मेरो लागि गुणस्तरीयता

पढेको कुरा जीवनमा मिलाउन खोज्नु गुणस्तर हो । भोगाइमा जोड्नु गुणस्तर हो । भोगेका कुरा मा सिद्धान्त खोज्नु गुणस्तर हो । खोजिएको कुरा मा किताब जोड्नु गुणस्तर हो । नवीन लेखनीमा जोड्नु गुणस्तर हो ।

बिकाइएको गुणस्तरीयता
तीन महिनामा फरर अङ्ग्रेजी ! ट्यूसन केन्द्रको गुणस्तर हो यो । हाम्रा सल्लाहकारहरू । हाम्रा स्कूलका सानहरू । हाम्रा भौतिक सुविधाहरू । निजी स्कूल तथा कलेजको गुणस्तर हो यो । मेरा छोराछोरीले एक महिनामा अक्षर चिने ।गीतगाउन जाने । अभिभावकको गुणस्तर हो यो । एसएलसीमा विशिष्ट श्रेणी ल्याएँ । विदेशमा पढ्न पाएँ । छात्रवृत्ति पाएँ । विद्यार्थीको गुणस्तर हो यो । हाम्रा सूचकहरू छन् । भौतिक सूचक । शैक्षिक सूचक । पठनपाठनका सूचक । मूल्याङ्कनका सूचक । उपलब्धिका सूचक । आफैं जाँच्नोस् । गुणस्तर खोज्ने विकासे संस्था र सरकारको गुणस्तर हो यो । यसरी हामीले गुणस्तर बनायौं । बेच्यांै । बेचाइयौं । जसले जे बुझे त्यही किने । किन्यौं । किनायौं ।
आखिर गुणस्तर के हो त ?
 
मेरो अर्जी
तीन महिनामा फरर बन्ने सिकाइकला (Learning skill) के हो ? खोजौं । त्यही कला सिकौं । सिकाऔं । त्यही गुणस्तर हो । यस अर्थमा सिकाइकला गुणस्तर हो । के सिकाइकला शाश्वत हुन्छ ? मेरो अनुभवले भन्छ— हुँदैन । त्यसो भए प्रत्येक विद्यार्थीको सिकाइकला खोजौं । छोएर सिक्नेको कला । फोएर सिक्नेको कला । हेरेर सिक्नेको कला । ओल्टाइपल्टाइ गरेर सिक्नेको कला । अन्दाज गर्ने को कला । तुलना गर्ने को कला । के हामी शिक्षकले विद्यार्थीको सिकाइकला खोज्न सक्छौं ? सक्यौं भने गुणस्तर सुनिश्चित गर्ने कडी भेट्यौं ।

सिक्ने र सिकाउनेका कला एक–अर्कामा मिल्छन् त ? घोरिऔं । म तुलना गरेर सिकाउँछु । सिक्नेले छोएर सिक्छ । दोठ्याङ परयो । म बोलेर सिकाउँछु । ऊ सुनेर सिक्छ । मिल्यो । गुणस्तर सुनिश्चित भयो । गुणस्तरीय शिक्षण । गुणस्तरीय सिकाइ । यस अर्थमा सिक्ने सिकाउनेको शैली मिले/नमिलेको कुरा खोजौं । शैली मिले गुणस्तरीय शिक्षण । नमिले गुणस्तर हीन शिक्षा । के हामी आफैंले खोजबिन गर्ने हो त ?

सिक्नेहरू थरीथरीका हुन्छौं । कोही उत्रिन्छौं । सतही । कोहीगहिरिन्छौं । पागल (Crazy) । कोही सम्बन्ध खोज्छौं । हावादारी । कोही आफ्नो मूल्य र मान्यतामा वस्तु विश्लेषण गर्छौं । आधारशिलावादी (Foundationalist) । तर गुणस्तर ले सबै कुरा खोज्यो । कागज देखे त्यसको भित्तो खोज्ने । कसरी कागज बन्यो ? प्रक्रियाको खोजी । कसले बनायो ? स्रष्टाको खोजी । किन बनायो ? विज्ञानको खोजी । कसले प्रयोग गरयो ? व्यावहारिक खोजी । कागजहीन समाज कसरी सम्भव होला ? प्रवर्तनात्मक खोजी । यसरी हेर्दा कागजमै बहुहरू खोज्ने । त्यसैको भूगोल । त्यसैको संरचना । त्यसैको प्रयोग । त्यसैको इतिहास । त्यसैको विज्ञान । त्यसैको वातावरण । त्यसैको उपयोग । त्यसैको दुरुपयोग । त्यसैका प्रयोगकर्ताहरू । त्यही खोजमा रमाउने अनुसन्धाता । त्यसैबाट पैसा बनाउने तर्किव खोज्ने उद्यमी । कुन खाले कागज बजारमा बिक्छ भनी पत्ता लगाउने वाणिज्यशास्त्री । यसरी एउटै वस्तुमा धेरै कुरा खोज्ने गहनतावादी शिक्षार्थी ९क्ष्ल(मभउतज भिबचलभच० गुणस्तरीय हो । त्यसरी सिक्न उत्प्रेरित गर्ने शिक्षक गुणस्तरीय हो । यस अर्थमा के हामी शिक्षक आफैं गुणस्तरीय छौं त ? नभए बन्न सक्छौं त ? बन्ने उपक्रम गर्छौं त ?

हामी थरीथरीका छौं । सोच्नेहरू । घोक्नेहरू । चोर्नेहरू । चोराउनेहरू । अनि भन्छौं— सोच्ने मेरा विद्यार्थी । घोक्ने मेरै विद्यार्थी । खोज्ने मेरै विद्यार्थी । चोर्ने मेरै विद्यार्थी । सोच्ने र खोज्ने गुणस्तरीय विद्यार्थी हुन् । घोक्ने र चोर्ने स्तर हीन । घोकाइमा तगहिराइ र अन्तरसम्बन्ध जोडे गुणस्तर आउँछ । चोराइमा के खोज्नु ? चोरीमा गुणस्तर ? चोराउनेको गुणस्तर ? यसरी चोर्ने र चोराउनेहरू गुणस्तर हीन व्यक्ति हौं । नोट दिने र नोट लिने पनि त्यही कोटिमा पर्छांै । ‘क्याप्सुलवादी’हरू । अर्को शब्दमा भन्दा क्याप्सुलवादीहरू गुणस्तर हीन व्यक्ति हौं । के हामी आफैं क्याप्सुलवादबाट माथि उठ्न सक्छौं त ?

गुणस्तर स्थानहीन (Locality less) हुन्छ । जहाँबाट उठे पनि एकै ठाउँमा पुग्छ । घरबाट उठे विश्वका घरहरूमा पुग्ने । विश्वघरबाट उठे जनघरमा पुग्ने । चामलको कुरा गर्दा त्यसको परिकार जान्ने । त्यसबाट अरू परिकार बनाउने सोच खोज्ने । कुन देशले के परिकार प्रयोग गर्छ भनी पहिल्याउने । चामलमा मकै मिसाएर परिकार बनाए के होला ? सोच्ने । देशको बजार के होला ? विदेशमा के होला ? अर्को पाटो भनौं– पार्ले बिस्कुटको । के हाल्यो त्यसमा ? के झ्किे त्यो गाउँले रुचि अनुसारको हुन्छ ? के थपे जिल्लावासीको रुचिको हुन्छ ? खोज्ने । त्यसो गर्ने हो भने गुणस्तर स्थानीयबाट अन्तर्राष्ट्रिय बन्छ । अन्तर्राष्ट्रिय बाट स्थानीय हुन्छ । के हामीले त्यसो गर्ने हो त ?

किताबमा मात्र गुणस्तर हुन्न । जीवनमा हुन्छ । अनुभवमा हुन्छ । नवीन लेखमा हुन्छ । यसको अर्थ हो– पढेको कुरा जीवनमा मिलाउन खोज्नु गुणस्तर हो । भोगाइमा जोड्नु गुणस्तर हो । भोगेका कुरा मा सिद्धान्त खोज्नु गुणस्तर हो । खोजिएको कुरा मा किताब जोड्नु गुणस्तर हो । नवीन लेखनीमा जोड्नु गुणस्तर हो । किनकि यसो गर्नाले ज्ञान सधैं ताजा हुन्छ । बासी भात भए पुलाउ बनाउन मिल्ने । बासी पाउरोटी भए केक बनाउन हुने । बासी केक भएगुदपाक बनाइदिए चल्ने । यस्ता सीपले वस्तुको अधिकतम प्रयोग गर्न सिकाउँछ । चक्रीय प्रयोग । तर बदमासी चाहिँ हुनुहुन्न । पेडामा रासायनिक मल राख्ने जस्तो । यस्ता प्रयोगले व्यक्तिलाई प्रवर्तक (Innovator) बनाइराख्छ । बेग्लै ढङ्गले (Differently) सोच्ने । बेग्लै (Different) सोच्ने । अर्को अर्थमा वैकल्पिक सोच भएको व्यक्तित्व । किनकि किताब नयाँ हुँदैन । विद्यार्थी पुरानो हुँदैन । दुई थरीको दौड नै मिल्दैन । त्यो दौड मिलाउने शिक्षक गुणस्तरीय हो । विद्यार्थी गुणस्तरीय हो ।  

मात्र सिद्धान्त पढाउनेहरू गुणस्तरीय हैनौं । मात्र जीवन्त वस्तुस्थिति मात्र सिकाउनेहरू पनि गुणस्तरीय हैनौं । दुवै एकाङ्गी हौं । त्यसको अर्थ हो सिद्धान्त पढाउँदा व्यवहार जोड्ने । व्यवहार पढाउँदा सिद्धान्त खोज्ने गुणस्तरीय हौं । यो दुवै उपायले हामीलाई योजक बनाउँछ । ज्ञानमा पूर्णता दिन्छ । धामीको ज्ञानको स्रोत (Epistemology) के हो ? उसको ज्ञानार्जन प्रक्रिया (Ontology) के हो ? मूल्यमान्यता (Axiology) के हो ? ज्ञान बनेको धरती (Cosmology) कुन हो ? डाक्टरको नि ? कविराजको नि ? आम्चीको नि ? रेकीवालाको नि ? यसरी खोज्दा हामी गुणस्तर भेट्छौं । नवीनता देख्छौं । डाक्टर, कविराज, धामी र आम्चीको चिन्तनगत आधार (Foundation) के हो ? ज्ञानको स्रोत के हो ? प्रक्रिया के हो ? मान्यता के हो ? विचार बन्ने थलो के हो ? यस्ता केहरूको खोजीले हामीलाई गुणस्तरीय बनाउँछ । एउटा झ्ण्डाले चाहिँ एकस्तर े । धामी भए धामीलाई काम गर्ने । डाक्टर भए डाक्टरलाई मात्रै । यो मात्रै वाला बुद्धिले गुणस्तर हुन्न । जोड्नेहरूमा हुन्छ । किनभने जोड्दा नवीनता जन्मन्छ । त्यहीगुण हो । छुट्टिँदा झ्ण्डा बन्छ एक–अर्कालाई काम नलाग्ने । के हामी शिक्षक नवीन बन्न सक्छौं त ? प्रवर्तक हुन सक्छौं त ?

उद्देश्यमा गुणस्तरीय बन्दा बच्चा सोच्तैनौं । त्यसैले हामी गुणस्तरीय हैनौं । निजी स्कूलका बालबालिकालाई हामीले त्यसै गर्यौ । इन्जेक्सन लगाएर बढाएको काक्रो पा¥यौं । सोझ्एिका । बडेका । त्यो स्तरीय होला । गुणस्तरीय हैन । किनकि त्यसले आफ्नो तागतमा बढ्न पाएन । अरूको तागतमा बढ्यो । तागत झ्कििदिँदा बेकामे भयो । के हामी शिक्षकले पाठलाई बच्चाको तागतसँग जोड्न जान्यौं त ? अनुभवले भन्छ– जानेनौं । त्यसैले हामी गुणस्तर हीन उद्देश्य बोक्नेहरू हौं । विद्यार्थीको उद्देश्य नजान्नेहरू । इन्जेक्सन दिने कम्पाउण्डरहरू । कतै फर्केर हेर्ने कि ? पाठ्यवस्तु पाठ्यवस्तुमै खोज्यौं । शरीरमा ब्रह्म खोजे जस्तो । जोड्न जानेनौं । पण्डितहरूले जस्तो । शरीर जान्नेले मन नबुझे जस्तो । मन जान्नेले आत्मा नचिने जस्तो । मन, शरीर र आत्मा जान्नेले इथरल शरीर नसोचे जस्तो । अर्थात् आफैंभित्र पाठ्यवस्तु नखोजेको । नखोजाएको । शरीरको भूगोल र पृथ्वीको भूगोलमा साम्यता । लेख्ने, पढ्ने र पढाउनेको मनको साम्यता । विभेद । यस अर्थमा पाठ्यवस्तुलाई वस्तुगत (Objective) बनाइदिऔं । विषयगत (Subjective) बनाउन जानेनौं । त्यसको समालोचना गर्ने । अन्तरसम्बन्ध खोज्ने । शरीरसँग जोड्ने । मनमा जोड्ने । यसो गर्न नजान्दा हामीले पाठ्यवस्तुको गुणस्तरीय प्रयोग त गर्यौ । वस्तुगत प्रयोग । यस अर्थमा पाठ्यवस्तु र पाठ्यक्रम मात्रै पढाउनेहरू गुणस्तर हीन शिक्षक हौं । पढ्नेहरू गुणस्तर हीन विद्यार्थी । के यो गुणस्तर हीनताको चक्र तोड्न सक्छौं त ?

मूल्याङ्कनले मूल्यको अङ्कन खोज्यो । हराम्रो मूल्याङ्कन गृह स्थी धन्दा बन्यो । काम भइरहने । मूल्य नहुने । हामीले दिएको अङ्क त्यस्तै बन्यो । परम्परागत ढङ्गले ज्ञान जाँच्ने । आधुनिक बन्दा ज्ञान जाँचको सूचक बनाउने । पढाएको ज्ञानको । यसरी हराम्रो मूल्याङ्कनले मूल्य दिन जानेन । यस अर्थमा हामी गुणस्तर हीन मूल्याङ्कनकर्ता बन्न पुग्यौं । क्षमता जाँच्न नजान्ने । यो स्थितिले बच्चाको प्रोफाइल खोज्यो । प्रोफाइलसँग उपलब्धि जोड्न खोज्यो । जोडाउन खोज्यो । हामीले चाहिँ कक्षाको औसत अङ्क हेरिरह्यौं । उत्तीर्णाङ्क हेरिरह्यौं । बच्चाङ्क जानेनांै । यस स्थितिमा बच्चाङ्क मूल्याङ्कन पद्धति लागू गरे हामी गुणस्तरीय बन्छौं । न गरे स्तर हीन । के हामी बच्चाङ्क प्रणाली शुरु गर्न सक्छौं त ? पृष्ठभूमि र अङ्क जोड्ने प्रणाली । भिन्न पृष्ठभूमिका बच्चाको अङ्कन गर्ने भिन्न शैली खोज्ने । के हामी यो काम गर्न सक्छौं त ?

मेरो टुङ्गो
गुणस्तर को पहिलो कसी बच्चाको तागत हो । त्यो तागत खोज्न सक्ने शिक्षक गुणस्तरीय हौं । त्यहीं तागतमा पाठ्यक्रम र पाठ्यपुस्तक जोड्न सक्ने शिक्षक गुणस्तरीय हौं । नसक्ने गुणस्तर हीन । बच्चाको सिकाइकला जान्ने शिक्षक गुणस्तरीय हौं । सो सिकाइकलामा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षाका सरोकारवालाले खोजेको कुरा जोड्न जान्नेहरू गुणस्तरीय शिक्षक हौं । त्यसमा अल्मलिनेहरू गुणस्तर हीन । बच्चाको जान्न चाहने वेगमा अङ्कन गर्नेहरू गुणस्तरीय मूल्याङ्कनकर्ता हौं । कक्षाकोठाको औसतसँग नाप्नेहरू गुणस्तर हीन– नदीको तीन ठाउँको नापो लिएर औसतगहिराइ निकाल्ने तथ्याङ्कशास्त्री जस्ता । यस स्थितिमा मेरो टुङ्गो हो– गुणस्तर को आफ्नै मापो बनाऔं । आफैँलाई नापौं । अनि भनौं के गुणस्तरीय शिक्षक हुँ ? के गुणस्तरीय विद्यार्थी हुँ ? के गुणस्तरीय अभिभावक हुँ ?

commercial commercial commercial commercial