‘स्थायित्व’ र ‘सिकाइ’बीचको यात्रा
‘गर्दै–सिक्दै’ प्रक्रियाले नै मानव सभ्यतालाई अगाडि तान्दोरहेछ । यसको आशय हो– हाम्रो सिकाइको ठूलो हिस्सा अनुभवमा आधारित हुँदोरहेछ । आफ्ना आवश्यकता पूरा गर्ने वा परेका समस्या समाधान गर्ने क्रममा गरिएका अनुभवलाई सङ् गृहीत गर्ने, अर्को त्यस्तै सन्दर्भमा उपयोग गर्ने र प्रसार गर्ने जस्ता प्रक्रियाले सिकाइलाई अझ परिस्कृत गर्न सहयोग पुर्याउँदोरहेछ । यस्तो हुन सकेन भने सिकाइको गोलचक्करमा फसिने र अझ उन्नत स्तर मा प्रवेश गर्ने सम्भावना सीमित हुने अवस्था आउँदोरहेछ । सिकाइको उन्नयन सम्बन्धी यो सामान्य प्रक्रिया शिक्षाको गुणस्तर सुधारका सन्दर्भमा पनि उही रूपमा उपयोग गर्न सकिने रहेछ ।
अनुभवबाट आर्जित एउटा तहको सिकाइलाई स्तरीकरण गरी सबैले मान्न सक्ने स्वरुप दिने कार्य उत्तिकै महत्वपूर्ण हुनेरहेछ । यो प्रक्रियाबाट आर्जित ज्ञानको मानकीकरण गरी स्थायित्व प्राप्त हुने र विद्यमान अभ्यास हरूको लेखाजोखा गर्न आधार समेत प्राप्त हुनेरहेछ । यसरी सर्वस्वीकार्य भइसकेपछि पछि त्यही ज्ञानले हाम्रा अभ्यास हरूमा कसी लाउने मान कको काम गर्दोरहेछ र हामी त्यसको विशिष्ट चरित्र (Specification) मार्फत नै गुणस्तर लाई परिभाषित गर्न प्रयत्न गर्दारहेछौं । त्यसैले Crossby ले गुणस्तर लाई 'conformance to specifications' र 'defect avoidance in education process' को अर्थमा; 'fitness for purpose' को अर्थमा अनि Deming ले 'uniformity and dependability' को अर्थमा वयान गरेका रहेछन् । यस्तो परिभाषालाई ‘प्राविधिक’ अर्थमा बुझन थालियो । पाठ्यक्रम, शैक्षणिक दिन वा विद्यालय घण्टा वा शिक्षकको योग्यतालगायत शैक्षणिक विधि जस्ता प्रक्रियागत पक्षबारे हाम्रा ज्ञानले यसरी नै स्थायित्व प्राप्त गर्दै आएका छन् । ती मान क र स्तर को परिपालना यकिन गर्न जाँचबुझ, लेखाजोखा गर्न अनुगमन, निरीक्षण र बाह्य परीक्षण (Audit) जस्ता उपायहरू अवलम्बन गर्न थालिएको छ । हाम्रो सन्दर्भमा; भर्खरै स्थापित गुणस्तर परीक्षण केन्द्र (Education Review Office) लाई समेत यसै सन्दर्भमा बुझन सकिन्छ ।
यसप्रकार पहिलो खम्बाले के खोज्ने (what to look for) भन्ने प्रश्नमार्फत गुणस्तर कायम गर्न आधार दिन खोज्दोरहेछ । तर, एकपटक मान्यता प्राप्त गर्दैमा त्यो ज्ञान अकाट्य हुँदोरहेनछ, बरु त्यसले माथिल्लो चरणमा पाइला टेक्न एउटा सिँढीको मात्र काम गर्दोरहेछ; परिमार्जन र सुधारको सन्दर्भमा कसरी सुधार गर्ने (How to improve) भन्ने प्रश्नलाई खोतल्ने लचकता पनि छोड्दोरहेछ । यस खम्बाले ‘अपेक्षा’कोगतिशीलतालाई स्वीकार गर्दै गुणस्तर लाई उपभोक्ताको आवश्यकता र अपेक्षाको सापेक्षतामा व्यक्त गर्ने तर्फ जोड दिनेरहेछ ।
‘स्तरीकरण’को खम्बाको चरित्रको ठीक विपरित सुधारको खम्बाले ‘लचकता’, ‘स्वायत्तता’ जस्ता विशेषतालाई जोड दिएर 'PDCA (Plan, Do, Check, Act) मार्फत निश्चितगन्तव्य भन्दा पनि निरन्तर सुधारका अर्थमा गुणस्तर लाई व्यक्त गर्छ । यो सन्दर्भमा पूर्वनिर्धारित विशिष्टता र मापदण्डको पालना मात्र पर्याप्त हुँदैन । Mortimore ले भनेझै गुणस्तर लाई कुनै स्तर (Standard) भेट्टाउनभन्दा पनि वर्तमान को स्तर मा मूल्य थप्ने (Value addition) निरन्तर प्रयत्नका अर्थमा बुझन थालियो । अनि गुणस्तर सिर्जना (Innovation) गर्ने तागतसँग गाँसिन पुग्यो; गल्ती गर्न नडराउने मात्र होइन जोखिम लिन ‘प्रोत्साहन’ गर्ने जस्ता चरित्रले विशेष महत्व पाउन थाले । गुणस्तर सुधारका सन्दर्भमा सिकाइमूलक सङ्गठन (Learning Organization) विकेन्द्रित व्यवस्थापन र Quality Circle, TQM जस्ता अवधारणाको विकास लाई यसै सन्दर्भमा हेर्न सकिन्छ । स्तरीकरणको खम्बाले दिएको आधारलाई टेक्दै सिकाइलाई अझ उन्नत बनाउन ‘सिकाइ’ खम्बाले थाँक्रोको काम गर्दोरहेछ ।
यसरी गुणस्तर का सन्दर्भमा स्तरीकरण र मान कको आफ्नै महत्व हुँदोरहेछ र यसले व्यवस्थापकलाई लेखाजोखा गर्न आधार दिएर स्थायित्व प्रदान गर्दोरहेछ । साथै यो एउटा सापेक्षिक अवधारणा भएका कारण एउटा सन्दर्भमा बनेको गुणस्तर को मान क अर्को सन्दर्भमा बेकम्मा ठहरिन सक्ने रहेछ । अर्थात् निश्चितगन्तव्य भन्दा पनि यो एउटा निरन्तर उन्नत अवस्थामा पुग्न गरिने प्रयत्न र अभ्यास रहेछ । त्यसो भन्यौं भने फरक–फरक अवस्थामा रहेका व्यक्ति वा संस्थालाई गुणस्तर को मापोले आफूलाई उत्प्रेरित राख्नेगतिशील लक्ष्य प्रदान गर्न सक्ने रहेछन् । तसर्थ गुणस्तर लाई गतिशील अर्थमा बुझने हो भने यसलाई स्तरीयता (Standard) र सिकाइ (Learning) गरी दुई खम्बाबीचको निरन्तर यात्राका अर्थमा अर्थ लगाउन उपयुक्त हुने देखिन्छ ।



