बदलिंदो आकाश फेरिंदो धर्ती
जलवायु परिवर्तनसँगै बाँच्ने एउटा बाटो
साउनको दोस्रो सातातिर काठमाडौँबाaट प्रकाशित एक अङ्ग्रेजी दैनिकमा “गर्मी बढेको हुँदागोठमा पङ्खा सञ्चालन, तराईमा जनजीवन अस्तव्यस्त” ‘क्याप्सन’मा एउटा तस्बिर छापिएको छ ।गोठका मालिकलेगाईवस्तुलाई गर्मीबाट राहत दिन पङ्खा चलाएको बुझन्छि । तस्बिरले जलवायु परिवर्तनका केही पक्ष उजागर गर्नु का साथै नयाँ परिस्थितिसँग कसरी बाँच्दै जाने भन्ने जवाफ खोज्न पनि सहयोग गर्छ ।
वर्षा ऋतुमा पानी पर्दा सामान्यतया तराई र उपत्यकामा तापक्रम घट्छ; तर पानी पर्न रोकिएर घाम लागेपछि हपक्कगर्मी बढ्छ । तराई क्षेत्रमा चैत–वैशाख र जेठ महिनामा साह्रैगर्मी हुन्छ, तातो हावा पनि चल्ने गर्छ । के तराईमा अनुभव गरिनेगर्मी जलवायु परिवर्तनको असर हो त ? जवाफ खोज्न विज्ञानको सहयोग आवश्यक पर्छ । कुनै खास क्षेत्रको तापक्रमको चरित्रले उक्त प्रश्नको जवाफ खोज्न सघाउँछ । तर नेपालका धेरै ठाउँमा तापक्रम नाप्ने थर्मामिटर भएका स्टेसन छैनन्, छेउछाउमा रहेका स्टेसनको आँकडामा भर पर्नुपर्छ । यस्ता आँकडा पनि नियमित छैनन् । वर्षाको आँकडाको स्थिति पनि यस्तै छ । उचाइले गर्दा पहाडी धरातलका बेंसी र देउरालीमा पानी पर्ने चरित्रमै फरक हुन्छ । छेउछाउका मापन केन्द्रले खोजेको स्थानको तापक्रम र वर्षाको पूर्ण अवस्थाको जानकारी दिन सक्दैनन् । तापक्रमको हकमा यो कार्य तुलनात्मक रूपमा सहज हुन्छ । उदाहरणको लागि कपिलवस्तु जिल्लाको दक्षिण भेगमागर्मी भए उत्तरी भेगमा पनि हुन्छ; यद्यपि केही कम ।
जलवायु परिवर्तनका कारण भविष्यमा तापक्रम कति बढ्ला र वर्षा कस्तो होला ? कम्प्युटरमा आधारित जनरल सर्कुलेसन मोडल (जीसीएम)ले वायुमण्डललाई ग्राफ जस्तै स–साना तीनवटा आयामिक कोठाहरूमा विभाजन गर्छ र कोठा भित्रको तापक्रम, हावाकोगति, वाफ, जस्ता पक्षको अर्को कोठा सितको अन्तरसम्बन्ध केलाउछ । अनि ३०, ५०, ७५ वा ९० वर्षपछि कार्बनडाइअक्साइड उत्सर्जन हुने मात्रा अडकल गर्दै त्यसले तापक्रम र वर्र्षाको चरित्रमा पर्ने परिदृश्य तयार गरिन्छ ।
सन् २००९ मा पन्ध्रवटा जीसीएम प्रयोग गरी गरिएको एउटा अध्ययन ले सन् २०३०, २०६० र २०९० मा नेपालको औसत तापक्रम परिवर्तनको परिदृश्य तयार गरेको थियो । पन्ध्रवटै मोडलबाट प्राप्त नतिजाको विश्लेषणले सन् २०३० मा औसत तापक्रम; सन् १९७७–१९९९ को औसतको तुलनामा १.४ डिग्री सेल्सियस बढी हुने देखाएको छ ।
सो अध्ययन अनुसार सन् २०६० सम्मगर्मी दिनहरू १५ देखि ५५ प्रतिशत र २०९० सम्म २६–६९ प्रतिशतले बढ्न सक्नेछन् । त्यस्तै, मनसुन वर्षअघिका रातमा २०६० सम्म १५–५५ प्रतिशत र २०९० सम्म २६–६९ प्रतिशतलेगर्मी बढ्नेछ । औसतमागर्मी रातहरू २०६० सम्म ६–७७ प्रतिशत र २०९० सम्म २९–९३ प्रतिशतले बढ्ने छन् ।
यसरी तापक्रम बढेपछि जनजीवन र प्रकृतिमा के–कस्तो असर पर्छ त ? यसको जवाफ खासै कठिन पनि छैन । शरीरलाई असजिलो हुन्छ, जलअल्पता (डि–हाइड्रेसन) हुन्छ, बीउ–विजन नाश हुन्छन्, खडेरी बढी पर्छ; उत्पादन घट्छ, डढेलोका घटना बढ्ने छन्, कीरा–फट्याङ्ग्रा बढ्छन् एवं फोहोर–मैलाबाट शुरु हुने रोगव्याधी बारम्बार दोहोरिने जस्ता प्रभाव अरू बढी हुनेछन् । औषधिमुलोको व्यवस्था गर्न नसक्ने र कमजोर परिवारको जीविका झन् कष्टपूर्ण हुनेछ ।
यस्तो स्थितिको सामना कसरी गर्ने त ? कतिपय उपाय स्पष्ट छन् । स्वास्थ्य सेवाको स्तर सुधार्नु एउटा उपाय हो । सीमान्त अवस्थामा बाँचिरहेकाहरूलाई सो सेवा उपलब्ध गराउने मूल दायित्व राज्यको भए पनि यस कार्यमा निजी क्षेत्रलाई पनि उत्तिकै सहभागी गराउन सकिन्छ । फोहोर–मैलाको व्यवस्थापन त्यसै पनि गर्नु पर्ने कार्य हो । सफा–सुग्घर क्षेत्रमा रोगव्याधीको सङ्क्रमणको सम्भावना स्वतः कम हुन्छ । खेतीपाती एवं फलफूलमा पर्ने प्रभावको आकलन र त्यसको समाधानगर्र्न सिर्जनशीलता आवश्यक पर्छ । यस क्रममा राज्यका अङ्गहरूको दायित्व र भूमिकाको पुनव्र्याख्या तथा नयाँ तौरतरिकाको चयन ठूलो चुनौती बन्न सक्छ ।
दह्रो स्वास्थ्य सेवा जस्तै राज्यले खाननेपानी, सिंचाइ, ऊर्जा आपूर्ति, सञ्चार सुविधा, ब्याङ्किङ्ग, यातायात जस्ता आधारभूत सेवा प्रत्याभूत गर्न सकेको खण्डमा मात्रै जलवायु परिवर्तनबाट प्रभावित व्यक्तिहरू अप्ठ्यारो परिस्थितिसँग जुध्न र त्यससँगै अभ्यस्त रहने उपाय अवलम्बन गर्न सक्षम हुनसक्छन् । खाननेपानी, सिंचाइ र जल ऊर्जा उत्पादन प्रणाली जलवायु परिवर्तनका कारण थप जोखिममा पर्ने हुँदा त्यो स्थितिसित जुध्ने उपयुक्त रणनीति तर्जुमा गर्न चनाखो हुनु त्यतिकै जरुरी हुन्छ ।
प्रारम्भमा उल्लेख गरिएको तस्बिर– सही ऊर्जा प्रणालीबाट जलवायु परिवर्तनको प्रभाव न्यून पार्न मद्दत पुग्छ भन्ने कुरा को एउटा उदाहरण हो ।गोठका मालिकलेगाईवस्तुलाई गर्मीबाट राहत दिन पङ्खाको व्यवस्था गरे । उनको क्षेत्रमा बिजुली आपूर्ति भएको हुँदा पङ्खा प्रयोग गर्न सम्भव भयो । ती किसानको पङ्खा किन्न सक्ने आर्थिक हैसियतले सो सम्भवगरायो । तर यो सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा सुलभ ऊर्जा हो । सुलभ ऊर्जा आपूर्तिविना सञ्चार, भरपर्दो ब्याङ्किङ्ग, दह्रो स्वास्थ्य सेवा र शिक्षाको प्रवद्र्धन हुनसक्दैन ।
आराम र सुविधा खोजी गर्दै (पश्चिमी) सभ्यताले ऊर्जाको प्रयोग त बढायो तर त्यो खनिज तेल दोहनको प्रविधिमा जाकियो र परिणति रह्यो, जलवायु परिवर्तन । त्यसैले आजको चुनौती बनेको छः कार्बन पदचिह्न नभएको ऊर्जाप्रणालीको स्थापना र प्रयोग कसरी बढाउने ? अब छानिने बाटो १०० वर्षअघि रोजिएको (खनिज तेल) जस्तो हानिकारक हुनुहुँदैन । यस्ता ऊर्जा आपूर्तिप्रणालीका थुप्रै विकल्पहरू पहिल्याउनु सबैभन्दा विवेकसम्मत कार्य हुनसक्छ । यस्तो कार्य घातकग्यासहरूको उत्सर्जन घटाउन सहयोगी हुन्छ भने हरेक नेपालीलाई जलवायुको परिवर्तित अवस्थासित अभ्यस्त हुनसक्ने
तुल्याउन पनि ।



