीक्षात्मक चिन्तनको माध्यमबाट संसारलाई नै परिवर्तन गर्ने महान व्यक्तिहरू धेरै छन् । तीमध्येका संसारले चिनेका दुई हुन्– सिद्धार्थ गौतम र ग्यालिलियो । सिद्धार्थ गौतमले राज्यव्यवस्था र राज्यधर्मलाई समर्थन गर्न सकेनन् र आफूले देखेको सत्यका लागि राजपाट नै त्यागे । ग्यालिलियोले पृथ्वी चेप्टो छ भन्ने परम्परागत भ्रामक सोचको अन्त्य गरे । त्यसबापत उनलाई त्यसबेलाको शासन व्यवस्थाले ज्यादै दुः ख पनि दियो । यस्ता उदाहरण हजारौँ छन् तर तिनको साझ चरित्र हो, समीक्षात्मक चिन्तन गर्ने व्यक्ति आफ्नो विचारबाट विचलित हुँदैन ।

के हो समीक्षात्मक चिन्तन ?
कुनै कुरा राम्रोसित गर्न सक्ने व्यक्तिलाई सिपालु भनिन्छ । सीप अभ्यास बाट बढ्छ । मानिसहरूको सीपले नै संसारलाई राम्रो बनाउन सक्छ । तर सीपले वा आदतवश गरिने कामले मात्रै संसारमा परिवर्तन ल्याउन सक्दैन । परिवर्तनका लागि सोच्न, ‘त्यस्तो हुनुपर्नेमा यस्तो किन भयो’ भनेर सोचाइ वा काम गराइका विकल्पहरूको खोजी गर्नु पनि आवश्यक हुन्छ ।

प्रसिद्ध कलाकार चार्ली च्याप्लिनले एउटा कथा लेखेका छन् । त्यो कथा अनुसार केही युद्धबन्दीलाई मृत्युदण्ड दिन लहरै राखिएको हुन्छ । बन्दुक ताकेर केही सैनिक उभिएका हुन्छन् । रेडी, वान, टू, थ्री भनेपछि ‘फायर’ भत्रे र त्यो सुत्रासाथगोली चलाउने सैनिक प्रचलन अनुसार मृत्युदण्ड दिने गरेको हुन्छ । तर त्यसदिन रेडी, वान, टू, थ्री भनी नसक्दै कमाण्डरले मृत्युदण्ड कार्यान्वयन न गर्ने आदेश पाउँछन् । उनी कराउँछन्, ‘स्टप’ (रोक) । तर सबै सैनिकले ‘फायर’ भन्दा जसरी नैगोली चलाउँछन् । आदत वा बानी भनेको यही हो, जसमा दिमाग रेडी, वान, टू, थ्री पछि ‘फायर’ सुत्रका लागि अभ्यस्त भएको हुन्छ । दिमागलाई यस्ता बानीहरूबाट मुक्त राख्नु नै समीक्षात्मक चिन्तन हो ।

बानीका रुप अनेक हुन्छन् । आफूलाई एकदम ‘चिन्तनशील’ र ‘बुद्धिजीवी’ मान्ने व्यक्तिहरूसमेत बानीबाट निर्देशित भइरहेका हुन्छन् । निरन्तर अभ्यास कै कारण कतिपय मानिसमा कुनै विषयमा एकोहोरो प्रतिक्रिया दिने बानी परेको हुन्छ । उसले कुनै प्रतिक्रिया दिनुअघि आफूले किन त्यसो गर्ने होला भनेर सोच्दैन ।

यस्ता व्यक्ति जो पनि हुनसक्छन् । ईश्वरका बारेमा, समाज का बारेमा, सिद्धान्तका बारेमा वा छिमेकी वा संसारका देशहरूका बारेमा मानिसका विचार अधिकांश अवस्थामा समीक्षात्मक चिन्तनबाट नभई उसले विभित्र कारणवश बोकेको अर्थात् धारण गरेको ‘धारणा’बाट उब्जेका हुन्छन् । यो सन्दर्भमा अनौठो लाग्ने एउटा यथार्थ के हो भने मानिसहरू आफ्ना धारणामा परिवर्तन ल्याउन एकदमै गाह्रो मान्छन् ।

अर्को उदाहरण लिऊँ । हामी ‘नयाँ ढङ्गले सोच्न’ र ‘प्रश्न गर्न’लाई समीक्षात्मक चिन्तनको आधार मान्छौँ । तर उचित होस् वा अनुचित, जुनसुकै सन्दर्भमा पनि ‘नयाँ ढङ्गले सोच्ने’ र ‘प्रश्न गर्ने ’ स्वाभाविक व्यवहार भएका मानिस पनि हुन्छन् । उनीहरू जहाँ पनि केही विचार ै न गरी प्रश्न तेस्र्याएर प्रतिक्रिया दिन्छन् । तर यस्ता मानिस झ्ट्ट हेर्दा चिन्तनशील जस्ता देखि ए पनि माथि बताइएको ‘सैनिक’कै कोटिमा पर्दछन् । कतिपयले चाहिँ घोकेको जानकारीका आधारमा विचार –विचार वा समीक्षा आदि गर्द छन् । यस्ता मानिसलाई अमूर्त चित्रकला वा ज्याज सङ्गीत त ‘पतनशील’ अवस्थामा छ भनेर घोकाइयो भने उनीहरू जहाँ पनि अमूर्त चित्रकला वा ज्याज सङ्गीत ‘पतनशील’ अवस्थामा छन् भनेर बक्न थाल्छन् । यस्ता स्वभावका मानिसले कुनै विचार आदि सुन्न पाए भने ‘यो त एक्काइसौं शताब्दीको भौतिकवादी विचार हो’ अनि ‘त्यो चाहिँ पुरातन र पश्चगामी विचार हो’ भनेर बिट मार्ने प्रतिक्रिया दिन्छन् । यिनीहरू पनि ती सैनिक जस्तै हुन् ।

अब प्रश्न आउँछ, के समीक्षात्मकता एउटा कौशल हो त ? के यो सीप कक्षाकोठामा वा कुनै अनुकूल स्थानमा सिकाउन सकिन्छ त ?

कुनै विद्यार्थीले मैक्स ब्लेकले लेखेको ‘क्रिटिकल थिङ्किङ’ नामक पुस्तक पढेको रहेछ, बुझेको पनि रहेछ । किताबमा दिइएका जति समस्याहरू पनि किताबले सिकाए अनुसार हल गर्न सक्षम भएछ । तर उसमा ब्लेकले लेखेका कुरा मा शङ्का न गर्ने स्वभाव विकसित भएछ । ऊ ब्लेकले लेखेका शब्द र उपायहरू कण्ठस्थ पार्दोरहेछ र अनि तिनको पूर्ण परिपालना गर्नु मा नै सन्तोष मान्दोरहेछ । अर्थात् उसले जे पढेको हो त्यसप्रति अटल श्रद्धाभाव राख्दोरहेछ । त्यसैले उसमा ब्लेकले दिएका कौशलको उपयोग अरू कुन कुन ठाउँमा गर्न सकिएला भनेर परीक्षण गर्ने भावना कहिल्यै पनि आएनछ । अर्थात् ऊ समीक्षात्मकता र रचनात्मकताको सन्दर्भमा ब्लेकको परिधिबाट बाहिर जान सकेन । उसले समीक्षात्मक हुने सीप विकास गर्न सक्यो त ? ब्लेकको किताबले त रचनात्मक हुन सिकाएको थियो । तर त्यो पढ्ने पाठक भने त्यही किताबको घेरामा परेर अड्कियो ।

वास्तवमा लौकिक दृष्टिमा कुनै व्यक्तिको समीक्षात्मक क्षमताको वर्णन गर्नु भनेको उसको चारित्रिक वर्णन गर्नु पनि हो । उसको प्राकृतिक स्वभावको वर्णन गर्नु पनि हो । कुनै व्यक्तिलाई परिचयगराउँदा ‘यिनमा विशेष प्रकारको विरोधाभासलाई पनि विश्लेषण गर्ने क्षमता छ’ भनेर भन्यौं भने हामीले ती व्यक्तिको प्रकृतिको होइन कौशलको परिचय दिइरहेका हुन्छौं । तर फलाना मानिसको व्यक्तित्व के हो भन्ने प्रश्नको जवाफ दिँदा चाहिँ सहजै उसको व्यक्तित्व झल्कने गरी जवाफ यसरी दिन्छौं, “उनी त समीक्षात्मक (क्रिटिकल) स्वभावका मानिस हुन् ।” एउटा सवारी चालकको सन्दर्भमा कौशल प्रमुख कुरा हो भने रचनात्मक काम गर्ने मानिसका लागि समीक्षात्मकता प्रमुख कुरा हो । जसले पेशागत सीप मात्र होइन, व्यक्तित्व पनि निर्माण गरिदिन्छ ।


जसले आफूलाई निरन्तर आलोचना र समालोचनाको तापमा सेकाइरहेको हुन्छ, उसमा अवश्य पनि समीक्षात्मकताको बीजाङ्कुरण हुनसक्छ । उसका रचनात्मक कार्यहरूले मात्र अरूलाई पनि रचनात्मक बन्न सिकाउन सक्दछ ।

समीक्षात्मक (Critical) हुने शक्ति सबैमा हुन्छ । त्यो शक्तिको दमन गर्नु हुँदैन । शिक्षकले पनि आफ्ना चेलाहरूलाई समीक्षात्मक बनाउने प्रयत्न गरिरहेका हुन्छन् । जो शिक्षा र शिक्षकका उद्देश्य भित्रै पर्दछन् । तर डरलाग्दो कुरा के भने शिक्षकहरूमा तर्कद्वारा विद्यार्थी वा कसैको समीक्षात्मक शक्तिलाई दमन गर्ने क्षमता पनि हुन्छ । समीक्षात्मकताको अभ्यास गराउने क्रममा उनीहरूले सही विचार वा मतलाई पनि पाखामा पारिदिन सक्छन् ।

मानौं कुनै व्यक्तिको चरित्र वास्तवमै न्यायपूर्ण छ, तर कानूनसङ्गत हुने वा निष्पक्ष बन्ने सिलसिलामा उसले अन्यायपूर्ण निर्णय पनि लिन सक्छ । न्याय गर्ने बेलामा तर्कको खेल अत्यधिक हुन्छ । तर्कको आधारमा ऊ निष्पक्ष हुनै पर्दछ । उसले कुनै पक्ष लिन पाउँदैन । तर पक्ष लिएको भए (जो कानून सङ्गत हुँदैन) उसले सही निर्णय लिनसक्ने थियो । उसले त्यसो गरे न । अनि अन्यायपूर्ण निर्णय लिन पुग्यो । यस्ता अनेकन उदाहरण हुन्छन् ।

अर्थात् कुनै न्यायाधीशले न्यायाधीश बन्नका लागि सिकेको कौशल वा सीपको उपयोग गरेर न्यायलाई नै भ्रष्ट बनाउन सक्छ । कुनै न्यायाधीशको सीप वा कौशललाई कुनै समीक्षात्मक विश्लेषकले आफ्नो कौशल वा सीप प्रयोग गरेर सही उपयोग गराउन पनि सक्दछ रगलत उपयोग गराउन पनि सक्दछ । यहीँनेर बुझनुपर्ने कुरा छ– न्यायिक शक्ति वा समीक्षात्मक शक्तिलाई किमार्थ दुरुपयोग गर्न सकिँदैन । त्यो दुरुपयोग नै हुँदैन । न्यायपूर्ण बन्नु वा समीक्षात्मक बन्नु दुई भिन्न ‘चारित्रिक विशेषता’ हुन् । समीक्षात्मकता न्यायपूर्ण हुनुपर्दछ । यसलाई कुनै पनि कौशल, सीप वा क्षमताले डगमगाउन सक्तैन ।

समीक्षात्मक हुनुको ‘चारित्रिक विशेषता’ के हो भनेर बुझन नसक्नु नै अधिकांश शिक्षकहरूको समस्या हो । तर विद्यार्थीमा समीक्षात्मकता उमार्ने जिम्मेवारी उनीहरूकै काँधमा आइपरेको हुन्छ । विद्यार्थीलाई समीक्षात्मक बनाउन सबैभन्दा पहिले उनीहरूमा न्यायपूर्ण ‘चारित्रिक विशेषता’ उमार्नु आवश्यक हुन्छ । जुन शिक्षा वा शिक्षकले विद्यार्थीहरूको ‘चारित्रिक विशेषता’ विकास गर्ने जमर्को गर्द छन्, तिनलाई ‘स्कूल वातावरण’को भर पर्नुपर्ने हुन्छ ।

सबै प्रकारले अब्बल र असाधारण विद्यार्थीले आफ्ना स्कूल र शिक्षकको ‘चारित्रिक विशेषता’का बारेमा प्रश्न उठाइरहेका हुन्छन्, चर्चा गरिरहेका हुन्छन् । खराब चरित्र भएका विद्यार्थीले पनि स्कूल र शिक्षकका ‘चारित्रिक विशेषता’का बारेमा प्रतिक्रिया दिइरहेका हुन्छन् । यस्तो बेलामा शिक्षक वा शिक्षाको प्रतिक्रिया के हुन्छ, त्यो ज्यादै महत्वपूर्ण हुन्छ । उदाहरण लिऊँ, कुनै स्कूलका शिक्षकहरू आफूलाई शिक्षा पद्धतिद्वारा निश्चित गरिएको पाठ्यक्रमका वाहक ठान्छन् । उनीहरू आफूहरू ‘निश्चित पद्धति’बाट भट्किएका छौं कि छैनौं भनेर हरदम सतर्क रहन्छन् । शिक्षक र विद्यार्थीहरू स्कूलद्वारा तोकिएको ‘निश्चित पद्धति’को मापदण्डबाट केही मात्र भट्किएका रहेछन् भने दुवैले एकअर्कालाई सचेतगराउँछन् । यस्तो परम्परामा बाँधिएका वा अभ्यस्त स्कूलका शिक्षक र विद्यार्थीहरूबाट मौलिक काम हुने वा सिर्जनशील हुने आशा गर्न गाह्रो पर्दछ । तथापि यस्ता स्कूलका विद्यार्थी पनि कुनै न कुनै पक्षमा कुशल हुन सक्दछन्, उनीहरू सुअभ्यसित पनि हुन सक्दछन् । तर समीक्षात्मक वा रचनात्मक काम गर्ने शक्ति हुन सक्तैनन् । यसरी स्कूले वातावरण (वा स्कूले जीवन)ले शिक्षक र विद्यार्थीको रचनात्मक कार्यमा ठूलो प्रभाव पारिरहेको हुन्छ ।

कतिपय बेला स्कूलमा मेधावी विद्यार्थीहरू पनि आएका हुन्छन् । उनीहरू आफ्नो सिर्जनशील शक्ति प्रदर्शन गर्न थाल्दछन् । यस्तो अवस्थामा कतिपय शिक्षकहरू खुसी हुनुपर्नेमा हीनताबोध गर्छन् । आफूमा कक्षा सम्हाल्न सक्ने क्षमता नभएको महसुस गर्द छन् । विद्यार्थीलाई रचनात्मक बनाउनुको साटो आफूलाई बचाउने काममा बढी शक्ति ल गाउँछन् । अनि शिक्षकको कामको र व्यवहारको आलोचना हुन थाल्छ । शिक्षकले पनि विद्यार्थीको आलोचना गर्न थाल्छन् । त्यस्ता शिक्षक आफैँले सोधेको प्रश्नको जवाफ दिन साहस गर्ने विद्यार्थीको उत्तरको मिनमेख निकालेर आलोचना गर्न उद्यत हुन्छन् । विद्यार्थीले सानो गल्ती गर्नासाथ आलोचना गरिहाल्छन् । विद्यार्थीको आचरणको पनि आलोचना गर्छन् । शिक्षाको नीति र त्यसका प्रतिपादकको आलोचना गर्न थाल्दछन् । परिणामतः त्यस्ता शिक्षकहरू ‘शिक्षक’बाट सर्वनिन्दक बन्न पुग्छन् । तिनीहरू अन्ततः कुनै पनि रचनात्मक काम गर्न नसक्ने हुनपुग्छन् ।


विद्यार्थीमा विश्लेषणात्मक क्षमता विकास गर्न खोज्दा आइपर्ने अर्को चुनौती हो; शिक्षकको दिमागमा जमेर बसेका पूर्वमान्यता र विश्वास । शिक्षकले आफ्ना मान्यताका आधारमै विद्यार्थीहरूलाई तयार पारिरहेका हुन्छन् । उनीहरूले आफ्ना मान्यता ठीक छन् कि छैनन् भनेर विद्यार्थीसँग कहिल्यै पनि विचार–विमर्श गरेका हुँदैनन् वा गर्न रुचाउँदैनन् । अन्ततः शिक्षकका मान्यता र नियम नै समीक्षात्मकताको मार्गमा अवरोध बनिरहेका हुन्छन् ।

शिक्षकले आफ्ना विद्यार्थीलाई तोकिएको अनुशासनको मापदण्डभित्र राख्न स्वाभाविक प्रयत्न गरिरहेका हुन्छन् । त्यति काम गर्न सकेकोमा ठूलो सन्तोष पनि मान्छन् । निर्धारित विधिबाट गणितको समस्या समाधान गर्नु , स्कूलको अनुशासन उल्लङ्घन गर्ने विद्यार्थीलाई तह लगाउनु, पाठ बुझाउन नसक्नेलाई हप्काउनु, प्रयोगात्मक अभ्यास गर्न नसक्नेको वा विद्यार्थीका असफलताहरूको आलोचना गरेरै आफ्नो कर्तव्य पूरा भएको मा धेरै शिक्षक सन्तुष्ट हुन्छन् । तर यस्तो गरेर उनीहरूले विद्यार्थीलाई बिगारिरहेका हुन्छन् । केही शिक्षक त ठूलो उत्साहका साथ (वास्तवमा दुराग्रह लिएर) विद्यार्थीलाई निश्चित अनुशासनको डोरीले बाँध्न उद्यत हुन्छन् । यसो गर्ने शिक्षकले आफ्ना विद्यार्थीमा एकप्रकारको मतान्धता (वा एकोहोरोपन) भरिदिन्छन् । तर यस्ता काम समीक्षात्मक कामको परिधिभित्र पर्दैनन् । वास्तवमा यस्तो काम त साधारण मानिसले पनि गर्न सक्छन्, त्यसनिम्ति शिक्षक बनिरहनु नै पर्दैन ।

यस्ता कामलाई ‘शिक्षाको सत्ता’ स्थापना गर्ने काम भनिन्छ । शिक्षाको सत्ता स्थापना गर्ने शिक्षा पद्धतिले विद्यार्थी पनि त्यस्तै उत्पादन गर्द छ । यसरी उत्पादन भएका विद्यार्थी निन्दक प्रवृत्तिका हुन्छन्, उनीहरू स्थापित नियम र स्वीकृत कार्यविधिलाई निरन्तरता दिन सक्रिय त रहन्छन् तर यिनले समीक्षात्मकताको मार्ग पनि अवरुद्ध गर्छन् ।

खासमा समीक्षात्मक हुने क्षमताको विकास गर्नु पनि एक कला नै हो । तर यस्तो कौशल दक्ष टेनिस खेलाडीको जस्तो नभएर एउटा दक्ष प्रशिक्षकको जस्तो हुन्छ । यस्तो कौशल नै ‘विशेषज्ञको विशेषता’को रूपमा देखा पर्दछ । यस कौशलले अरूको मात्र होइन आफ्नै क्षमताको पनि समीक्षा र मूल्याङ्कन गर्द छ । शिक्षकहरूमा पनि यस्ता कौशल विकसित हुन सक्छन् ।
समीक्षात्मक व्यक्तित्वहरू सहजै चिनिँदैनन् । साँच्चिकै समीक्षात्मक शक्ति (Critical Power) भएका मानिसलाई हामी ‘झ्गडालु’, ‘घमण्डी’ वा ‘पण्डित’ तथा ‘टिमुर्केको मानिस’ भनी पन्छाउने गर्छौं । त्यति मात्रै होइन, उसलाई त्यस्तो स्वभाव त्याग्न सुझाव समेत दिन्छौं ।

कुनै विद्यार्थी वा पेशेवरले सिकाएको वा अह्राएको विषयमा मात्र समालोचना वा विश्लेषण गर्न सक्तछ भने ऊ क्षमतावान त ठहरिन्छ तर समीक्षात्मक ठहरिँदैन । उसले अरूको क्षमताको स्तर त निर्धारण गरिदेला तर त्यसमा रचनात्मकता देखाउन सकेन भने ऊ समीक्षात्मक ठहरिँदैन ।

त्यसैले शिक्षकहरू पेशेवर वा प्राविधिक विशेषज्ञ भन्दा भिन्न हुनुपर्दछ । उनीहरूले आफ्ना विद्यार्थीहरूलाई समाचोलना कुशल बनाउन भिन्न किसिमले उत्साह भर्नुपर्दछ । उनीहरूमा विश्लेषण गर्ने क्षमता विकसित गर्न पनि भिन्न–भिन्न शैली अपनाउनुपर्दछ । औपचारिक रूपमा वादविवाद प्रतियोगिताको आयोजना गरेर पनि यसो गर्न सकिन्छ । तर वादविवाद प्रतियोगिताले समीक्षात्मकताको विकास गर्न सक्यो कि सकेन भन्ने कुरा मा विशेष ध्यान दिनुपर्दछ । वादविवाद प्रतियोगिताले तार्किक (नैयायिक) कौशल मात्र वृद्धि गर्न पनि सक्छ । किनभने प्रतियोगी विद्यार्थीहरूलाई जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जित सुनिश्चित गर्ने कौशल सिकाइएको हुन्छ । अझ् विद्यार्थीलाई आफ्नो कथनको पक्षमा अनेकन प्रासङ्गिक पृष्ठभूमिहरू कण्ठस्थगराइएको हुन्छ । यस्तो प्रक्रियाले विद्यार्थीलाई कण्ठस्थ गर्ने र त्यसलाई प्रस्तुत गर्ने कौशलमा पारङ्गत त बनाइदिन्छ सँगै समीक्षात्मकताको मार्ग पनि अवरुद्ध गरिदिन्छ । जबर्जस्ती वा तर्कको लागि तर्क गर्ने र कण्ठस्थ पार्ने पद्धतिबाट समीक्षात्मक क्षमता विकास हुनसक्दैन ।

विद्यार्थीमा विश्लेषणात्मक क्षमता विकास गर्न खोज्दा आइपर्ने अर्को चुनौती हो; शिक्षकको दिमागमा जमेर बसेका पूर्वमान्यता र विश्वास । शिक्षकले आफ्ना मान्यताका आधारमै विद्यार्थीहरूलाई तयार पारिरहेका हुन्छन् । उनीहरूले आफ्ना मान्यता ठीक छन् कि छैनन् भनेर विद्यार्थीसँग कहिल्यै पनि विचार –विचार गरेका हुँदैनन् वा गर्न रुचाउँदैनन् । शिक्षकका आफ्नै खास नियम पनि हुन्छन् । तर ती आफैँमा ठीक छन् कि छैनन् भन्नेबारे कहिल्यै छलफल गरिएको हुँदैन । विद्यार्थीले त्यस्ता विषयमा चर्चा गर्नै पाउँदैनन् । तर पनि उनीहरू माथि ती नियम लागू चाहिँ गरिन्छन् । अन्ततः शिक्षकका मान्यता र नियम नै समीक्षात्मकताको मार्गमा अवरोध बनिरहेका हुन्छन् ।

प्रस्ट कुरा के हो भने; सिर्जनशील हुनु वा विश्लेषण गर्ने क्षमता बढाउनु भनेको फगत एक कौशल मात्र होइन । त्यस्तो हुन्थ्यो भने प्रत्येक शिक्षकले कक्षामा आएजति विद्यार्थीलाई सिर्जनशील बनाउन सक्थे । सिर्जनशीलताको मार्ग खेलको नियममा जस्तो आफ्नो रक्षा गर्ने सिद्धान्तमा बाँधिएको हुँदैन । यो त निशानेबाजले निशाना ल गाउँदाको समयमा जसरी दिमागको प्रयोग गरेको हुन्छ, ठीक त्यही स्थितिमा दिमाग चलाउने कार्य जस्तो हो ।

समाज ले आफ्नो युवापिँढीलाई ‘कुसंस्कार’ आदिको आलोचना र विश्लेषण गर्न सिकाउँछ । यसो गरेर आउने पिँढीलाई ‘कुसंस्कार’ विरोधी विशेषज्ञ बनाइदिन्छ । अर्थात् जुन समाज ले सिर्जनशील चिन्तन गर्द छ, त्यहाँगतिशील पात्र र अभियन्ताहरू हुन्छन् । शिक्षकलाई समाज ले यस्तै खालका अभियन्ता मानेका हुन्छन् । तर धेरैजसो अभियन्ताहरू आफ्ना आलोचना सहन गर्न सक्तैनन् । यही स्वभावले सिर्जनशील चिन्तनको काममा बाधा उत्पन्न भइरहेको हुन्छ । अर्थात् जुन समूह वा समाज मा आलोचना प्रत्यालोचना हुने संस्कार हुन्छ, त्यो समाज मा निरन्तर परिवर्तन पनि आउँछ । कुनै समाज मा मानव हिंसाको क्रूर अभ्यास चलिरहेको छ र त्यसको निरन्तर आलोचना पनि भइरहेको छ भने त्यस्तो समाज ले फाँसी दिने परम्परालाई पनि निषेध गरिदिन सक्छ । यसरी सिर्जनशील चिन्तन नै एक शक्तिमा परिणत हुन जान्छ । यसले असल परिणाम दिन्छ । खराबलाई निषेध गर्द छ । अनि त त्यस्तो समाज मा आलोचना प्रत्यालोचनालाई झनै निषेध गरिँदैन ।

आलोचना वा समालोचना आदि गर्नका लागि साहस पनि चाहिन्छ । स्वतन्त्रताले नै व्यक्तिलाई साहस प्रदान गर्ने हुनाले त्यहाँ स्वतन्त्रताको पनि आवश्यकता पर्दछ । कल्पनाशीलताको रङ चढेका विवेकी दिमाग त चाहिनै हाल्दछ ।

यहाँ स्पष्ट हुनुपर्ने अर्को कुरा के हो भने; कुनै प्रयोगशालाको विधिमार्फत सिर्जनशील हुने यान्त्रिक प्रवृत्तिले सिर्जनशीलताको वास्तविक मर्मलाई नष्ट गरिरहेको हुन्छ । प्रविधिको मूल्याङ्कन गर्ने पेशेवर सिर्जनशीलता चाहिँ एक कौशल मात्र हो ।

धर्म, यौन तथा राजनीतिक विषयमा समीक्षात्मक ढङ्गबाट प्रस्तुत हुन विशेष कठिनाई हुन्छ । अझ् शिक्षकहरू खास धर्मको वा राजनीतिकवादका पक्षमा लागेका भए उनीहरूमा आलोचना सुन्ने शक्ति नै हुँदैन । आलोचना सुन्न सक्ने शक्तिको अभावमा सिर्जनशीलता सम्भव हुँदैन । यौनको विषयमा चर्चा गर्न डराउँदा त्यस विषयमा कुनै रचनात्मक कार्य गर्न सकिँदैन । यस्ता गम्भीर महत्वका विषयमा शिक्षकहरू नै चर्चा वा समालोचना गर्न डराउँछन् भने उनीहरूले आफ्ना विद्यार्थीहरूलाई   सिर्जनात्मक चिन्तन गर्ने कला सिकाउन सक्तैनन् ।

जसले आफूलाई निरन्तर आलोचना र समालोचनाको तापमा सेकाइरहेको हुन्छ, उसमा अवश्य पनि समीक्षात्मकताको बीजाङ्कुरण हुनसक्छ । उसका रचनात्मक कार्यहरूले मात्र अरूलाई पनि रचनात्मक बन्न सिकाउन सक्दछ । हाम्रा शिक्षकहरू यस्तागुणले भरिएका छन् त ?

(शिक्षा विचारको मार्च–अप्रिल २०११ मा छापिएको लेखमा आधारित)
सरलीकृत अनुवादः हस्त गुरुङ

commercial commercial commercial commercial