बोल्नेबाट खोज्ने र सुन्नेबाट सोच्ने

भोलिको बाटो हो— हामीले पढाउन छोड्ने । सिक्ने सीप सिकाउन थाल्ने । विद्यार्थीको बाटो हो— घोक्न र बुझाएको बुझन छाड्ने । खोज्न, सोध्न, सोच्न, अथ्र्याउन र पुनः अथ्र्याउन थाल्ने । किन एउटै माटोमा रोपेको घिरौंला पहेंलो फुल्यो ? चमेली सेतो ? लालुपाते रातो ? माटोको गुणले हो त ? त्यो त एउटै हो । बीजकोगुणले हो त ? बीज र माटोको प्रतिक्रियाले हो त ? बोटबिरुवाको रसले हो त ? अन्य कुनै कुरा ले ? यस्ता प्रश्न बनाइराख्ने ।

उल्टिँदो सुई
शिक्षकले घोक्यौं । घोकायौं । अहिले बुझयौं— यो संज्ञानवादी (cognitivist) सोच रहेछ । घोकेरै दिमागको सोच्ने निकाय (faculty) तिखार्ने बुद्धि । अभ्यास वादी उपाय रहेछ । अभ्यस्त बनाएरै सोच्न लगाउने बुद्धि । यी दुवै बुद्धिले विद्यार्थीलाई थिचेछौं । शिक्षक क्रियाशील भएछौं । यही क्रियाशीलता घातक रहेछ । किनकि विद्यार्थीलाई सोच्न दिएनछौं, घोक्न दिएछौं । प्रश्न गर्न दिएनछौं, अभ्यस्त बनाएछौं । अहिले विद्यार्थीलाई सोच्न लगाउने बुद्धि आएछ । सिकाइमा जोड दिने बुद्धि । हराम्रो चाहिँ पढाउने बुद्धि रहेछ । सिकाउनेले सिक्ने सीप दिनुपर्ने रहेछ । हामीले पढ्ने सीप दिएछौं । सिकाउनेले सोच्न बाध्य गर्नु पर्ने रहेछ । हामीले बुझन बाध्य गरे छौं । एउटै बुझइ हुनुपर्छ भन्ने बुद्धि । सिक्नेको बुझाइ स्वीकार्न सकेनछौं । यस अर्थमा अहिले सिकाइ अघि बढेछ । पढाइ पछि परेछ । घडीको सुई उल्टो घुमेछ ।गन्तव्य त्यही । प्रक्रिया फेरिएछ । शिक्षक त्यही । शैली बदलिएछ । विषयवस्तु त्यही । सोच फेरिएछ । मूल्याङ्कन त्यही । अङ्कन पद्धति (marking system) परिवर्तन भएछ ।

पढाउने र सोचाउने शैली
पढाउने दिन गएछन् किनकि पढ्नेले पढ्नै चाहेनन् । त्यसैले सोचाउनुपर्ने भयो । पढ्न बाध्य पार्ने तरिका । प्रश्न गर्नाले पढ्न बाध्य गर्छ । खोज्न बाध्य गर्छ । यो पुस्तकमा कुन शब्द हजारभन्दा बढी पटक प्रयोग भएको छ ? किन त्यसो हुँदोरहेछ ? विद्यार्थीले जुन किताब हेरे पनि भयो । जुन तर्क ल्याए पनि भयो । यसबाट एउटा काम भयो— विद्यार्थीले किताब पल्टायो ।

पढ्यो । पढ्दा भाव खोजेन । शब्द खोज्यो । भाव खोजाउन अर्को प्रश्न दिए पुग्छ । यो पुस्तकमा मानव सोच जटिल हुन्छ भन्ने कुरा कहाँ प्रत्यक्ष र कहाँ अप्रत्यक्ष रूपमा लेखिएको छ ? यो प्रश्नले विद्यार्थी भाव खोज्न थाल्छ । प्रत्यक्ष भाव । अप्रत्यक्ष भाव । शब्द संयोजन खोजाए हुन्छ । सरल संयोजन । अस्पष्ट संयोजन । विचार खोजाए हुन्छ । स्वीकार्नुपर्ने विचार । शङ्कास्पद विचार । बदल्नुपर्ने विचार । सर्जक बनाए हुन्छ । यो पुस्तकको आवरण चित्र के राख्थ्यौं ? शीर्षक नि ? पाठ नि ? विषयवस्तु नि ?

पढ्न र सोच्न बाध्य गर्ने अर्को उपाय पनि छ । पाठलाई घरसँग जोडिदिने । तिम्रो घर गणितको कुन सूत्र लगाएर बनाएको होला ? विज्ञानको कुन सिद्धान्त लगाएर ? अर्थशास्त्रको नि ? यी र यस्ता प्रश्नले विद्यार्थीलाई खोज्न ल गाउँछ । सोच्न ल गाउँछ । पढाइ पनि व्यावहारिक बन्दै जान्छ । यो तरिकालाई उल्ट्याउन पनि सकिन्छ । व्यवहारमा सिद्धान्त खोजाउने । गणित खोजाउने ।गाई, भैंसी बाँध्ने किलो तिखारेर ठोके । त्यहाँ विज्ञानको कुन सिद्धान्त होला ? चराको चुच्चो, हवाईजहाजको टुप्पो,गाईको टाउको र किलाको तिखारेको भागमा के समान ता होला ? सिद्धान्त एउटै हो कि फरक छ ? गणितीय अनुपात के होला ? टाउको छिरेको ठाउँमा शरीर छि¥यो । हवाईजहाजले पनि त्यसै गरयो । भैंसी बाँध्ने किलोले पनि त्यसै गरयो । यसको अर्थ हो— सिद्धान्तबाट व्यवहार सोचाए पनि हुने । व्यवहारमा सिद्धान्त खोजाए पनि हुने ।

सोचाउने विषयवस्तु
सोच्न विषयवस्तु चाहिन्छ । देखेकोे विषयवस्तु । भोगेको विषयवस्तु । सुनेको विषयवस्तु । पढेको विषयवस्तु । यसको अर्थ हो— सोचाउने वस्तु त्यहीँबाट निकाल्नुपर्छ । किलो ठोक्ने कुरा पहाड र मधेशमा होला । हिमालमा नहुन सक्छ । शहरमा असोचनीय । त्यस अर्थमा शिक्षकले विद्यार्थीको परिवेश बुझनुपर्छ । उसकै परिवेशमा प्रश्न बनाउन जान्नुपर्छ । हो वा होइन शैलीको प्रश्नको अर्थ छैन । किन हो रहेछ ? किन होइन रहेछ ? त्यस्तो खाले प्रश्न चाहिन्छ । प्रत्युत्पन्नमति । तुरुन्तै प्रश्न बनाउन जान्ने ।

बङ्ग्याउन जान्ने । पूरक प्रश्न सोध्न जान्ने । त्यो खालको क्षमता चाहिन्छ । संरचनामा सोच्नेले यो काम गर्दैन । त्यसैलाई प्रश्न गर्ने ले सहजै गर्छ । परिभाषाबाट बुद्धि बनाउनेले यो काम गर्दैन । आफ्नो बुद्धिमा सोच्नेले फटाफट गर्छ । जस्तोः नेपालीहरू जात मिलाएर बस्यौं । धर्म मिलाएर बस्यौं । जाति मिलाएर बस्यौं । संरचना यही हो । किन त्यसो गर्यौ होला ? शहरीकरण हुँदा नि ? त्यसो भए गाउँले शहर गयो भने के मजा पाउला ? के अप्ठेरो भोग्ला ? शहरिया गाउँ गए नि ? यसबारे किताबहरू के भन्छन् ? समसामयिक लेखहरू के भन्छन् ? तिमीले पुनर्वास गराउनु परे केगरौंला ? अहिलेका पुनर्वासका कार्यक्रमलाई के भन्छौ ?

सोचाउँदा कल्पना गराए पनि हुन्छ । आजको ५० वर्षमा बेरोजगारीको स्थिति के होला ? समाधान के हुन सक्ला ? अप्ठेरो के हुन सक्ला ? नेता के भन्छन् ? अर्थविद् के भन्छन् ? अझ् सजिलो बनाउन चित्र बनाउन लगाए पनि हुन्छ । लोग्नेमान्छे र स्वास्नीमान्छेको शारीरिक भिन्नता के होला ? मान सिक भिन्नता नि ! यसरी प्रश्न गरिरहँदा नवीन चिन्तन जन्मन्छ । प्रश्न हो— एउटै उत्तर खोज्ने कि विविध उत्तर खोज्ने ? एउटै उत्तर खोज्न पढाए हुन्छ । विविध उत्तर खोज्न सोचाए हुन्छ । खोजाए हुन्छ । विषय जे लिए पनि हुन्छ । तिमीले लगाएको लुगा । खाएको खाना । जिएको जिन्दगी । गरेको पेशा । भोगेको समस्या । रहर गरेको कुरा । नचाहेको कुरा । नगरेको काम ।

हामीले शक्ति हेर्‍यौं । सोही शक्ति पढ्यौं । तर शक्तिहरूको शक्ति खोजेनौं । त्यही खोज्न लाए विद्यार्थी सिक्न थाल्छ । बुबाको रिसाउने शक्ति र आमाको सहने शक्ति एकअर्कामा उल्टा हुन् कि परिपूरक ? हामीले पढाउँदा उल्टो भन्न सिकायौं । विपरीतार्थक । परिपूरक पो हुन्छन् कि त ? कहाँ रिस उपयोग गर्ने ? कहाँ सहनशीलता ? यही प्रश्नले शक्तिहरूको शक्ति (synergy) थाहा हुन्छ । बालबालिकाको हठ नि ? छिनमै मिल्ने तागत नि ! त्यसो भए तिनको हठ प्रयोग गर्ने ठाउँ कूटनीतिक अडान हो । मिल्ने तागत सम्झौता ।

काल्पनिक प्रश्नले पनि विद्यार्थीलाई सिक्न प्रेरित गर्छ । जस्तो अरूग्रहमा को बस्लान् ? कहीं पृथ्वीमा मरेको व्यक्ति बृहस्पति ग्रहमा पो जान्छ कि ? त्यहाँको एक दिन पृथ्वीको एक वर्ष हुन्छ । वार्षिक श्राद्ध गर्ने ले त्यो पो बुझे कि ? एउटा ग्रह र अर्को ग्रहमा वस्ती बस्यो भने पृथ्वी र मङ्गल ग्रहका बीच बिहेवारी हुँदा सजिलो के होला ? अप्ठेरो के पर्ला ? सञ्चार के होला ? त्यहाँको जैविक पिण्ड (bio-mass) र जनावरीय पिण्ड (animal mass) बीच के सम्बन्ध होला ? पृथ्वीको जनावर र त्यहाँको जनावरबीच गर्भाधान भए के होला ? बोट बिरुवामा नि ?

पुख्र्यौली स्वप्नमा शोध गर्नाले पनि सिकाइ हुन्छ । कसरी मैले ‘सर्वगूँ शान्ति !’ गर्न सकौंला ? मेरै वस्तीमा कसरी ? मेरै जिल्लामा कसरी ? देशमा कसरी ? विश्वमा कसरी ? त्यस्तै ‘नचाहिँदो प्रश्न’ गर्दा पनि नवीन सिकाइ हुन्छ । दङ्गा नहुनेभए पुलिस सिपाही के गर्दा हुन् ? बुझक्कड जनता भए नेताले के भाषण गर्दा हुन् ? पहाडको नदी नहुँदो हो त मधेशी के गर्लान् ? मधेशी चामल नहुँदो हो त पहाडी के खाँदा हुन् ? यस्ता ‘नचाहिँदा प्रश्नहरू’ले पनि विद्यार्थीहरूलाई सिक्न उद्यतगराउँछ ।

एउटै वस्तुलाई त्रिकालमा हेर्न लगाए पनि विद्यार्थीले सिक्न थाल्छ । रेडियो अहिले देखि यो । वर्तमान हो । विगतमा रेडियो कस्तो थियो होला ? रेडियो बन्नु अगाडि नि ? ध्यानदृष्टिले हेर्ने संयन्त्र र रेडियो सन्देशमा के समान ता होला ? भोलिको रेडियो कस्तो होला ? शब्द प्रयोगमा ? आकार प्रकारमा ? तौलमा ? यसरी सोच बनाए सिकाइ स्वतः मुखरित हुन्छ । त्यसैले पढाइ पो बन्द गर्ने कि ? सिकाइको अर्को अध्याय पो खोल्ने कि ? कतै चार्लस भ्यान डोर (सन् १९९१) जस्ता अबको सय वर्ष भन्ने किताब भन्दा उम्दा किताब लेख्ने विद्यार्थी पो जन्माउन सकिन्छ कि ? शिक्षकहरू त्यतापट्टि फर्कने हो कि ?


शिक्षकको एउटा अप्ठेरो हो— उसको अहम् । शिक्षक विज्ञ हो भन्ने अहं । हुनुपर्छ भन्ने अतिशयोक्ति । त्यो अप्ठेरो मौरीले फुकाउँछ । मौरी परख गर्छ । फूल फुलाउँदैन । स्वाद थाहा पाउँछ । स्वाद हाल्दैन । सबै फूलको रस ल्याउँछ । फूललाई रस दिँदैन । तर मह बनाउँछ । स्वाद फूल जस्तै । तोरी फुल्दा तोरीको स्वादको मह । धँगेरो फुल्दा धँगेरो स्वादकै मह । अर्थात् मह मौरीको हो । स्वाद फूलको । विद्यार्थी शिक्षकको हो । तर स्वाद विद्यार्थीको ।

सोच खोजको निकास
सोच्ने र खोज्नेहरू परिवर्तनकारी हुन् । तिनले साथ खोज्छन् । नवीनता परीक्षण गर्ने साथी । त्यस्तो साथी नदिनेले नसोचाए हुन्छ । नखोजाए हुन्छ । साथी दिने भनेको सहसोचीको जोडी बनाइदिनु हो । सहखोजीको जोडी खोजिदिनु हो । स्कूलभित्रका । स्कूल बाहिरका । तिनलाई सघाउने विज्ञको जोहो गरिदिनु हो । स्कूल क्षेत्रभित्रका । अन्यत्रका । यस्ता सोच खोजले केही स्रोत पनि माग्छन् । जस्तोः किन हजुरआमाकागाला चाउरिए ? किन मेरा पुष्ट छन् ? किन हजुरबा मर्नुभयो ? यी प्रश्नहरूले शरीरको वनावट र रसग्रन्थी (glands) बारे जानकार बनाउँछ । सामाजिक अथ्र्याइ बेग्लै हुनसक्छ । बूढो भएर । त्यसो भए किन व्यक्ति बूढो हुन्छ ? अर्को प्रश्न आउन सक्छ । त्यस्तै किन व्यक्ति मर्छ ? डार्विनको सिद्धान्त के भन्छ ? पतञ्जलिको सिद्धान्तले नि ? ब्रह्म दर्शनले नि ? बुद्ध दर्शनले नि ? यसरी ज्ञानको क्षेत्र व्यापक हुन्छ । यसको अर्थ हो— शिक्षकले जानेको मात्रै विद्यार्थीले जान्दैन । शिक्षकलाई पनि सिकाउँछ । प्रश्न त्यहीं हुन्छ— के शिक्षक विद्यार्थी बन्न सक्छौं ? के विद्यार्थीलाई किताब बाहिरका कुरा सिक्न प्रेरित गर्छौं ? के विद्यार्थीको सोच खोजले चाहेको सामग्री बटुल्न सक्छौं ? स्रोतव्यक्तिहरू पहिल्याउन सक्छौं ? तिनीहरूबाट सिक्ने सिकाउने परिवेश बनाउन सक्छौं ? यी प्रश्नहरूको उत्तरले सोच खोजको निकास दिन्छ । अर्थात् विद्यार्थीकोे सिक्ने वेगसँग हामी कुद्ने निकास । विद्यार्थीलाई कुदाउने निकास ।

शिक्षकका अप्ठेरा
रहर खोल्ने ('open-up') हो । गरेको भर्ने ('jug-mug') हो । अलि बाहिरिनेले पनि आफ्नो वेगमा मात्रै विद्यार्थीलाई हिँडायौं । किनकि खोल्दा जे पनि आउन सक्छ । पाण्डोराको बाकस जस्तो । देव–दानवको समुद्र मन्थन जस्तो । के शिक्षक महादेव बन्न सक्छौं ? राम्रा कुरा बाँडिदिने । कालकूट विष आए आफैं खाइदिने । नीलकण्ठ बनिदिने । अप्ठेरो त्यहीं हो । किनभने समुद्र मन्थन गर्ने विद्यार्थी हुन् । नीलकण्ठ बन्नु पर्ने शिक्षक । अर्को अप्ठेरो हो— पाठ जान्नैपर्छ भन्ने बुद्धि । किनकि सोधखोज गर्दा विद्यार्थी बहकिन्छ । बरालिन्छ । त्यसलाई पाठमा जोड्ने कसरी ? पाठ छोडे पनि पास भन्ने कसरी ? यो शिक्षकको अप्ठेरो हो । यो अप्ठेरो सल्ट्याउन पाठ पढाउने बुद्धि बदल्नुपर्छ । पाठ बनाउने सोच ल्याउनुपर्छ । विद्यार्थीले बनाउने पाठ । अनि भन्नुपर्छ तिमीले बनाएको पाठ र यो पाठमा फरक के छ ? समान ता के छ ? यी दुई प्रश्नले विद्यार्थीलाई पाठ पढ्न बाध्य गर्छ ।गराउँछ । तेस्रो अप्ठेरो हो—शिक्षकको अहंयुक्त शिक्षकत्व । शिक्षक विज्ञ हो भन्ने अहम् । हुनुपर्छ भन्ने अतिशयोक्ति । त्यो अप्ठेरो मौरीले फुकाउँछ । मौरी परख गर्छ । फूल फुलाउँदैन । स्वाद थाहा पाउँछ । स्वाद हाल्दैन । सबै फूलको रस ल्याउँछ ।

फूललाई रस दिँदैन । तर मह बनाउँछ । यस अर्थमा फूलको भनक राख्छ । स्वाद फूल जस्तै । तोरी फुल्दा तोरीको स्वादको मह । धँगेरो फुल्दा धँगेरो स्वादकै मह । अर्थात् मह मौरीको हो । स्वाद फूलको । विद्यार्थी शिक्षकको हो । तर स्वाद विद्यार्थीको । चौथो हो— मूल्याङ्कनमा एकरुपता । किनकि हराम्रो बुद्धि हो— उस्तै लेखे उही अङ्क दिने । भिन्नै लेख्नेले उस्तै अङ्क पाउन सक्छ भन्ने तागत नहुने । तागतमा हराम्रो कमजोरी हो । दुः ख पाउने विद्यार्थी भयो । यो अप्ठेरोको पनि सहज समाधान छ । भिन्नै लेख्नेलाई अङ्कन गर्ने तरिका सिक्नु । सबैले उही जान्नुपर्छ भन्ने बुद्धि छोड्नु ।

भोलिको शैक्षणिक बाटो
हिजोबाट सिक्ने हो । अहिले जिउने हो । भोलिलाई सोच्ने हो । यो सोचले भोलिको बाटो तय गर्छ । हिजोको सिकाइ हो— हराम्रो विद्यार्थीले सोचेन । हामीले सोचाएनौं । आजको जियाइ हो— हाम्रा विद्यार्थीले गरिखाने सीप जानेनन् । हामीले दिने सीपले पुगेन । त्यसैले भोलिको बाटो हो— हामीले पढाउन छोड्ने । सिक्ने सीप सिकाउन थाल्ने । विद्यार्थीको बाटो हो— घोक्न र बुझएको बुझन छाड्ने । खोज्न, सोध्न, सोच्न, अथ्र्याउन र पुनः अथ्र्याउन थाल्ने । किन एउटै माटोमा रोपेको घिरांैला पहेंलो फुल्यो ? चमेली सेतो ? लालुपाते रातो ? माटोकोगुणले हो त ? त्यो त एउटै हो । बीजकोगुणले हो त ? बीज र माटोको प्रतिक्रियाले हो त ? बोटबिरुवाको रसले हो त ? अन्य कुनै कुरा ले हो ? यस्ता प्रश्न बनाइराख्ने । त्यसको उत्तर खोजिराख्ने । खोजेको उत्तर मिल्यो/मिलेन भनी जाँचिरहने । के हरियो फूलवाला घिरौंला बनाउन सकिएला ? लालुपातेको सट्टा पीपलपाते फूल बनाउन सकिएला ? हरियो फूलको चमेली उत्पादन गर्न सकिएला ? के ‘वडिङ्ग’ उत्तर हो त ? ‘ग्राफ्टिङ’ हो त ? ‘पर्माकल्चर’ हो त ? ‘टिस्टुकल्चर’ हो त ? अरू कुनै ‘कल्चर’ गर्न सकिएला त ? के बीजकल्चर सम्भव होला ? मेरो सोचमा सहयोगी को होला त ? खोजमा नि ? कसको बगैंचामा अनुसन्धान गर्ने होला ? यसो भयो भनी विचार लाने को होला ? यसोगर भन्ने स्रोतव्यक्ति को होला ? यस्ता प्रश्नको उत्तर विद्यार्थीले खोज्छ । हामी शिक्षकको काम प्रक्रिया देखाइदिने हो । सन्देश जगाइदिने हो । चक्रबाट उम्किने सोच दिने हो । तरिका पनि बुद्धकै सहज छ । खोज्न लगाउने हो । सन्देह सिर्जना गरिदिने हो । शिक्षण तरिका पनि सहज छ । कतै शिक्षकले त्यो काम गर्न सक्छौं ? आफैं उल्टिन सक्छौं ? विद्यार्थीलाई उल्ट्याउन सक्छौं ? बोल्नेबाट खोज्ने बनाउन सक्छौं ? घोक्नेबाट सोच्ने बनाउन सक्छौं ? सक्छौं भने थालौं । सक्दैनौं भने सिकौं । अन्यथा हामी उल्टो हिँड्ने छौं । यो शताब्दीको विद्यार्थीलाई उल्टो हिँडाउने छौं । रहर हाम्रै हो । गर्ने हामी नै हौं । नत्रभने हामीरूसोको विश्लेषणमा पर्नेछौं— ‘ईश्वरले धारिलो बालक दियो । हामीले पढाउने नाममा भुत्ते बनायौं ।’ सोच तपाईंको । खोज तपाईंको । हेगेल बनाउने तपाईं । मार्कस खोज्ने तपाईं । दीक्षक कर्म तपाईंको । शिक्षक नाम तपाईंको । कहीं नाम र काम मिलाउने कि ?

commercial commercial commercial commercial