कक्षाकोठा प्रतिभा पहिचान र प्रोत्साहन

‘सम्भावना’लाई ‘समस्या’ पो ठानिएछ !

कक्षामा धेरै प्रतिभा रहेछन्, प्रतिभालाई समस्याको रूपमा बुझएिछ । सही पहिचान गरिएनछ । त्यसनिम्ति विद्यार्थीको व्यवहारको सूक्ष्म अध्ययन आवश्यक रहेछ, विद्यार्थीमा भएका प्रतिभाहरूको । सजिलै न देखि ने हुनाले, सानै भए पनि पहिचानको लागि अवसरको मेसो मिलाउने काम हाम्रै रहेछ । उनीहरूको प्रतिभालाई पहिचान गर्न नसकिए कसरी व्यक्तित्व विकास हुनसक्छ र ?

पुरानो नेवार वस्ती, वरपर बाहुनहरूद्वारा घेरिएको लेकको घाँच । मलाई थाहा भए देखि नै मैले पढेको र पछि त्यही स्कूलमा पढाएको नाताले मेरो स्कूलमा जातीय विविधता थियो । म पढ्दा नेवार सरहरू बढी हुनुहुन्थ्यो । प्राथमिक तहमा त सबै नै नेवार । पढाइ नेपालीमा हुन्थ्यो । स्पष्ट नभएमा नेवार साथीहरू नेवारीमै प्रश्नगर्थे र सरहरूले पनि नेवारीमै बुझाउने प्रयासगर्थे । भाषिक विविधता भए पनि यथेष्ट सम्बोधन हुन नसकेको रहेछ भन्ने पछि थाहा भयो ।

पछि त्यही विद्यालयकै शिक्षक भइयो । आफ्नो पालाको कुरा बिर्सियो । विविधता पहिचान गरी कक्षा व्यवस्थापन गर्ने आवश्यकता महसुस नै गरिएन लामो समयसम्म । एक दिन कक्षामा पढाउँदा पढाउँदै एउटा प्रसङ्गमा अरिङ्गालको कुरा आयो । एकजना गुरुङ विद्यार्थीले अरिङ्गाल भनेको बुझेनन् या चिनेनछन् । तिनले सोधे ‘अरिङ्गाल कस्तो हुन्छ ?’ त्यो घटनापछि कक्षाको भाषिक विविधता ख्याल गर्नु पर्ने चेत खुल्यो । सकेसम्म सबै भाषाभाषीलाई सम्झ्ने प्रयत्न गर्न थालेँ । भाषिक विविधता व्यवस्थापन शिक्षणको अभिन्न अङ्ग भएको महसुस गरें ।

विद्यालयको कार्यालय कक्षमा एउटा पुरानो फोटो टाँगिएको छ । त्यसमा तत्कालीन राजा वीरेन्द्र कुनै व्यक्तिलाई पदक लगाइदिँदैछन् । पदक थाप्ने व्यक्ति विद्यालयका पुरानो विद्यार्थी रहेछन् र होनहार राष्ट्रिय धावक । मैले ती दाजुको हालको अवस्था बुझने प्रयास गरे–गोडामा असिम तागत, निरन्तर अभ्यास र सीपका धनी उनी परीक्षामा कमजोर हुनु अस्वाभाविक थिएन । परीक्षा रराम्रो गर्न सकेनन् । परिणामतः हराम्रो पद्धतिले उनलाई ग्रहण गर्न सकेन । हाल गाउँघरमै सामान्य किसानको जीवन बाँचिरहेका छन् ।

सामाजिक अध्ययन अन्तर्गत सबै समुदाय र सम्प्रदायका विद्यार्थीले आफ्नो क्षेत्रको लोक संस्कृति;गीत तथा नृत्य प्रस्तुत गर्नु पर्ने भयो । त्यसमा घाटु नाच र सोरठी नृत्य प्रस्तुत गर्ने समूह उत्कृष्ट ठहरियो । ती समूहमा सधैँ पढाइमा कमजोर देखि ने विद्यार्थीहरूको बाहुल्य थियो । हाल ती विद्यार्थीमध्ये एकजनाले घाटु नाच सम्बन्धी एउटा पुस्तक पनि प्रकाशित गरेका छन् ।
कक्षामा एक जना सारै कमजोर बहिनी थिइन् । उनको निष्क्रियता बारेमा केही सहकर्मीहहरूसँग कुरा पनि गरें । निष्कर्ष; केटी भएको र उमेर पनि अलिक बढी भएकाले त्यस्ती भएकी भन्ने निकालियो । चित्त बुझइयो । सामाजिक अध्ययन कक्षामै उनले एउटागीत प्रस्तुत गर्नु परयो । निकै कर गरे पछि तयार भइन् । उनको प्रस्तुति ज्यादै रराम्रो ठह¥यो– स्थापित राष्ट्रिय कलाकारको जस्तै । तीजको अवसरमा विद्यालयमै आयोजित एउटागीति कार्यक्रममा उनले झनै रराम्रो प्रस्तुति देखाइन् । विद्यालयका क्रियाकलाप मा उनको सक्रियता ह्वात्तै बढ्यो, एकपछि अर्को गर्दै ।

एक दिन कक्षा दशमा पढाउँदै गर्दा बाहिरबाट एकजना भाइ आएर कक्षाका अनुप नामका विद्यार्थीलाई बाहिर पठाइदिन अनुरोध गरे । त्यसो गर्न म तयार भइनँ । पछि अनुपले नै ज्यादै अनुरोध गरे पछि मैले उनलाई बाहिर जाने अनुमति दिएँ । एकछिन पछि उनले मलाई पूरै पिरियडभर बाहिर जान अनुमति मागे । मैले कारण सोध्दा उनी एउटा स्थानीय क्लबको सदस्य भएको र उनको क्लबले खोलामा विष तथा करेन्ट लगाई माछा मार्ने कामलाई निरुत्साहित गर्ने अभियान चलाइरहेको जानकारी दिए । बूढीगण्डकी नदीमा करेन्ट लगाई माछा मार्ने मानिस देखि एको खबर आएपछि उनी त्यसलाई रोक्न त्यता जान लागेका रहेछन् । उनले खोलामा करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएका उपकरणहरू ल्याई प्रहरी कार्यालयमा बुझए । उनीहरूले स्थानीय खोलाको निश्चित क्षेत्रमा करेन्ट तथा विष प्रयोग गरी माछा मार्न रोक लगाई वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेका रहेछन् । तर कक्षाको हराम्रो मूल्याङ्कन गर्ने विधिले उनलाई त्यति उम्दा विद्यार्थी मान्दैन ।

कति विद्यार्थीहरू साथीहरूलाई अप्ठ्यारो पर्दा सहयोग गर्न स्वस्फूर्त अग्रसर हुन्छन् । तर त्यसरी अघिसर्नेहरूमध्ये प्रायः कक्षामा ‘कमजोर विद्यार्थी’ मानिन्छन् । अनि कक्षामा जान्ने भनिएका विद्यार्थीलाई अर्काको मर्काप्रति पटक्कै वास्ता नहुने । केही विद्यार्थी विद्यालयमा हुने खेलकुद, अन्य अतिरिक्त क्रियाकलाप तथा साथीहरूसँग समन्वय गर्ने क्रममा निकै अग्रणी रहन्छन्, विद्यालयको काममा उनीहरू ज्यादै लगनशील भएर लाग्छन् । त्यस्ता कार्यमा सम्पूर्ण कक्षाको नेतृत्व पनि लिन्छन्, तर परीक्षामा भने तिनले ज्यादै कम अङ्क पाउँछन् वा ल्याउँछन् ।

मेरा दुई जना विद्यार्थी यस्ता पनि थिए; परीक्षामा उनीहरू सधैँ कक्षा प्रथम वा द्वितीय हुन्थे तर पढाइबाहेकका अन्य क्रियाकलाप मा पटक्कै सहभागी हुन चाहँदैनथे । कतिसम्म निष्क्रिय भने कक्षामा प्रश्न गर्दा समेत उठेर नबोल्ने । हराम्रो मूल्याङ्कन पद्धति र मान्यता एउटै चाल्नोबाट छानिइआएका विद्यार्थीहरूमा समान क्षमता, रुचि र एउटै खालको ज्ञान हुनै पर्ने भन्नेछ । तर के सबै विद्यार्थीमा हुने प्रतिभा एउटै हो ? वा एउटै मात्र हुनुपर्ने हो ? विद्यार्थीहरूले परीक्षामा रराम्रो अङ्क ल्याउनु मात्र ठीक अरू सबै बेठीक हो त ? आफ्नो संस्कृतिको पहिचान गरी त्यसको प्रसार गर्न सक्ने विद्यार्थी कमजोर हुने ? वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने अनुप भाइ र उनका साथीहरू कमजोर नै हुन् त ?

हराम्रो मान्यता र पद्धति अनुसार ‘किताबी कीरा’ बाहेकका सबै विद्यार्थी समस्या हुन् ।गीतगाउनेहरू समस्या, माछा मार्न रोक्नेहरू समस्या, पठनपाठन बाहेक अन्य क्रियाकलाप मा लाग्नेहरू समस्या, पढाउँदा डेस्क वा कापीमा राम्रा अक्षर र चित्र बनाउनेहरू समस्या, अन्य विद्यार्थीसँग घुलमिल भई नेतृत्व लिनेहरू समस्या । हराम्रो शैक्षिक मान्यता र पद्धतिले यस्तै भनिरहेको छ ।

शिक्षक मासिक (विद्यार्थीको जन्मजात प्रतिभा कसरी चिन्ने ? जेठ २०६८) ले सोच्न बाध्य बनायो, थप अध्ययन गर्न लगायो । माथिल्लो परिच्छेदमा ‘समस्या’ भनिएका कुरा हरू त अवसर पो रहेछन् । बरु हाम्रै अध्ययनशीलताको अभाव ठूलो समस्या रहेछ,गार्डनरले पहिल्यै यसको जवाफ सुझएका रहेछन् ९ज्यधबचम न्बचमलभच ९ज्ञढडघ०, ँचबmभक याः ष्लमस् त्जभ त्जभयचथ याः गतिष्उभि क्ष्लतभििष्नभलअभक० हामीले सजातीय मात्रै खोजेछौं, जातीय राजनीति गर्ने नेताले जस्तै । प्रतिभा पहिचान गर्न नसकेको समस्या, पद्धतिले बनाएको समस्या, प्रतिभाको सही व्यवस्थापन गर्न नसकेको समस्या । सबै प्रतिभा रहेछन्, कसैमा कुनै बढी हुने र कसैमा कुनै कम । प्राथमिकता शाब्दिक/भाषिकले बढी पाएछ, हामी शिक्षकमा पनि अन्य प्रतिभा चिन्ने क्षमताको अभाव रहेछ, आफूसँग जुन प्रतिभाको आधिक्य थियो त्यसैलाई मात्र, आफ्नैलाई मात्र रराम्रो ठान्यौं र अरूलाई उपेक्षा । दौडने, चित्र बनाउने, चित्रको माध्यमबाट बुझने, नाच्ने–गाउने, समुदायलाई बुझने, नेतृत्व लिने, आफ्ना विचार राख्ने, पृथक् विचार दिने प्रतिभाहरू समस्या हुन् भने त अन्य क्रियाकलाप मा सहभागी हुन नचाहने; परीक्षामा प्रथम मात्र हुने पनि समस्या नै भइहाले नि !

कक्षामा धेरै प्रतिभा रहेछन्, प्रतिभालाई समस्याको रूपमा बुझएिछ । सही पहिचान गरिएनछ । त्यसनिम्ति विद्यार्थीको व्यवहारको सूक्ष्म अध्ययन आवश्यक रहेछ, विद्यार्थीमा भएका प्रतिभाहरूको । सजिलै न देखि ने हुनाले, सानै भए पनि पहिचानको लागि अवसरको मेसो मिलाउने काम हाम्रै रहेछ । उनीहरूको प्रतिभालाई पहिचान गर्न नसकिए कसरी व्यक्तित्व विकास हुनसक्छ र ? अनि उनीहरूका प्रतिभा प्रदर्शन गर्न आवश्यक वातावरण निर्माण र त्यसको विकास को लागि अवसर प्रदान गर्नको लागि हराम्रो शिक्षण शैली एवं मूल्याङ्कन पद्धति परिमार्जन गर्नु आवश्यक हुने नै भयो । कक्षामा बहुप्रतिभाहरूको भण्डार रहेछ, एउटैमा पनि धेरै । सबैमा एउटैको आशा पो गरिएछ । ती राष्ट्रिय धावक जो राष्ट्रिय सम्पत्ति थिए, तिनलाई पनि जाँचमा धेरै नम्बर ल्याउने जस्तै स्वरुपमा खोजियो । समस्या ठानिएका मेरा विद्यार्थीहरूमा पृथक् सम्भावनाहरू रहेछन् । बरु तिनीहरूको प्रतिभालाई आवश्यक स्थान दिई उनीहरूलाई प्रोत्साहित गर्नु नै सही शिक्षण हुनसक्ने रहेछ । अन्य ती जसले कुनै लक्षण देखाउन सकेनन् र खोज्ने प्रयास पनि गरिएन तिनमा पनि अवश्य कुनै प्रतिभा थियो; तर तिनको भ्रूणावस्थामै हत्या भयो । त्यसनिम्ति मलाई अपराधबोध भइरहेछ । सच्चिने अवसर प्रदान गरेकोमा धन्यवाद शिक्षक मासिकलाई । ७
श्यामप्रसाद लामिछाने
भीमोदय माध्यमिक विद्यालय, गोरखा

मेरो ३० वर्षे अनुभव !

मप्रावि शिक्षक हुँ । मेरो विद्यालयमा बाल शिशु देखि कक्षा ५ सम्म पढाइ हुन्छ । प्राविस्तर मा साना बालबालिका भए पनि उनीहरूको प्रतिभा फरक भएको मेरो ३० वर्षको शिक्षण अनुभवले भन्छ–
प्रत्येक बालबालिकाको कक्षाकोठामा, खेल्ने चउरमा प्रार्थना गर्ने समयमा, वनभोज खान जाँदा, अतिरिक्त क्रियाकलाप गराउँदा, विद्यालयको वार्षिक उत्सव मनाउँदा, सरस्वती पूजामा, परीक्षामा, फूलबारी बनाउँदा, करेसाबारीमा काम गर्दा उनीहरूले गरेको काम, सीप, प्रस्तुति कला र शैली, जाँगरबाट उनीहरूमा भएको अन्तरनिहित प्रतिभा थाहा पाएकी छु ।

जुन विद्यार्थीमा जस्तो प्रतिभा छ त्यस विद्यार्थीलाई त्यही प्रतिभा उजागर गर्न प्रोत्साहित गर्छु । जस्तै कुनै विद्यार्थी कथा, कविता लेख्न रुचाउँछ भने उसलाई प्रोत्साहित गर्दै उसले लेखेका बालकथा, बालकविता, स्थानीय एफएममा भन्न लगाएर र स्थानीय पत्रपत्रिकामा छाप्न लगाएर उसको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न मद्दत गर्छु । यसले गर्दा अरू विद्यार्थीमा पनि आफ्नो प्रतिभा देखाउने उत्प्रेरणा जाग्छ ।

बेलाबखत विद्यालयमा चित्रकला, हाजिरीजवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, खेलकुद, माटाका आकृति, कागजका विभिन्न फूल लगायतका कुरा हरू बनाउन समूहमा ल गाउँछु र जान्ने विद्यार्थीबाट नजान्ने विद्यार्थीलाई सिक्न–सिकाउन प्रोत्साहित गर्छु ।

बालबालिकाले बनाएका सामग्रीहरू कक्षाकोठामा विद्यार्थीको नामसहित सजाएर राख्न सकिन्छ । जसले गर्दा पढ्न मन नलाग्ने, केही गर्न जाँगर नपलाएको बेलामा पनि उनीहरूमा “म पनि केही गरेर देखाउँछु” भन्ने भावना जगाउन मद्दत मिल्छ ।
कक्षाकोठामा पढाइ–लेखाइ गर्दा जान्ने विद्यार्थी र नजान्ने विद्यार्थी समूहमा मिलाएर राख्छु । कुनै प्रश्न दिएर समूहमा छलफल गरेर उत्तर लेख वा भन भनी प्रश्न हल गर्न ल गाउँदा नजान्ने विद्यार्थीले जान्ने विद्यार्थीहरूबाट सिक्न सक्छन् ।

जान्ने विद्यार्थीलाई कक्षा अगाडि कालोपाटीमा कुनै प्रश्नको उत्तर लेख्न ल गाउँदा उसले त्यो प्रश्नको सही समाधान गरे पछि , दुईचार पटक सबै विद्यार्थीलाई प्रश्नको सही समाधान उक्त विद्यार्थीबाट नै यसरी गरे भनेर सबैलाई सिकाउन ल गाउँछु । त्यसो गर्न जान्ने विद्यार्थीलाई धन्यवादसहित उसको प्रशंसा गरिदिन्छु । त्यसपछि “ल अब अगाडि आएर कसले प्रश्नको जवाफ दिन्छ, लेख्छ र साथीहरूलाई सिकाउँछ” भनी प्रश्नको हल गर्न उत्प्रेरित गर्छु । नजान्नेलाई पनि तिम्रो साथीले यो प्रश्नको हल कसरी गरेको थियो भनी अगाडि बोलाएर कालोपाटीमा गर्न ल गाउँछु, नसके सिकाइदिन्छु । यसरी नै पटक–पटक गर्न ल गाउँछु । यसो गर्दा नजान्ने विद्यार्थी पनि अगाडि कालोपाटीमा प्रश्नको समाधान गर्न उत्सुक हुँदारहेछन् ।

कक्षामा कान कम सुन्ने र बढीगफ गर्ने विद्यार्थीलाई कक्षाकोठामा अगाडि को बेन्चमा राखेर शिक्षण गराउँछु ।
कक्षामा ढिलो आउने, गृह कार्य न गर्ने , छुच्चो स्वभावको विद्यार्थीलाई दण्डस्वरुप ल तिमी ढिलो आयौ, गृह कार्य गरे नौ, साथीहरूलाई पिट्यौ भनेर शिक्षकले दण्ड दिनुभन्दा विद्यार्थीलाई नै ल तिमीलाई जे आउँछ त्यहीगर भन्छु, गराउँछु । जस्तै नाच,गीतगाउ, कविता भन, स्याल जस्तै कराउ, मुसो, बाख्रो,गाई, भैंसी, भेडा आदि जनावर वा चराचुरुङ्गी कसरी कराउँछन् भनेर नक्कल गर्न ल गाउँछु । भ्यागुतो जस्तो उफ्रिने, एक खुट्टा टेकेर एकछिन उभिन ल गाउँछु । मेरो विचार मा यसो गरे मा विद्यार्थीमा भएको क्षमता पनि उजागर हुन्छ र शिक्षकले विद्यार्थीलाई दण्ड दिए जस्तो पनि लाग्दैन ।

म शिक्षक भएकाले कक्षामा सबै विद्यार्थी बहुमुखी प्रतिभाका हुन सकुन् भन्ने चाहन्छु । समय, शक्ति र परिस्थिति, पाठ अनुसार, पाठ्यक्रमले निर्दिष्ट गरेको उद्देश्य पूरा गराउन प्रयास गर्द छु । यद्यपि एकै हातका औंलाहरू त बराबर हुँदैनन् भन्ने उखान जस्तै सबैको अलग–अलग कुरा मा चाख हुन्छ । तापनि पाठ्यपुस्तक त कक्षा अनुसार एउटै हुन्छ । मेरो कर्तव्य विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई आफ्नो क्षमताले भ्याएसम्म आफ्नो पेशाप्रति प्रतिबद्ध रहनु हो भन्ने ठान्दछु । ७
फाल् गुना दाहाल
नवदुर्गा प्रावि, धनगढी नपा–१२, धनगढी

रुचि जेमा छ, उतै लाग्छन्

मनेपाली विषयको शिक्षक भएको नाताले भाषा शिक्षणका क्रममा फेला परेका विशेष प्रतिभायुक्त विद्यार्थीसँग सम्बन्धित अनुभव व्यक्त गर्न गइरहेको छु । म २०६० साल देखि कास्की पोखरास्थित फिस्टेल एकेडेमीबाट पहिलो पटक शिक्षकको रूपमा सेवा प्रवेश गरेको हुँ । नेपाली विषय शिक्षणका क्रममा पाठ्यवस्तुको विधा, उद्देश्य, प्रकृति आदिका आधारमा कहिले व्याख्यान विधि, कहिले छलफल र प्रश्नोत्तर त कहिले अभिनय गरेर पढाइन्थ्यो । शिक्षण चाखलाग्दो बनाउन कहिले प्रत्यक्ष अनुभव गर्न लगाएर, कहिले कुनै कार्यक्रममा सहभागी गराए र त कहिले परियोजना कार्य दिएर शिक्षण विधिमा विविधता लेराएर शिक्षण सिकाइ गर्दथें । विद्यालयको वातावरण शैक्षिक खालको थियो । विद्यार्थीका लागि चित्रकला, नृत्य, खेलकुद लगायतका विभिन्न विधामा नियमित प्रशिक्षण दिइने भएकाले प्रायः कुनै न कुनै विद्यार्थीमा केही न केही प्रतिभा रहेको देख्न पाइन्थ्यो । प्रशिक्षण दिएर उसलाई अघि लेराउन भन्दा कतिपय अवस्थामा ऊभित्र रहेको प्रतिभा पहिचान गर्न गाह्रो पथ्र्यो ।

 तैपनि विद्यालयभित्र विभिन्न तहमा आयोजना हुने वादविवाद, वक्तृत्वकला, स्पोर्टमिट, हाजिरीजवाफ, निबन्धकला, अभिनयकला जस्ता प्रतियोगितामा विद्यार्थीले देखाउने रुचि र क्षमताका आधारमा उनीहरूको प्रतिभा पहिचान हुन्थ्यो । बहिर्मुखी भन्दा अन्तरमुखी स्वभावका विद्यार्थीका प्रतिभा पहिचान गर्न गाह्रो हुँदोरहेछ । मैले मावि तहमा नेपाली विषयको जिम्मेवारी लिएको त्यो वर्ष कक्षा ९ मा ३१ जना विद्यार्थी अध्ययनरत थिए, अहिले पनि बढी यही कक्षाको सम्झना आउँछ । विभिन्न विधामा विद्यार्थीहरूको फरकफरक रुचि र क्षमता थियो । इन्द्र पौडेल नाम गरेका एक छात्र खेलकुद र नृत्यमा विशेष सोख राख्दथे । अर्का रानाभाट थर भएका इन्द्र चाहिँ फूटबलका राम्रा खेलाडी थिए भने निकै बान्की मिलेका अक्षर लेख्थे । तर दुः खको कुरा एकदुई कक्षा लिँदैमा थाहा भयो उनीहरू वर्णविन्यासमा कमजोर रहेछन् । शुरु का एक दुई कक्षामा मैले आगमन विधिबाट वर्णविन्यास सिकाएँ । प्रत्येक विद्यार्थीका नाम एवम् दैनिक रूपमा अधिक प्रयोग हुने शब्दहरू लेखाएर अभ्यास समेत गर्न लगाएँ । त्यस बेला नौ कक्षामा गुरुप्रसाद मैनालीको ‘शहीद’, लक्ष्मीप्रसाद देवकोटाको के ‘नेपाल सानो छ ?’ भन्ने जस्ता रचना पढ्न पढाउनु पथ्र्यो । तुलनात्मक रूपमा देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध केही क्लिष्ट थियो । व्याकरणलगायत तीनवटा पाठ पढाएपछि मासिक परीक्षा लिएँ । मासिक परीक्षाको कापी हातमा परेपछि म छक्क परेँ ।

छात्र विनोद पौडेलले दिएको प्रश्नको उत्तर एक स्थापित लेखकले लेखे बराबर थियो । चिटिङ भयो कि भन्ने पनि लाग्यो तर त्यो सम्भव थिएन, प्रश्नका उत्तर अत्यन्त मौलिक थिए, उच्चकोटिका । पढाउने क्रममा प्रसङ्गवश भनिएका सन्दर्भ र वाक्यहरू उनका उत्तरमा प्रतिबिम्बित भएका थिए । प्रायः सबै विद्यार्थी परिश्रमी भएकाले शैलजा, अञ्जु, विमला, इन्द्र पनि राम्रा थिए तर विनोद पौडेलको कोहीसँग तुलना नै हुनसक्थेन । मैले त्यसैबेला देखि विनोदलाई भाषिक प्रतिभायुक्त व्यक्ति ९ध्यचम क्mबचत एभचकयल० को रूपमा पाएँ । मैले भाषाको हकमा सामान्य विद्यार्थीमा भन्दा उनमा फरकगुण पाएँ । तर उनलाई तिखार्नु र निखार्नु भने आवश्यक थियो । मैले मनमनै भाषाको क्षेत्रमा उनलाई नमुना विद्यार्थी बनाउने सङ्कल्प गरें । उनी सानै देखि अरूभन्दा बढी कल्पनाशील थिए । सुनेका, पढेका कथाको सारांश वा कुनै चुट्किला भन्ने क्रममा उनी उही उमेर समूहका साथीभन्दा बढी काल्पनि क तर प्रभावकारी ढङ्गले व्यक्त गर्दथे । यस्तो अवस्थामा उनलाई मैले व्यक्तिगत एवम् समूहगत रूपमा नेपालीभाषामा रराम्रो रहेको जानकारी दिँदै प्रोत्साहन गरें, सोही अनुसारका सन्दर्भ पुस्तकहरू पढ्न दिएँ, फुर्सदका बेलामा विशेष गरी विभिन्न विधाका आधारभूत ज्ञान एवम् स्थापित साहित्यकारहरू र उनीहरूका ख्याति, उपलब्धि र जीवनका रोचक प्रसङ्ग सुनाउन एवं लेखन तरिका सिकाउन थालेँ ।

उनी केही समयपछि नै कथा, कविता, उपन्यास लगायतका रचना रुचिपूर्ण ढङ्गले अध्ययन गर्न थाले । साहित्यिक कक्षामा उनी अति आनन्दको अनुभूति गर्दथे । घुम्ने मेच माथि अन्धो मान्छे, जय भुँडी, नासो कथा सङ्ग्रह,गौरी, मुनामदन जस्ता विभिन्न कृतिहरू उनले मबाट लगेर पढे । यतिसम्म कि कसैका राम्रा साहित्यिक पुस्तक हराए विनोदले लगे कि भनिन्थ्यो । दशैँको बिदामा मैले अरु गृह कार्यसँगै सबैलाई छुट्टाछुट्टै साहित्यिक किताब किनेर अध्ययन गर्न ल गाउँथे र कक्षामा त्यसको सारांश एवम् भावार्थ भन्न प्रोत्साहित गर्दथेँ । साथीहरूले किनेका फरकफरक किताब विद्यालय खुुलेपछि उनीहरूले आपसमा बाँडेर पढ्दथे । यसो गर्दा विनोद लगायतका विद्यार्थीहरूमा शब्दभण्डार र लेखन शैलीको विकास भयो ।

हुन पनि विनोद विद्यालय बाहिर आयोजना हुने जति पनि कार्यक्रममा पुग्थे; कहिल्यै रित्तोहात फर्किंदैनथे । विषय शिक्षकको नाताले मैले र हामी शिक्षक वर्गले उनलाई झनै रराम्रो गर्ने प्रेरणा र पृष्ठपोषण प्रदान गरिरह्यौँ । त्यतिमात्र होइन, “तिमी यति रराम्रो भाषिक क्षमता भएको व्यक्तिले हरेक विषयमा उत्कृष्ट हुनुपर्छ” भनिदिँदा उनमा थप आत्मविश्वास बढ्न गयो । अन्ततः २०६२ सालको एसएलसी परीक्षामा नेपाली विषयमा ८४ अङ्कसहित ९१.२५ प्रतिशत अङ्क प्राप्त गरी पश्चिमाञ्चल क्षेत्र प्रथम भए । अहिले उनी रराम्रो कलेजमा छात्रवृत्तिमा पढिरहेका छन् । केही महिनाअघि भेट्दा आफ्नो साहित्यमा निकै रस बसेको र एउटा उपन्यास लेख्न गइरहेको बताएका थिए ।  

 म अहिले पोखरास्थितग्लोबल कलेजियट उमाविमा अध्यापन गर्द छु । जहाँ गए पनि हामी शिक्षकले खेलकुदका क्षेत्र देखि हरेक विधामा विद्यार्थीको प्रतिभा पहिचान गरी विशेष वातावरण प्रदान गरेर उनीहरूको प्रतिभा निखार्न मद्दत पुर्याउन सक्छौँ । तर विद्यालय विशेष गरी कक्षाकोठाभित्र कुनै व्यक्तिविशेषलाई जोड दिएर प्रशंसा गर्दा अरू विद्यार्थीलाई नकारात्मक असर समेत पर्न सक्दछ, त्यसमा शिक्षकले हेक्का पुर्याउनुपर्दछ । सम्भव भएसम्म कसैको विशेषगुणको एकोहोरो तारिफ गर्नु भन्दा त्यस्तै अवसरमा सबैसँग भएका कुनै न कुनै क्षमता बताइदिनु रराम्रो मानिन्छ ।

विद्यालयमा प्रकृतिप्रेमी, अन्तरवैयक्तिक, अन्तरसामाजिक, खेलकुदमा रुचि राख्ने, तार्किक, साङ्गीतिक, अस्तित्वमुखी धेरै किसिमका प्रतिभा भएका विभिन्न विद्यार्थी हुन्छन् । त्यस्तै कोही अन्तरमुखी हुन्छन् त कोही बहिर्मुखी । हुन पनि सबै विद्यार्थीमा केही न केही मौलिकगुण हुने पक्ष शिक्षकले भुल्नुहुँदैन । यदि आफूलाई सबै विद्यार्थी विशेष पक्षका बारेमा थाहा छैन भने अन्य शिक्षक वा त्यस कक्षाका कक्षा शिक्षकसँग विद्यार्थीका बारेमा सोधपुछ गर्न सकिन्छ । जस्तै कुनै विद्यार्थी तार्किक वा गणितीय प्रतिभायुक्त छ भने त्यसका बारेमा कक्षा शिक्षक वा गणित विषय शिक्षकलाई बढी ज्ञान हुन सक्छ । हराम्रो जस्तो मुलुकमा विद्यार्थीको रुचि, चाहना वा क्षमतालाई ध्यानमा राखेर छुट्टै शिक्षण गर्ने पद्धतिको विकास भएको छैन । तसर्थ, मिश्रित रूपमा कक्षा शिक्षण गर्नु पर्ने अनिवार्यता छ । कक्षा शिक्षणका क्रममा कक्षाका सम्पूर्ण विद्यार्थीलाई पाठ्यक्रमले तोकेको उद्देश्य अनुरुपको शिक्षा त प्रदान गर्नु परयो नै, जुन विषयमा जोसँग विशेष प्रतिभा छ तत् सम्बन्धी विषयमा अतिरिक्त ज्ञान दिने गर्नु पर्दछ । समय अभाव भए त्यस्ता विद्यार्थीका लागि थप समयको प्रबन्ध गर्न सकिन्छ ।

त्यति मात्र होइन, यस्तै प्रतिभा प्रस्फुटनका लागि विद्यालयभित्र र बाहिर हुने विभिन्न प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलाप मा क्षमता अनुसार सहभागी गराउनु पर्दछ । अभिभावकले समेत आफ्ना बाबुनानीको योग्यता र क्षमताको बारेमा थाहा पाउन् र सोही अनुसारको वातावरण प्रदानगरुन् भन्नका लागि उनीहरूलाई समयमै सूचित गर्नु रराम्रो हुन्छ । यसरी सबै पक्ष मिलेर वातावरण सिर्जना गर्दै सही मार्ग निर्देश गर्दा उनीहरूमा अङ्कुरा एको प्रतिभा फैलिने र झङ्गिने अवसर पाउँछ । उसो त बच्चाको भित्री लगाव जता छ अन्ततः ऊ त्यतै डोरिइहाल्दछ । त्यसो नभइदिने भए पादरी बनाउन भर्ना गरिएका चाल्र्स डार्विनलाई हामी जीव वैज्ञानिकका रूपमा कदापि देख्न पाउने थिएनौं ।

अहिलेको जटिल युगमा शिक्षक एउटा शिक्षक मात्र भएर पुग्दैन ऊ चिकित्सक, मनोविज्ञ, प्रशिक्षक, अभिनयकर्ता, योजना निर्माता एवम् कुशल परामर्शदाता सबै हुन सक्नुपर्छ । यसरी विभिन्न कुरा मा हेक्का राख्दै एउटा कुशल र दक्ष शिक्षकले सबैसँग सहकार्य गरेर आफ्ना विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्दा मात्र समाज र देश लाभान्वित बन्दछ । ७
नेपाल प्रकाश अधिकारी
ग्लोबल कलेजियट उमावि, पोखरा

commercial commercial commercial commercial